Monday, 12 February 2018

बुझेर साचो प्रेम गर्नु र गरेझै गर्नुमा पक्कै फरक हुन्छ "हिमा भुसाल" t99post

CBA Bashyal, फगुन १ दाङ्ग ! वास्तविक र समय सान्दर्भिक अनि माया प्रेम मा निरन्तर कलम चलाउने हिमा भुसाल ज्यु को यो चोटिलो गजल !

✍✍✍गजल✍✍✍

वास्तवमा मर्नु र मरेझैं  गर्नुमा  पक्कै  फरक हुन्छ!!
अनि आँखा तर्नु र  तरेझैं गर्नुमा  पक्कै फरक हुन्छ !

भित्र  पिस्लिरहेको हुन्छ  मन  एकाग्रमा आफैआफै!!
बाहीर मुस्कान छर्नु र छरेझैं गर्नुमा पक्कै फरक हुन्छ!

संकटको घडिमा आफ्ना बिराना हुँदै जाने त हुन नि!!
मनबाटै नजिक सर्नु र सरेझैं गर्नुमा पक्कै फरक हुन्छ!

कोही रूँदै हुन्छ क्वाँक्वाँ दुःखमा टाऊको ठोकीठोकी!!
भाव बुझी दु.ख हर्नु र हरेझैं गर्नुमा पक्कै फरक हुन्छ !

मानिसको  मन  अनि  त्यो  कालो बादलको भरै नहुने!!
मेघ गर्जेपनि पानि पर्नु र परेझैं गर्नुमा पक्कै फरक हुन्छ!

एकवारको जुनी मनुष्यको चोला नबुझ्ने त को होला!!
बुझेर साँचो प्रेम गर्नु र गरेझैं गर्नुमा पक्कै फरक हुन्छ!

हिमा भुसाल , दाङ्ग 

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...