Monday, 26 February 2018

साहित्य केवल ऎना होइन "शिव बश्याल"T99post

Shiva Bashyal! 27 Feb Mumbai, अभिव्यक्ति नगरी किन पनि प्रेम गरिन्छ ! प्रेममा सबैकुरा सर्वाङ खोलेर नै देखाउनु पर्छ भन्ने पनि छैन ! कुनै कुनै बेला तेस्ता शब्धहरु नल्याउ भन्दा पनि बिषय बस्तुगत ल्याउन बाध्य हुनु पर्ने हुन्छ ! जति कुराहरु देखाउदामा सुन्दर हुदैनन छोप्दामा उत्तिकै सुन्दर / मनमोहक लाग्दछन ! साहित्यकार हरुले  रचना गरेको कृति किनेर ल्यायर पनि आफ्नो कोठामै लुकेर पढ्नु पर्ने स्थिति आयो भने त्यो कृति नै साहित्य हैन जस्तो लाग्छ मलाइ !


लेखियका र ल्यायका कृति गर्वका साथ आमा ,बुवा लाइ पढेर सुनाउन सकियोस ! ढुक्क भयर दिदी बहिनी लाई पढ्न भन्न सकियोस र छोरा छोरिहरुलाइ पढ्नु पर्दछ , कृति राम्रो छ र यसबाट तिमी हरु केही सिक्नु पर्दछ र यस्ले केही सिकाउदछ भनेर ! तबपो साहित्यको मजानै बेग्लै हुन्छ ! लुकेर हेर्ने र पढ्ने पार्ट त्यो बेग्लै छ र तेस्लाइ समाज मा खुल्लम खुल्ला पस्किने लायक हुदैनन ! जस्मा मानवीय चरित्र लुकाउदा नै ठिक हुन्छ !

भनिन्छ साहित्य एक ऎना हो ! तर मलाइ लाग्छ ऎना ले बाहिरी आवरण मात्र देखाउदछ भित्री चरित्र भने देखाउन सक्दैन! तेसैले साहित्य पनि ऎना सरह हुनुहुदैन! साहित्य लाई ऎना सम्झिनु हुदैन ! साहित्य ले चरित्र , पिढा र घटनाक्रम लाई देखाउछ र देखाउनु पनि पर्दछ ! यथार्थ जिबनका खुशी , पीडा , घटना सबै कुरा हरु ले नै साहित्यलाइ रङ भरेर रङिन बनायको हुन्छ ! वास्तविक जीवन कहानी लुकेको र लुकायर देखाइयको हुन्च जहाँ बाहिरी आवरण मात्र नभयर भित्री चरित्र लाई ब्याख्यान्न गरेको हुन्छ तेसैले साहित्य लाई ऎना सम्झिन सक्दिन र सम्झिनु हुदैन पनि जस्तो लाग्छ मलाई !


उपन्यासलाइ कति सम्म देखाउदै कतिसम्म देखाउने भन्ने कुरा लेखकमा भर पर्ने कुरा हो ! सबै भोगेका र देखेका कुराहरु सार्बजनिक नगरेर पनि अभिब्यक्त हुन्छन ! सबै कुरा नङ्याउनु मात्र पनि राम्रो होइन र हुदैन पनि ! एकखालको जमात होला सबै कुरा नङ्याउनु पर्दछ भनेर तर बिषय बस्तुगत र स्टेज अनुसार कत्तिको नाङ्गो हुनु उचित हुन्छ त त्यो लेखकको कलममा भर पर्ने कुरा हो र आफ्नो प्रस्तुत गर्ने तरिका मा भर पर्दछ !

भाते कसैडिमा भात ,किटे कराइमा तिहुन र ढुङे सिलौटा मा थ्याच थ्याच्ती थिचेर बनायको चटनिले पाहुनाको भोजन स्वागतमा सजाइएको कासको थाल जस्तै यथार्थ जिबनका सुख दुखका पलकहरु ल्यायर घाम पानी बिच लागेको इन्द्रेणी को रङ जस्तै जिबनका रङहरु चाहे वास्तविक हुन , चाहे काल्पनिक हुन र चाहे सम्भावित र समय सान्दर्भिक हुन तेस्लाइ चित्रण गर्न सक्नु नै साहित्यकार को आफ्नो परिचय हो !

युगको म्याराथुन दौडमा दौडिरहेको उपन्यास ले पाठकको मन कत्तिको हल्लाउने भन्ने कुरा लेखकको हातमा हुन्छ ! प्रेमको दन्द्वकालमा होमियको यो मेरो मनलाइ फेरि फर्कायर  मायानगरिको जेल बाट रिहा गर्दै एक उपन्यास "बिस्मिता" लाई जन्माउने तैयारिमा पनि छु ! हिन्दाहिन्दै घटना क्रमको सामना गर्नु पनि पर्दो रहेछ ! समयलाइ चिनेर समात्न सकेर समाजमा पस्किन सकियो भने मात्र तब थाहा हुदो रहेछ जब आफू मृत्युको आखिरी १५ मिनेटमा कसैलाइ खोजिरहन चाहेका हुन्छौ र बोल्न पाय हुन्थ्यो जस्तो सोच्दछौ !

यो आखिरी पललाइ बुझेर गर्नुपर्दछ र अहम कुराहरुलाइ अङाल्नु पर्दछ ! त्यो बेला आफ्नो आमा लाई - "म मर्दैछु आमा अबको १५ मिनेटमा मेरो बाटो नहेर्नु है " भन्न मात्र पाय पनि मेरि आमा म फर्केर आउने बाटो हेर्न छाडिदिन्थिन र सम्झना मा दियो बाली दिन्थिन जस्तो लाग्दछ ! तेसैले जिबनको अहम समय लाई बुझेर चल्नु पर्दछ र अहंकार को भावना लाई टाढै राखेर निस्वार्थ भावन लाइ अन्कमाल गरेर जिबनको अधुरो जीवन यात्रा मा ................!

< Shiva Bashyal >Mumbai! 12:15 pm 27 feb 2018 / Tuesday 

1 comment:

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...