सबि अर्याल,गोर्खा ! नारिमाथी लात्तो हान्ने पनि पुरुष ,र नारिलाइ जेलमा थुन्ने पनि पुरुष !नारि दिवसलाइ क्या सुहायको छ ! उता त्यही पुरुष मन्दिरमा गयर सरस्वती , लक्ष्मी र दुर्गा माता लाई देवता सम्झेर पुजा आर्चना गर्दछन भने यता घरमा त्यही देविरुपी नारिलाइ पुरुषले खुट्टाको पानी खुवाउन समेत पछि पर्दैनन ! जस्ले आफ्नो आचलको दूध पिलायर हुर्काउने बढाउने गर्छिन पछि त्यही आमा माथी अत्याचार र शोषण गर्दछन ! पुरुष त्यस्तो बर्ग हो जो ९ महिना भरी गर्भमा बोकि घर्ती को दर्शन गराउने नारी जाती प्रती अलिकती पनि ऋणि हुन चाहदैनन ! के यहि हो पुरुषको कर्तव्य अनि चरीत्र ....?
तर हामी नारी पनि नारिमा हुनुपर्ने गुणहरु हुनु पर्दछ ! नारी अधिकार भन्दैमा नारिले आफ्नो कर्तब्य कहिले बिर्सनु हुदैन ! नारी र पुरुष दुबै एक अर्काको अभिन्न अंग हुन जस्तै एक हातले ताली पनि बज्दैन, त्यसैगरी कुनै अनुपस्थितिमा समाज परिबर्तन सम्भव पनि छैन ! तेसैले अहिले को समय मा जत्ती पुरुष को हक अधिकार र उत्तरदायित्व छ समाज मा उत्तिकै नारिको पनि छ ! जब कि प्रगतिशील बाटोमा जाने हो र नारी दिवस सफल पार्ने हो भने महिला र पुरुष लाई एक रथको दुई पाङ्रा सम्झेर अगाडि बढ्नु पर्दछ !
समस्त नारी प्रती पोजेटिभ सोच को बिकाश होस र प्रतेक काम र कुराहरु सामाजिक र कानुनि हक मा दुबैलाइ बराबरी होस र पुरुष र नारी बिचको भेदभाव को अन्त होस भन्दै समस्त महिला हरुको नेतृत्व मा मेरो शुभकामना पनि
Sabi Aryal - Gorkha Nepal
8 March 2017
No comments:
Post a Comment