CBA Bashyal, काठमाडौ २० माघ ! वियोगान्त गजल कि धनि अदिती ज्यु का गजल हरु प्राय माया प्रेम मा समर्पित लेखियको पाइइ रहन्छ ! हुनत देश प्रेम , देश भक्ती , तितो सत्य , समय सान्दर्भिक गजल र मुत्तक हरु मा कलम चलाउने अदिती अर्याल ज्ञवाली को अत्यन्तै मिठो यो - [गजल]
"उता खुशी मिल्छ भने उतैतिर जाउ प्रिय।
तिम्रा यादहरू छिट्टै फिर्ता लिन आउ प्रिय।
जानिन कि अजम्बरी माया दिन मैले पनि,
घट्ने छैन जुनी-जुनी यो मायाको भाउ प्रिय।
टुक्रिएको मनलाई अझै कतिसम्म पीडा दिने,
राख्या रै'छौ उध्याएर अचानो र दाउ प्रिय।
जति चोट दिँदा पनि सहेको'थेँ हाँसी-हाँसी,
खाटा बस्न बाँकी नै छ अतीतको घाउ प्रिय।
न रगतको नाता हाम्रो न त राख्यौ मन मेरो,
म मरेको खबर पाउँदा नबारी नून खाउ प्रिय"।
- अदिती अर्याल ज्ञवालि
काठमाडौ ,नेपाल
"उता खुशी मिल्छ भने उतैतिर जाउ प्रिय।
तिम्रा यादहरू छिट्टै फिर्ता लिन आउ प्रिय।
जानिन कि अजम्बरी माया दिन मैले पनि,
घट्ने छैन जुनी-जुनी यो मायाको भाउ प्रिय।
टुक्रिएको मनलाई अझै कतिसम्म पीडा दिने,
राख्या रै'छौ उध्याएर अचानो र दाउ प्रिय।
जति चोट दिँदा पनि सहेको'थेँ हाँसी-हाँसी,
खाटा बस्न बाँकी नै छ अतीतको घाउ प्रिय।
न रगतको नाता हाम्रो न त राख्यौ मन मेरो,
म मरेको खबर पाउँदा नबारी नून खाउ प्रिय"।
- अदिती अर्याल ज्ञवालि
काठमाडौ ,नेपाल
No comments:
Post a Comment