Sunday, 7 January 2018

अत्याधिक तडक भडक रोक्नै पर्छ t99post

रचना भट्टराई ,बुटवल - समाज र स्वभाव — 
हिजो घरमा आफ्ना अभिभावक र समाजमा सामाजिक अभिभावक रहने चलन थियो साना घर ठूला मन थिए आज सामाजिक त कथा भए घरका अभिभावकलाई पनि धेरैले गन्न सुन्न छोडीसके । नया युग नया प्रविधि सबै राम्रै होला विकासमा तिब्रता पाएको समाज किन यस्ता कुरामा अल्झिनु पर्यो भन्ने कुरा पनि आउन सक्ला तर यहि समाजमा मौलाईरहेको अपराध हत्या हिंसा पनि कसको के मतलब भन्ने स्वार्थको परिणाम हो ।
                                         

 एकातिर प्रगति उन्नति भन्दै समाज दौडीरहेको हुन्छ अर्कोतिर महत्वकांक्षा पालेको व्यक्ति लामो समयसम्म उपेक्षित हुन पुग्यो भने मानसिक रुपमा विद्रोहको जन्मिसकेको हुन्छ र त्यसैले जसले उसलाई बुझ्न सक्छ त्यतैको टिम उसको लागि प्रिय हुन्छ फलस्वरूप उ गलत बाटो गलत संगत तिर अल्झिसकेको पत्तो उसले पनि पाउदैन र हामीले पनि उसलाई खराब देख्न भन्दा अरु केही सक्दैनौ !!! 

एउटा पूर्वाग्रही सोचमा आफ्नै समाजमा दाजुभाईको हत्या गर्ने सम्मको यात्रा हुदा समाज कहनिर चुक्यो त ? उसलाई मानवताको मार्गमा हिडाउन यो विश्लेषण हुन जरुरी छ । केही पैसा कमायो समाजमा दान दियो अनि समाजसेवीमा नाम लेखायो र रातदिन पैसा कमाउन दौडीयो यसले पनि केहि हदसम्म अपराधिक गतिविधि मनोबल पुग्छ । एउटा सच्चा समाजसेवी समाजमा अपमानित हुन पुग्छ किनकि समाजको चिन्ता गर्दागर्दै व्यक्तिगत सम्पत्ति जोड्ने अवसर हुदैन फलस्वरूप चन्दा दिन सक्दैन अनि उसलाई कसले गन्ने ? 

समाज र स्वभाव अपराध र अपराधिक मानसिकता मुक्त गराउने हो भने सोचमा होस् वा रहनसहनमा अत्याधिक तडक भडक रोक्नै पर्छ । < Rachana Bhattarai >

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...