Thursday, 23 March 2017

गरिबी बच्चाहरुको लागि पढ्ने स्कुल बन्यो रेल्वे प्लेटफार्म(t99post)भिडियो सहित

 CBA Bashyal,मुम्बई भारत! पढ्ने रहर कस्लाइ हुदैन र तर पनि बाध्यता र परिस्थिति ले गर्दा बन्चित हुन पुगेका छन कैयौं बालबालिका हरु ! शिक्षाको ज्योती सबैका लागि हुनु पर्ने हो तर यो सबै एउटा आफ्नो पारिवारिक मार्गदर्सन को कमजोरिले गर्दा पनि अवसर पाउन मुस्किल बनेको छ! तेस्तै यो भिडियो पनि म आफै सफर गर्दा गर्दै आफ्नै आखाले देखेको थिय र लेख्ने मन बनाय ,यी बच्चाहरु दिनभरी मुम्बई को लोकल रेल मा
, प्लेटफार्म र बाटोमा मागेर गुजरा चलाउछन! उन्का अभिभावक पनि उहीँ नै काम गर्छन जो बच्चाले सिकेका छन ! दिनभरिमा एउटा बच्चा ले 2/4 सय त मागेरै कमाउछन तर त्यो सबै साझ आफ्नो गार्जन ले लगिदिन्छन अनि फेरि भोलि को सुनौलो बिहानी खाली गोजि लियर उहीँ माग्ने क्रम जारी नै हुन्न्छ, यो उनिहरुको बाध्यता हो ! तर प्रतेक दिन साझ उनिहरु रेल्वे प्लेटफार्म भेला हुन्छन, खान्छन र तेहि बस्छन पनि , सधै को यस्तो देख्दा प्रतेक दिन साझमा 6 बजे पुग्छिन "अर्चिता पटेल" ! हुनत अर्चिता लाई पनि आफ्नो काम ले नै फुर्सत हुदैन तर पनि उन्को मनले मान्दैन र साझमा त्यहा पुगेर बच्चाहरुलाइ जम्मा गरेर पढाउछिन , अर्चिता सङ पढ्न पाउँदा बच्चाहरु पनि निक्कै नै खुशी देखिछन ! A B C D ..........बाट शुरु गर्दै विभिन्न एङल बाट अर्चिता सिकाउने कोशिस पनि गर्छिन ! आज्कल बच्चा हरु लाई पनि बानी परिसकेको छ र दिनभरी जहाँ गय पनि साझमा तेहि पुग्छन जहाँ अर्चिता सधै भेटिछिन् ! करिब 1 घन्टा जति बच्चा हरुलाइ पढायर फर्किन्छिन आफ्नो निबास तर्फ ! लेबल हेरौ भने अर्चिता CA पढेकी मान्छे हुन र अलिशान फ्लाट मा बस्छिन र मर्चडिस कार चडेर हिड्छिन तर प्रतेक दिन शाझ गरिबी बच्चाहरुलाइ नपढाय उन्लाइ न भोक लाग्छ न त निन्द्रा नै ! सहयोग र सपोर्ट पाय बच्चाहरुलाइ योग्य र उच्च शिक्षा हाशिल गराउने उनको सपना पनि छ! म पनि हतार हतार मा हुदा यो सानो क्याप्सन लियर फेरि को बसाइमा लामो कुरा कानी सङै उपस्तिथि हुने जानकारी गराउदै - अर्चिता पटेल सङ बिदा लिय !
सोच सपना अनि मन हर कसैको अर्चिता को जस्तो होस ! तिमी महान छौ जस्ले कहिले शिक्षा को ज्योती देखेन उस्लाइ आज शिक्षा को दियालो बालेर अगाडि बढाउदै छौ! तिम्रो सपना पूरा होस र यस्बाट हर कसैले पाठ सिकोस - धन्यवाद अर्चिता पटेल ज्यु!!! - $b© palpa nepal  

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...