शिव बश्याल, मुम्बै 23 ! - छिमेकी देश भारतको विभिन्न शहर मा लामो समय देखि काम गर्दै आयका नेपाली श्रमिक हरुले भोग्नु परेको समस्या समाधान होला भन्दा झन बढ्दै आयको छ ! दिल्ली ,मुम्बई जस्ता ठुला शहर हरुमा लामो समय देखि बस्दै आयका र राम्रो पोस्ट मा काम गर्दै आयता पनि यहाँ को सरकारी कागजात हरु बनाउन नपाउदा र कार्यरत ठाउबाट पाउने सेवा सुबिधा लिनबाट बन्चित हुनु परेको छ ! घरबाट आउदा जादा बोर्डर मा खेप्नु परेको समस्या त झन तगारो बनेको छ !
नेपाली कागजात बाट यहाँ कुनै पनि काम गर्न नपाइने जस्तै बैंक खाता खोल्न होस या भेरिफिकेसन को लागि आइडी प्रुफ को काम होस त्यो नहुदा र यहाँ बाट पाउनु पर्ने पेन कार्ड , आधार कार्ड र रासन कार्ड हरु जस्ता सरकारी कागजात बनाउन नमिल्दा भोग्नु परेको समस्याहरु र बिना गल्ती मै सजाय हरु भोग्नु परेको पनि छ ! यहाँ आवद्द विभिन्न सङ्ह सस्था हरुले बेला बेलामा आवाज नउठायका पनि हैनन तर अहिले सम्म पनि यसको कार्यनयन हुन नसक्दा का आवाज बर्सौ देखि नै जस्ताका तस्तै छ्न ! यस्तै विभिन्न समस्या हरु लाई लियर नेपाली दुतावास मा पटक पटक ज्ञापनपत्र दिय पनि दूतावास बाट केही पहल अहिले सम्म भयको छैन !
केही दिन पहिला पनि राजदुत भरत रेग्मी ज्यु आउदा भेटघाट कार्यक्रम मा यिनै आवाज हरु दोहोरियका पनि थिय ! तेस्तै चितवन शाखा पत्रकार महासङ्ह को टोलि सितको भेटघाट कार्यक्रम मा पनि जगत बहादुर सिंह , देवि सिंह खड्का , डम्बर रावल, मास्टर थापा लगायत भिभिन्न सस्था मा आवद्द साथिहरुले यहि आवाज लाई नेपाल सरकार समक्ष पुर्याइदिनु भनेका थिय ! राजदुत भरत रेग्मी ज्यु पनि आफू २०/२५ बर्ष देखि नै परराष्ट्र मन्त्रालय को जागिरमा रहेको र १०/१२ पटक पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रालय मा भेटघाट कार्यक्रम मा यी समस्या हरुलाई एजेण्डा को रुपमा उठायको बताय पनि अहिले सम्म कार्यनयन भने भयको छैन !
बोर्डर मा गरिने भारतिय पुलिस को ज्यादती र लुटिने समस्या हरु तेस्तै एयरपोर्ट मा पनि आइरहने भिन्न समस्या हरु आखिर कहिले सल्भ होलान र कस्को पहल मा होलान त ? सबै प्रवासिको यहि सिङो आवाज आखिर कहिले सम्म गुन्जिरहने हो थाहा छैन ! छिमेकी रास्ट्रमा आउन जान सिमाना खुल्ला भयता पनि भोग्नु परेको पीडा र लुटियका कथा र यहाँ हुने दुर्घटना हरुबाट पाउनु पर्ने न्याय र सहयोग नहुदा र भारतको आर्थिक राजधानी मानिने मुम्बईमा धेरै नेपाली श्रमिक हरु भयको ले माग गरेको बाणिज्य दुतावास को अभाव ले उब्जियका समस्या हरु जति लेख्यो उति कमि नै पर्छ !
हेरौ यस्तै समस्या बिरुद्द उठेका यी प्रवासिका आवाज हरु यो भिडियो मार्फत
No comments:
Post a Comment