Wednesday, 27 December 2017

सडक दुर्घटनामा बिना थापा को मृत्यु t99post

CBA Bashyal, काठमाडौ। निखिल उप्रेतीको फिल्म ‘पिंजडा ब्याक अगेन’ कि अभिनेत्री बीना थापाको सडक दुर्घटनामा परि निधन भएको छ । राजधानीको बत्तीसपुतलीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा अभिनेत्री तथा मोडल बीनाको निधन भएको हो ।

                                     

गुल्मीको मुसिकोट गाउँपालिका २ की स्थायी बासिन्दा २७ बर्षीया बीना
राजधानीको धापासीमा बस्दै आएकी थिइन् । उनले केही फिल्म र नाटक अभिनयसँगै म्युजिक भिडियोमा पनि मोडलिङ गरेकी थिइन् ।
बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बीना थापा सवार बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । त्यसपश्वात उपचारको लागी विर अस्पताल पुर्याइएको थियो ।

उपचारको क्रममा नै उनको निधन भएको प्रहरीले बताएको छ । ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । देश तथा विदेशका विभिन्न स्टेज कार्यक्रममा पनि उनले प्रस्तुती दिइसकेकी थिइन् ।

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...