Wednesday, 27 December 2017

बेपत्ता लालिदेवी आखिर गयिन कहाँ ?खोजी पहलको लागि आग्रह t99post

सहयोग नै मानवीय कर्तव्य र धर्म हो !! ५ दिनदेखी बेपत्ता लालिदेवी लाइ जहाँ कहि पनि देख्नु हुन्छ तल दियको निम्न सम्प्रकमा खबर गरिदिनु हुन बिनम्र आग्रह गर्दछौ ! यो पोस्ट लाई सक्दो सेयर गरेर धेरै सामु पुर्याउ ताकी हजुर को १ सेयर ले कसैको बिछडियको परिवारको मिलन हुन सक्छ!
                             

मिना साउँद,
मुम्बई, १३ पौष । पेन्सन बुझ्न भनि भारत आएकी नेपाली महिला हराएकी छन् ।
गोदावरी नगरपालिका–९ वल्मी (बनभेडा) कैलाली घर भएकी लालीदेवी साउँद नाम गरेकी महिला मुम्बईको भगतसिंहनगर–१ गोरेगाउ (वेस्ट) देखि हराएकी हुन् । लीलादेवीका श्रीमान मुम्बईको एउटा हिरा कम्पनीमा काम गर्थे । श्रीमानको मृत्यु पश्चात कम्पनीले उनका श्रीमानको लगनशिलता र मेहनतको कदर गर्दै लिलादेवीलाई पेन्सन बापत रकम दिने गरेको थियो । त्यहि रकम लिन भनि २० दिनअघि छोरासँग मुम्बई आएकी लीलादेवी गत आइतवार हराएकी हुन् । आइतवार छोरा काममा गइसकेपछि लीलादेवी दिनभरी आफन्तहरुसँग बसेकी थिइन् । साँझ ६ बजे एकैछिन बाहिर टहल्न जान्छु भन्दै निस्केकी लीलादेवीलाई अझै भेट्न नसकेको उनका छोरा गणेश साउँदले बताए ।

 अनुमानित ५ फिट उचाइ भएकी, गहुँ गारो वर्णकी, हरियो रङको म्याक्सी र रातो फुल ब्लाउज पहिरनमा रहेकी लीलादेवीको थोरै मानसिक सन्तुलन कम्जोर भएको उनका छोरा गणेशले साउँदले बताए । आसपासका सबैठाउँ तथा सम्पुर्ण आफन्त कहाँ खोजि गर्दासमेत केहि पत्ता नलागेपछि मुम्बई पुलिसको सहयोगमा सिसिक्यामेरामा हेर्दा पनि उनको कहिँकतै पत्ता नलागेपछि छोरा गणेश साउँदले आफ्नी आमाको खोजीका लागि सम्पुर्ण प्रवासी नेपालीहरुमा हारगुहार गरेका छन् । लीलादेवी हराएकै दिन उनका आफन्तले मलाडमा देखेको र उनि विरारतिर गएको हुनसक्ने अनुमान गरिएको छ । आफ्नी आमालाई देख्नु तथा फेला पार्नुहुने जो सुकै महानुभावहरुलाई नजिकैको प्रहरी कार्यालय तथा ९०८२१४२९९३ वा  ९८२०५६६५८७ मा फोनगरि सहयोग गरिदिन उनका छोरा गणेश साउँदले विनम्र अनुरोध गरेका छन् ।

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...