CBA Bashyal, ४ फाल्गुन , दाङ ! साहित्यको सन्सार मा उदाउदो तारा - हिमा भुसाल ज्यु का अति नै चोटिला गजल / मुक्तक हरु जति पढ्यो उति नै मिठास र हृदय छुने खालका भेटिन्छन ! फुर्सतको समय मा चलाइरहेको कलम कहिले नरोकियोस र साहित्य सन्सार मा पलायका अन्कुर हरु सदा प्रफुल्ल र ताजा रहुन ! हार्दिक शुभकामना !
[ गजल ]
तिमीले दिएको त्यो घातको पैँचो म तिर्न सक्दिन
मेरा यि नजरबाट तिमी गिरेपनि म गिर्न सक्दिन
💔💔
बेसर्मी को हद नाघेर तिमी जिउदै पतन भएपनि
जानीजानी बदनामीको तक्मा म भिर्न सक्दिन
💔💔
रसरङ्गमा झुमेर दुनियालाई कठपुतली झै नचाई
जवानिलाई बिस्कुन झै फिजेर म फिर्न सक्दिन
💔💔
आक्रोशको ज्वाला नदन्किने त कहाँ हो र मेरो
दन्केर यो मुटु जले पनि त्यो मुटु म पिर्न सक्दिन
💔💔
यो मनको ढुकुकीको बागडोर सुम्पेकै तिमीलाई
भागबन्डा गर्न तिमीले चिरेपनि म चिर्न सक्दिन
💔💔
भित्री मनको चोट मुस्कुराएरै सहने बानी छ मेरो
बदलाको रुप धारण गरि मनमा म छिर्न सक्दिन
हिमा भुसाल
लालमटिया देउखुरी दाङ्ग

No comments:
Post a Comment