Saturday, 20 January 2018

मेरो डायरी ..... "Shiva Bashyal" t99post

मेरो डायरी ........
       मनका कुराहरु हृदयसम्म ठोकिन्थे र त बारम्बार मेरो कलम आफ्नै डायरिमा स्पर्श गर्न बाध्य हुन्थ्यो ! सुख खोज्नु पर्दैन , दु:खको राम्रो सदुपयोग गरे पुग्छ जस्तो लाग्छ मलाई ! आँसु त केवल देखावटी बहाना मात्र हो , भित्री मर्म कस्ले पो केलाउन सक्छ र ? एकदिन म हुने छैन र कसैले मेरो बारेमा कथासरी सुनाउनेछ ,म स्वर्गमा होइन कथाहरुको मेरो आफ्नै डायरिमा हुनेछु र भेटिनेछु  !!!

       ‎
       ‎मलाइ अचेल यो बाटो हिड्नै मन लाग्दैन तर बाध्यता हरेक दिन मैले यो बाटो नहिडी हुदैन ! सुनौलो बिहानिले दिनको आभाष दिन्छ भनेझै हो सानै देखि नै मेरो प्रतेक नया खोजमा गहन रुचि थियो ! पत्रपत्रिका पढ्न होस या रेडियो मा बज्ने कार्यक्रम सुन्न होस मलाइ औधी मन पर्थ्यो ! आज यहाँ सम्म आयको छु देशको आर्थिक गरिबिपन , रोजगारको कमि र नेताहरुको कुर्ची तानातान को खेल र हिजो देशमा भयको अशान्तिले कैयौ नेपालि युवा युबतिहरु दिनहु परिवारको आर्थिक अवस्था सुधारेर परिवारको सुखको अनुभूति दिलाउन मनभरी धन कमाउने सपनाहरु सङालेर बिदेश पलायन हुनु परेको छ ! म पनि आज तेहि बिबसताको भुमरिमा परेर बिदेश पलायन हुनु परेको लाखौमा एक हु - "shiva bashyal"

                                               
       ‎यहाका गतिबिधी देख्दा र विभिन्न क्षेत्रमा अध्ध्यन गर्दा मनलाइ पत्रकारिता तर्फ लैजाउ कि भन्ने सोच आउँछ ! आउने जाने बाटोमा भेटिइ रहने विभिन्न सङ्ह सस्था का साथिहरु , दाजुभाइ तथा दिदी बहिनी सङ भेटिरहदा का ती पलहरु सम्झिदा नलेखिरहन सकिन र बाध्य भय कलम चलाउन ! म अझै सम्म सिक्दैछु र लेख्दैछु मेरो पहिलो कृति (Novel) - "बिस्मिता" एक प्रेम कथा..... 💞
       ‎
       ‎प्रकाशन गर्न आटेको छु तर अझै थप समय लाग्छ होला ! सामजिक सन्जालमा धेरै ले पछ्छ्याउदा र परिचयात्मक मा बटुलेका अनुभव र सुनेका कुराहरुले मन भद्द्भद्दी पोल्न थाल्यो र लेख्न बाध्य भय जो मन भित्र सजिलै अटाइरहन सकेनन र लेख्दै गरेका केही अ्म्सहरु सोसल साइट मा पोस्ट गर्दा साथिहरुबाट पयको उचित सल्लाह , सुझाव र साहसलाइ पनि उत्तिकै कदर गर्दै आफैलाइ ब्यस्त राख्न बाध्य भय ! आज्कल साच्चिकै भनु भने यो फिल्डको लेखाइले मेरो दु:ख सुख पोख्ने ठाउँ दियको छ ! जहाँ सुख भन्दा पनि दुखका साथी बन्दा रहेछन ! जीवन भोगाइको प्रतिबिम्बमा दु:खत अनुभूति र पिडालाइ शब्दमा उतार्न नसकी एकान्तमा बसेर नशाको सहारामा मनमा परेका पिडाहरु लाई भुल्न प्रयत्न गर्नेहरु पनि छन ! मलाइ लाग्छ भोलिका ती स्वणिम दिनहरुपनी यस्तै कैयौ पाठहरु बनेर उदाउनेछन र एउटा कितावको सन्सार भयर खुल्ला यो जगत मा कसै को दुखमा मलम लगाउनेछन ! यसै सङ्ग्रह भित्र मनभित्र गुम्सियर रहेका कैयौ मिलन बिछोडका भावना र दु:ख पिडाका बेदनाहरुलाइ उपन्यास मार्फत प्रस्तुत गर्ने प्रयास गरेको छु !
       ‎
केही पीडा , केही सामाजिक बिकृति र बिसङति मा पनि खुलेर चर्चा गर्न खोजेको छु ! परिवार सङ बाहिरिनु / बिछोडिनु र छटपटिमै बित्ने दिनरातहरु , पर्खाइका पलकहरु र जिन्दगिका तितामिठा अनुभूति हरु लाई उपन्यास मा समेट्ने अन्तिम प्रयास अवस्य गरेको हु जस्तो लाग्छ मलाइ ! तेस्तै मायालुको प्रतिक्षारत दिनहरु, छोडेर घरदेखी टाढा भयको ,आफू भनेको बेलामा घर आउन नसक्नुको कारण अनि आफ्नै घरपरिवार र आफन्तहरुले बाटो कुरेर बसेका पलकहरु र एक अन्जान दोस्ति र उस्को जीवन ले एकाएक मन छुदा र मन परिबर्तन गराउन बाध्य हुदा वास्तविक कथा र परिकल्पना लाई समेट्दै "बिस्मिता" नाम जन्मायर एक उपन्यास को जन्म दिने अठोट गरे ! तर किताब प्रकाशन गर्ने तैयारी गर्दा गर्दै विभिन्न आलोचना र आरोप लगाइ रोक्न प्रयास गरेतापनी आफू नरोकिइ मेरो कलम र डायरी लाई निरन्तर चलाइ रहेको छु !

गुणस्तरीय शिक्षाको कमि र पहिलो प्रयास हुदा कैयौ त्रुटी हरु नहोलान भन्न सक्दिन र छन पनि जस्तो लाग्छ मलाइ उचित सल्लाह , सुझाव र प्रेरणा पाउनेछु भन्ने दृढ बिस्वाश राखेको पनि छु ! अहिले सम्म सहयोग र साथ अनि आट दिने साथिहरु प्रती ऋणि छु र यसको कर्जा एकदिन मैले चुकाउनै पर्छ र चुकाउने छु हिम्मत हारेको छैन ! कसैका प्रेरणा , घटित घटना बिशम परिस्थिति को भड्घारोमा जेलिदा मैले यो "Novel" लेख्ने आट गरे ! बल्झियका यथार्थ जिवनका पाटाहरु र अफ्ठ्यारा घुम्टिहरु लाई पारदर्शी ऎना बनेर देखाउन चाहे जस्ले यस्तै भुमरिमा अल्मलियर टुटेका मनहरुलाइ जोडेर हमेशा सिङो देखाइदियोस र खुल्ला आकाश र भिडको बिचमा पनि मुस्कुरायर हिड्ने बनाइदियोस , यस्तै थप आट र साथ सहयोग पाइरहु भन्ने कामना सहित ओझेल पर्न चाहन्छु ................😎
                    <  Shiva Bashyal  >
                    ‎इमेल - t99post@gmail.com
                    ‎f फ्यान्स पेज - Travelers99
                    ‎ट्विटर लिन्क - @shivabashyal
                    ‎वेबसाईट /ब्लग - www.tninty9post.blogspot.com

3 comments:

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...