CBA Bashyal , फाल्गुन ९ मकवानपुर ! सोसल साइट को बिभिन्न पब्लिक पेज / ग्रुप पेज हरुमा सजियका गजल हरु मध्य अन्जली ज्यु का गजल पनि निक्कै नै हृदयवारक हुन्छन ! समय सान्दर्भिक र चोटिला अनि प्रेमिल गजल र कबिता हरु लेख्ने अन्जली खड्का ज्यु को वास्तविक जीवन डायरी लाइ हामिले फेरिको समयमा खुलाउने प्रयास गर्नेनै छौ तर आज भने उहाको निक्कै मार्मिक यो गजल :-
[ गजल ]
उराठीला पाखा हराभरा बनाउछु है?
झार,पात,पत्कर जमरा बनाउछु है?
संघर्षरत उडानलाई ठेगानमै पुर्याउन
मनभित्रका आकांक्षा चरा बनाउछु है?
उर्लिदीँदा चाहरुपी कल्पनाका खहरे
मद्होस लता झुल्ने पहरा बनाउछु है?
बसन्तको बेवास्ता भै सुके पनि बिरुवा
सुगन्धित अनि मोहित जरा बनाउछु है?
अन्जली खड्का
भिमफेदी ९ मकवानपुर
[ गजल ]
उराठीला पाखा हराभरा बनाउछु है?
झार,पात,पत्कर जमरा बनाउछु है?
संघर्षरत उडानलाई ठेगानमै पुर्याउन
मनभित्रका आकांक्षा चरा बनाउछु है?
उर्लिदीँदा चाहरुपी कल्पनाका खहरे
मद्होस लता झुल्ने पहरा बनाउछु है?
बसन्तको बेवास्ता भै सुके पनि बिरुवा
सुगन्धित अनि मोहित जरा बनाउछु है?
अन्जली खड्का
भिमफेदी ९ मकवानपुर
No comments:
Post a Comment