Monday, 4 December 2017

सम्योग ले बाचे - गगन थापा t99post

CBA Bashyal -मंसिर १८, काठमाडौं:

काठमाडौंको चपलीमा पूर्वस्वास्थ्यमन्त्री समेत रहेका कांग्रेस गगन थापालाई लक्षित गरेर बम विस्फोट भएपछी आफु सम्योगले बाचेँको बताएका छन । थापासहित ११ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर बताइएको छ । घाइते सबैको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घरदैलो अभियानका क्रममा सडकमा हिडिँरहँदा विस्फोट भएको बताउदै थापाले भने, ‘घरदैलो निर्धारित समयभन्दा ढिला सुरु भएकाले जुलुसलाई अगाडि तान्नु पर्‍यो भनेर म र एक जना साथी अगाडि बढेका थियौं । त्यसैले म बाचेँ । अरु साथीहरु पर्नुभयो ।’ विस्फोट आफूलाई लक्षित गरेर नै भएको हुनसक्ने उनले बताए । एक घन्टा ढिलो घरदैलो
सुरु भएको भन्दै उनले भने, ‘जुलुसलाई छिटो लैजान पाइला अघि छिटो चालेकाले म संयोगले बाचेँ । तर, मेरो पछाडिको पङ्ती पर्‍यो ।’ टाउकोमा चोट लागेका थापा उपचारपछि डिस्चार्ज भएका छन् ।
                                  


यसैबिच कांग्रेस उम्मेदवार गगन थापामाथि बम आक्रमण गरेको आशंकामा प्रहरीले उपत्यका विभिन्न स्थानबाट तीन घन्टामै ३० जनालाई गिरफ्तार गरेको छ । महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रामदत्त जोशीले बुढानिलकण्ठ, कालिमाटी र बालाजु क्षेत्रबाट उनीहरुलाइ पक्राउ गरिएको जानकारी दिए ।

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...