Sunday, 3 December 2017

जिवनसाथि लाई आखिर के भन्दैछन त "रज्जु बिडारी" गजल मार्फत t99post

CBA Bashyal 3 Dec. धादिङ ! समय सान्दर्भिक गजल मार्फत व्यंग्य प्रहार गर्ने रज्जु ज्यु ले सोसल नेटवर्क को विभिन्न अनलाइन पेज , ग्रुप , सोसल नेटवर्क फेसबुक का पानाहरुमा लगभग दिनहु जस्तो गजल,  मुक्तक हरु पोस्ट गर्नु हुन्छ ! अहिले को परिबेस मा युवापुस्ता हरुलाइ बिभिन्न समाचार , रचना, गजल, मुक्तक, सायरी, स्टोरी हरु हेर्न पढ्न र सुन्न
डिस्कभरि च्यानल ,बिबिसी या लाइब्रेरी धाउनु नै पर्दैन ! लेखक र पाठक दुबैलाइ सजिलो माध्यम बनेको सोसल साइट मा पोस्ट भैसकेको अत्यन्तै मिठास ले भरियको आफ्नो जीवन साथी प्रती समर्पित रज्जु ज्यु को यो  गजल -

गजल 💞 (जीवन साथिको लागि ...)

हामीले पिउने अमृत होस् या,जहर एउटै होस् ।
हाम्रो बाटो हाम्रो सपना अनि,रहर एउटै होस् ।।

हाम्रो माया  बिश्वास अनि यो साथ सधा रहिरहोस्।
हातमा हात मिलाई हिड्ने ,सुन्दर शहर एउटै होस्।।

दुख सुख जिन्दगीको ,दुबै हास्दै मिली बाडौला नि।
नियति ले लाद्ने हाम्रो ,जिन्दगीको कहर एउटै होस्।

लेखेको हो भावीले नै,यो सम्बन्ध र अटुट साथ।
सम्बन्धलाई मजबुत पार्ने हाम्रो,ठहर एउटै होस्।।

जिन्दगीमा बिछोड सहन,कहिले नपरोस् भगवान ।
हामी दुईले संसार छोड्ने दिन र प्रहर एउटै होस्।।

< रज्जु बिडारी , धार्के धादिङ >

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...