Thursday, 7 December 2017

नेता ज्यु शब्दको बिकाश कहिले त ? t99post

Asmi Biyogi Dulal, काठमाडौ - शारिरिक अपांगता भयका मानिसहरु मुलुकमा धेरै छन ! देशमा धेरै परिवर्तन भयतापनी अझै अपांग मैत्री वातावरण राम्रो हुन सकेको देख्दिन म त ! अपांग मैत्री सम्रचना - सडक , बिध्यालय ,अस्पताल ,शौचालय अन्य भौतिक सम्रचना हरु अपांग मैत्री नहुदा भोग्नु परेको समस्या र सरकार बाट भैरहेका कुनैपनी पुनःनिर्माण कार्यहरु सकारात्मक नदेखियको मेरो मात्र होइन धेरै को गुनासो छ !

आफ्नो समस्या आफ्नै ठाउमा छ नै तर पनि केहि हद बिगतलाई बिर्सेर अगृम पाइला चाल्न खोज्दा आइ पर्ने समस्या हरुले झन एक कदम पछाडी लैजान्छ ! कुनै पनि घटना मा परेर अशक्त भयका ब्यक्तिहरुलाइ गर्नु पर्ने व्यवहार र सिस्टचार मैले आजसम्म भेटिन !बाटोघाटो , अफिस , पार्क अनि अस्पताल मा मात्र नभयर हिजो बिहानै देखि फुकिरहेका देशका टेलेन्ट पत्रकार , मिडिया , अनलाइन पत्रीका , टिभि न्युज हरुमा चारैतिर उहीँ एउटै शब्ध ले मनमा खिन्तता र निराशाजनक पैदा गरायो जुन आज लेख्न बाध्य भय !


हुन त मैले मेरो ब्यक्तिगत सम्मन र रिस्पेक्ट खोजेको पनि होइन र खोज्दिन पनि जुन दिन आफू केही गर्न सकियला तब भाग्यले आफै डोर्याउनेछ जस्तो लाग्छ ! यो गुनासो मेरो ब्यक्तिगत मात्र नभै देश को विभिन्न ठाउहरुमा भयका अशक्त ब्यक्तिहरुको आवाज हो !
कुनै पनि शब्ध हरु कसैको लागि भन्दा हुन सक्ने असर लाई बेवास्था गरेर यसरी चारैतिर उहीँ अपाङ शब्दले सम्बोधन गरेको सुन्दा र देख्दा दिनभरी नै खिन्नता छायो !

देशमा निर्वाचन हुदैछ , असल र कुसल नेताको छनौट हुदैछ जसले देशको काचुली फेरि समृद्धि र स्व्च्छ नेपाल निर्माण मा अहम कदम चाल्नेछ र नेपाल र नेपालि लाई नेपालमै रम्ने वातावरण मिलाउनेछ भन्ने मनमा अभिलाषा बोकेर हिजो मतदान केन्द्रहरुमा महिला , वृद्ध , बिरामीहरु , गर्भवती महिला र अशक्त मानिस हरुले सकि नसकि भ्याइ नभ्याइ अनेक अनेक कठिनाइ र लामो दुरि को बाटोहरु पनि पैदल चलेर मतदान गर्न जानू भयो ! कोइ ठाउहरुमा अपांग मैत्री बाताबरण थियो त कोइ ठाउमा विभिन्न जोखिम झेल्नु पर्यो धेरैले !

नेताहरुको लागि त खुशिकै पल थियो जो शारीरिक अशक्त हुनुको बावजुत पनि जनताले आयर भोट दियर गय तर जब तेस्पछी लेखियका ती चोटिला शब्द हरु जुन न्युज रुम , न्युजपेपर , इ पेपर , मा मात्र नभयर सम्मानिय साम्सद ज्यु हरुको अन्तरबार्ता मा पनि केही फरक देखिन र सुनिन मैले मात्र नभयर देशका २५ हजार भन्दा पनि बेसि अपांग भयका जनताहरु ......

अपांगता हुनुको पीडा ले त रातदीन पोलिरहेकै हुन्छ नै तर फेरि कसैको दुखेको र चोटिलो घाउमा नुन चुक छिडक्दा को पीडा अर्कै हुदो रहेछ !

गम्भिर प्रस्न नआउला भन्न सक्दिन म, -  हो अपांग लाई अपांग नभने के भन्ने त ?

तर यहाँ पनि धेरै थरिका अशक्त हरु छन सबैलाइ यो शब्द ले मानसिक सन्तुलनमा मा घात पुर्याउन सक्छ  ! डाइरेक्ट गरियको वार ले मन मा गडेका / बिझेका ती तिखा र बिषादि शब्द आखिर कस्ले झिकिदिने त ? आफ्ना दुख भुलाउने कोसिस गरेको बेला फेरि यस्ता शब्ध हरुले प्रहार हुदा मनमा कुरा खेल्यो र सोध्न मन लाग्यो - नेता ज्यु शब्धको बिकास कहिले त? 

                                   


देश बिकाश गर्न हुइकियका विभिन्न दलहरुका नेताहरुले सङसङै यो पनि बिकाश गरून् कि चारैतिर यत्रतत्र पोखियका र पोखिदिने शब्द हरु ले कसैलाइ मानसिक असर नपुगोस र अशक्त हरुलाइ सम्बोधन गर्दा अपाङ नभनेर अरु पनि त शब्ध र भाषाले सम्बोधन गरेर भन्न सकिन्छ जस्ले उनिहरुलाइ  मानसिक असर नपुगोस !

के यस्लाइ फरक किसिम ले सम्बोधन गर्ने शब्ध नै छैन होला र ?

हिजो मात्र विभिन्न क्षेत्रबाट धेरै अशक्त महिला पुरुषहरूले भोट दियर आय , घर नपुग्दै आयका र फुकियका विभिन्न समाचार हरुमा आफ्ना नाम शीत टसायर गरियको सम्बोधन ले कता कता यस्तो लाग्यो कि सायद भोट नै दिन नगयको भय त आफ्नो नाम शीत अपांग भनेर भनिने थियन र सुन्नु पर्थेन पनि होला तर यहा गल्ती कस्को उस्को या मेरो ?

हामी यस्तो अवस्था मा गुजृदा पनि देश परिबर्तन को लागि असल नेता को छनौट को अतिसबाज मा रेस लगाउन मतदान केन्द्र पुग्यौ तर तेसपछिका ती चोटिला शब्दहरुले निर्वाचन को नतिजा हेर्न र सुन्न भन्दा पनि मनका कुरा हरुले पोलिरह्यो अखिर हाम्रो देशमा हुने परिबर्तन मा यस्ता मानसिक यातना दिने शब्द हरु के परिबर्तन होलान त ? आखिर कहिले र कस्ले गर्ला त ? खै मलाइ त लाग्दैन ! सधै हेपिने , चेपिने र धृणा को नजर ले हेरिने हाम्रो मनोवृत्ति प्रती कस्ले ख्याल गर्ने त!

आखिर हाम्रो पनि उहि मन हो , उहीँ नागरिक हौ र उहीँ उत्तिकै उत्तरदायित्व छ ! हात खुट्टा नभयर के भो र सोच्न सक्ने मनस्थिति त उत्तिकै सक्षम छ जुन सामान्य अवस्थाको मान्छे हरु छन ! देश परिबर्तन हात खुट्टाले होइन दिमागले गर्नु पर्दछ जुन तिमी र हामिमा एउटै छ फर्क यत्ती मात्र म्याराथुन को दौड मा तिमि पहिला पुग्छौ र तिमिलाइ मेडल मिल्छ तर दिमागको दौड को प्रतियोगिता राखे एकपटक भाग लिने मन छ ! चाहे हार होस या जित .........

बर्तमानको झ्यालबाट अतितका गोरेटोतिर चिहाउदा धेरै थोक भेटिन्छ ! जहाँ रोइयो र बगेर गयको आँसु सम्झिदा त्यहा नरोयकै भय हुन्थ्यो जस्तो लाग्छ ! कति घाउहरु छन नदुखेको भय हुन्थ्यो जस्तो लाग्छ ! कति निर्णय हरु गर्नुपर्ने ठाउहरुमा नगर्नाले आइलागेका समस्याहरु सम्झदा अपसोस लागेर आउँछ ! जे भयो त्यो नभयको भय जिन्दगिले अर्कै मोड लिन्थ्यो होला ! यस्तो मलाइ मात्र होइन हर कोइलाइ सधै लागिरहन्छ होला ! तर अहिले काल्पनिक जिबनमा आधा मरेको शरीर आफ्नै काधमा आफैले एक्लै बोकेर हिड्नु पर्दा भेटिने खाल्टा, धुलो र हेपाइको चेपाइमा रोमलिन पुग्दा कताकता जीवन लाई परित्याग को मार्गबाट लियर गय आनन्दमय हुन्थ्यो कि जस्तो लाग्छ !

यस्तो नभैदियको भय उस्तो भैदियको भय भन्ने लोभले जिन्दगी कल्पनामा मात्रै मीठो होला ! जिन्दगिमा हुने घटना हरु क्षणिक हुन तर ती चोटिला शब्धहरुले ठेस लागेको र मानसिक असर पुगेको हामी स्पाइनल कर्ड मा चोट लागेर बर्षौ देखि ओछ्यानमै रहेका महिला पुरुषहरूको कस्ले ख्याल गर्ने त ? यस्को बिकाश कस्ले गर्ला खै? कहिले होला त ? मैले त हिजो को निर्वाचन मा केही फरक देखिन जो बिगतमा भयको थियो र आज महशुस गर्दैछु आगामी दिनहरु पनि त यस्तै होलान ! नेता परिवर्तन सङै देश परिवर्तन त होला तर मेरो र २५ हजार भन्दा अधिक अशक्त जनताको आत्मबल कस्ले परिबर्तन गर्ने खै आखिर कहिले त ?

आशा छ र आशिर्वाद छ यो निर्वाचन मा जित हासिल उस्को होस जस्ले ब्यक्तिगत स्वार्थ भन्दा देश को पाटो लाई निगरानी गरेर सबै जनताको मनोबिज्ञान लाई बुझेर काम गरोस चाहे त्यो महिला होस , पुरुष होस या अशक्त होस ! सबैलाइ समान होस र ब्यबहारिक दृष्टि कोण एउटै होस - समृद्धि नेपाल र नेपाली को मन जित्ने नेताको बिजय होस !
 - अगृम🌹 शुभकामना 🌹 - अस्मि बियोगी दुलाल /काठमाडौ  , २२/मङ्सिर २०७४

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...