होलि , लोला र गोला ......
BY- शिब बश्याल
BY- शिब बश्याल
बानेस्वर हिड्न लागेको हामी तिमी जाने हो नै ? छिटो गर है, स्वेता तेहि बाटो आउदैछ रे स्कुटी लियर मैले तिमिलाइ पिकअप गर्न भनेकी छु ! बाइ मन्जु .....
यसरी आयको अस्मिताको फोनले मलाइ पनि काउकुती लाग्यो र होलि खेल्न जाने मन बनाय! काठमाडौ पढ्न आयको पहिलो बर्ष र मेरो शहरको होलि यो पहिलो थियो ! अलि कन्फ्युज भय र फेरि फोन गरे स्वेता लाई ! कुन ड्रेस लगायर जादै छौ स्वेता ?
रङ्ग ले कपडा फेरि लाउन नमिल्ने हुनिहोला है ?
- म त हाफ पाइन्ट र लेस मात्र लगायर आउदैछु तिमी पनि तेहि लगाउ है ! बाइ काली छिटो गर है सरोज ले छिटो आउन भनेर फोन गरेको गर्यै छ !
सोचाइमा परे म सेता तिघ्रा देखिने गरि हाफ पाइन्ट र छाती नै देखिने गरि लेस लगायर मात्र कहिले घरबाट निस्केको थिइन ! अफ्ठ्यारो लाग्यो र सेतो टिशर्ट र कालो प्लाजा मा निस्किय! अनि अस्मिता , स्वेता र म भयर लाग्यौ एउटै स्कुटिमा बसेर नया बानेश्वर तिर ! केही पर पुग्दा माथिबाट पानीले भरियका लोला हरु ले हिर्काउन थाले ! ताकी ताकी ! बाबै ज्यान लिन्छन कि क्याहो ! अलि डराय ! एउटा ले हानेको गोला ले मेरो पछाडी को पिठ्यु मा बेस्सरी लाग्यो र चिच्च्याय ! तर स्वेता ले नडरा येस्तै हो आज छुट छ होलिको दिन पानी र रङ्ग ले हान्छ्न यहाँ त !
यस्तो लाग्यो कि यहाँ अब होलि खेल्न हैन ज्यान जोगाउनै मुस्किल होला जस्तो लाग्न थाल्यो ! खेल्न हैन होलि खेलाउन मनाय जस्तो लाग्न थाल्यो मलाइ ! केही बेरमै हजारौको भिड मा पुगियो ! त्यहा कस्ले कस्को अनुहार चिन्ने ! कालो रातो निलो पहेलो सबै रङले लत्पतियका चेहेरा हरु ! हेरेको हेरै भय ! उत्तिकै मा सरोज आयेर अस्मिता लाइ च्याप्प कम्मर मा समात्यो र राजेस ले अनुहार भरी रङ्ग पोतिदियो छिनभरमै अस्मिता नचिनिने भैहाली अनि शुरु गरे केटाहरु स्वेता र मलाइ पनि उसैगरी जसरी अस्मिता लाइ निसाना बनाय र रङाय ! केटिहरु पनि के कम राम्रो राम्रो केटाहरु चाहे चिनेको होस या नचिनेको होस रोजि रोजि लगाइदिन थाले ! ठूलो लाउड साउण्ड सिस्टम मा बजेको डिजेको तालमा क्रेन बाट छोडेको पानीको फोहोरा हरुमा भिज्दै युवा युबतिहरु नाच्दै थिय !
अनुहार नचिनिय पनि केटिहरुका शरिरका नितम्ब हरु र सम्बेदनशिल अङहरु प्रकस्टै चिनिन्थे ! हुन पनि तेस्तै पातलो कपडा र छोटा छोटा कपडा मा नै प्राय सबै आयका थिय ! खै यो कस्तो पर्व ! पर्व हो कि अङ प्रदसन हो बाबै ! यो कुनै हट प्रदर्सनी को महोत्सव भन्दा कम देखिन म त ! उत्तिकै मा पछाडिबाट केटाहरु गरयाम गुरुम एक हुल आय अनि स्वेता लाई रङ लगाइदिन थाले अनि केही ले मलाइ लगाइ दिदै थिय उत्तिकै मा कसैको पछाडिबाट रङले लत्पत्तियको हातले मेरो छाती मा बेस्सरी समात्यो ! भिजेको सरिर अनि कलरले छोपियको हात हुदा कस्को थियो त्यो भिडमा पत्तो लागेन ! अनौठो लाग्यो ! यहाँ होलि को रङ भन्दा पनि रङ्ग को बहाना मा रस निचोर्ने ठिट्याउरा हरुको कमि थियन ! बहाना एक सोचाइ अनेक/अनेक त्यो पनि ताकी ताकी .........
स्वेता लाई फर्कियर कोठामा जाने आग्रह गरेता पनि उनिहरुले मानेनन ! जाउला केही बेरमा भन्दै कलर लगाइदिदै , लाउदै नाच्दै थिय ! स्टेज मा केही सेलिब्रेटी हरुपनी आफ्नो प्रस्तुती देखाउदै थिय ! होलि स्पेसल को ब्यानर रङाय झै मेरो जीवन रङिन भैसकेको थियो र कता कता भिड भाड मा समातियका मेरा अङहरु दुखेको आभाष पनि .......
गाउको होलि र शहर को होलि जमिन आसमान फरक पाय ! नित्त्रुक भिजेको शरीर अनि रङ्ग ले पोतियको अनुहार मा ग्रुप ग्रुप हुँदै सेल्फी खिचि रहेका थिय ! तेसै गरि हामी पनि खिच्यौ र ३ घण्टा को रमाइलो र जीवन को जोखिम सङ्घ्र्स पछि फर्कियौ आफ्नै कोठातिर !
नशाको ताल र होलिको जोश मा एकाएक समातिएका मेरा शरीर का संबेदनसिल अङहरु निक्कै नै दुखिरहेका थिय !
"गोरि हरुलाइ ताकी ताकि फोहोर पानीको लोला हानेको र युबतिका छाति ताकी ताकी पोका हानेका बोकाहरु सम्झिदा नि भक्कानो छुटेर आउछ "!
सबैले भन्छन होलि हो होलि आज जस्ले रङ्ग जस्लाइ लगाइदिय नि हुन्छ छुट छ !
"गोरि हरुलाइ ताकी ताकि फोहोर पानीको लोला हानेको र युबतिका छाति ताकी ताकी पोका हानेका बोकाहरु सम्झिदा नि भक्कानो छुटेर आउछ "!
सबैले भन्छन होलि हो होलि आज जस्ले रङ्ग जस्लाइ लगाइदिय नि हुन्छ छुट छ !
तर हो म मान्छु रङ्ग को त्योहार निस्चल मन र सफा रङ्ग ले जिबनको सुनौलो रङ पोतेर रङिन बनाय झै माया का रङ ले रङिन बनाइदियको भय कस्तो हुन्थ्यो होला अरु थप ३ घण्टा कम पर्थ्यो होला तर यहाँ पर्व को नाममा फैलियको बिकृति र सोच आखिर कहिले परिबर्तन हुने होला ! मादक पदार्थ सेवन गरेर फागुको नाममा बिकृती र उदण्ड स्वभाव लाई जबसम्म परिबर्तन गर्न सकिँदैन तबसम्म होलिको नामबाट मच्चिने आतंक बाट छुटकारा मिल्न सक्दैन !
जबसम्म होलि , लोला र गोला लाई छुट्ट्याएर सामाजिक भिड मा यस्ता कुकर्म र बिकृती बाट असत्यमाथि सत्यको बिजय हुदैन तबसम्म मलाइ यो होलि पर्व अधुरो नै लाग्नेछ !
"केटिहरु पनि पर्वको नाममा अङ प्रदर्सन गर्ने र बहाना खोजी खोजी सर्बाङ देखाउन खोज्ने र चाहिने भन्दा पनि बढी शरीर खोलेर हिड्ने यो देखावटी तमासा बाट बाहिर निस्किनै पर्दछ र यसरी आफ्ना हाउगुजी देखायार केटा तर्साउने र झन पानी र रङ्ग ले भिजेको चिसो शरिर लाई प्रदर्सनिमा होमिदा सिरिङियका केटाहरुको शिकारमा सिधा साधा पनि मुछियको पीडा मेरो मात्रै होइन हजारौको सुनियो "
"केटिहरु पनि पर्वको नाममा अङ प्रदर्सन गर्ने र बहाना खोजी खोजी सर्बाङ देखाउन खोज्ने र चाहिने भन्दा पनि बढी शरीर खोलेर हिड्ने यो देखावटी तमासा बाट बाहिर निस्किनै पर्दछ र यसरी आफ्ना हाउगुजी देखायार केटा तर्साउने र झन पानी र रङ्ग ले भिजेको चिसो शरिर लाई प्रदर्सनिमा होमिदा सिरिङियका केटाहरुको शिकारमा सिधा साधा पनि मुछियको पीडा मेरो मात्रै होइन हजारौको सुनियो "
भनिन्छ असत्य माथी सत्यको जित को खुशिमा मनाइयको पर्व हो रे ! त्रेतायुगमा भगवान बिष्णुका परम भक्त प्रह्लाद सङ होलिलाइ जोडेर हेरिन्छ ! हिरण्ड्यकश्यप का पुत्र प्रहलाद उनकै आफ्नै फूपू होलिकाले आगोमा भस्म पार्न लाग्दा अनि आफै नै आगोमा भस्म भयको दिनलाइ होलिको प्रदापण भयको दिन मानिन्छ !
यसरी असत्य माथि सत्यको बिजय भयको हुनाले खुशिले रङ्ग हरु छरेर उत्साह पुर्वक मनाउदै आयको ले आजपनी रङ्ग को होलि खेलिन्छ ! निलो रङले मानवता र धैर्यता लाइ दर्शाउछ भने पहेलो रङ भगवान श्री कृष्ण को प्रिय रङ हो ,तेस्तै शौभाग्यको सुचक रातो रङको प्रयोग व्यापक गरिन्छ पनि ! मानिस अनि रङहरु बिचको सम्बन्ध अनि रङले पार्ने उत्साहजनक पौरखिले नै जीवन रङिन हुने गर्दछ !
रङ्ग हरुको सफा निश्चल कलर झै हरेक मानिसको मन सफा र माया का रङहरुले भरियोस र मन मस्तिष्क कलरफुल होस र अनुशासन को होलि सबै मिलेर प्रतेक बर्ष खेलियोस ! विभिन्न रङहरुले हरेक को जीवन पोतियोस र गल्तिहरु भुलेर मित्रता अनि माया अझै गाढा रङमा परिबर्तन होस होलि पर्वको लाखौ लाख शुभकामना !
By - Admin (shiva)
Pic - Google
1 March 2018
Mumbai IND .
No comments:
Post a Comment