Tuesday, 25 April 2017

मृत्यु लाई जितेर बाचेकी "रमिला"(HappyBirthDay Ramila)- t99post

CBA Bashyal, काठमाडौ ! रमिला तिमी महान छौ जहाँ यो धर्तिले जित्न सकेन र हार्यो तर तिम्रो हार कहिल्यै भयन , जहाँ शक्तिशाली ७:८ रेक्टर स्केल को भुकम्प लाई पनि जितेर आज तिमी यो सुनौलो सन्सार देखिरहेकि छौ जो २०७२ बैशाख १२ गतेका दिन केही बेर सन्सार लाई बिर्सिन पुगेकी थियौ, तर जित तिम्रो भयो हार मृत्यु को ............

शुभकामना छ तिमी लाई भित्रि हृदय देखि नै अबका तिम्रा जन्मदिन हामी तिम्रो भदौ १४ गते नभयर बैशाख १२ गते नै सेलिब्रेट गर्नेछौ जहाँ तिम्रो त्यो दिन पुनर्जन्म भयको थियो !

Happy BirthDay "RAMILA SHRESTHA"

रामेछाप सालु वडा न: ४ घर भयकि रमिला श्रेष्ठ
३ दिदी बहिनी मध्य माइली हुन ! १ भाइ कि माइली दिदी "रमिला"
हेर्दा हसिलो अनुहार तर अलि संबेदनसिल गहिरियर हेर्दा , हातमा बैसाखी लियर उभियकी रमिला लाई सङै उभियको धरोहरा शीत किन जोडेर राखियो होला ????? कतिपय लाई थाहा नहोला तर थाहा होला धरोहरा नहोला रमिला ! यस्तै अटल र अजम्मरी होस रमिला को जिन्दगी जो २०७२ साल बैशाख १२ गतेको दिन आयको बिनाशकारी भुकम्पलाई जितेर आज यो खुसी को सन्सार मा पाइला चाल्दै छौ !

सस्कृतिका सम्पदा हरु बिनाश भय , लाखौ जनता हरु बेघर भय ! त्यो कालो दिन २०७२ बैशाख १२ गते बिहान ११:५६ मिनेट जादा गयको ७:८ रेक्टर को भुकम्प जादा रमिला काठमाडौ को सुन्धारा स्थित रहेको धरोहरा माथी चडेको मात्र 2/3 मिनेट के भयको थियो एक्कासी चराहरु कराउन थाले मानिसहरु एकोहोरो कराउन थाले! रिगाउन र हल्लाउन थाले पछि रमिला र उन्को साथी सन्दिप श्रेष्ठ आत्तियर तल झर्दै थिय तर बिचमा कत्ना सम्म पुगियो त्यो थाहा भयन ! एक्कासी ढलेको धरोहरा सङै रमिला पनि ढलेर माटोमा पुरिन पुगिन ! उद्दार टोलि प्रहरिको सहायता मा उपचार को लागि वीर अस्पताल पुर्याइएको थियो ! निधार मा गहिरो चोट थियो र देब्रे खुट्टा भाचियको थियो ! भर्खर उमेर ले १६ बर्ष मात्र पुगेकी रमिला लाई यस्तो होला भन्ने कल्पना पनि कहा थियो र! साथी शीत घुम्न भनेर काठमाडौ आयको बेला धरोहरा पुगेकी रमिला ले आफ्नै आखाको अगाडि हजारौ मृत्यु हरु देखिन र पनि आफुलाइ मृत्यु को पन्जाबाट छुटायर आज सुनौलो भबिस्य को मार्गमा हिन्दै छन! खुशी लाग्छ आज हामिलाई रमिला को यो तस्बिर देख्दा !

तिम्रो पुनर्जन्म भयको र आज ठिक २ बर्ष पछि आज तिम्रो बारेमा लेख्न पाउँदा हामी आफैलाइ नै भाग्यशाली ठानेका छौ ! तिम्रो जन्मदिन भदौ १४ गते भयता पनि तिम्रो पुनर्जन्म ले गर्दा हामी तिम्रो नया जन्मदिन बैशाख १२ गते नै तिम्रो जन्मदिन मनाउने छौ र यहि तिम्रो जन्मदिन को अवसर पारेर प्रतेक बर्ष तिम्रो बारेमा उन्नती र प्रगतिका पाइला हरु समेट्दै लेखी रहने मौका मिलोस र हाम्रो ब्लग मा तिम्रा हसिला मुहार का चम्किला फोटाहरुले सजाउन र रङाउन पाइयोस, तिम्रो लागि म एडमिन र हाम्रो टिम को तर्फबाट लाखौं लाख शुभ कामना छ ! तिमि शीत सङै धरोहरा चडेको साथी सन्दिप श्रेष्ठ ज्यु लाई पनि उत्तिकै हाम्रो मनदेखी नै शुभकामना दिन चाहन्छौ ! कोइ ले प्रेमी जोडि भने त कोइ ले मृत्यु लाई जितेर बाचेका युगल जोडि भने तर जे होस सङै घुम्न गयर पनि सङै धरहरा शीत ढल्दा पनि दुबै जना नै फेरि यो जुनिमा सङै बाच्न पाउनु नै सबै भन्दा ठूलो सौभाग्य हो र जिबनमा  यो भन्दा ठूलो जित कहि कसैको हुने छैन जुन दिन मृत्युलाइ जितेर आयौ !

हामी कल्पना/परिकल्पना पनि गर्न सक्दैनौ त्यो दिन त्यो पल अहिले सम्झदा पनि भर्खरै आफैलाइ हल्लायको महसुश हुन्छ , म आफैलाइ पनि लेख्दा लेख्दै उत्तिकै हलायको जस्तो फिलिङ को अनुभव गरे जो दिन भुकम्पले सारा देश हल्लायो!
जीवन अमर होस , सुनौलो बाताबरण मिलोस , प्रगतिको पाइला हरु सधै धरोहरा जस्तै उचा हुँदै जाउन आगामी दिनहरु लाई पछ्छ्याउदै जानू बिगतका कुराहरु बिर्सिदिनु , मृत्यु लाई जितेर बाचेकी रमिला लाई प्रतेक बर्ष यसै गरि सेलिब्रेट गर्न पाइयोस ! नया जुनि पायको मा तिमिलाइ हृदय देखि नै धन्यवाद !
#MISSING_TO_MUCH_RAMILA 
- $b© palpa nepal /Travelers99(fb)

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...