CBA Bashyal , फागुन ५ काठमाडौ !
गजलकार शान्ती शर्मा को प्रथम गजल सङ्ग्रह "अम्लान फुल" को आज बिमोचन कार्यक्रम भब्यताका साथ सम्पन्न भयो ! काठमाडौं को कमलादि स्थित प्रज्ञा भवनमा आयोजना गरियको यो कार्यक्रम मा विशिष्ट अतिथिमा प्रमुख गजलकार - ज्ञानु वाकर पौडेल तेस्तै अतिथी हरुमा धनराज गिरि , प्रकट पङेनी , रमेश पौडेल , प्रदिप मैनाली लगायत थुप्रै अतिथी हरुको बाक्लो उपस्थिती थियो !
आफ्नो जीवनकाल मा भोगेका भोगाइ हरु र यथार्थ जिवनका पाटो हरु तथा बिभिन्न देश प्रेम का भावहरुले चुर्लुम्मै डुवायर अत्यन्तै सुन्दर कृति तैयार पारेर बनाइयको यो गजल सङ्ग्रह ले पक्कै पनि साहित्य सन्सारमा राम्रो स्थान लिनेछ ! साहित्य प्रेमिहरुको लागि सुन्दर कृतिको उपहार "अम्लान फुल" अब हरेक को मन मुटु मा बस्न सफल हुनेछ ! शान्तीको अम्लान फुल फुलाउने चाहना गजकार शर्माको हरेक शेरमा बुद बुद पोतियर गजलको नदि बगेको पाइन्छ !
मित्रलाल शर्मा स्मृति पुस्तकालय नेचा सोलुखुम्बु ले प्रकाशन मा ल्याएको यो कार्यक्रम - दियालो साहित्य सरगम , घोष्टराइटिङ नेपाल ले आयोजक गरेको थियो ! र बिन्दवासिनी बुक्स एण्ड स्टेसनरी कोटेश्वर तिनकुने ले बितरक गरेको छ !
गजलकार शान्ती शर्मा ज्यु को अम्लान फुल मा सजाइयका गजल हरु मध्य ५ नम्बर मा राखियको यो अत्यन्तै मिठो गजल -
[गजल] - ५
आशुलाइ आजैबाट बिदा गरे मैले
मोति भनी माया गरे बल्ल बुझे ऎले
सम्झिदा ती तप्पतप्प बिर्सदा नि उस्तै
जिवनभरी रुदै बसे हास्नु होला कैले
फुल हेर्छु फकृराछ पुतलीका साथ
हावासङै ढल्की ढल्की नाचिराछ जैले
दुई दिनको जिन्दगी यो जन्मियसी मर्ने
घाम लाग्यो घैटैभरी भुल गरे पैले
प्रिय मनको मन्दिरमा आशादिप बाले
सन्सारले चिन्छ कला सृजनामा फैले ।।
- साहित्य सन्सारमा साहित्य यात्रा निरन्तर अगाडि बढोस शान्ती ज्यु को अम्लान फुल कहिले नसुकोस र साहित्य सन्सार मा रोशनी छरोस हार्दिक बधाई तथा शुभकामना - Shiva Bashyal / Travelers99 (f. page)
बिमोचन का क्रममा लियका केही तस्बिर हरु
गजलकार शान्ती शर्मा को प्रथम गजल सङ्ग्रह "अम्लान फुल" को आज बिमोचन कार्यक्रम भब्यताका साथ सम्पन्न भयो ! काठमाडौं को कमलादि स्थित प्रज्ञा भवनमा आयोजना गरियको यो कार्यक्रम मा विशिष्ट अतिथिमा प्रमुख गजलकार - ज्ञानु वाकर पौडेल तेस्तै अतिथी हरुमा धनराज गिरि , प्रकट पङेनी , रमेश पौडेल , प्रदिप मैनाली लगायत थुप्रै अतिथी हरुको बाक्लो उपस्थिती थियो !
मित्रलाल शर्मा स्मृति पुस्तकालय नेचा सोलुखुम्बु ले प्रकाशन मा ल्याएको यो कार्यक्रम - दियालो साहित्य सरगम , घोष्टराइटिङ नेपाल ले आयोजक गरेको थियो ! र बिन्दवासिनी बुक्स एण्ड स्टेसनरी कोटेश्वर तिनकुने ले बितरक गरेको छ !
गजलकार शान्ती शर्मा ज्यु को अम्लान फुल मा सजाइयका गजल हरु मध्य ५ नम्बर मा राखियको यो अत्यन्तै मिठो गजल -
[गजल] - ५
आशुलाइ आजैबाट बिदा गरे मैले
मोति भनी माया गरे बल्ल बुझे ऎले
सम्झिदा ती तप्पतप्प बिर्सदा नि उस्तै
जिवनभरी रुदै बसे हास्नु होला कैले
फुल हेर्छु फकृराछ पुतलीका साथ
हावासङै ढल्की ढल्की नाचिराछ जैले
दुई दिनको जिन्दगी यो जन्मियसी मर्ने
घाम लाग्यो घैटैभरी भुल गरे पैले
प्रिय मनको मन्दिरमा आशादिप बाले
सन्सारले चिन्छ कला सृजनामा फैले ।।
- साहित्य सन्सारमा साहित्य यात्रा निरन्तर अगाडि बढोस शान्ती ज्यु को अम्लान फुल कहिले नसुकोस र साहित्य सन्सार मा रोशनी छरोस हार्दिक बधाई तथा शुभकामना - Shiva Bashyal / Travelers99 (f. page)
बिमोचन का क्रममा लियका केही तस्बिर हरु
No comments:
Post a Comment