CBA Bashyal , - हुन त के पि ओलीलाई धेरैले उखाने,टुक्के भनेर खिज्याउछन् ,तर गहिरिएर मनन गर्ने हो भने अहिले मुलुक एमालेमय बन्नुमा ओलीको ९ महिने कार्यकाल नै प्रमुख कारक तत्त्व हो । हो ,उनीले केही गरेनन्,सपनाहरु मात्रै बाँढे । कथित उखान मात्रै सुनाए । देशको राजधानी जस्तो ठाउँमा दाउरामा भात पकाएर खानुपर्यो ,१००० रुपैया लिटर पेट्रोल र १५००० को एक सिलिन्डर ग्यास किन्न पर्यो । उनकै कार्यकालमा जनताले चरम सास्ती ब्यहोर्नु पर्यो ,तर पनि उनी सर्वप्रिय भए । किनकी सबैभन्दा ठुलो कुरा भारतीय नाकाबन्दीको बेला राष्ट्रियताको सवालमा उनी सतिसाल झैं अडिग रहे ।
भन्नेहरुले खोक्रो राष्ट्रवाद पनि भने,तर जनतालाई हर सास्तीका बावजुद पनि आफ्नो स्वाभिमान र राष्ट्रियता कती प्यारो हुँदोरहेछ अहिलेको चुनावले पुष्टि गरेको छ । देशमा अरुको हालिमुहाली भएको इख जनतालाई कती हुँदोरहेछ यो चुनावले पुष्टि गरेको छ । देशको नेतृत्वकर्ता सधैं लाचार बनेर लम्पसार पर्दा जनताले कुन छट्पटी सहेर बसेका हुँदारहेछन् त्यसको पुष्टि पनि यही चुनावले गरेको छ ।
त्यस बाहेक उनी स्वप्नद्रस्टा थिए । घरघरमा ग्यास पाइप, रेल ,हावाबाट बिजुली जस्ता कुराले उनको कुरा उडाउनेलाई त राम्रै मसला मिल्यो तर मुलुकमा सबै नकारात्मक सोच ,अरुको खोइरो खन्ने र विपक्षी पार्टीको भए राम्रो काम र योजनामा पनि विरोध गरिहाल्ने जनता मात्रै छैनन् । म र म जस्ता लाखौं आशावादी जनता पनि छौं । जसले ओलीको सपनालाई पत्यायौं/पत्याइरहेका छौं र विश्वास छ यो सपना छिट्टै साकार पनि हुनेछ । हामी कती पुर्वाग्रही भैदियौं भने अन्य मुलुकमा ( जहाँ हाल हामी बसिरहेका छौं ) त्यो मुलुकमा हामीले दैनन्दिन उपभोग गरिरहेका सामान्य कुरालाई पनि हाम्रो प्रधानमन्त्रीले हामीपनि गर्न सक्छौं/गर्नपर्छ भन्दा पचाएनौं र उडायौं । तर सबै जनता शंकालु,इर्ष्यालु र उडन्ते मात्रै नहुँदा रहेछन्, यो पनि यही चुनावले पुष्टि गर्यो ।
म पहिले पनि र अहिले पनि कुनै पार्टीको सक्रिय कार्यकर्ता या अन्धभक्त थिइन/छैन । ओली प्रधानमन्त्री हुनु पहिलेसम्म माओवादी प्रति मेरो आस्था र सद्भाव थियो,जो अद्यापी छ । तर ओलीको कार्यकाल पछि मलाई एमालेले अझ नजिक तान्यो । यसो भन्दै गर्दा ओलीको प्रधानमन्त्रीत्व कालमा मेरुदण्ड बनेर साथ दिने र यो चुनावमा सुझबुझ पूर्ण निर्णय गरेर बाम गठबन्धन गर्ने प्रचण्ड र माओवादी प्रति पनि मेरो उत्तिकै सम्मान र विश्वास छ । एमाले र माओवादी मलाई एउटै आमाका २ छोरा झैं लाग्छन् । हिजोसम्म यिनीहरु एक अर्कामा लड्दै गर्दा मलाई साह्रै दु:ख लाग्थ्यो ,मन पोल्थ्यो ,आज दुबै छोराहरु एकैघरमा मिलेर बसेको देख्दा हर्षले गद्गद हुन्छु । अनि कामना पनि-गर्छु यो एकता सधैं यस्तै रहोस् । हाम्रो त जिन्दगी यस्तै भैगयो अझै दशकौं परदेशमै बसौंला कमसेकम हाम्रा सन्तानले झोला बोकेर खाडी उड्न नपरोस् ।
राष्ट्रवादका धरोहर ओली र अवस्था अनुसार उठ्न र निहुरिन सक्ने र अन्त्यमा देशकै जीतको बारेमा सोच्ने राजनीतिका कुशल खेलाडी कमरेड प्रचण्डलाई लाखौं लाख बधाई तथा शुभकामना । म र हामी जस्ता सोझा/सिधा,आशावादी र सकारात्मक सोच्ने जनताले यो पटक तपाईंहरुबाट धेरै अपेक्षा राखेका छौं ।
अन्त्यमा अनेक शंका र विषम परिस्थितीमा पनि आफू हार्ने जान्दाजान्दै सफल निर्वाचन गराउने प्रधानमन्त्री शेर बहादुर देउवा र उहाँको सरकारलाई पनि हार्दिक धन्यवाद । #Copy - फेसबुक बाट साभार

No comments:
Post a Comment