Wednesday, 3 January 2018

जोर्तेमा जिप दुर्घटना एउटै परिवारका ३जना सहित ४ जना घाइते t99post

CBA Bashyal, पाल्पा पौष २०। आज बिहान बुटवल बाट बाग्लुङको बुर्तिवाङ तर्फ जाँदैगरेको लु१ज १८५८ नम्बरको पिकअप जिप रिप्दिकोट गाउँपालिका वडा न २ जोर्ते मा दुर्घटना हुँदा एकै परिवारका ३ सहित ४ जना गम्भीर घाइते भएका छन। जोर्ते बिश्वोकर्मा बाबाको मन्दिर नजिक बाट करिब १०० मिटर तल भिरमा खसेको छ।

                                           

दुर्घटनामा परि बाग्लुङ बुर्तिवाङ निशिखोलाका एकै परिवारका तीन सदस्यहरु ५० वर्षिय पुरन पुन, २१ वर्षका लक्ष्मी मगर,४ वर्षीय वसन्त पुन तथा चालक रुपन्देही हरेवाका पुनिक बाहादुर पुन घाइते भएका छन। गम्भीर घाइते चारै जना लाई उपचारका लागि पाल्पा मिशन अस्पताल तर्फ लगिएको छ। जिप अत्यन्तै अप्ठ्यारो ठाउँमा खसेको हुदा उद्दारमा निकै समस्या भएको थियो।

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...