Saturday, 25 March 2017

आशा अझै मरेको छैन जित्छु एकदिन हारेको होइन(t99post)

Sharda p.Bhattarai,मुम्बई ! जिन्दगी उस्को होइन मेरो हो हारेको होइन लड्दै छु , तर पनि समय ले सोचेको ठ्याक्कै बेला मा मन्जिल पुग्न नसकिदो रहेछ ! जीवन सुखदुःख जस्तो पनि जिउनु पर्छ , जस्लाइ जस्तो पर्यो उस्तै सहनु पनि पर्छ तर किन किन मलाइ लाग्छ मलाइ आफ्नो हैसियत भन्दा माथी पुग्ने सपना छैन! आफ्नै हिसाब किताब मा रमाउदा रमाउदै अब ३०+को जीवन लाई अङाल्दै उनै श्रीमती र ३ छोरा हरु शीत जीवन बिताउदै छु पनि !साथीभाइ कोइ कार चडे र कोइ मोटर साइकल , कोइ हवाइ जहाज चडे त कोइ पानी जहाज तर म आफै साइकिल चड्न नसक्दा पनि मेरो गुनासो भने ठ्याक्कै होइन लेख्ने जिज्ञासा मात्र ...
धेरै कठोरता र पारिश्रमिक परिबेस मा जन्मियर होला सायद मैले चाहेर पनि साथी भाइ शीत कम्पिटेसन
गर्न सकिन आज तेसैको परिणाम मा अहिले मैले प्रतेक दिन सुन्नु परेको छ ती तिखा धारिला र छुरा जस्ता बोली हरु आफन्त र आफ्ना भनाउदा हरु बाट पनि , फेरि पनि केही गुनसो छैन मलाई , हुन त लगभग १९९२/९३ बाट आफ्नै घरको परिस्थिती ले गर्दा आफ्नै घर आमा बाबा , र छरछिमेकलाई बाइ बाइ गर्दै भारतको पन्जाब बाट आफ्नो जिबनको गोरेटोमा चित्रण कोर्ने मौका पाय ! तेस्तै भारतको दिल्ली , मुम्बै र अन्य शहर हरुमा पनि काम गर्ने अवसर पाय ! बढ्दो खर्च र पारिवारिक तनाव ले गर्दा बिदेशिने प्लान गर्दा गर्दै यु ए इ ( दुबई ) मा पनि करिब  २ बर्ष बिताय !

समय ले सधै भरी भने जस्तो साथ दियन पनि पारिवारिक जिम्मेवारी ले निथ्रुक्क भिजायो सङ सङै २४ बर्ष को उमेर मा जीवन सङिनी को साथ पाय जस्ले जीवन मा थप उर्जा मिल्यो !" समय खेल होइन जेल हो" तर कसैका लागि यहि चर्खे पिङ पनि मेरा लागि भने फुटाउन नसकिने बेल हो सायद - न त पाक्छ न सक्छु फुटाउन ! यस्तै सन्सारिक जिबनलाई पछ्छ्याउदै जादा जाँदै परिवार मा थप खुशियाली थपियो र जुम्ल्याहा बाबू हरु को जन्म भयो पनि , विभिन्न बाटो हरु नखोजेको पनि होइन र नभेटियको पनि होइन तर आफ्नो भाग्य नै यस्तै भनु या फेरि घटना समय ले सबैलाइ सङै बस्न नदिदो रहेछ चाहेर पनि फेरि परिवार मा उही खरको छाना बाट बर्खाको पानी झरे झै आँखा सबै का रसाय आफ्नै बाबा को देहान्त भयो ! बाबा बाट एक्लिय पछि फेरि उहीँ अधुरो जीवन लाई सपार्ने तिर लाग्दा लाग्दै कान्छा छोरा को जन्म भयो जहाँ फेरि उहीँ थप जिम्मेवारी सपना जस्तो लाग्न थाल्यो आखिर जीवन के नै रहेछ ! हुन त मेरा जस्ता समस्या अरुका पनि थिय होला जस्ले आफुलाइ तेत्तिमै सिमित राख्यो तर मैले आज मेरो जिबनी लेख्दैछु जहाँ मन्मा राखेको कुरा पनि खै बर्ता भयर होला सोसल साइट मा पोखिदै छन ! ममतामय आमाको निधन पछि एक्लियको मेरो परिवार नत म सङै जीवन बिताउन सक्छु नत म सङै लियर हिड्न ! धेरै कस्ट दायक जीवन मा आफ्नै परिवार बाट एक्लिदै गर्दा आफ्नै दाजुभाइ बाट हेपिनु पर्दा र साथिभाइ बाट चेपिनु पर्दा को पीडा अहिले मैले चाहेर पनि लेख्न सकिन ! 

रहर त नभाको होइन गगन चुम्मी इमारत बनाउन , अलिशान बङ्ला अनि आफ्नै पार्किङ मा कार राख्न तर बाध्य छ आफ्नै यहि टिनले बारेक छाप्रोमा रात बिताउन , समय ले कोल्टो नफेरेको होइन तर भने जति भयन तेसैले पनि होला मलाइ साथ दिने भन्दा मात दिने धेरै पाय! हुन त खरै खरले बारेको आफ्नो बसाइलाइ छाडेर अहिले अन्तै बसे तर यस्मा पनि मन्ले होइन पेचले गर्दा जहाँ कस्लाइ मन हुन्छ र? आफ्नो जन्म ठाउँ छाडेर अन्यत्र रमाउन र जमाउन ! 
दुख लाग्छ आफ्नै भनाउदा हरुले आफ्नै पौरख देखाउछ्न र ट्याग गर्दिछन र भन्छन किन हो खै हजुर को कमेन्ट को आशा राखेको थिय मेरो घर कस्तो लाग्यो भनेर ! तर एक्लो जीवन र पछाडी जोडियको ४ जनाको सम्युक्त सन्सार लियर एक्लै दौडिनु पनि कम गार्हो होइन, अनि आफ्नै सिमित घेरा मा रोमलियको म खै के भनु राम्रो भने पनि नराम्रो सुनिदिने नया जमाना का नया युबा हरु को होला उन्कै योग्य सन्सार अनि बेग्लै सन्सार ! रातिमा निन्द्रा लाग्दैन लागोस पनि कसरी जन तन आधाआधी घरको काम सके पनि आध अधुरो सपना खै पूरा होला नहोला , कान्छो छोरा रातिमा छातिमा सुत्दै साइकिल कुदाउने सपना बुन्छ र भुलाउदा भुलाउदै उ भुसुक्कै निदाउछ र मेरो लागि उज्यालो भैसकेको हुन्छ अनि फेरि उहीँ देख्छु यताउती उनै डृम उनै गगन चुम्मी इमारत उनै साथिभाइ अनि उहीँ पुरानो खाकी को झोला बोकि फेरि कर्म थलो आफ्नो तातो आसुको ढिका खसाल्दै भुल्दिन भन्दा पनि मन भुलाउन पर्दो रहेछ अनि फेरि भेट भने उहीँ स्काइप र भाइबर अनि इमो मा ! जिन्दगी मा फेरि गुनगुनाउन मन लाग्छ उहीँ कालिदाशको गित "साइली" 

आशा अझै मरेको छैन , जित्नेछु एकदिन हारेको होइन ,जिन्दगिको यात्रा कहाँ सम्म हो र कहिले त्यो त मलाई पनि थाहा छैन तर पनि यो परिस्थिती लाई पक्कै पनि सुधार्नेछु सपार्नेछु अनि कान्छा छोराको साइकिल चड्ने रहर अनि श्रीमती को आफ्नै घरको छतमा बस्ने रहर र मेरो आफ्नै पार्किङ मा कार राख्ने रहर र लहर खै .................
गतिशिल जिबनको यात्रा लाई भने अहिले यहि बिसाउदै फेरि को बसाइमा फेरि अधुरा पन्ना हरु पल्टाउने रहर लियर र जो सपना थिय ती पूरा गरि जो आफ्ना थिय उनैलाइ साथ लियर यहि झुपडिको तस्बिर लाई फेरि को क्लिक मा महल देख्ने सपना सङै उहीँ पुराना नया सबै साथिभाइ लाई सम्झिदै अहिले भने ओझेल पर्न चाहन्छु 
अल्बिदा - "SHARDA p. BHATTARAI"

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...