Thursday, 6 April 2017

फ्यान्स हरु गुमाउन चाहन्न ,तर पनि ......(t99post)

CBA Bashyal, सोच्न मा मझबुर भय म ! बुझ्न सकिन मैले दियको माया फ्यान्स प्रतिको !! खै किन किन तर पनि आज कस्तो कस्तो नमज्जा लागिरहेको छ ! सधै जसो आज पनि उही आफ्नो कार्य ब्यस्तताले खासै समय दिन सकिन चाहदा चाहदै पनि !
हुनत म न कुनै ठुलो अहोदा को मान्छे न कुनै राजनितिक पर्टिको , म त केवल आफ्नो सुखदु:ख गरेर कमायर खाने मान्छे सबैको सुखमा भन्दा पनि दु:ख मा साथ दिन खोज्ने मान्छे, तरपनि... खै किन किन आज्कल मेरो कारण धेरै साथिहरुले आफ्नो बिस्वास गुमाउनु को पीडा पोख्छन , आखिर किन ??? मलाइ थाहा छ यो सप मेरो कारण हो , मलाइ अरुको दुख आफ्नो जस्तो लाग्छ र हर कसैलाइ साथ दिने कोशिष गर्छु तर बुझ्न सकिन आखिर "समय" खराब कि "म" त ????


 मैले यात्रा गरेको सोसल साइट भित्र करिब 6/7 बर्ष बित्यो होला तर सुरुका दिनहरु जे जस्ता बिते पनि बिगतको 4 महिना भित्र मैले आफुलाइ नै धेरै परिबर्तन पाय ! अहिले आज सोच्न मझ्बुर बनायो ! एउटा फ्यान्सको माया र किम्मत मलाइ राम्रो शीत थाहा छ ! जिबनको प्रतेक पल मा धड्कने धड्कन सङ मैले तौलेर हेरेको छु , जिन्दगिको ऐना शीत ठोकियर आउने बिम्ब प्रतिबिम्ब मैले करिब बाट नियालेर हेरेको छु! मैले आफै आज प्रस्न गर्दैछु त ? मलाइ मेरो प्रतेक फ्यान्स उत्तिकै माया लाग्छ ,पाउनु को खुशी र गुमाउनु को पीडा त्यही नै आज्कल मेरो जिबनको चर्खा बनेर घुमी रहेको छ !

 हुन त मैले तेस्तो केही गरेको पनि छैन र गर्न पनि सक्दिन आफै नै अशक्त मान्छे चाहेर पनि सक्दिन तर  मेरो मनबाट सजिलै फुत्किने शब्दहरुको प्रहार ले सजिलै शीत आफ्नोपनको परिभाषा दिदो हो र त छिट्टै नै सोचे भन्दा धेरै साथी हरुको साथ पाय! आफ्नो दुख बिर्सेर पनि मैले अरुको दुख सुन्ने समय निकाले ! सायद तेसैले पनि होला म धेरै करिब भय ! तर मेरो मकसद सबै सोसल साइट मा भेटिने जतिलाइ आफ्नो फाइदाको लागि सोच्न पनि सकिन , र सकेसम्म सोच्न पनि नपरोस ! मेरो एउटा सबै भन्दा नराम्रो बानी ले गर्दा आज मलाइ नै फसाउदै छ , मलाइ राम्ररी थाहा छ , तर म हिम्मत गर्छु र हार्दिन, जस्लाइ भेट्यो या जस्ले भेट्यो पहिलो परिचय पछिका कुरा हरु पहिला उस्कै जीवन कथा लाई सुनिदिने उसैको सुखमा हास्न भन्दा पनि उसको दु:खमा चुर्लुम्मै डुबिदिने अनि अरुको दुख लाई आफ्नो सम्झियर अङाल्ने यहि मेरो खराब बानिले मैले धेरै साथिहरुको माया पाय ! मैले मेरो जिबनलाइ भन्दा पनि अरु कसैले मेरो जिन्दगी को गोरेटो लाई माया गर्ने फ्यान्स पाय , जस्को कारण आज मलाइ माया गर्दा गर्दै उसको आफ्नो सन्सार छाडेर मेरो भावना मा बिलिन हुदा टुकृयर उछिट्टियका फिलिङा हरु प्रतेक दिन मेरो वालमा ठोकिइ रहेको पायको छु!

"राम्रो मान्छे शीत भगवानले धेरै परिक्षा लिन्छ तर साथ कहिल्यै छाड्दैन , खराब मान्छेलाइ भगवानले सबै कुरा दिन्छ , तर साथ दिदैन !!" 

मैले सक्दिन किनकी मैले आफ्नो बाल्यकाल देखि नै यस्तै धेरै दुख मा हुर्किय जस्ले गर्दा सुख के हो मलाइ थाहा पनि छैन तर कसैले दुखको परिभाषा सोद्दोहो त आफै एक्दम कन्फिडेन्ट शीत भन्न मन लाग्छ , अनि सोच्छु कसैले दुखको निबन्ध प्रतियोगिता राखोस त पक्कै पनि 100/100 ल्याउछु होला ! किनकी सुखको किरण नदेखेरै आज आफ्नो जिबनको आधा आधी जिन्दगी बिताइ सके र अब आशा पनि हराइ सक्यो ! आज्कल आफ्नो दुख भुलाउन अरुको धेरै दुख सुन्ने गर्छु यहि कारण म धेरै फ्यान्स हरुको करिब भय ! मैले पहिला नै भन्ने गर्छु म केवल सफर मा भेटियको साथी मात्र तर जिबनको यात्रा मा यस्ता साथी पाय जहा अबको अर्को जन्म मा पर्खिने धेरै पाय तर म एक्लो पर्खिने साथी हरु अनगिन्ती .......

यदि मैले नै सेलेक्ट गर्नु पर्छ भने त म मानव जाती भयर नजन्मिनु नै उचित होला किन कि मेरो लागि सबै साथिहरु र फ्यान्स हरु उत्तिकै छन जो हर कोइ मेरो करिब छ! म त कसैलाइ हार्न नसक्ने मान्छे तर पनि म शीत करिबी हुने साथिहरु आफ्नो जिन्दगी शीत हारिसकेको पाय जस्ले मलाइ माया गर्दा गर्दै आफ्नो जीवन लाई नै बिर्सन लागिसके , उनिहरुले भन्ने गर्छन अब यो जुनिधेरै बाच्न नपरोस छिट्टै पुनर्जन्म होस त्यो पनि फेसबुक बाट होइन करिब बाट ...
म हर कोइ फ्यान्स हरुलाइ भन्छु म सितको माया ले मलाइ होइन आफै लाई नै ठक्कर दिन्छ, कुनै पनि कुरामा लिमिट हुनुपर्छ ! मैले त केवल कसैको भावना मात्र बुझ्छु अरु केही गर्न सक्दिन तर पनि खै किन किन बुझ्न नसकेको फ्यान्स प्रतिको माया !

 म सितको फ्रेन्ड सीप ले धेरै साथी हरुलाई अफ्ठ्यारोमा पारेको पाय तेसैले भन्न चाहन्छु कि माय गर्नुस मलाइ होइन मेरो लेख लाई,  मलाइ होइन मेरो भावना लाई म त केवल यहि मुटु भित्र को माया बाहेक प्रतेक कुरा मा अशक्त छु जो चाहेर पनि दिन सक्दिन ! समय मिल्दा बोल्छु तर पनि चाहे जति सबै लाई समय दिन पनि सक्दिन आफ्नै घर सन्सार मा रमाइ सकेको मान्छे ! साथी हरु हर कसैका हुन्छन तर पनि मेरा साथी हरु म जस्तै धेरै दुखमा हुर्केका छन , सायद मैले दुख झेलेर नै होला साथी पनि तेस्तै बनाउन मन लाग्छ र यस्तै साथी हरुसित धेरै नजिक हुन्छु पनि ! तर आफ्नो हद भन्दा पनि बाहिर मलाइ नसोच्नु होला किन कि हजुर को आफ्नो जिन्दगी मेरो सोचाइमा नबितोस र हजुर ले लेखेको स्टाटस ले हजुर को नै आफ्नो जिन्दगिमा चोट नपुगोस पनि ! म उत्तिकै समान माया गर्छु जो आज लगभग 6000+ साथी हरु हुनुन्छ मेरो आफ्नो पारिवारिक रिलेसन भित्र भन्दा बाहिर ! तेस्मा पनि कोइ कोइ भने अलि भावुक मित्र हरु पनि भेट्टाय जो मेरो सम्प्रक कुनै एक दिन छुट्यो भने आफ्नो खाना नै छाडिदिने तर मलाइ यस्तो यति धेरै माया चाइदैन पनि ! मेरो आफ्नै सन्सार आफ्नै छुट्टै बेग्लै कथा छ..............

सोच्छु एकपटक अब यो सोसल साइट को दुनिया बाट सन्यासी लेलु तर पछाडी फर्केर हेर्छु सक्दिन आफैलाई ब्रेक गर्छु ! जो एक दिन मेरो अनलाइन बन्द हुदा अर्को दिन बिहान अनलाइन खोल्दा मोबाइल नै फुट्ला झै एक पछि अर्को बजिरहेको नोटिफिकेसन को घन्टी सम्झिदा ,
म भन्दा पहिला मेरो सोसल साइट को रिस्ता खतम हुन सक्दैन होला सायद जुन दिन यो जिबनको अन्तिम हुन्छ त्यो दिन नै सोसल साइट का अकाउट पनि डि एक्टिभेट होलान त्यो भन्दा पहिला चाहेर पनि गर्न नसक्ने भय जो आज म सोसल साइट बन्द गरे भने भोलि का पत्र पत्रीका र न्युज हरु ले मलाइ नै दोषी बनायर खोज्ने छन त्यो पक्का पक्की भयो !

प्रिय मित्र हरु मैले पायको माया मा मेरो घमन्ड छैन र हैन पनि तर पनि साथी साथी नै हो तेत्ती मात्र सोच्नु होला जो सफर मा भेटियो र सङै सफर गरिरहेका छौ आ आफ्नो गन्तव्य आउदा सबैलाई छुटिनु पर्छ हासी हासी ....खुशिले हो दु:ख ले होइन !

 हिजो आज धेरै साथी हरु बिनाकारण आफै नै आफ्नो कारण आफ्नो पारिवारी मतभेद मा झेलियका छन जो आफुले बुझ्न सक्दैनन् र आफ्नो परिवार लाई बुझाउन सक्दैनन अनि रोमलिन्छन बिना कारण बेवजह बेकसुर भयर पनि आफ्नो सोसल साइट बाट बाहिरिन र आफुदेखी अरुलाइ बाहिर्याउन ! समय पहिला जस्तो छैन निक्कै नै गतिशिल मार्ग मा दौडिरहेको छ! कसैलाइ आफ्नो समय फाल्तु लाग्दैन र कसैलाइ यहाँ फुर्सत छैन तर पनि आफ्नो समय मा किम्ती समय लाई टुक्याएर म शीत बोल्नु हुन्छ भने पनि आफुलाइ भोलिका दिनहरुमा असर नगर्ने गरि फ्रेन्ड सीप राख्नु होला , जो तपाईं हामी हाम्रो बाटोमा सहि मार्गमा सफर गरेपनी देख्ने र सुन्नेलाइ गलत भर्म हुन सक्छ ! र तनावको खाडल मा पुर्याउछ पनि !

जादा जाँदै  - मलाइ मेरा प्रतेक फ्यान्स हरु उत्तिकै हुन जो मेरो सोसल साइट सङ जुडेका छन , मैले चाहेर पनि हटाउन सक्दिन आफ्नो लिस्ट बाट हर कसैलाइ किन कि मलाइ थाहा छ हर एक फ्यान्सको माया  मैले गर्ने मेरो जिन्दगी को माया भन्दा पनि अमुल्य छ! आभारी छु मलाइ यत्ती धेरै माया गर्ने फ्यान्स हरु पाय जो चाहेर पनि उनिहरु केवल डृम मात्रै देख्न बाध्य छन , र च्याट मा मात्र कुरा गर्न जो अब सम्भव पनि छैन त्यो बाहेक , दुख लाग्छ मेरो पछाडी दौडिरहेका साथी हरु बिनाकारण आफ्नो परिवार भित्र आखी हुनु पर्छ र आफैलाइ दोषी बनाउन बाध्य छन जस्को कारण मेरो "मित्रता"... ....

 यदि हर कसैलाइ मेरो कारण आफ्ना सोसल साइट मा जुडेका साथी हरुलाइ आफ्नो एकाउन्ट नै डि एक्टिभेट गरेर टाडिनु परेको छ भने पनि म आज क्षमा प्राथी छु र सदैब भलो चाहन्छु , आउदै गरेको नया बर्ष २०७४ ले नया उमङ ल्यावोस र जिबनको अन्ध्यारो ढोकामा रोशनी छरिदिवोस - फुलोस फलोस !!
 कामना /शुभ-कामना 🌹🌹🌹
 - $b© palpa nepal /Travelers99 (fb)

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...