CBA Bashyal काठमाडौ !
"नजाउ युवा खाडी भनोस् नयाँ वर्षबाट
रोजगार उन्मुख बाटो खनोस् नयाँ वर्षबाट,
दिक्क भयो मेरो देश फेरिएर मन्त्रीहरू
स्थिर सरकार छिट्टै बनोस् नयाँ वर्षबाट"।
अदिती अर्याल ज्ञवाली ज्यु का मिठा गजल हरु .....
<१>
माया गर्छु भन्छौ जहिल्यै गरे गर मलाई के भो।
सिउँदो तिम्रो भर्छु भन्छौ भरे भर मलाई के भो।
म पराइको भइसकेँ भन्दा पनि जिद्दी गर्छौ;
तिमी बिना मर्छु भन्छौ मरे मर मलाई के भो।
तिम्रो हात समाएर ठूला सागर तर्ने मन छ;
नत्र एक्लै तर्छु भन्छौ तरे तर मलाई के भो।
जति दूरी नजिकियो उति पराइ लाग्छ किन?
घुर्क्याइ बसाइँ सर्छु भन्छौ सरे सर मलाई के भो।
साँझपख एकछिन भेट्न आउ है सानु भन्दै मलाई;
बेसीतिर झर्छु भन्छौ झरे झर मलाई के भो।
<२>
दिलमा सजाउँछु भन्यो रानी बनाएर!
जवानीको प्यास मेट्यो पानी बनाएर!
लर्बराउँदा खुट्टा साथ दिएको हो मैले;
हेर्यो संसार आँखाको नानी बनाएर!
चोखो माया गर्छु भन्दै छल गर्यो मलाई;
म सोझीलाई मायाको खानी बनाएर!
दिल तोडेर कहाँ गयो थाहा छैन अझै;
उसकै यादमा टोलाउने बानी बनाएर!
अझै पनि मायामा तड्पिँदैछे यो 'अदिति';
छोड्दियो आखिर मायामा दानी बनाएर!!
<३>
सपनाका महलहरू ढल्न सक्छ नआत्तिनु
अनायासै तिम्रो मन जल्न सक्छ नआत्तिनु
सुख दु:ख पालै-पालो आइदिन्छ जिन्दगीमा
भाग्यले नि जानीजानी छल्न सक्छ नआत्तिनु
भन्नेले त जे नि भन्लान् यो सम्बन्ध टुटाउन
मनभित्र आँधी हुरी चल्न सक्छ नआत्तिनु
पीडामा साथ दिने भन्दा छोड्ने धेरै भेटेँ यहाँ
उकालीमा तिम्रो खुट्टा गल्न सक्छ नआत्तिनु
परिश्रम गर्दागर्दै बिचमा खडेरी पर्यो भने
मुरी रोप्दा मानो पनि फल्न सक्छ नआत्तिनु।
अदिती अर्याल ज्ञवाली (Aashu)
रुरु गाउपालिका -३ गुल्मी
हाल- काठमाडौ

No comments:
Post a Comment