Friday, 15 December 2017

एक्साभेटर पुरिदा सह चालक बेपत्ता t99post

CBA Bashyal ,पाल्पा, मंसिर २९। वगनाशकाली ६, मन्द्राङ्गमा स्काभेटर पुरिँदा एक जना बेपत्ता भएका छन् । रोकिराखेको एक्साभेटरमा पहिरो खस्दा एक्साभेटर सहित सहचालक सुनिलकुमार सिंह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार बिहान ८ः१५ बजे ड्राईभर चिया खान गएको समयमा रोकिराखेको एक्साभेटर लाई  माथिबाट खसेको पहिरोले बगाएको थियो । पहिरोको कारण एक्साभेटरमा रहेका सहचालक थलहारा गाउँपालिका–३, पालाकाट्ने, बझाङ्गका २१ वर्षीय सुनिलकुमार सिंह बेपत्ता भएका हुन् । सडक चौडा गर्नेको लागि कालिगण्डकी करिडोरमा एक्साभेटर काम गर्ने तयारीमा रहेको बताईएको छ । बा १ क ८१९४ नम्बरको एक्साभेटर पहिरोले बगाएको हो । जिल्ला प्रहरी कार्यालय र नेपाली सेना घटना स्थलमा पुगेता पनि सिंहको अवस्था भने अज्ञात रहेको छ ।

                                      

 करिडोरबाट झण्डै दुई सय मिटर तल एक्साभेटर भने चेनमात्र देखिएको प्रहरीले जनाएको छ । माथिबाट ढुङ्गा खसिरहेका कारण उद्दार हुन सकेको छैन । शनिबारमात्र एक्साभेटर बुटवलबाट आएर खोजी कार्य गरिने प्रहरीले बताएको छ । कालिगण्डकी करिडोर सफा गर्नको लागि तयारी अवस्थामा रहेको एक्साभेटर पहिरोमा परेको हो ।
घटनास्थलमा खटिएका प्रहरी इन्सपेक्टर बिष्णु विकले उद्दारका लागि अर्को एक्साभेटर घटना स्थलतर्फ जाँदै गरेको बताए । उनी भन्छन्, ‘सुख्खा पहिरो खसिरहेको छ । घटनास्थल सिद्धार्थ राजमार्गबाट तीन घण्टा टाढा पर्ने भएकोले आज उद्दार हुने सम्भावना कम छ ।’ बेपत्ता भएका सिंहको प्रहरीले खोजी गरिरहेको छ ।

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...