CBA Bashyal , KTM 23/8
कविता
चुनावी उपहार
<Bimala Dhakal >
जनतालाई उपहार महंगीको मार भयो
नेताहरू जित्तै गर्दा जनताको हार भयो
डिजेल पेट्रोल मट्टितेल ग्यासको मूल्य बढाएर
ऐतिहासिक चुनाव हुँदा परिवर्तनको आशा थियो
जसले चुनाव जिते पनि जनतालाई घात दियो
रासन तलव बढाउन कुर्नु पर्छ आर्थिक बर्ष
जसले चुनाव जिते पनि खै जनतालाई भाको हर्ष
बधाई तथा शुभकामना जित्ने सबैलाई
नआत्तिन भन्छु म त हार्ने सबैलाई
जसले जिति सरकारमा जो जो आए पनि
जित हुन्छ जनताको राहत पाए भनि
जसरी यो बिजयको लगाउँदैछौ माला नेता
त्यसै गरी बुझिदेउ है जनताको पिर ब्यथा
भोकाले गास पाओस नाङ्गाले नी बास पाओस
यो चुनाव मा जनताले चाहे जस्तो आश पाओस
बिमला ढकाल धादिङ निलकण्ठ
हाल काठमाडौ
2074/8/23गते दिनको बार्ह बजे सोर्हखुट्टे काठमाडौमा
No comments:
Post a Comment