Sunday, 26 March 2017

यो त केवल "ट्रेलर" मात्र पूरा पिक्चर आउन बाकी(t99post)

CBA Bashyal,अबुधाबी दुबई ! जुनेली रात पूरा मच्छर ले काटेर नै बित्यो, खै किन किन खान मन लागेन खाइन पनि बस्न मन लागेन कत्ती पनि सम्झिय उहीँ आफ्नो जन्म ठाउँ अनि सम्झिय आमा बाबा र भाइ बैनिहरु! भागेर जाउ भने कहाँ जाउ नचिनेको ठाउँ नचिनेका मान्छे तर पनि हिम्मत गरेर निस्के घर बाहिर रातिको ९ बजे, !अनि हिडेको केही बेरमै अन्टि ले गाली गर्दै सम्झाउदै फर्काउनु भयो!
बाला पन का ती सत्यता र तथ्य हरु आज पनि आखाको वरिपरि झल्झली याद
आउछन स्कुल नजादा आमाले लगाएको सिस्नोपानी अहिले पनि सम्झिदा हात खुट्टा रातै भयर आउछन र पोल्छन पनि उत्तिकै ..... तर मलाइ आमा ले पिटेको गुनासो छैन गुनासो छ कि तेति पिटाइ खादा पनि म आफुलाइ उतिबेला सुधार्न नसकेको र अहिले यहाँ भोग्नु परेको सास्ती र पीडा हरु बाट

जन्म जातले म छोरी भयर जन्मेपनी छोराको जत्तिकै जिम्मेवारी म माथी नै थपियो जतिबेला बाबाको देहान्त भयो आफ्नो शारिरिक अस्वस्थ ले गर्दा, उमेर मै हामी ५ भाइ बैना लाई छाडेर जानू भयो बाबा, म घरकी ठुली सबै भन्दा म मुनिका ३ बैनी र १ भाइ अनि घरको आर्थिक स्थिती अलि नाजुक पनि तेसैमाथी बाबाको जिम्मेवारी अब मेरो काधमा थपियो ! तेसैले पनि मेरो आफ्नो पढ्ने मनसाय हरायो र जतिबेला पनि आफ्नो परिवार को बारेमा सोच्न बाध्य भय र आफ्नो १५ बर्ष को उमेर बाटै मैले आफ्नो घर छाड्न बाध्य भय ! मलाइ पनि रहर थियो टाइ सुट लगायर क्याम्पस जान , रहर थियो आफ्नै युनिफममा सजियर साथी हरु शीत भर्मण जान अनि रहर थिय आफ्नै आमाको हात बाट बनेको खाजा खादै आफ्नै घर आङन मा रमाउन र आमालाइ दिनरात सघाउन तर ...................

सम्झेर रुन मन लाग्छ , चिच्याएर रुन मन लाग्छ तर सक्दिन बानी भैसक्यो ! यस्ता कति दिन गय कति रात गय म नरोएकै दिन भयन र नरोएरै रात बितेन पनि होला आज्कल भने बानी परिसक्यो र आँसु पनि सुके आज्कल आउन पनि छाडे मन तन रुदा पनि आँसु भने देख्दिन!!!!
स्कुल पढ्ने उमेर भारतको दिल्ली मा बिताय करिब ६ बर्ष जति , आफुले कमायको पैसा घर पठाउथे किन कि पूरा परिवार अब मेरो आधार मा मात्र बाचेको थियो ! आमाको पनि स्वास्थ्य कमजोर अनि भाइ बैनी पनि साना उनिहरुका स्कुल देखि लियर दबाइ पानी र घरको रासन पानी सबै आर्थिक भार म माथी नै ! बढ्दो महङाइ ले गर्दा अब ईन्डिया को कमाइले घर थेग्न नसकेपछी म बिदेश जाने निधो गरे अनि सुरु भय मेरा हवाइजहाज का सफर हरु ,

लगभग ४ बर्ष को साउदी को बसाइले मात्र मेरो परिवार को आवस्यक दैनिक खर्च त टर्यो तर भबिस्य को लागि सेभिङ भने गर्न सकिन ! "कि पढेर जानिन्छ रे कि परेर" साच्चै हो रैछ पनि ! के थियो र अहिले कहाँ पुर्याए , सायद आज जुन स्थान मा मेरो परिवार छ यो खुशियाली मा बाबा भयको भय ......
आँसु आउछन सोच्दा पनि कहिले काही बाबा सपना मा आउनु हुन्छ अनि भन्नू हुन्छ छेपारोले बालुवामा फुल छाडे झै म तिमी हरुलाइ छाडेर जानू पर्यो तर प्रतेक दिन तिम्रो घर वरिपरि नै छु मलाइ टाढा नसम्झिनु है ! 
यस्तै विभिन्न कुराहरुको पीडा ले पोल्दा खेरि फेरि एकपटक दुबई जाने निधो गरे म - जुना बश्याल , गुल्मी खर्ककोट  बाट

फेरि मेरो बिदेश को यात्रा अबुधाबी दुबई , अहिले भर्खरै मात्र २ बर्ष भयो अहिले म यहाँ आयको पनि, आफैलाइ भुलाउने कोसिस गर्दा गर्दै मैले पनि बेला बेला मा गित सङित हेर्ने सुन्ने र गाउने प्रयास गर्न थाले ! कतिपय गितहरु लेख्ने प्रयास गरे पनि अनि यु ट्युब मा गयर कसरी गाउने कसरी सब्ध सृजना गर्ने सबै कुरा हरु सर्सर्ती खोजे र प्रयास गरे पनि ! मेरो आफ्नो सङित क्षेत्रको रुचि देखेर बिबश दाजुले पनि थप उर्जा दिनुभो र मलाइ अझै रुचि बढाइदिनु भयो जस्ले गर्दा मैले आफै नै गित लेखे र दाजुको सहयोग बाट नै पाल्पाली कलाकार - "पुस्कल शर्मा" सम्म सम्प्रक गर्ने मौका पाय ! पुस्कल जि ले पनि मेरो गित गाइदिनु भयो र मेरो प्रयास मा ठूलो सहयोग गरिदिनु भयो जस्को सहयोग , हौसला र सपोर्ट ले गर्दा आज पनि म धेरै गित लेख्ने प्रयास गर्दैछु ! मेरो शब्ध सृजना मा - "बिछोडको घाउ" एल्बम निकालियो अहिले भर्खरै केही महिना अगाडिनै रिलिज गरियो पनि !
स्वर - पुस्कल शर्मा/ उषा बिसि 
लय- बुद्दराज बिबश
अभिनय - सागर/बिमला/प्रदिप
छायांकन - मनिष पन्थ 
मन्दिर म्युजिक प्रा लि को उत्पादन र ब्यबस्थापन मा मेरो आफ्नो शब्ध सृजना मा "बिछोडको घाउ आशुले नै धोय"
तेस्तै तिजको गीति एल्बम " सेल्फी हानेको अवस्था" मा पनि बिशेष सहयोग गर्दै पुस्कल ज्यु सितको सहकार्यमा मा धेरै नै यो क्षेत्रमा थप उर्जा मिल्यो र आफै गाउने प्रयास पनि गर्दैछु र धेरै साथीहरुको चाहना पनि यहि छकी मेरो आफ्नै आवाज मा एल्बम निकालियोस ! अब छिट्टै नै यो सपना पनि पूरा गर्ने लक्ष्य नलिएको पनि होइन ! समय ले अझै केही समय पर्खाउला तर फेन्स हरुलाइ निरास पक्कै पनि बनाउने छैन ! 
अहिले पनि भर्खरै मेरो प्रस्तुती मा रहेर एल्बम आउदैछ - "मेरो खुट्टा ढोग्ने गराउछु" टि टाइम म्युजिक प्र लि बाट उत्पादिद यो एल्बम मा पनि स्वर रहेको छ - पुस्कल शर्मा / तिर्सना घर्ती मगर

जो लेखेको हुन्छ त्यो देखेको हुदैन भन्थे हो रहेछ साच्चै नै ! हिजो के थियो र कहाँ थिय आज के छ यो त आफ्नै अनुभवको परिबर्तने गर्दा आफै देख्दै छु ! स्पेसल धन्यबाद दिन चाहन्छु बिबश दाजु लाई जस्ले मलाई यो क्षेत्र मा रुचि देखाइदिनु भयो , स्पेसल धन्यवाद दिन्छु पुस्कल शर्मा ज्यु लाई जस्ले मैले सृजना गरेका गित हरु आफ्नै स्वर मा सजायर सङित प्रेमी मन हरु माझ पुर्याइ दिनु भयो , र स्पेसल धन्यवाद दिन चाहन्छु सबै मलाई सहयोग गर्ने साथिभाइ , मेरो हरेक पलमा साहस दिने मेरो घरपरिवार अनि मलाइ हौसला दिने फ्यान्स हरु ........
जिबनको यात्रामा चुनौती पुर्ण कामहरु थुप्रै नै छन ,हार खानु हुदैन सङ्हर्ष नै जीवन हो! सत्य कुरा लाई पछ्याउँदै जानू पर्दो रहेछ !आज पनि मेरो घर परिवार मलाइ छोरी भने पनि मलाई आफ्नो परिवार को जिम्मेवारी ले गर्दा म छोरा नै बनेर परिवार को सपना पूरा गर्दैछु ! याद हरु ताजा बनेर आइदिन्छन छिनछिनमै  झस्काइदिन्छन - त्यो रोगी बाबाको अवस्था पछिको मृत्यु , आमा को दु:ख , स्कुल जादा र नपढेको र सर हरुको पिटाइ खादाको अवस्था अनि आमाको सपना हरु , भाइ बैनी हरुका रहर हरु , आदि आदि ....... .... ....
सबै कुरा हरुले पिरोल्दा दु:ख सुख को साथी बनेको मेरो सङितमय सफर लाइ अब निरन्तरता दिदै अगाडि लैजाने सोच सपना सफल होस भन्दै आगामी दिनहरु सुनौलो भबिस्य को पर्तिक्ष्या मा म - जुना बश्याल पनि सबैको माया पाउने आशामा आजको बसाइ लाई यहि बिसाउदै फेरि को नया जीवन र कहानी शीत आउने बाचा शीत म CBA Bashyal पनि चलाइ रहेको टाइपिङ लाई ब्रेक लगाउन चाहन्छु! 
                    - धन्यवाद / $b© palpa nepal 

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...