Saturday, 3 March 2018

फ्ल्याङ्किस ले जन्मायको माया "तारा शर्मा"T99post (भिडियो सहित)

Shiva Bashyal 3 March,Mumbai !" फ्ल्याङ्किस ले जन्मायको माया "
माया , प्रेम र सद्भाव सबैलाइ गरिन्छ तर पनि कसै कसैलाइ अलि बढी नै गरिदो रहेछ ! चाहे त्यो प्रत्यक्ष होस या अप्रत्यक्ष रुपमा होस ! कसै कसै लाई त भुल्छु र मन देखि नै निकाल्छु अब भनेर नि नसकिने रहेछ जुन बिगतका यादहरु र कसैले गरेको प्रसम्सनिय कार्यहरु हमेसा याद बनेर आउदा रहेछन र सपना सरि चुटेर जादा रहेछन !


जीवन एक अधुरो यात्रा ! कहाँ कहिले सम्म र कतिबेला कसैको निश्चित हुदोरहेनछ ! कसैले मर्न पाय नि हुन्थ्यो भनेर कैयौ पटक आत्महत्या का प्रयास गर्दा नि बाचेकै खबर सुनिन्छ र कतिले गरेको घृणा दायिक कार्यलाइ मुल्यांकन गरेर गय पनि हुन्थ्यो भन्दा नि जादैनन, बाचेकै देखिन्छ  र कोइ सदैव आफू बाचुन्जेल सम्म उस्लाइ आफ्नो आखाको नजर वरिपरि देख्न पाइयोस भन्दा पनि चुटुक्क चुडेर गैदिन्छन एक गुलावको फुलसरी , केवल याद मात्र छोडेर , याद बनेर !

खै यो कस्तो नीति र सृष्टिको नियम ........

आर्टिस्ट - मिस "तारा शर्मा "


बलिवुड एक्टर श्रीदेवी कपुर को हृदयघात को कारण भयको अकल्पनीय मृत्यु मा नरुने र दु:ख ब्यक्त नगर्ने सायद नगन्य नै थिय होलान ! इन्डस्ट्री का हस्तिहरु , नायक , महानायक तथा बिजनेस मेन हरु सबै लाई नै देखियो जुन दिन मुम्बईमा श्रीदेवी को अन्तिम सस्कार गरियो ! लाखौं को भिडमा रोइ रहेको त्यो चेहेरा एक बार होइन हर बार याद आयो र आज उसैको बारेमा लेख्ने जिज्ञासा लाग्यो !

बुझ्दै जादा र त्यहा गरियका सम्बाद सुन्दा आफ्नै नेपालिपन र नेपालिमन भेट्टाय ! जस्ले आफ्नो नाम शीत देश लाइ चिनाउने र उस देशको नागरिक हुनुमा गर्व लागेको कुरा प्रत्यक्ष नै प्रस्ट छुट्टियको पाय !

यस्तो संबेदनसिल परिस्थितिमा सामिल त लाखौ थिय तर विषम परिस्थिति मा पनि र देश बाहिर आफ्नो देश लाई प्राथमिकता दियर देशप्रेम को प्रत्यक्ष भाव दिने कमै भेटिन्छन ! कोइ कोइ त आफू नेपाली भयर नि नेपालि नभयको भन्न पनि हिच्किचाउदैनन !


एक आर्टिस्ट ले आर्टिस्ट माथी गरेको माया को बारेमा अहिले बयान गर्दा नि कम पर्छ होला जो त्यहा रोइरहेको र झरिरहेका आशुहरु नै साक्षी छन ! आँसु हजारौ का खसे होलान तर पनि एक नेपाली आर्टिस्ट मिस तारा शर्मा ले इन्डियन टिभी च्यानल आज तक सित दियको अभिब्यक्ती र आफ्नो परिचयमा जुन देश प्रेम झल्कियको थियो !

 जुन दिन श्रीदेवी कपुर आफ्नो फिल्म " खुदाजवाह"को  सुट मा काठमाडौ आयकि थियिन दुर देखि तारा शर्मा ले दियको फ्ल्याङ्किस ले उनि धेरै नजिकिइन र परिचय गर्ने मौका मिल्यो उस दिनदेखी शुरु भयको यो मायाको सफर आज एक्कासी टुटेर गयो जस्तो कि " सितार बाट एउटा तार टुट्यो " जुन इन्डस्ट्री को लागि ठूलो झट्का थियो ! तेत्रो क्राउड मा पनि मिस तारा शर्मा माथी मिडियाको नजर पर्नु र  तारा शर्मा ले आफुलाइ मात्र हाइलाइट नगरेर देशलाइ जोडेर जुन अभिव्यक्ति दिइन त्यो नेपालीमन हरुको लागि गैरवको कुरा पनि थियो  !
 ‎
कलाकार देशका गहना हुन र देशलाइ चिनाउने महानता पनि तर सबैमा तेस्तो देखिदैन ! नेपालि इन्डस्ट्री मा पनि कैयौ फिल्मोमा काम गरिसकेकी र भारतिय फिल्मो , टिभी सिरियल हरुमा आफुलाइ ब्यस्त राखेकी एक नेपाली आर्टिस्ट मिस तारा शर्मा शीत श्रीदेवी र उनको सफर शीत जुडेका अहम कुराहरु अझै थप लिने र जान्ने कोशिष गरेतापनी समय र ब्यस्तता का कारण सम्प्रकमा पुग्न सकियन !

टिभी सिरियल "शक्ति" को सुटमा ब्यस्त रहेको खबर सहित बाकी अधुरा कुराहरु फेरि पनि प्रत्यक्ष "तारा शर्मा" शीत भेटेर नै हामी धेरै जान्ने कोशिष पनि गर्नछौ र जुन च्यानल आजतक मा दियको अभिव्यक्ति र श्रीदेवी प्रतिको माया र सधै देश प्रेम लाई अन्कमाल गरेर नेपाली मन बोकेर हिड्ने आर्टिस्ट तारा शर्मा मा जो देखे त्यो सायद सफर मा कमै भेटे होला !

समय र परिस्थिती मा आफुलाइ र आफ्नो मन लाई कठोर बनाउनै पर्दछ र अगाडि आफ्नो मात्र नभयर देशको लागि केही गर्नु पर्दछ भन्ने सन्देशमुलक खबर र तारा शर्मा को उत्तर उत्तर प्रगतिको कामना गर्दै र श्रीदेवी कपुर को आत्मा शान्तिको कामना सहित म एडमिन शिब बश्याल पनि ओझेल पर्दछु !

- भारतिय मिडिया आज तक शीत मिस तारा शर्माले - श्रीदेवि कपुर को बारेमा दियको अभिव्यक्ति , हमसफर र माया हेर्न को लागि उक्त भिडियो मा जानुहोला ! धन्यवाद ! 



No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...