Saturday, 3 March 2018

पाल्पा मा जिप दुर्घटना २ को मृत्यु ५ घाइते T99post

CBA Bashyal ,१९ फाल्गुन! ता न पा १२! पाल्पा, तानसेन देखि  बिरपोखरा हुँदै लुहुङ जाने जिप शनिबर दुर्घटना भएको छ । तानसेनबाट लुहुङगतर्फ जादैं गरेको लु १ ज १९३८ नम्वरको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मूत्यु भएको छ । ड्राइभर सहित अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा तानसेन नगरपालिका १२ लुहुङगका ५६ वर्षीय चित्रबहादुर थापा र रिब्दीकोट ६ ठिमुरेकी ६८ वर्षीय झिनकुमारी सारु रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।



घाईते हुनेहरुमा तानसेन नगरपालिका लुहुङ का ३५ वर्षीय चालक विजय थापा, स्याङ्जा गलेङ्ग नगरपालिका २ बस्ने १८ वर्षीय विजन परियार, सोही स्थानका १६ वर्षीय आशिष घले,स्याङ्जा गल्याङ्ग वडा ११ का १४ वर्षीय सुरज परियार, मस्याम घर भई बासटारी डेरामा बस्दै आएकी ३० वर्षीय मीना रहेकि छन् ।

 घाइते चार जनालाई लुम्बिनि मेडिकल कलेजमा उपचार भइरहेको छ, भने सुरज परियारको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडक बाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । नयाँ खनेको ओरालो बाटोमा ब्रेक फेल भई जीप दुर्घटना भएको बताईएको छ ।

समाचार स्रोत - शित्तल पाटी डट कम / palpa

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...