Tuesday, 21 August 2018

बाकस भित्र को त ? पासपोर्ट कि म ...... " शिव बस्याल "- T99post

शिव बस्याल /मुम्बई 
भदौ ५ , मंगलवार 

- एक्कासी भएको घटना ले जिवनमा नसोचेकै कुरा सोच्नमा मजबुर गराइदियो ! अनेकौ प्रयास पछि पनि असफल भएर ताबोको ताउलिमा आमा को अस्तु र खरानी बाहेक अरु केहि लियर फर्किन सकिन ! आशाको किरण त्यो दिन ढल्यो जुन दिन नर्सले सम्झाउदै भन्दै थिइन - आमाको आखाको नानी सुकिसक्यो , फुस्रो भयर आयको छ अब को ३/४ घण्टामा डक्टरले डिक्लियर गरिदिनु हुन्छ ! पैसाको इन्तजाम गर्नुस है , अस्पतालको बिलहरु धेरै पेन्डिङ्ग मा छन  !



सन्नाटा रात करिव ३ बजेको हुदो हो ! मलिन र भिजेका यी आँखा अब आमालाइ भन्दा पनि भ्यान्टिलेटर को स्केल तर्फ एकोहोरो पछ्याउन लागे ! काश यो मिटर मा रातो बत्ति हरायर हरियो बत्ती बलिदिय हुन्थ्यो ! आमाका फुस्रा र सुक्दै गयका आँखा फेरि रसिला भइदिए हुन्थ्यो ! धेरै दिनदेखी बन्द भयको आवाज र ओठहरु खुलेर " बाबू " भन्दै बोलाइदिय हुन्थ्यो ! लम्पसार परेर निर्जिव बस्तु झै ढलेका आमाका हतहरुले फेरि मलाइ सुम्सुम्याएर सोधे हुन्थ्यो - बाबू खाना खायौ ! मलाइ आमाले यसैगरी बोलाइरहने यो आवाज नसुनेको पनि १४ दिन भैसकेको रहेछ जब अस्पतालको बिलहरु मा मिति देखे !

आज पनि मलाइ याद छ आमाले भन्नू हुन्थ्यो - दैव नलागोस रिण लागेर केही हुदैन ! तर यहाँ त सबै कुरा लागेछ ! जब अस्पताल को बिल मेरो जग्गा जमिन बेचेरे आउने दाम भन्दा दोब्बर थियो ! समस्या अब एउटा मात्र नभएर अरुपनी थपिने भय ! पिडाले अररो भयको ज्यानलाइ सकिनसकी घिसार्दै दुई हात जोडि अन्तिमपटक जिवनको भिख मागिरहदा सुन्ने कोइ भयनन , न त भगवान ले नै ! यदि सुनेको भय यो सप हुनेनै थिएन होला ! अन्तिमपटक रसायका आमाका आँखा अब फेरि कहिले नरसाउने गरि बिलिन भए तर मेरा भने आँखा रसाउन कहिले छोडेनन !

सरुको सल्लाह बिपरित नै म पनि बिदेश जाने मनसाय बनायर म्यानपावर पुगे ! बिदेसिने को लामो कतारमा म पनि झाङ्गिय जुन हजारौमा एक थिए ! सबै प्रकृया पूरा भयपछी सरुलाइ अन्तिमपटक भेट्न घर फर्किय किन कि मलाइ थाहा छ धेरै बिदेश गयका साथिहरु बाकसमै फर्कियका छन ! यहाँ समय र परिस्थिति ले बाध्य बनायो सबैको देख्दा देख्दै पनि अरु बिकल्प रोज्न सकिन ! लागियो राजधानी काठमाडौ तिरै ! साहुको रिण , परिवारको दैनिकी र बच्चाहरुको भविस्यको सपना हरु बोकेर म भोलि त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल बाट उडान भर्दै थिए ! अन्तिम रात सरुसित धेरै कुरा गरेर उनिलाइ सम्झायर बिदा मागे !






बिहान उठेर हेर्दा सरुको एउटा म्यासेज आयको रहेछ -

  प्रिय , सायद हिजोको रात हाम्रो अन्तिम थियो ! तिम्रो न्यानो अङालोमा बाधियको यो शरीर कहिले नफुत्किय हुन्थ्यो जस्तो लाग्थ्यो ! मेरा शरिरमा कस्सिएका तिम्रा हात नफुत्किय हुन्थ्यो जस्तो लाग्दथ्यो तर कति छिट्टै फुस्किय है ! आज यो बेड एक्लो छ ! सिरानी मा झरेका तिम्रा आँसु हरु यत्तिकै तिम्रो पर्खाइमा छन ! चाहेर पनि धुन सकिन ! तेहि सिरानिमा थपिएक मेरा आशुहरु हरेक पल तिमिलाइ खोजिरहन्छ ! म चाहन्न तिमिले लगाइदियका मेरा चुरा फुटाउन , म चाहन्न तिमिले लगाइदियको सिन्दुर मेटाउन , म चाहन्न यो समाज मा बिधुवा बनेर तिम्रा सपना सजाउन !

प्रिय हिजो तिमिले अन्तिमपटक खोलेका मेरा लुगाहरु तिम्रै ब्यागमा राखिदियकि छु ! सम्झना आउदा हेरिबस्नु तर हुर्कदै गरेको मेरो कोखको बच्चा लाई समय नपुगी तिम्रो साथ दिन सकिन प्रिय मलाइ माफ गरिदिनु !
तिमी आफै भन न भोलिका दिनहरुमा म हाम्रो बाबुलाइ के उत्तर दिउ ! हरेक बच्चाहरु को आश्रय नै आमा बाबुको न्यानो काख हो ! तिमी फर्कियौ भने त ठिक छ तर उपल्लो गाउको बिक्रम दादा झै बाकसमा फर्कियौ भने नि ? म कल्पना पनि गर्न सक्दिन ! तिमी बिना यो मन बिचलित हुनेछ र सन्सार अध्यारो .........!

बिदेशिने हरुका र एकल महिला लाई अहिलेको समाजले दाउ खेलिरहेको हुन्छ ! अस्मिता माथी नजर गाडेको हुन्छ ! हरेक दिनको पर्खाइपछी पनि तिमिलाइ नपाउदा तिर्खायको मन बिचलित हुन्न भन्न पनि सक्दिन ! हरेक प्रलोभनमा पारेर फसियका र फसायका घटना समाजमा धेरै छन ! यो घटनाको सिकार म हुन सक्दिन ! यस्तै घटनाका सिकार र अपहेलित बाट पिल्सियर म जिवनको परित्याग गरेर हुर्किदै गयको बच्चालाइ एक्लो छोडेर जान सक्दिन ! प्रिय तिमी एकपटक आफै सोच न - आज आमा बिना कति एक्लो महसुस गरिरहेका छौ ! यस्तै भोलि केही अप्रिय भैदियो भने यस्तै भोगाइ र एक्लोपन हाम्रो बच्चालाइ हुनेछ ! कसरी जान सक्छौ तिमी मलाइ र यो हुर्किदै गरेको बच्चालाई छाडेर ! समस्या एकातिर छ र भोलि झन ठूलो समस्या अर्कोतिर थपियो भने नि ......... ?

हिड्ने बेला परेको मुटुको गाठो फुकाउन सकिन र अहिले सकिनसकि यो म्यासेज लेख्ने आट गरे ! सायद यहि भेट हाम्रो अन्तिम भैदियो भने .......?

दु:खसुख जिन्दगिका आयाम हुन ! अध्यारो पछि रोशनी नफर्की दिनको सुरुवात हुदैन ! जिवनमा पनि दु:ख पछि सुख एकदिन अवस्य फर्किनेछ ! तर तिमी यसरी छाडेर गयौभने रात पछि दिन सायद फेरि कहिले उदाउने छैन ! प्रिय आफै भन न तिमी मेरो मृत्यु देख्न सक्छौ होला र ? तेस्तै म तिम्रो मृत्यु को कल्पना पनि गर्न सक्दिन किन कि मेरो आखामा तिमिले कमायर ल्याउने धन भन्दा पनि त्यो बाकस को चित्रण नाचिरहेको छ ! म यो पल हुन दिन सक्दिन र यस्तो पलको इन्तजार गर्न पनि सक्दिन ! जे जस्तो भयपनी सङै बसौला ! मलाइ सुखको मोह छैन तर तिम्रो माया को धेरै खाचो छ र कोखको हाम्रो बच्चालाइ पनि ! प्रिय म चाहेर पनि धेरै लेख्न सकिन ! तिम्रो प्लेन चडेको खबर भन्दा पनि घर फर्कियको खबर सुन्न पाउ ! म चाहन्छु कि त्यो पासपोर्ट सधै को लागि मेरो बाकसमा बन्द गरिदिउ र मलाइ तिम्रो माया मा ! म चाहन्न तिमिलाइ बन्द बाकसमा फर्कियको र माटोमा बिलिन गराउन .......
तिमि आउने बाटोको प्रखाइमा छु तिम्रो म्यासेज को होइन ! सधैव तिम्रो साथ जुनिजुनि रहने त्यो दिनको प्रखाइमा ...

                                                            पृयसि - " सरु "

सरुको यो म्यासेज ले म अगाडि जान सकिन र घर फर्किय ! सरुलाइ अन्कमाल गर्दै उनैको हातमा पासपोर्ट दिदै गर्दा भनेको यो शब्द आज पनि याद छ -
 [ बाकस भित्र को त ? पासपोर्ट कि म ......]
                  BY - शिव बस्याल 

- काल्पनिक रचनालाइ केवल रचनाको रुपमा मात्र हेरिदिनु होला अन्यथा नलिनु : यदि कोइ कसैको जीवन संग मेल हुन गयमा संयोग मात्र हुनेछ ! धन्यवाद !

2 comments:

  1. यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

    ReplyDelete
  2. निकै भावुक बनायो हजुरको लेखले समय सान्दर्भिक र बिदेशीनु हुने दाजुभाइदिदिबहिनि हरुको बाध्यता समेटिएको लेख उत्कृष्ट लाग्यो ।अझै अन्य लेखहरु पनि पढ्न पाउनेछु भन्नेमा अपेक्षा राख्द्छु ।

    ReplyDelete

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...