Friday, 2 February 2018

जवानी र रूप देखि खेलौना झै ठान्यो कि त?"बिमला ढकाल" t99post

CBA Bashyal,काठमाडौ ! साहित्य सन्सार मा अब्बल प्रतिभाकी धनी बिमला ढकाल ज्यु का गजल / मुक्तक हरु सोसल नेटवर्क मा प्रसस्तै पढ्न सकिन्छ ! आफ्नो फुर्सतको समय मा आफुलाइ साहित्य सन्सार मा हराइ हाल्ने उहाको बानिले आज हामी उहाका रचना हरु देख्ने र पढ्ने मौका पायका छौ ! उहाले लेखे मध्य यो एउटा गजल यस्तो थियो -
[गजल ] 

"जसलाई दिएँ मन मुटु उ अर्कैको भाको रै छ
ढाँटी छली दोश्र्रो पटक मलाई माया लाको रैछ

अग्नी साक्षी राखेर सिउँदो उसको सजाएर
मन भुलाउन निर्दोष झै मेरो छेउ गाको रैछ

एउटालाई सिन्दुर पोते पहिराएर धोका दिँदै
मलाई पनि धोका दिन झूठा कसम खाको रैछ

जवानी र रूप देखि खेलौना झै ठान्यो  कि त
घरकीलाई ढाँटी छली मेरो छेउ आको रैछ

उ पनि त नारी हो म पनि त नारी नै हो

बुझ्न गार्हो नारी नारीमा के भिन्नता पाको रैछ"

(बिमला ढकाल , काठमाडौ )

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...