Sunday, 31 December 2017

जवानीको प्यास मेट्यो पानी बनाएर-अदिती(Aashu) t99post

CBA Bashyal काठमाडौ ! 
"नजाउ  युवा  खाडी  भनोस्  नयाँ  वर्षबाट
रोजगार उन्मुख बाटो खनोस् नयाँ वर्षबाट,
दिक्क  भयो  मेरो  देश  फेरिएर  मन्त्रीहरू
स्थिर  सरकार छिट्टै  बनोस्  नयाँ  वर्षबाट"।

Friday, 29 December 2017

कन्डमको प्रयोग बारे भन्न नसक्दा मलाइ भन्न लगाउथे t99post

बिष्णुमाया सापकोटा KTM, हामीले स्वास्थ्य स्वयंसेविका भएर काम गर्दा सजिलो थिएन। २०४५ सालमा मैले स्वास्थ्य स्वयंसेविकाका रुपमा काम सुरु गरेकी थिएँ। त्यो बेला म ४५ वर्षकै थिएँ। मेरा चार जना छोराछोरीको जन्म भइसकेको थियो।

मेरो घर गोरखाको अति विकट गाउँ भच्चेक सिमजोङ ३, हालको अजिरकोट गाउँपालिकामा थियो। अहिले जस्तो सजिलै पुग्न सकिने ठाउँमा स्वास्थ्यचौकी, अस्पताल थिएन। गाउँमा झाडापखालाले धेरै मानिसको ज्यान जान्थ्यो। धेरै गर्भवतीले बच्चा जन्माउन नसकेर समस्या आएर ज्यान गुमाउथे। सामान्य औषधि पनि नपाएर धेरैले दुःख पाउने गर्थे।

Thursday, 28 December 2017

म आगो हु , फिलिङो होइन तर बुझाउने कोसिस नगर्नु "FAN" t99post

CBA Bashyal,Mumbai 29 Dec. ! एक्कासी सल्कियको आगो आज १ हफ्ता भयो तर पनि बुझ्ने नाम नै छैन ! २२ डिसेम्बर दिउँसो देखि लागेको आगोले सामाजिक सन्जाल र युट्युब लाइ चपेट मा लियको छ ! सामाजिक सन्जाल मार्फत धेरै जनाले बुझाउने प्रयास त गरे तर उपाय लागेन र अब सम्भव पनि छैन यसैको परिणाम हो ६ दिनको हिसाव किताव मा आज बिहान ८:०३ बजे को तथ्यांक हेर्दा ४३८७७० जनाले अवलोकन गरेको पाइयो !

मेडिलिङ्क होम केयर तपाइको घर घरमा t99post

CBA Bashyal, काठमाडौ १३ पौष ! मेडिलिङ्क होम केयर सेन्टर अब तपाइको सेवामा निरन्तर ! फोन एक सेवा अनेक , काठमाडौ मा शुरु गरियको यो केयर सेन्टर ले २४ सौ घन्टा नै सेवा प्रदान गर्दै आयको छ  ! जस्ले घर घरमै आयर बिरामिहरुको हेरचाह गरि समय र पैसा दुबैको बचत गर्दछ !

Wednesday, 27 December 2017

बेपत्ता लालिदेवी आखिर गयिन कहाँ ?खोजी पहलको लागि आग्रह t99post

सहयोग नै मानवीय कर्तव्य र धर्म हो !! ५ दिनदेखी बेपत्ता लालिदेवी लाइ जहाँ कहि पनि देख्नु हुन्छ तल दियको निम्न सम्प्रकमा खबर गरिदिनु हुन बिनम्र आग्रह गर्दछौ ! यो पोस्ट लाई सक्दो सेयर गरेर धेरै सामु पुर्याउ ताकी हजुर को १ सेयर ले कसैको बिछडियको परिवारको मिलन हुन सक्छ!
                             

मिना साउँद,
मुम्बई, १३ पौष । पेन्सन बुझ्न भनि भारत आएकी नेपाली महिला हराएकी छन् ।

सडक दुर्घटनामा बिना थापा को मृत्यु t99post

CBA Bashyal, काठमाडौ। निखिल उप्रेतीको फिल्म ‘पिंजडा ब्याक अगेन’ कि अभिनेत्री बीना थापाको सडक दुर्घटनामा परि निधन भएको छ । राजधानीको बत्तीसपुतलीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा अभिनेत्री तथा मोडल बीनाको निधन भएको हो ।

                                     

गुल्मीको मुसिकोट गाउँपालिका २ की स्थायी बासिन्दा २७ बर्षीया बीना

Tuesday, 26 December 2017

सडक दुर्घटनामा १७ घाइते ४ गम्भीर t99post

कमला श्रेष्ठ ,काठमाडौ ११पौष ! आज बिहान भयको सडक दुर्घटनामा परि १७ जना घाइते भयका छन ! मैतिदेवी मा भयको भयानक दुर्घटना मा तस्बिर आफै बोल्छ ! सडक किनारा रहेको बिजुलिको पोल लाई समेत असर गरेको छ ! यदि त्यहा बिजुली को पोल ले नरोकेको भय बस साइड मा रहेको दुकान हरुलाइ चपेट्मा लिने देखिन्छ !

Sunday, 24 December 2017

तेस्रो लिङ्गी लाई पनि खुलेर फोकस गर्दै उपन्यास "कैली"t99post

CBA Bashyal, मुम्बई -जमुना न्यौपाने ज्यु द्वारा लिखित उपन्यास "कैली"  हिजो बिमोचन गरियो ! उपन्यास को केही आम्स यस्तो थियो -
<रातको १ बजे हामी थानकोट ओर्लियौं । काठमाडौं आइपुगियो भन्दै म रमाएँ । चारैतिर झिलिमिली बत्ती बलेको, बाटो पनि उज्यालो थ्यो । मलाई मध्यरात जस्तो भानै भएन । दिदीको साथ र बच्चाको तोते बोलीले पहिलोचोटि कसैको घरभित्र पस्दासमेत मलाई नौलो लागेन । ज्यान भने थाकेको थ्यो । हातखुट्टा नि नधोइकन पुर्लुक्क पल्टेर निदाइहाल्न मन लाथ्यो तर अरुको घर, कता के कता के ? दिदीले बच्चालाई एउटा पलङमा सुताइन् र हामी एकछिनमा सुत्नुपर्छ भनिन् । म पनि अर्को पलङमा गएर त्यत्तिकै कपडा नि नफेरी पल्टिएँ ।

Friday, 22 December 2017

बाणिज्य दूतावास को माग गर्दै मनकामना एकता फाउन्डेसन t99post

CBA Bashyal, मुम्बई 22 डिसेम्बर नेपाली राजदुतावास नया दिल्ली मा भयता पनि विभिन्न कामहरु र कुरा हरुको समस्या लाई लियर वारम्वार दिल्ली पुग्नु पनि असम्भव रहेको र भारतको आर्थिक राजधानी मुम्बई भयको ले अधिकाम्स नेपाली हरु यहाँ काम गर्दै आयका छन ! आपत बिपत को बेला समस्या को समाधान हुन नसक्दा कतिपय नेपालि दाजुभाइ दिदिबैनी हरु समस्या मै बल्झिन बाध्य छन ! तेसैले वारम्वार बाणिज्य दूतावास को माग गरियता पनि यसको कार्यनयन हुन नसक्दा अहिले फेरि यहि डिसेम्बर 21 तारिक का दिन मुम्बई प्रेस क्लव आजाद मैदान फोर्ट मा सम्युक्त नेपाली महासङ्ह ले नेपाली राजदुतावास का राजदुत श्री भरत रेग्मी ज्यु शीत भेटवार्ता र परिचय कार्यक्रम राखेको थियो !

Thursday, 21 December 2017

हार्दिक निमन्त्रणा "श्रीमद भागवत कथा सप्ताह" t99post

CBA Bashyal मुम्बई 21- आज देखि शुरु गरियको "श्रीमद भागवत कथा सप्ताह" मा उपस्थिती भयर फुल प्रसाद ग्रहण गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौ ! श्री श्री गौतम स्वामी ज्यु को मुखार बिन्दु बाट भागवत गिता को प्रवचन भैरहेको छ ! आस्था र धर्म प्रतिको लगाव लाई बरकरार राख्दै यो कार्यक्रम श्री सिद्दिबिनायक एजेन्सी एवम फाइनेन्स कन्स्लटेन्सी द्वारा आयोजित गरेको हो ! मुख्य अतिथी - वेद प्र. पान्डेय / अजय दुवे को उपस्तिथी मा भयको कार्यक्रम - कृष्ण वाटिका मन्दिर गोकुलधाम , गोरेगाउ पुर्व मुम्बई मा भयको छ ! आज 21 तारिक गुरुवार देखि 27 तारिक बुधबार सम्म हुने सप्ताह दिउँसो 4:30 बजे देखि रात्री 8:30 बजे तक हुनेछ !

Friday, 15 December 2017

"कैली" उपन्यास को बिमोचन हुँदै हार्दिक निमन्त्रणा t99post

CBA Bashyal, काठमाडौ - यो मनले तिमिलाइ नै खोजिरहन्छ , मलाइ तिम्रै माया लागि रहन्छ ! मेरो एक्लोपनको साथी बनेर तिम्रो तस्बिर , यी आखामा नाची रहन्छ , मलाइ सधै तिम्रै मायाको भोक लागिरह्न्छ !!
          यो पागल मन तिमिलाइ नै मागिरहन्छ !!! " कैलि "
                                      


बुलबुल पब्लिकेसन द्वारा प्रकासित उपन्यास "कैली"

एक्साभेटर पुरिदा सह चालक बेपत्ता t99post

CBA Bashyal ,पाल्पा, मंसिर २९। वगनाशकाली ६, मन्द्राङ्गमा स्काभेटर पुरिँदा एक जना बेपत्ता भएका छन् । रोकिराखेको एक्साभेटरमा पहिरो खस्दा एक्साभेटर सहित सहचालक सुनिलकुमार सिंह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार बिहान ८ः१५ बजे ड्राईभर चिया खान गएको समयमा रोकिराखेको एक्साभेटर लाई  माथिबाट खसेको पहिरोले बगाएको थियो । पहिरोको कारण एक्साभेटरमा रहेका सहचालक थलहारा गाउँपालिका–३, पालाकाट्ने, बझाङ्गका २१ वर्षीय सुनिलकुमार सिंह बेपत्ता भएका हुन् । सडक चौडा गर्नेको लागि कालिगण्डकी करिडोरमा एक्साभेटर काम गर्ने तयारीमा रहेको बताईएको छ । बा १ क ८१९४ नम्बरको एक्साभेटर पहिरोले बगाएको हो । जिल्ला प्रहरी कार्यालय र नेपाली सेना घटना स्थलमा पुगेता पनि सिंहको अवस्था भने अज्ञात रहेको छ ।

Sunday, 10 December 2017

पार्टिको झण्डा बोकेर सडक र्यालि हिड्नु कत्तिको जायज थियो ? t99post

CBA Bashyal, मन कता कता आज उराठिदैछ ! घरको जिम्मेवार तिम्रो हातमा दियर बच्चाको सुनौलो भबिस्य र तिमी हरुको लागि हजारौ कोष टाढा आयको छु तर आज पहिलो पटक किन किन एक्लो महसुस गर्दैछु ! मैले आजसम्म तिमिलाइ कुनै कुरामा रोक लगाइन र भरोस गर्दै आयको थिय! घरमा एउटा आमाको दर्जा दियको थिय र आमा पछि पनि सायद मेरो घर एक्लो छैन जस्तो लाग्थ्यो जुन तिमी सम्हाल्दै आयकी थियौ! तर आज तिमी हुदा पनि मेरो बच्चा हरुले  एक्लो फिल गरे जस्तो महसुस भयो मलाइ !

वाम गठबन्धन को जित पछि पाल्पा मा भब्यताका साथ बिजय र्यालि शुरु t99post

CBA Bashyal 24/8 पाल्पा !! पाल्पा तानसेन को टुडिखेल देखि शुरु भयको वामगठबन्धन को बिजय र्याली मा हजारौ को संख्या मा मतदाता हरुको सहभागिता भयको छ !गाउँ गाउबाट महिला पुरुषहरूको को सहभागिता रहेको देखिन्छ ! खुशिको यो पलमा जित हासिल गर्ने नेताहरु पर्ती समृद्धि नेपाल र नेपालिको हितको अभिलाषा राख्दै एउटै नारा गुन्जियको सुनिन्छ - "जित कस्को वाम गठबन्धन को "
- हार्दिक बधाई तथा 🌹शुभकामना 🌹- $b© palpa nepal


पाल्पामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका ४ सिट रहेको पाल्पामा सबै सिटमा विजयी हासिल गर्दै वाम गठबन्धनले पाल्पा जिल्लालार्इ कम्युनिष्ट किल्ला बनाएको हो ।

पाल्पा क्षेत्र नं. १ मा गठबन्धनबाट एमालेका दलबहादुर रानाले ३२ हजार ५४९ मत ल्याएर कांग्रेसका विजयराज घिमिरेलाई पराजित गरे । प्रतिस्पर्धी घिमिरेले २३ हजार ९९३ मत ल्याए !
यस्तै क्षेत्र नं. २ मा पनि एमालेका रोमप्रसाद पाण्डेयले ३४ हजार ८९९ मत ल्याएर कांग्रेसकै हरिप्रसाद नेपाललाई पराजित गरेका छन् । नेपालले २४ हजार ५५४ मत ल्याए ।

यस्तै क्षेत्र नं. १ -क)मा गठबन्धनबाटै एमालेका युवराज खनालले कांग्रेसका वेदराज ढकाललाई पराजित गरे । खनालले १७ हजार ८५१ मत ल्याए भने ढकालले १३ हजार ६६० मत ल्याए ।

क्षेत्र नं. १ (ख) मा पनि एमालेकै नारायणप्रसाद आचार्यले १२ हजार ७६५ मत ल्याएर कांग्रेसका दानबहादुर पछाई क्षेत्रीलाई पराजित गरे । पछाई क्षेत्रीले १० हजार ५०२ मत ल्याए ।

यता क्षेत्र नं. २ (क) मा पनि एमालेकै पुरनमान बज्राचार्यले १८ हजार ४२ मत ल्याएर कांग्रेसका माधवप्रसाद नेपाललाई पराजित गरेका छन् । प्रतिस्पर्धी नेपालले १३ हजार ४७० मत ल्याए ।


प्रदेश (ख) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका तुलाराम घर्ती मगरले १६ हजार ४२२ मत ल्याएर कांग्रेसका रामबहादुर कार्कीलाई राजित गरेका छन् । कार्कीले ११ हजार ४९६ मत ल्याए ।

Saturday, 9 December 2017

उखाने टुक्का भनेर गिज्ज्याउने हरुलाई kp को झटारो- अब के भन्लान त?t99post

CBA Bashyal , - हुन त के पि ओलीलाई धेरैले उखाने,टुक्के भनेर खिज्याउछन् ,तर गहिरिएर मनन गर्ने हो भने अहिले मुलुक एमालेमय बन्नुमा ओलीको ९ महिने कार्यकाल नै प्रमुख कारक तत्त्व हो ।  हो ,उनीले केही गरेनन्,सपनाहरु मात्रै बाँढे  । कथित उखान मात्रै सुनाए । देशको राजधानी जस्तो ठाउँमा दाउरामा भात पकाएर खानुपर्‍यो ,१००० रुपैया लिटर पेट्रोल र १५००० को एक सिलिन्डर ग्यास किन्न पर्‍यो । उनकै कार्यकालमा जनताले चरम सास्ती ब्यहोर्नु पर्‍यो ,तर पनि उनी सर्वप्रिय भए । किनकी सबैभन्दा ठुलो कुरा भारतीय नाकाबन्दीको बेला राष्ट्रियताको सवालमा उनी सतिसाल झैं अडिग रहे ।

बिमला ढकाल ज्यु को चुनावी उपहार t99post

CBA Bashyal , KTM 23/8
कविता 
चुनावी उपहार
<Bimala Dhakal >
जनतालाई उपहार महंगीको मार भयो
नेताहरू जित्तै गर्दा जनताको हार भयो
डिजेल पेट्रोल मट्टितेल ग्यासको मूल्य बढाएर
अघि बढे नेताहरू जनतालाई ढलाएर

Friday, 8 December 2017

Nepal Election 2074 - Letest Updates "Palpa" t99post

CBA Bashyal 23/8 palpa, पाल्पा अपडेट...

प्रतिनिधि सभा क्षेत्र नं १

नेकपा एमाले, दलबहादुर रानाले ९,७९२ नेपाली कांग्रेस, विजयराज घिमिरे ३,६२२

क्षेत्र नं. १ प्रदेशसभा १

नेकपा एमाले, युवराज खनाल ६,४७० नेपाली कांग्रेस, देवराज ढकाल ३,०८९

क्षेत्र नं. १ प्रदेशसभा २

नेकपा एमाले, नारायणप्रसाद आचार्य ६,२८२ नेपाली कांग्रेस, दानबहादुर पछाई २,०५३

प्रतिनिधि सभा क्षेत्र नं २

नेकपा एमाले, सोमप्रसाद पाण्डे १६,७०६

नेपाली कांग्रेस, हरिप्रसाद नेपाल ९,९४३

क्षेत्र नं. २ को प्रदेशसभा १ नेकपा एमाले, डा. पुरन बज्राचार्य ८,०६५ नेपाली कांग्रेस, माधव नेपाल ५,०२८

क्षेत्र नं. २ को प्रदेशसभा २ वामगठबन्ध (नेकपा माओवादी) तुलाराम घर्ती ९,८४१नेपाली कांग्रेस रामबहादुर कार्कीले ६,०३१

गुल्मिका दुई क्षेत्रमा एमालेका २ सचिप को अग्रता t99post

CBA Bashyal !२२मङ्सिर / गुल्मी  -प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मत परिणाममा जिल्लामा वाम गठबन्धन अगाडि देखिएको छ। क्षेत्र नम्बर १ मा एमालेका सचिव प्रदीप ज्ञवाली र क्षेत्र नम्बर २ मा एमालेका अर्का सचिव गोकर्ण विष्टले अग्रता लिएका छन्।  गुल्मी १ मा एमालेका प्रदीप ज्ञवालीले २२९२ र कांग्रेसका चन्द्र भण्डारीले १८२० मत पाएका छन्।

Thursday, 7 December 2017

नेता ज्यु शब्दको बिकाश कहिले त ? t99post

Asmi Biyogi Dulal, काठमाडौ - शारिरिक अपांगता भयका मानिसहरु मुलुकमा धेरै छन ! देशमा धेरै परिवर्तन भयतापनी अझै अपांग मैत्री वातावरण राम्रो हुन सकेको देख्दिन म त ! अपांग मैत्री सम्रचना - सडक , बिध्यालय ,अस्पताल ,शौचालय अन्य भौतिक सम्रचना हरु अपांग मैत्री नहुदा भोग्नु परेको समस्या र सरकार बाट भैरहेका कुनैपनी पुनःनिर्माण कार्यहरु सकारात्मक नदेखियको मेरो मात्र होइन धेरै को गुनासो छ !

आफ्नो समस्या आफ्नै ठाउमा छ नै तर पनि केहि हद बिगतलाई बिर्सेर अगृम पाइला चाल्न खोज्दा आइ पर्ने समस्या हरुले झन एक कदम पछाडी लैजान्छ ! कुनै पनि घटना मा परेर अशक्त भयका ब्यक्तिहरुलाइ गर्नु पर्ने व्यवहार र सिस्टचार मैले आजसम्म भेटिन !बाटोघाटो , अफिस , पार्क अनि अस्पताल मा मात्र नभयर हिजो बिहानै देखि फुकिरहेका देशका टेलेन्ट पत्रकार , मिडिया , अनलाइन पत्रीका , टिभि न्युज हरुमा चारैतिर उहीँ एउटै शब्ध ले मनमा खिन्तता र निराशाजनक पैदा गरायो जुन आज लेख्न बाध्य भय !

ताजा अपडेट पाल्पा t99post

हेमन्त बश्याल  - २१ मङ्सिर/पाल्पा,  दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन जुन निर्धारित समय मा शुरु भयता पनि 3 ओटा मत पत्र हुदा निक्कै समय लागेको बतायका छन ! स्थानिय चुनाव मा जस्तो रोनक र उत्साहित नदेखिय पनि पाल्पा मा भने चुनाव शान्ती पुर्ण नै भयको छ! ८ गाउँ पालिका र २ नगर पालिका रहेको पाल्पामा प्रतिनिधि सभा सदस्य का लागि ८ जना दलका उमेदवार र २ स्वतन्त्र उमेदवार छन !

प्रदेश सभाका लागि क्षेत्र न १ बाट १२ जना क्षेत्र न २ बाट ६ जना रहेका छन ! दिउँसो ३ बजे सम्मको चुनावी नतिजा हेर्ने हो भने पाल्पामा संयुक्त चुनाव लगभग 55% भयको थियो ! १ लाख ८१ हजार २ सय ५५ मतदाता रहेको र १ सय १८ मतदाता स्थल राखेको छ ! जस्मा 2 सय २७ मतदान केन्द्र रहेको छ !

Tuesday, 5 December 2017

"जिन्दगी केवल माया र मोहमा मात्र अडिक छैन ! बेलाबेलामा हलचल भैरहने जिन्दगिमा नाटक गर्न जानियन भने पनि आफैबाट धोका पाइन्छ" !
                               - "बिस्मिता"एक प्रेम कथा .....
                                      

सिनेमाको महान सितारा को अन्त्य t99post

CBA Bashyal, 5/Dec. बलिवुड मा आफ्नो अलग पहिचान ले राज गरेका मशुर फिल्म अभिनेता शशी कपुर को ७९ बर्ष को उमेर मा हिजो निधन भयको छ ! लामो समयदेखी किड्नी को समस्याले बल्झियका शशी कपुर केही दिनदेखि मुम्बई स्थित कोकिलावेन अस्पताल मा भर्ति थिय ! १८ मार्च १९३८ कोलकाता मा जन्मियका शशी कपुर ले आफ्नो ४ बर्ष को उमेर देखि नै एक्टिङ मा कदम राखेका थिय !
                                           

                                       
                                                                                           
    दिवार , सुहाग , त्रिशुल जस्ता लगभग ११६ भन्दा बढी फिल्मो मा काम गरिसकेका

Monday, 4 December 2017

सम्योग ले बाचे - गगन थापा t99post

CBA Bashyal -मंसिर १८, काठमाडौं:

काठमाडौंको चपलीमा पूर्वस्वास्थ्यमन्त्री समेत रहेका कांग्रेस गगन थापालाई लक्षित गरेर बम विस्फोट भएपछी आफु सम्योगले बाचेँको बताएका छन । थापासहित ११ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर बताइएको छ । घाइते सबैको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घरदैलो अभियानका क्रममा सडकमा हिडिँरहँदा विस्फोट भएको बताउदै थापाले भने, ‘घरदैलो निर्धारित समयभन्दा ढिला सुरु भएकाले जुलुसलाई अगाडि तान्नु पर्‍यो भनेर म र एक जना साथी अगाडि बढेका थियौं । त्यसैले म बाचेँ । अरु साथीहरु पर्नुभयो ।’ विस्फोट आफूलाई लक्षित गरेर नै भएको हुनसक्ने उनले बताए । एक घन्टा ढिलो घरदैलो

Sunday, 3 December 2017

जिवनसाथि लाई आखिर के भन्दैछन त "रज्जु बिडारी" गजल मार्फत t99post

CBA Bashyal 3 Dec. धादिङ ! समय सान्दर्भिक गजल मार्फत व्यंग्य प्रहार गर्ने रज्जु ज्यु ले सोसल नेटवर्क को विभिन्न अनलाइन पेज , ग्रुप , सोसल नेटवर्क फेसबुक का पानाहरुमा लगभग दिनहु जस्तो गजल,  मुक्तक हरु पोस्ट गर्नु हुन्छ ! अहिले को परिबेस मा युवापुस्ता हरुलाइ बिभिन्न समाचार , रचना, गजल, मुक्तक, सायरी, स्टोरी हरु हेर्न पढ्न र सुन्न

उर्जा वर्ल्ड ले आयोजना गरेको कार्यक्रम "रामराज्य" मा सहभागी "मनकामना एकता फाउन्डेसन "t99post

CBA Bashyal मुम्बई Dec/3 , योगि सभाग्रुह हल दादर मा उर्जा वर्ल्ड ले आयोजना गरेको एक कार्यक्रम "रामराज्य" मा मनकामना एकता फाउन्डेसन कि उपाध्यक्ष - सीता न्यौपाने ज्यु को अध्यक्षता मा फाउन्डेसन का केही टिम मेम्बर हरु सहित बिशिस्ट अतिथि हरुको पनि सहभागीता रहेको  थियो !
                           

उक्त कार्यक्रम मा महामाना आचार्य श्री कुशाग्रान्धिजी , एनर्जी गुरु अरिहन्त ऋषि जि , डा. लोकेश मुनि जि ले विभिन्न

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...