Monday, 30 April 2018

निभाउन नजानेको मित्रता "रज्जु बिडारी" T99post

 मैले उनीहरु सँग को मित्रता निभाउन जानिन कि उनीहरुले मेरो मित्रता बुझेनन् मलाई थाहा भएन।तर अब म उनिहरुलाई अन्लाईन र फोनमा बोलाउन अनि शुभकामना दिन छोडिदिदै छु।तर त्यसको मतलब यो होइन कि मैले उनिहरुलाई सम्झनै छोडिदिदै छु।भुल्न त म उनीहरुलाई चाहेर पनि सक्दिन।किनकि जसलाई म एकपटक मनमा राख्छु उनीहरुलाई भुल्न त मलाई चितामा राख्नुपर्छ ।तर पनि खोइ के भयो उनिहरुको र मेरो मित्रतामा घरिघरि भुकम्पका साना ठुला झट्का अाई नै रहे।

Tuesday, 24 April 2018

पुनर्जन्म को तेस्रो बर्ष * रमिला श्रेष्ठ * T99post

CBA Bashyal , १२ बैशाख काठमाडौ !  कल्पना पनि गर्न सक्दैनौ त्यो दिन त्यो पल अहिले सम्झदा पनि भर्खरै आफैलाइ हल्लायको महसुश हुन्छ , जुन दिन भुकम्पले सारा देश हल्लायो!
जीवन अमर होस , सुनौलो बाताबरण मिलोस , प्रगतिको पाइला हरु सधै धरोहरा जस्तै उचा हुँदै जाउन आगामी दिनहरु लाई पछ्छ्याउदै जानू बिगतका कुराहरु बिर्सिदिनु , मृत्यु लाई जितेर बाचेकी रमिला श्रेष्ठ लाई प्रतेक बर्ष यसै गरि सेलिब्रेट गर्न पाइयोस ! नया जुनि पायको मा तिमिलाइ हृदय देखि नै धन्यवाद !

Friday, 20 April 2018

को होला नरुनी *आमालाइ अन्तिम चिठ्ठी* भिडियो सहित T99post

CBA Bashyal, 20 अप्रिल! मुम्बई भर्खरै युट्युब च्यानल मार्फत सार्बजनिक गरियको पुस्कल शर्मा को नया गिती एल्बम  "आमालाइ अन्तिम चिठ्ठी" ले हरेक को मन लाई रुवाउने खालको छ ! प्रत्येक नेपालि मनहरुको वास्तविक कथा लाई बुझेर एउटा परिकल्पना गर्दै यथार्थ चित्रण गरियको उक्त एल्बम मा पुस्कल स्वयम् आफैले अभिनय गरेका हुन !स्टेज कार्यक्रम , महोत्सव र बिदेश का कार्यक्रम मा भ्याइ नभ्याइ पुस्कल ले आज्कल म्युजिक एल्बम निक्कै कम निकालेको पाइन्छ तर निक्कै नै मार्मिक र सङित प्रेमिहरु लाई बिर्सन नसक्ने गहिरो छाप पार्दिने खालका दमदार हुने गर्दछन ! 

डिस्कोमा सीता खाडीमा राम "रज्जु बिडारी"T99post

[ गजल ]

डिस्कोमा सीता  खाडीमा हजारौं राम भेटिन्छ ।
रामको पसिनाले देशमा बस्नेलाई माम भेटिन्छ ।।

डिग्रीको प्रमाणपत्र दराजमा ,खेतीपाती बाझो राखी।
हेर्नुस् विदेशीने युवाको ,मेनपावरमा लाम भेटिन्छ ।।

छोराछोरी श्रीमतीलाई बजारमा राखी उड्छ छोरो,
गाउघरमा युवा होइन सबै अस्ताउदा घाम भेटिन्छ। 

छिमेकीले कवाडी बटुली,मोहर टिप्छ फोहोर बाट।
देशका युवा सधैं सोध्छन्, यहाँ के काम भेटिन्छ ।।

 कमाएरै फर्के त हुन्थ्यो हजुर ,विदेशीने युवा सबै।
अखबारमा सधैं परदेशमा मर्नेहरुको नाम भेटिन्छ।।

- रज्जु बिडारी " काली " 20 अप्रिल 2018
                    धार्के,धादिङ्ग


Thursday, 19 April 2018

बन्झर होस या तलाउ फरक पर्दैन "हिमा भुसाल"T99post

[ गजल ] 
भाला रोप या छुरा चलाउ फरक पर्दैन अब ,
चिट्ठी पत्र च्यात या जलाउ फरक पर्दैन अब!

नउठ्ने गरी मेरा यि नयनबाट खस्किए पछी,
दुनिया मै महान कहलाउ फरक पर्दैन अब!

यो मन ढुङ्गा हुदापनि गल्ने भ्रम पाल्छौ भने,
घनले फोर चाहे हात गलाउ फरक पर्दैन अब!

त्य़ो उचाई देखि नै डर लाग्न छोडीसके पछी,
टुप्पै चडाउ या फेद ढलाउ फरक पर्दैन अब!

यादहरु जलेर खरानीको रुपमा नष्ट हुँदाखेरी,
त्यता बन्झर होस या तलाउ फरक पर्दैन अब!

काँडेझार रोप्न यदि कल्पवृक्ष नै गोडिन्छ भने!,
पत्कर सरी गिर ,या पलाउ फरक पर्दैन अव!

हिमा भुसाल , दाङ्ग 
19 अप्रिल 2018 

Wednesday, 18 April 2018

राम छोडी रावण रोज्छन कलियुगका सिताले *रज्जु बिडारी* T99post

[ स्वतन्त्र गजल ]

राम छोडी रावण रोज्छन् ,कलियुगका सिताले हजुर।
सत्य होइन झुट सिकाउछ ,फेसबुकको गिताले हजुर।।

श्रीमान परदेश गएको ,तीन बर्ष पुग्न लाग्यो अरे।
अचम्म भो छोरा जन्माई,तल्लोघरे निताले हजुर।

श्रीमानले सौता ल्याउदा सन्तानको के दोष होला।
अाफ्नै सन्तान जलाई अरे ,रिसले रिताले हजुर।।

पापधर्मको डर नै छैन ,काट्दै नुनचुक दल्नु पर्ने।
अाफ्नै छोरी समेत नभनेसी,अधर्मी पिताले हजुर।।

सहि र गलत छुट्याउनै छोडे ,यो मान्छेको जातले।
लोभलालच छोड्दैनन् बोलाउदा पनि चिताले हजुर।

रज्जु बिडारी " काली "
धार्के,धादिङ ।।

Sunday, 15 April 2018

* ब्रेन ट्युमर * "आमा" T99post

आमाको न्यानो काख कस्लाइ बर्ता भयको होला र ? हर कोइ हरेक पल चाहन्छ उहीँ काख उहीँ माया जस्मा आफ्नो हक जमाइ जमाइ राज गर्न मिल्दछ ! जस्तो सुकै भयतापनी आमा भनिरहन पाउनु नै ठूलो भाग्य को कुरा हो ! तर मान्छे ले आजकल  धेरै देखावटी रुप मा मात्र मान्न लागे ! तेसैका त उदाहरण हुन टनाटन भरियका बृद्ध आश्रम हरु र बर्ष मा एकदिन मात्र लोकचार पार्दै जन्मदिने ममतामय मेरि आमा भन्दै लियका एक थान सेल्फी र गरियका जिवित  स्टाटस र पोस्ट हरु  .... .....

बिल्डिङ्को छतबाट खसेर मृत्यु T99post

 CBA Bashyal , 15 अप्रिल मुम्बई ! सुदुरपश्चिम, मुजाबगर अछाम घर भएका  हाल कैलाली जगतपुर बसोबास भयका र अहिले रोजगारी को सिलसिला मा बिगतको ६ बर्ष देखी लक्ष्मी पार्क कलोनि कल्याण महाराष्ट्र भारत  मा चौकीदार को काम गर्दै आएका का नयाराम देवकोटा को सुक्रबार १३ अप्रैल का दिन साझ ४ बजे तिर बिल्डिंग को छतमा पानि को मोटर चलाउन जादा अक्समात खसेर मृत्यु भयको थियो ।

Saturday, 14 April 2018

शुभकामना आदानप्रदान सहित कार्यक्रम भब्य रुपमा सम्पन्न T99post

CBA Bashyal , 15 अप्रिल मुम्बई ! संयुक्त नेपाली महासंघ उप-समिती गोरेगाउ शाखा मुम्बई ले नया बर्ष को अवसर पारेर  14 अप्रिल (बैशाख १) गते सत्यनारायण महा पुजा र बिबिध सास्कृतिक कार्यक्रम गरि मनायो ! कार्यक्रम गोरेगाउ (पश्चिम) बाङुरनगर स्थित एक हलमा गरियको थियो ! बिशिस्ट अतिथिहरुको बाक्लो उपस्थिति मा गरियको कार्यक्रम अत्यन्तै रोचक र रमाइलो थियो ! स्थानिय कलाकार तथा केही बाहिर बाट आयका कलाकार हरुले पनि आफ्नो प्रस्तुती जमेर देखाय ! धार्मिक कार्यक्रम सङै सास्कृतिक कार्यक्रम पनि दमदार थियो !

Friday, 13 April 2018

डोको नाम्लो बोकि मेलापात धाउन "हिमा भुसाल"T99post

[ गजल ]

नेपालकी छोरी म गुन्युचोली लाउन जान्या छु
डोको नाम्लो बोकि मेलापात धाउन जान्या छु

देख्नु छैन मलाई ति गगनचुंबी महलका सपना 
सन्तुष्टिले खरको झुपडीलाई  छाउन जान्या छु

पाखे भने भनुन मलाई ति डिस्कोमा रमाउनेले 
गाँउघरका लोकभाका मैले पनि गाउन जान्या छु 

दुःख लाग्छ परदशीले मातृभूमि नै भुल्दा खेरी 
चारैदिशा घुमेपनि म त फर्केर आउन जान्या छु

पुरुषार्थ देखाएर केहि जान्दिने नभन्नु होला नि 
यो सृष्टि र बंस बढाउने संन्तान पाउन जान्या छु

माया गर्छु सबैलाई नेपालको माटै प्यारो लाग्छ
सबैसँग मिठो सम्वन्ध मनले निभाउन जान्या छु

- हिमा भुसाल  / 13 अप्रिल  , दाङ्ग 

Monday, 9 April 2018

आउदैछ "आमालाइ अन्तिम चिठि"T99post

CBA Bashyal ,10 अप्रिल मुम्बई ! बियोगान्त गितका धरोहर , मन मुटुको ढुकढुकी गायक "पुस्कल शर्मा" ले नया बर्ष मा फ्यान्स हरुलाइ के उपहार दिदैछन त ? सबैको मनमा लागेको जिज्ञासा र पर्खाइ हो यो केवल मेरो मात्र थियन !

  ‎बिगतको लामो समय देखि नै नेपाली लोक संगीत मा आफुलाइ चुर्लुम्मै डुबायर दर्सक ,श्रोता लाई भरपुर मनोरञ्जन दिदै आयका पुस्कल ले बियोगान्त मात्र होइन आधुनिक , पपगगित, तिज गित , लोकपप, जस्तै विभिन्न गितहरु पस्केर आफुलाइ लोक संगीत को शिखर मा पुर्यायका छन ! बिशेष त माया प्रेममा समर्पित गितहरु नै उन्का फ्यान्स हरु ले औधि रुचाउछन !

जाँदै गरेको उनको परान कालमा देखे "संगीता पौडेल"T99post

[ गजल ]

तरकारीमा नुन छैन,सुर्ती चेपेर तासको खालमा देखे,
सन्तानलाई किताब,पोसाक छैन,थोत्रो  सालमा देखे!!

सबैलाई मख्ख पार्दै हिड्ने मान्छे,गाउकै बुझक बनी
सन्तान टुहुरा बनाउदै, श्रीमती नराम्रो जालमा देखे!

गरि धन्दा, मेला पात, घास बोकी रातमा घर फर्किदा,
कुटेर,भोकै तड्पीएकी, सितको लहर पालमा देखे!!

  बुझाउने को?खोक्रो सानमा, उसले सम्पती उडाउदा,
 मास्ने गरि आफन्तले नै  बिच्छाएको  चालमा देखे!! 

भिर पाखा गरि,घास दाउरा, भारी, ल्याउदै थिइन् उनी,
बर्सेनि सन्तान, जादैगरेको उनको परान, कालमा देखे!!

बृद्धअबश्था, सबै तितरबितर, भएको नसामा मुर्छित,
पुकारदै श्रीमतीलाई, आउ लीन भन्दै, बेहालमा देखे!!




                 संगीता पौडेल 
              3sep2017/4:19pmcy
   
                  ~साइप्रस ~

Saturday, 7 April 2018

भाटभटेनी सुपरमार्केटमा लागेको आगो ४ घण्टा पछि नियन्त्रणमाT99post

BY- Admin ! २५ चैत बुटवल !
– बुटवल उपमहानगरपालिका–८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ।
आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराइले जानकारी दिए।

सुपरमार्केटको पाँचौँ तलाको इलेक्ट्रोनिक्स कक्षबाट शुरु भएको आगो क्रमशः सबैतिर फैलिएको थियो। आगो निभाउन बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, रामग्राम, कपिलवस्तु र तानसेन नगरपालिकाका दमकल र स्थानीय व्यावसायिक पानी बोक्ने ट्यांकर प्रयोग गरिएको थियो। आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

Thursday, 5 April 2018

सिनेमाको टाइगर जेलमा T99post

CBA Bashyal , 5 April मुम्बई !
- बलिवुड का मसहुर  एक्टर सलमान खान लाइ आज CJM कोर्ट ले दोषी साबित गरेको छ ! सन 1998 मा जोधपुर मा फिल्म " हम साथ साथ है" को सुटिङ को दौरानमा सलमान खानले २ काला हिरण माथी गोलि चलायर शिकार गरेका थिय ! तेतिबेला सलमान शीत जिप्सिमा सैफ अलि खान , तब्बु , निलम र सोनाली बेन्द्रे पनि साथ थिय ! उनिहरुलाइ पनि शिकार मा सामिल भयको र सलमान लाई शिकार गर्न उक्सायको मामला मा दोषि मानेको थियो तर आज बरि गर्दियो ! २० बर्ष पछी आज लियको फैसलामा जज देवकुमार खत्री ले सलमान खान लाई दोषि ठहर गरेर ५ सालको सजा र १०००० रुपिया जुर्माना पनि लगाइदियका छन !

Tuesday, 3 April 2018

पसिनाको सिचाइ गर्दै दाना टिप्छ गरिबले *हिमा भुसाल*T99post

[ गजल ]

मधुर   भजन  सुन्ने  पवित्र  कान हरायो
लाग्छ  मेराे  देशकाे मान सम्मान हरायो

जथाभावी   काटमार   चोरी   हुनाले  नै
भगवान  हरायाे  मन्दिरको  दान हरायो

रगतको होली खेल्न द्वन्द निम्त्याउनलाई
हेर्नुस्   रातारात  बन्दुकका   थान हरायो

पसिनाको सिचांई गर्दै दाना टिप्छ गरिबले
अाज  उसैको  घर  दैलोबाट  धान हरायो

विश्व कै सुन्दर मुलुकमा जन्मिएका हामी
आज  बिडम्बना  हाम्रो  पहिचान  हरायो ।

हिमा भुसाल  , दाङ 
२१ चैत २०७४ 

*कुशिनगर एक्सप्रेस 11016*BY-"शिव बश्याल" T99post

ए कान्छा मासु खाने हो ?
- आमालाइ सोध्नु पर्छ , सोधेर आउछु है !
घरतिर दौडिदै थिय पछाडिबाट कसैको आवाज आयो - जिउदो बाख्रो किनेर खान त के सक्लान र खै मरेको सिनो सित्तैमा खानेले  ! पछाडी फर्किय सबै चुप थिय तर कस्ले भन्यो ठम्याउन सकिन ! न पाइला अगाडि नै सरे न पछाडी फर्काउन सके ! केही बेर आफैलाइ सन्नाटाको शिकार मा हुमेछु ! जति पर लाग्छु तेहि शब्धले मन मुटुलाइ अझै चिर्दै लम्याउदै लग्यो बिर्सन सकिन - "जिउदो बाख्रो के खान सक्लान र मरेको सिनो सित्तैमा खाने ले "

Monday, 2 April 2018

कुशिनगर एक्सप्रेस COMING soon.....[Short Story]

एक सफर , बाधय्ता र मुसिबत ! गन्तब्य हिन जिबनको अधुरो यात्रा ! आखिर कहिले सम्म र कहाँ सम्म ...... समय खराब थियो या म ? उनी खराब थिय या म ?
Coming soon ...... 
By - shiva Bashyal 

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...