Wednesday, 28 February 2018

सुदुरपस्चिमेली समाज भारत को अथक प्रयासले २ महिना देखि हरायको बालकको सफल उद्दार T99post

CBA Bashyal 28 feb मुम्बई ! डोटि जिल्ला मुडभरा घर भयको र बिगतको लामो समय देखि नै रोजगारी को सिलसिलामा भारतको बैगलोर मा बस्दै आयको हरि नेपाली को ७ बर्ष को कान्छो छोरा कृष्ण नेपाली(प्रकाश) गत बर्ष १ जनवरी देखि हरायका थिय! लगत्तै खोजी कार्य गर्दा पनि फेला नपरेपछी पशुपति समाज बैगलोर ले पुलिस प्रसासन मा पनि यो खबर गरेर थियो तर केही कहि पत्ता लागेको थियन!

सबैलाइ रुवायर गयिन "चादनी" हार्दिक🌹 श्रद्धाञ्जली 🌹T99post

CBA Bashyal, 28 feb Mumbai ! : विश्वभरका आफ्ना करोडौँ फ्यानलाई रुवाउँदै बलिउडकी प्रख्यात अभिनेत्री श्रीदेवी जिन्दगीको अन्तिम यात्रामा निस्केकी छन् । करोडौँ फ्यानको मन मष्तिष्कमा बस्न सफल उनलाई बेहुली जस्तै सजाएर शव यात्रा मुम्बईबाट निकालिएको हो । बलिउडकी ‘चाँदनी’ श्रीदेवीलाई सेतो फूलले सजाइएको ट्रकमा राखेर अन्तिम यात्रामा निकालिएको हो । यसभन्दा पहिले श्रीदेवीलाई बेहुली जस्तै रातो कपडाले सजाइएको थियो ।

Tuesday, 27 February 2018

नजर सम्म लाउनै सकिन "अस्मि बियोगी" T99post

[मुक्तक ] 
हजुर को त्यो बिदाई मा आउनै सकिन !

 दाईजो  त के नजर सम्म लगाउनै सकिन ! 

दुखेको मन टुटेको दिल पहिल्याउन कसरी आउँ म ! 

बिदाई को बेला उपहार त के आशु सम्म ल्याउनै सकिन ! 

दाईजो  त के नजर सम्म लाउनै सकिन   !  

अस्मि बियोगि , काठमाडौ 

Monday, 26 February 2018

साहित्य केवल ऎना होइन "शिव बश्याल"T99post

Shiva Bashyal! 27 Feb Mumbai, अभिव्यक्ति नगरी किन पनि प्रेम गरिन्छ ! प्रेममा सबैकुरा सर्वाङ खोलेर नै देखाउनु पर्छ भन्ने पनि छैन ! कुनै कुनै बेला तेस्ता शब्धहरु नल्याउ भन्दा पनि बिषय बस्तुगत ल्याउन बाध्य हुनु पर्ने हुन्छ ! जति कुराहरु देखाउदामा सुन्दर हुदैनन छोप्दामा उत्तिकै सुन्दर / मनमोहक लाग्दछन ! साहित्यकार हरुले  रचना गरेको कृति किनेर ल्यायर पनि आफ्नो कोठामै लुकेर पढ्नु पर्ने स्थिति आयो भने त्यो कृति नै साहित्य हैन जस्तो लाग्छ मलाइ !

सामाजिक सन्जाल लाई परोपकारी काम सङ जोड्ने हाम्रो अभियान "पुनम खड्की" भिडियो सहित T99post

CBA Bashyal, 26 feb KTM - अभियानमा सहयोग माग्ने बित्तिकै लौ बर्बाद, लौ खत्तम बरु साथिवाट हटाउ क्यारे भनेर नसोच्नु अनुरोध गर्छु यो नितान्तै सामाजिक अभियान हो यसमा सक्दा सहयोग गर्न सकिन्छ नसक्दा पनि लौ है म सहयोग गर्न असमर्थ भन्न सकिन्छ ।

Sunday, 25 February 2018

हृदयघात को कारण अभिनेत्री श्रीदेवि को मृत्यु T99post

CBA Bashyal 25 feb Mumbai ! बलिउडकी प्रख्यात कलाकार अभिनेत्री श्रीदेवीको हृदयघातका कारण मृत्‍यु भएको छ । श्रीदेवीको उमेर ५४ बर्षको थियो । अभिनेत्री श्रीदेवी दुबईमा मोहित मारवाहको विवाहमा सरिक हुन गएकी थिईन । कपूर परिवारको नातेदारको उक्त विवाह समारोहमा अचानक हृदयघातका कारण यी बहुचर्चित नायिकाको मृत्‍यु भएको छ ।

Wednesday, 21 February 2018

मदहोस लता झुल्ने पहरा बनाउछु "अञ्जली खड्का"T99post

CBA Bashyal , फाल्गुन ९ मकवानपुर ! सोसल साइट को बिभिन्न पब्लिक पेज / ग्रुप पेज हरुमा सजियका गजल हरु मध्य अन्जली ज्यु का गजल पनि निक्कै नै हृदयवारक हुन्छन ! समय सान्दर्भिक र चोटिला अनि प्रेमिल गजल र कबिता हरु लेख्ने अन्जली खड्का ज्यु को वास्तविक जीवन डायरी लाइ हामिले फेरिको समयमा खुलाउने प्रयास गर्नेनै छौ तर आज भने उहाको निक्कै मार्मिक यो गजल :-

Sunday, 18 February 2018

शहरमा सङै पढ्नेसङ उसको प्यार भयछ "गणेश आचार्य "T99post

CBA Bashyal 18 feb Mumbai! साहित्यिक क्षेत्रमा निरन्तर कलम चलाउने गणेश आचार्य ज्यु का गजल हरु अत्यन्तै मार्मिक र हृदयवारक हुन्छन ! कुनै पल रुवाछन त उत्तिकै हसाउछन पनि ! समय सान्दर्भिक कलम चलाउने आचार्य ज्यु का गजल हरु मध्य यो गजल -

Saturday, 17 February 2018

"अम्लान फुल" को लोकार्पण सम्पन्न T99post

CBA Bashyal , फागुन ५ काठमाडौ ! 
गजलकार शान्ती शर्मा को प्रथम गजल सङ्ग्रह "अम्लान फुल" को आज बिमोचन कार्यक्रम भब्यताका साथ सम्पन्न भयो ! काठमाडौं को कमलादि स्थित प्रज्ञा भवनमा आयोजना गरियको यो कार्यक्रम मा विशिष्ट अतिथिमा प्रमुख गजलकार - ज्ञानु वाकर पौडेल तेस्तै अतिथी हरुमा धनराज गिरि , प्रकट पङेनी , रमेश पौडेल , प्रदिप मैनाली लगायत थुप्रै अतिथी हरुको बाक्लो उपस्थिती थियो !

Friday, 16 February 2018

जवानिलाइ बिस्कुन झै फिझेर म फिर्न सक्दिन "हिमा भुसाल"T99post

CBA Bashyal, ४ फाल्गुन , दाङ ! साहित्यको सन्सार मा उदाउदो तारा - हिमा भुसाल ज्यु का अति नै चोटिला गजल / मुक्तक हरु जति पढ्यो उति नै मिठास र हृदय छुने खालका भेटिन्छन ! फुर्सतको समय मा चलाइरहेको कलम कहिले नरोकियोस र साहित्य सन्सार मा पलायका अन्कुर हरु सदा प्रफुल्ल र ताजा रहुन ! हार्दिक शुभकामना !

Tuesday, 13 February 2018

"Love Never Die"भ्यालेन्टाइन स्पेसल t99post

💕Love Never Die 💕
              - प्रेम रस कस्तो थियो कहिले स्वाद लिने आट नै गरिन र चाखिन पनि तर यत्ती मात्र बुझिरहेकी प्रेम को रङ रातो हुन्छ ! प्रेममा सेक्स हुनु पर्छ भन्ने पनि छैन र सेक्समा प्रेम हुनु पर्छ भन्ने पनि छैन !  प्रणय दिवसमा गिफ्ट दिन खोज्दा प्राय उनलाइ गिफ्ट को कलर सोद्दा रातो रङ नै सेलेक्ट गर्थिन ! मेरो लागि पनि प्राय गिफ्ट रातो रङको नै आउने गर्दथ्यो ! एनिमेसन गिफ्ट हरु या गृटिङ कार्डहरु प्राय रातो कलरको नै हुने गर्दथे र हमेसा भेट्न आउदा उनको हातमा सधै रातो कलरको गुलावको फुल हुने गर्दथ्यो ! तर बिगतको २ महिना देखि उनी मलाई भेट्न आउदा सेतो पहिरनमा नै सजियर आउने गर्दथिन ! सेतो बाहेक अरु कलर को लुगा किन नलगयको भनी सोद्दा सधै जसो आज पनि यहि उत्तर पाय - सेतो रङ शान्तिको रङ , र सेतो कलर शान्तिको प्रतीक पनि ! तिमी माया चाहन्छौ र प्रेम खोज्दैछौ तर म भने माया गर्छु र शान्ती चाहन्छु तेसैले तिम्रो र मेरो माया र भावना मिले पनि रङ मिल्दैन होला सायद !

तिमी सधै रातो र म सेतो तेसैले त हाम्रो मायाको कम्बिबेसन दीर्घकालीन सायद छैन होला जस्तो लाग्छ मलाइ सुभान !

सन्चिताको आखाबाट बगिरहेको आशुको ढिक्काहरुले उनको मनको गुनासाहरु बगाइरहेको थियो र मैले बगेको आशुको ढिक्का हरु मेरो हत्केला मा एक एक गरि सजाइरहेको थिय ! हेर्दा हेर्दै औलाका कापहरुबाट पनि बग्न थाल्यो र झरेको आशुको तप्केना मेरो खुट्टामा पर्न गयो ! सधै भेटेपछी अन्कमाल गरेर खुशिका भावना हरु साट्ने सन्चिता आज एकोहोरो के के न के के बोल्दै थिइन ! म सम्झाउदै जान्थे उनी झन भावुक हुँदै जान्थिन र बिछिप्त पन ... खै किन भन्ने गर्थिन छोटो समयमै हामी यति नजिक भैयो तर जति जे सोचेर नजिक भय तेत्ती नै अब म हजुर लाइ नफरत गर्न बाध्य भय ! यदि यहि कुरा पहिला नै थाहा भैदियको भय सायद म यति नजिक हुन्थिन पनि होला ! आज म यो रातो गुलाव अन्तिमपटक दिदैछु ! भोलिका आउदा प्रणय दिवसका दिनहरु हजुर को लागि यादगार र सम्झनामै बित्नेछन तर बिगतलाइ सम्झेर कहिले नरुनु है !

Monday, 12 February 2018

बुझेर साचो प्रेम गर्नु र गरेझै गर्नुमा पक्कै फरक हुन्छ "हिमा भुसाल" t99post

CBA Bashyal, फगुन १ दाङ्ग ! वास्तविक र समय सान्दर्भिक अनि माया प्रेम मा निरन्तर कलम चलाउने हिमा भुसाल ज्यु को यो चोटिलो गजल !

✍✍✍गजल✍✍✍

वास्तवमा मर्नु र मरेझैं  गर्नुमा  पक्कै  फरक हुन्छ!!
अनि आँखा तर्नु र  तरेझैं गर्नुमा  पक्कै फरक हुन्छ !

भित्र  पिस्लिरहेको हुन्छ  मन  एकाग्रमा आफैआफै!!
बाहीर मुस्कान छर्नु र छरेझैं गर्नुमा पक्कै फरक हुन्छ!

संकटको घडिमा आफ्ना बिराना हुँदै जाने त हुन नि!!
मनबाटै नजिक सर्नु र सरेझैं गर्नुमा पक्कै फरक हुन्छ!

कोही रूँदै हुन्छ क्वाँक्वाँ दुःखमा टाऊको ठोकीठोकी!!
भाव बुझी दु.ख हर्नु र हरेझैं गर्नुमा पक्कै फरक हुन्छ !

मानिसको  मन  अनि  त्यो  कालो बादलको भरै नहुने!!
मेघ गर्जेपनि पानि पर्नु र परेझैं गर्नुमा पक्कै फरक हुन्छ!

एकवारको जुनी मनुष्यको चोला नबुझ्ने त को होला!!
बुझेर साँचो प्रेम गर्नु र गरेझैं गर्नुमा पक्कै फरक हुन्छ!

हिमा भुसाल , दाङ्ग 

Tuesday, 6 February 2018

बिवाह बर्षगाठ को शुभकामना "हेमन्त/लक्ष्मी बश्याल" t99post

२४ माघ पाल्पा !प्रेमिल शब्धहरुले नि प्रेमलाइ सम्प्रेषण गर्दछ ! अटुट प्रेम नै रिलेशन हो र रिलेशन भित्र रहेर आफ्नो भुमिका निर्वाह गर्नु नै आफ्नो परिचय हो ! प्रेम लाई कस्सिलो डोरिमा सजाउनु नै जीवन को सुनेहरा पल हो जस्ले जिबनमा थप जिम्मेवारी दियेको हुन्छ ! प्रेम पछि को सफलता ले नै जीवन लाई सुनिस्चित मार्गमा जान सहज बनाउछ ! विस्वासीलो पन र निस्चल मन लाई केन्द्रित गरेर आफू पछि आफ्नो जिम्मेवार लाई सामना गर्नु नै जीवन हो ! जहाँ जो शीत सुख दुखको रोदन र मन सजिलै शीत बहकाउन सकिन्छ त्यो नै जीवन साथी हो र असल प्रेमिका .................💞

Friday, 2 February 2018

जवानी र रूप देखि खेलौना झै ठान्यो कि त?"बिमला ढकाल" t99post

CBA Bashyal,काठमाडौ ! साहित्य सन्सार मा अब्बल प्रतिभाकी धनी बिमला ढकाल ज्यु का गजल / मुक्तक हरु सोसल नेटवर्क मा प्रसस्तै पढ्न सकिन्छ ! आफ्नो फुर्सतको समय मा आफुलाइ साहित्य सन्सार मा हराइ हाल्ने उहाको बानिले आज हामी उहाका रचना हरु देख्ने र पढ्ने मौका पायका छौ ! उहाले लेखे मध्य यो एउटा गजल यस्तो थियो -
[गजल ] 

"जसलाई दिएँ मन मुटु उ अर्कैको भाको रै छ
ढाँटी छली दोश्र्रो पटक मलाई माया लाको रैछ

अग्नी साक्षी राखेर सिउँदो उसको सजाएर
मन भुलाउन निर्दोष झै मेरो छेउ गाको रैछ

एउटालाई सिन्दुर पोते पहिराएर धोका दिँदै
मलाई पनि धोका दिन झूठा कसम खाको रैछ

जवानी र रूप देखि खेलौना झै ठान्यो  कि त
घरकीलाई ढाँटी छली मेरो छेउ आको रैछ

उ पनि त नारी हो म पनि त नारी नै हो

बुझ्न गार्हो नारी नारीमा के भिन्नता पाको रैछ"

(बिमला ढकाल , काठमाडौ )

म मरेको खबर पाउदा नबारी नुन खाउ प्रिय "अदिती अर्याल ज्ञवाली" t99post

CBA Bashyal, काठमाडौ २० माघ ! वियोगान्त गजल कि धनि अदिती ज्यु का गजल हरु प्राय माया प्रेम मा समर्पित लेखियको पाइइ रहन्छ ! हुनत देश प्रेम , देश भक्ती , तितो सत्य , समय सान्दर्भिक गजल र मुत्तक हरु मा कलम चलाउने अदिती अर्याल ज्ञवाली को अत्यन्तै मिठो यो - [गजल]

"उता खुशी मिल्छ  भने उतैतिर जाउ प्रिय।
तिम्रा यादहरू छिट्टै फिर्ता लिन आउ प्रिय।

जानिन कि अजम्बरी  माया  दिन मैले  पनि, 
घट्ने छैन जुनी-जुनी यो मायाको भाउ प्रिय।

टुक्रिएको मनलाई अझै कतिसम्म पीडा दिने,
राख्या  रै'छौ  उध्याएर अचानो र  दाउ  प्रिय।

जति चोट दिँदा  पनि सहेको'थेँ  हाँसी-हाँसी,
खाटा बस्न बाँकी नै छ अतीतको घाउ  प्रिय।

न रगतको  नाता हाम्रो  न त  राख्यौ  मन मेरो,
म मरेको खबर पाउँदा नबारी नून खाउ  प्रिय"।

- अदिती अर्याल ज्ञवालि 
काठमाडौ ,नेपाल 


कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...