हतार हतार गर्दै हस्याङ फस्याङ दौडिदै थिय , साथमा निलो रङको ट्रलि ब्याग गुडाउदै अन्तर्राष्ट्रिय त्रिभुवन बिमान स्थल काठमाडौ को गेट न A बाट ! ब्याग चेकिङ गराइ अगाडि बढ्दै गर्दा एक्कासी अलाउन्स मा आयको आवाजले टेन्सन बनायो - "शिशिर निरौला" तपाईं जहाँ कहि हुनुहुन्छ छिटोभन्दा छिटो आइदिनु होला एयरबस तपाइको आखिरी पर्खाइमा छ केवल पाच मिनेट मात्र .......
काउन्टर नम्बर - सात मा जब बोर्डिङ पासको लागि पुगे तब एकपटक झनक्क रिसिदै कराउन थालि काउन्टर मा बसेकी एक उखरमाउली , मलाइ पनि रिसउठ्यो र भन्न मन लागेको थियो कतिन फ्रीमा यात्रा गराउने झै, टिकट आफैले काटिदियझै ! तर ..
आफुलाइ सम्हाले जानू मलाइ थियो , त्यसमाथि पनि प्लेन छुट्ने डर ! सरि मेडेम आउदा आउदै ढिला भयो विभिन्न कारणबस ! पुर्लुक्क हेर्दै पासपोर्ट मागि र बोर्डिङ पास दिदै भनी छिटो जानुहोस समय सकिइ सकेको छ बाकी मात्र दुइ मिनेट !
दौडिदै थिय तेत्तिकैमा म भन्दा अगाडि जाँदै गरेको एकजना यात्रु को डायरी सिटिङ चेयरमा छुटेको देखे ! तेसै छोडिदिन मनले मानेन ! फनक्क फर्के अनि डायरी हातमा लियर अगाडी बढे ! जहाँ म जाँदै थिय उ पनि उतै मोडियो ! उसैको पछि लागे ! सङै हाम्रो पर्खाइमा रहेको बस भित्र पाइला राख्ने बित्तिकै एयर बस एयरपोर्ट को बिचौ बिचमा खडा रहेको एउटा सेतो र निलो रङिन प्लेन तर्फ बढ्यो !
सङै प्लेन भित्र छिर्यौ मेरो सिट 5-C थियो ! झ्याल तर्फको नै सिट परेछ ! खुशी लाग्यो अनि एकपटक सोचे आज सारा काठमाडौ को सिनहरु आफ्नो क्यामेरा मा कैद गर्नेछु ! कल्पनै कल्पनाको सन्सार अनि सधै प्लेन चडेको सपना मात्र देख्ने म आज बास्तवमै प्लेन मा चडेको थिय ! एक अलग अनुभूति अनि मनमा कौतुहलता बोकेर चडेको मेरो प्लेन 6E - 32/185 indigo (kTM TO MUMBAI) .
मानिसहरू आफ्नो सिट खोज्दै यताउती सलबलाइ रेहेका थिय ! केटाकेटी हरु झ्याल तिर बस्ने भन्दै खुनखुनाउदै थिय! सबै अपरिचित चेहेरा तर धेरै नेपालि थिय भने केही भारतिय हरु पनि
लगभग २५० जना जति यात्रु बोकेको प्लेन भित्र यताउति गरेका यात्रुहरुको बिचमा एउटि सुन्दर युवती लाई देखे जो एयरहोस्टेज रहिछन अरु थप दुइ जना पनि ! कालो छोटो स्कट र स्किन कलरको लेगिन्स माथी, सेतो सट माथी लगायको कालो कोट ! सिल्की सरलक्क परेको कपाल गुजुल्ट्यायर पछाडि पट्टि एकमुस्ट बनाइयको डल्लो ! मानौ त्यो कुनै मिनि बल हो ! याद आयो सानोमा मैले खेल्ने गरेको कोदाको भुस भरेर मजेत्रा ले बेरि दिदिले बनाइदियको मेरो फुटबल !
एक चौथाई कपाल ढाक्नेगरि लगाइयको क्याप ले झन सुन्दरता थपेको थियो ! सबैको मन लोभ्याउने बोलिमा अत्यन्तै मिठास अनि उत्तिकै अनुशासन पनि ! कोइ कोइ त कतिसम्म राम्रा हुन सकेका हुन बाबै ! नजिकै बाट सर्याक सर्याक गर्दै जादा आयको एक किसिमको पर्फ्युमको सुगन्ध कस्तुरी को नाइटो झै मगमगाउदै नाकको प्वाल लाई छिचोल्दै सेकेन्ड भरमै मन मस्तिष्क छोइदिन्थ्यो !
आफ्नो अनुहार हेर्न मन लाग्यो ! गोजिबाट मोबाइल निकालेर फ्रन्ट क्यामेरा चालू गरे , जहा थकित फुस्रो चेहेरा , निन्याउरो पन अनि ४/५ दिनदेखी नबनायको कैलो दाडि , मोति झै बुद बुद टल्केका निधारका पसिना हरु र निथ्रुक्क भिजेर शरीर बाट निस्केको फुस्स गन्ध बाहेक अरु केही भेटिन !
~ १ ~
एयरकन्डिसनको चिसो हावाले स्पर्स गर्दै थियो ! केही बेरमै पसिनाले निथ्रुक्क भिजेको शरिर शुख्खा भैदियो ! सोचे यो चिसो हावाको बिचमा न्यानो मायाको स्पर्श भैदिय कस्तो हुन्थ्यो होला यस्तै केके न केके कुराहरु मन्मा खेल्दै थिय ! मन त हो मान्छेको ! आफू जे जस्तो भयपनी आफुभन्दा राम्रो मान्छे आफ्नो अगाडि आइदियो भने एकपटक उस्ले सोच्दछ कि कास यो मेरो नै भैदिय कस्तो हुन्थ्यो होला ! एकपटक बोल्न मात्र पायपनी हुन्थ्यो ! उस्को आवाज सुन्न पाय पनि हुन्थ्यो ! उ सित टासिन नपाय पनि एकपटक छोइन मात्र पाय पनि हुन्थ्यो !
माया आखिर कल्पना त हो जो आफुले पाउन नसके पनि एउटा अलग फिलिङ को साथ आफ्नो मनमा सम्बाद गर्न पाउनु हर कसैको अधिकार हो , जो अदृस्य हुन्छ ! एकपटक सम्झिय उहीँ ५५ बर्षको हरिलाल ले २१ बर्षकि अनिता लाइ भगायर लभ म्यारिज गरेको ! आखिर माया त हो जो उमेर र रुपरेखा हेर्दैन ! एकपटक कुनै न कुनै बहानाले एयर होस्टेज सित बोल्ने मन बनाय पनि हिम्मत गर्न सकिन ! सोचे यात्रा लामो छ कुनै समय आउलानी त ! यात्रु हरु सबै सिटमा बसिसकेका थिय मेरो छेवैको सिट मात्र खाली थियो ! सोचेको थिय कुनै राम्री केटि मान्छे परिदियपनी हुन्थ्यो नि त - यात्रा दमदार हुने थियो !
मलाइ बाथरुम जान हतार भैरहेको थियो ! हुनपनी कसरी नहोस र प्लेन छुट्ने डरले कापिरहेको शरीर अनि एयरपोर्ट मा सबैको गाली सुन्नुपर्दा धन्नै पेन्टिमै खुस्कियको पिसाप लाई च्यापेर राखेको थिय ! गय वासरुम तर्फ तर ढोका बन्द थियो सायद भित्र कोइ हुदोहो ! झन टेन्सन मा परे
को छ भित्र कति समय लाग्ने हो ?
एक नम्बर गयेको या दुइ नम्बर ?
अनेकौ कुराहरु मनमा सल्बलाय ! जिवनमा यस्तो भोगाइ म पहिलोपटक भोगिरहेको थिय ! यस्तो परिस्थिती को चपेटमा बल्झियको थिय कि अब त नजिकै आयर एयरहोस्टेज ले हात समाते पनि एकपटक त सरि भन्नु पर्ने अवस्था आयो ! जटिल समस्या ! कस्लाइ सुनाउ र कस्ले बुझोस र ! पिसाप ले बेस्सरी च्याप्यो! पेट फुलेर बेस्मारि दुखिरहेको थियो! हिड्न गार्हो भैरहेको थियो ! मन आत्तियको थियो ! आँखा तिरमिराउदै थिय ! कोइ बोलिरहेको सुन्दा पनि आफैमा झर्को लागेर आयको थियो ! एकपटक पिसाप मात्र गर्न पाय त बाचिन्थ्यो कि जस्तो भान हुन थाल्यो ! ढोका घचघचाय तेत्तिकैमा भित्रबाट रुखो आवाजमा उत्तर आयो - वैट वैट ..... !!
ओहो सरि भन्दै फर्किय ! बिकल्प अरु केही देखिन !तेत्तिकैमा एयरहोस्टेज ले प्लेनको पछाडिको ढोका तर्फ देखाउदै भन्दै थिइन - " दुस्रा भि हे बाथरुम आप पिछेवाला बाथरुम मे जासक्ते हे !"
थ्याङ्स गड ! एक चोटि होइन तीन चोटि थ्याङ्स भने !
सरासर गय ! बाथरुम पसे र ढोका लगाय ! यस्तो लाग्दथ्यो कि सायद जिबनको सबैभन्दा आनन्द को क्षण नै यहि हो ! डुम्म परेर पिसापले भरियको गरुङो मेरो पेट केहिबेरमै धेरै हलुङो भयर आयो ! राहतको श्वास फेरे ! सन्सार नै जितेर आयको जस्तो खुशी आफैमा भयो ! शरीर निक्कै फुर्तिलो भयर आयो ! आफुलाइ फ्रेस राखेर आउदा आफ्नो सिटमा त्यो मान्छेलाइ देखे जो एयरपोर्ट भित्र डायरी छोडेर आयको थियो ,प्लेनभित्र एकाएक हरायको थियो ! सायद अगाडिको बाथरुम उसैले नै कब्जा गरेको हुनुपर्छ !
~ २ ~
आफ्नो सिटमा यसरी अरु नै कोइ आयर बसिदिदा कस्लाइपो नरिसुटोस र ! कति सपना बुनेको थिय ! झ्याल तर्फको सिटमा बसेर काठमाडौ को दृस्य नियाल्न र क्यामेरा मा कैद गर्न ! तेसैमा पनि मेरो हवाइ जहाजको सफर पहिलो पटक थियो र आफैमा म नौलो अनुभव हरु सित नजिकिन चाहन्थे !
- एक्सक्युज मि सर ! ये सिट मेरा हे !
आप आपने सिट मे बैठिय !
यति भन्दा पनि उसले आनाकानी गरेझै गर्यो र उ तेहि नै बस्ने जस्तो भाव देखायो ! सिट छोड्ला जस्तो कन्डिसन देखिन र छड्के आखाले हेरे , उस्ले भन्यो पिलिज म झ्याल तर्फको सिटमै बस्छु है ?
हे भगवान! हर कहि समस्या नै समस्या आखिर किन होला यहि मान्छेले नै मेरा प्रतेक पाइला पाइला मा मुस्किल खडा गरिरहेको छ ! एकपटक त यस्तो लाग्यो कि यो मान्छे होइन सैतान हो जो मेरो पछाडी परिरहेको छ ! आखिर के चाहन्छ यस्ले ! बाथ्रुम जादा म भन्दा पहिला गयर उही चुकुल लगायर भित्रै बसिरहन्छ , सिटमा आउदा आफ्नो सिट उसैले कब्जा गर्छ अनि शंका पो लाग्न थाल्यो सायद आफ्नो डायरी पनि उस्ले जानीजानी मलाइ देखेर पो राखेको थियो कि एयरपोर्ट को सिटिङ चेयर मा !
सोचाइमा परे ! आफैमा प्रस्न गरे ! कुरा गहिरो होला जस्तो लाग्यो ! मन्मा कुरा खेल्यो ! नखेलोस पनि कसरी पाइला पाइला मा यो जन्तुले ठक्कर दिइरहेको थियो ! फेरि पनि आफुलाइ अलि शान्त राखे किनकी उ नेपालिमा नै बोलिरहेको थियो! यसरी कोइ नेपाली साथ पाउँदा केही खुशी पनि लाग्यो सोचे यात्रा मा टाइम पास हुने भयो आज, तर के कस्तो छ कुन्नी बोल्ने हो , या होइन के था !
अहिले झ्याल तिर बस्न मात्र साइनो गासेको हो कि धेरै अनेकौ प्रस्न ले मनलाइ छिचोल्दै थियो , सोचे केहिबेर बसोस पछि हेर्छु यसलाइ ! मेरो सिट छोडेन भने मैले पनि उस्को बाउको ब्या देखाइदिन्छु !
प्लेन अब उड्ने तैयरिमा थियो ! एयर होस्टेज हरुले प्लेन को बारेमा र इमर्जेन्सी पर्दा कसरी आफुलाइ सेफ्टि राख्न सकिन्छ भनेर सेफ्टी प्रकृया हरु का प्रयोगात्मक अभ्यास हरु देखाउदै र सिकाउदै थिय ! कसरी सिट बेल्ट बाध्ने ! अक्सिजन को मात्रा कम हुदा के गर्ने ! प्लेन कुनै अफ्ठ्यारो स्थिती मा आयो र पुर्व सुचना भय के गर्ने ! इमर्जेन्सी द्वार हरु कहाँ कहाँ छन भन्दै सिकाउदै थिय ! तेत्तिकैमा सिट बेल्ट लगाउने अलाउन्स आयो र एयर होस्टेज हरु सबैको सिट चेकिङ गर्दै थिय ! अब प्लेन उड्ने आखिरी तयारी मा थियो !
जिवनमा म हवाइ जहाजमा पहिलो पटक उडान भर्दैथिय ! हेर्दाहेर्दै प्लेन रनवेमा सुईइया गर्दै बेस्सरी दगुर्यो केही मिटर टाढा सम्म ! हावाको गतिमा ! आफ्नै रफ्तारमा ! कोइ यात्रुहरु शान्त थिय ! कोइ कोइ आँखा चिम्म गरेर बसेका थिय त कोइ कोइ खैलाबैला गर्दै आफ्नो पेट बेस्सरी समातेर आफुलाइ बलियो गरि सिटमा कसेर राखेका थिय यस्तो लाग्द्थ्यो कि उनिहरुलाइ कोइ उक्काउन आउदैछ र लैजादैछ ! मलाइ भने यो खेल रोचक र अनौठो लागिरहेको थियो ! आफ्नो गतिमा सुइकियको प्लेनले बिस्तारै जमिन छोड्यो र आकाश तर्फ बढ्यो बेग हानेर हुत्तियको परेवा झै !
मलाइ पनि कस्तो कस्तो महसुस हुन लाग्यो ! पेटमा सिरिङग भयो , पेटभित्रका सबै आन्द्राहरु एकैठाउमा जम्मा भयर गोलो डल्लो परे जस्तो अनौठो भयो र केही मिनेट आँखा चिम्म गरिरहे ! उडेको प्लेन ले मलाइ कताकता चर्के पिङ खेलेको जस्तो फिलिङ गरायो जब सानो छदा दशै तिहारमा क्लबले राखेको रोटे पिङ र दिदी सित महोत्सवमा जादा खेलेको चर्के पिङको याद आयो ! आँखा चिम्म गरे केहिबेर आफुलाइ अलग सन्सार मा डुबाय ! मन्मा कता कता खुशी अनि डर थियो किनकी हवाइ जहाजमा मेरो पहिलो यात्रा थियो !
~ ३ ~
हेर्दाहेर्दै प्लेन माथि पुग्यो ! आकाशिदै गयको प्लेन अब बिस्तारै सिधा जान लाग्यो ! सामान्य स्थितिमा बसेका मान्छे हरुको चहलपहल फेरि शुरु भयो ! कोइ सिटको अगाडि रहेको गोजिबाट केही म्यागजिन हरु निकालेर हेर्दै थिय त कोइ कोइ खानेकुराहरुको मेनु पल्टाउदै थिय ! कोइ कप्पल हरु भगेराभगेरी ले चारो खान लागेझै आफ्नो चोसो बाङ्गो पारी पारी एक आपसमा टासिदै केही थान सेल्फी खिच्दै थिय ! केही यात्रुहरु झ्याल बाट बाहिर को दृस्य नियाल्दै थिय !
झ्यालबाट तल हेर्दा काठमाडौ को दृस्य प्रस्ट देखिदै थियो ! घरै घरहरु मात्र ! सानो सडकमा गुडिरहेका गाडी हरु कमिला का ताती झै देखिन्थे ! मान्छे को आकृती भने ठम्याउन मुस्किल थियो र कतै कतै रुखहरु को झुप्पा देखिन्थ्यो ! सामुन्ने हेर्दा कतै केहि सेता फुस्रा बादलका झुण्ड झुप्प झुप्प देखिन्थे ! जहाज अगाडि हुत्तिदा भने बादलका भुल्का आत्तिदै हामिबाट क्रस हुन्थे र पछाडि दगुर्थे ! यस्तो लाग्थ्यो कि ती भुल्का प्लेन कराउदै हुत्तिदा अताल्लियर भागेका होलान ! कतै भने निलो आकाश फिलिम हलको भित्तामा टासियको ठूलो प्लेन ब्यानर सजाय झै देखिन्थ्यो ! अब भने यो प्रकृया निरन्तर नै देखिन्थ्यो र अति रमणिय थियो !
मलाइ भने केही तस्बिर हरु खिच्ने मन जाग्यो अनि आफ्नो ब्यागमा लियको क्यामेरा निकालेर उसैलाइ डसि डसि झ्याल तर्फबाट काठमाडौ लाई नियाल्दै ओहोर दोहोर गरेका बादलका भुल्का हरुको फोटो खिच्न थाले ! यसरी डसि डसि तस्बिर खिच्दा उस्लाइ असहज भयको थियो र मलाइ निक्कै अफ्ठ्यारो ! पुर्लुक्क पुर्लुक्क हेर्थ्यो तर बोल्न सकेको थियन ! सायद उस्लाइ अफ्ठ्यारो लागेर होला उस्ले झ्यालको सिट बल्ल मलाइ छोडिदियो अनि आफू म बसेको सिटमा बस्यो !
थेन्क्यु को प्रतिउत्तर पनि नदिइ उ यसरी चुपचाप सर्दा एकपटक सोचे कस्तो घोसे मनुवा परेछ आजको यात्रा निक्कै बोरिङ हुने भयो ! केहिबेरको फोटो सेसन पछि प्लेन ले काठमाडौ को शहर छाड्यो र बादल तर्फ छिर्यो अब मैलो फुस्रो बादल बाहेक अरु केही देखियको थियन ! हेर्दा हेर्दै काठमाडौ को शहर अलप बिलप भयो ! देखिन छाड्यो र शहर आफ्नै सन्सार मा हरायो र बादल मुनि छुट्यो र हाम्रो प्लेन बादल भित्र लुकामारी खेल्यो ! न काठमाडौ ले प्लेन देख्यो न त प्लेन ले काठमाडौ को शहर !
लियका तस्बिर हरु हेर्दै थिय ! निलो सफा कन्चट आकाशमा सेता फुस्रा बादलका यि टुक्रे भुल्का का अलग अलग तस्बिर हरु निक्कै नै मोहित पारिदिने खालका थिय ! चार पाच ओटा काठमाडौ का सिनहरु पनि कैद भयका रहेछन ! रातो ह्यान्ड ब्यागभित्र क्यामेरा राखे ! सोचे अब उस्को डायरी दिनु पर्ला अर्काको डायरी यसरी राख्नु उचित होइन ! बिचारा थाहानै छैन यदि उस्लाइ डायरी हरायको थाहा भयको भय कति टेन्सन मा देखिन्थ्यो होला तर उ अहिले भने आँखा चिम्म गरेर प्लेनको आनन्द लुट्दैछ ! आफ्नै दुनियामा मस्त छ ! रिलेक्स देखिन्थ्यो ! तर निक्कै नर्भस पनि ! मलाइ भने उस्को डायरी ले भत्भती पोल्न थाल्यो आखिर के रहेछ यो डायरिमा उस्लाइ नै थाहा छैन जो एयरपोर्ट मा छोडियको थियो !
हेल्लो !
हेल्लो !! भाइ साहव !
बल्ल राता आखा खोल्दै उ जुर्मुराउदै उठ्यो र हेर्यो , मैले उस्को डायरी देखाउदै भने यो हजुर को डायरी हो ? मैले एयरपोर्ट को सिटिङ चेयर मा भेट्टाय जो हजुर बसेको ठाउमा छुटेको थियो तर दिने समय नै मिलेन र साथ पछ्याउदै थिय लिनुस !
उ अलि कन्फ्युज भय जस्तो भयो अनि खै हेरौ भन्दै हातमा के लियको थियो तब डायरिको बिचबाट एउटा तस्बिर तल खस्यो र सिट मुनि गयो ! उस्ले सरि भन्दै थियो तेत्तिकैमा मैले उस्को फोटो टिपेर उस्लाइ दिदै सोधे कस्को फोटो नि हेर्न मिल्छ होला ? हजुर को फेमिलिको हो ? अलि भावपुर्ण सोधे ,
~ ४ ~
- चुरोटले पोलेर होला कालो न कालो परेको ओठ अनि हरेली परेका दात , यस्तो देखिन्थ्यो कि उस्ले कैयौ बर्ष देखि सायद दात नै माझेको छैन होला ! बोल्दा हुस्स बास्ना छोडिरहेको थियो ! सायद उस्ले आज दारु पियर आयको थियो ! लाग्थ्यो उ बेस्सरी रक्सी पिउने मान्छे हो ! उसको पुरै शरीर बाट पनि एक अलग बद्बु आइरहेको थियो ! मलाइ वाकवाकी लाग्न थाल्यो ! दुई पटक त उक्क उक्क आयो तर पानी पिय ! आफैलाइ सम्हाले ! यो सब देख्दा त उस्को छेवैमा बस्ने मन नै थियन तर पनि नबसौ कसरी ! आफ्नो सिट त्यही अनि सिट सिमित मात्र कस्तो बाध्यता मलाई ! प्लेन पुरै खचाखच भरियको थियो ! उफ ! तेत्तिकैमा उस्ले देब्रे तिरको गालोमा खोपिल्टो पार्दै भन्यो - " नाइ होइन "
"नाइ होइन" भन्ने शब्धले मलाइ गहिरो सोचाइमा डुबायो ! यदि त्यो तस्बिर उस्को आफ्नो परिवारको होइन भने फोटो कस्को थियो त ? जान्न निक्कै उत्सुकता जागेर आयो !
लगत्तै अर्को प्रस्नले प्रहार गरे कस्को फेरि ?
उस्ले मुसुक्क हास्दै भन्यो बताउन नै पर्ने हो त ?
मिल्छ भने बताउनुस नत्र आवस्यक छैन !
खै के सोच्यो सायद रिसाय जस्तो मान्यो होला र भन्यो -
"बिस्मिता " .....
जस्तो तस्बिर थियो उस्तै प्यारो नाम मलाइ अब मनमा धेरै कुराहरु खेल्न थाले अनि उस्को परिचय सोधे -
- शुभम शर्मा , गल्याङ - ५ स्याङ्जा !
मुम्बई युनिभर्सिटी बाट मास्टर सेफ को पहिलो बर्ष अध्यन गर्दै रहेछ !
प्लेन मा खाने कुरा हरु को ट्रली गुडाउदै एयरहोस्टेज हरु सबैको सिट सामु पुगिरहेका थिय ! एसिको चिसो हावाले कता कता कफिको तलतल लाग्यो अनि कफि पिउने मन बनाय !
उस्लाइ सोधे - सङै कफि पिउ है ?
उस्ले नो थ्याङ्स भन्दै थियो तर मैले फेरि रिक्वेस्ट गरे !
मलाइ उसित कुरा गर्ने बहाना चाइयिरहेको थियो ! मेनु पल्टाय प्रती कप कफिको मूल्य भारु 100/- रहेछ !
दुई कप कफिको अर्डर दिय जबसम्म उस्ले सोध्यो हजुर को परिचय ?
- शिशिर निरौला , राजमार्ग चौराहा बुटवल - ३ रुपन्देही !
कफिको चुस्की सङै फेरि एकपछि अर्को प्रस्नले प्रहार गर्यो
के गर्नु हुन्छ ?
मुम्बई किन जाँदै नि ?
उत्तर नदिइ सुखै दियन ! एउटा अधिवेसन को लागि ! पत्रकारिता मा रुचि राख्छु अनि फुर्सत मिल्दा लेख्छु पनि जो आफ्नै होस या अरुको जीवन स्टोरी .....
उस्ले अलिक तेजिला आखाले मलाइ हेर्न थाल्यो ! कताकता उ अलिक केही सोचाइमा परे जस्तो देखिन्थ्यो ! उस्का चेहेरा ले धेरै कुराहरु लुकाय जस्तो देखिन्थ्यो ! तर भन्न खोजेजस्तो एक्प्रेसन देखियता पनि भित्रबाटै निस्केका शब्दहरु उस्को घाटिमा आयर रोकिइ रहेका थिय जो उस्को चेहेराको भाव ले प्रस्ट बताइरहेको थियो !
झुस्स परेको दाडी को झाडि भित्र मन्द मुस्कान मा देखियको देब्रे गालाको खोपिल्टो ले उस्लाइ निक्कै सुहायको थियो ! हुनत उ नराम्रो मान्छे होइन तर उस्ले आफुलाइ बेवास्ता गरेर सुन्दरता लाई लत्यायको जस्तो देखिन्थ्यो ! हुन त केटाहरु लाई केटिहरु जस्तो मेक अप गर्न त पर्दैन र गरेको सुहाउदैन तर पनि आफुलाइ मेन्टेन गर्न जरुरी हुन्छ !
नत्र त गुलावको फुल को बगैचामा पनि झाङियका छिद्रा पोथ्रा हागाहरु र उमृयका भैसे काडाहरु ले रुपलाइ कुरुप बनाइदियको हुन्छ !
~ ५ ~
खै के सोच्यो उस्ले मैले दियको आफ्नो परिचय पछी उ अलिक इम्प्रेस भयजस्तो गरि हेर्न लाग्यो ! सोचाइमा देखिन्थ्यो ! सायद उस्को मन्मा पनि लागेको होला कास मेरो पनि कथा लेखिदिय हुन्थ्यो ! उस्को खुम्चियको निधार ले प्रस्टै बताउदथ्यो कि उ धेरै टेन्सन र तनावको खाडलमा छ र अहिले उस्लाइ सहयोग को जरुरत छ ! उस्को मन काटियको चङ्गा झै अनियंत्रित छ र कालो बादल मा मडारिदै छ ! उ अब सहाराको खोजिमा छ र सहयोग चाहन्छ ! तर भन्ने कस्लाइ अलि अन्योलमा देखिन्छ !
फेरि उस्ले प्रस्न थप्यो हजुर कुन खालको लेखक ?
यदि मेरो कथा भने भने लेख्नु हुन्छ ?
उस्का प्रस्न को उत्तर दिन भन्दा पनि मैले बिस्मिता को बारेमा जान्न चाहन्थे ! जस्को तस्बिर बोकेर शुभम भौतारिदैछ ! तनावग्रस्त देखिन्छ ! छटपटी र बेखुशी देखिन्छ रुन्चे र मलिन अनुहार मा कसैलाइ खोज्दैछ ! हरायको बहुमुल्य रत्न खोज्न हिडेजस्तो ! बिस्मिता को हो ? कहाँ छ ? उस्को तस्बिर लियर यसरी शुभम किन हिन्दैछ , हरायको आफ्नोपन खोज्न पछ्छ्याउदै ! तेसैले पनि मैले उस्लाइ तुरुन्तै जवाफ दिय मैले जस्तो पनि कथा लेख्छु ! वास्तविक धेरै काल्पनिक थोरै ! हर कसैको जिबनी लेख्छु यदि उस्लाइ कुनै समस्या हुदैन भने !
उसो भय मेरो एउटा प्रेम कथा छ लेख्नु हुन्छ ?
जो मेरो आफ्नै हो ! म झन खुशी भय उस्को बारेमा जान्ने मौका मिल्ने भयो अनि विशेष त बिस्मिता को .....
उस्का कुरा नसिद्दिदै मैले भने आहा मलाइ सबैभन्दा मन पर्ने कथा "प्रेम कथा" जुन म धेरै लेख्ने प्रयास त गरे तर पूरा कहिले गरेको छैन तर आज हजुर को कथा अवस्य लेख्नेछु तर कथाले मलाइ छोयो भने मात्र नत्र ..........
नत्र के ?
मेरो मन छोयन भने पनि लेख्छु तर काटछाट गर्नु पर्छ र धेरै वास्तविक भन्दा पनि काल्पनिक कुराहरु राख्नु पर्छ !
- लेखक हरु बडो चलाक हुन्छ्न थोरै कुरा लाइ पनि लम्ब्यायर हजारौ माइल लामो बनाइदिन्छन सुख्खा ठाउलाइ पनि समुन्द्र जस्तो गहिराइमा चुर्लुम्मै डुबाइदिन्छन सानो ढुङ्गा को टुक्रालाइ पनि सगरमाथा बनायर देखाइ दिन्छन , एक अद्भुत कला ! उस्ले हास्दै जवाफ दियो !
आफ्नो हातको डायरी देखाउदै भन्यो मैले मेरो प्रेम कथाको नामाकरण गरि सकेको छु ! लेख्न नखोजेको हैन तर आफ्नै आँखा भरियर आउँछ र त आफै लेख्ने आट कहिले गर्न सकिन ! बिस्मिताको फोटो साथ लियर हिडिरहेको छु कथा यसैमा आधारित छ र मन केन्द्रित ! यदि हजुर मेरो कथा लेख्नु हुन्छ भने यहि बाट शुरु गर्नुस जुन मैले मेरो प्रेम कथा लेख्न चाहन्छु जुन अधुरो र अपुरो छ !
लिनुस यो डायरी !
ब्राउन कलरको डायरी हातमा लिदै पहिलो पाना पल्टायर हेरे जस्मा लेखियको रहेछ - " बिस्मिता " एक प्रेम कथा.....
यसरि आफ्नो डायरी मेरो शरणमा हस्तान्तरण गरिदियपछि मलाइ पनि लेख्न उत्सुकता जाग्यो र कर पनि ! डायरी का बाकि पाना हरु पल्टाय सबै खाली थिय ! बिच मा र पछिल्तिर को पानाहरु हेरे जुन सेता र कोरा मात्रै थिय ! अन्तिम पाना पल्टाय जस्को आखिरिमा लेखियको रहेछ -
" क्रमस .....
पहिलो कप को कफि सकिइसकेको थियो ! मैले फेरि अर्को कप कफि पिउने मन बनाय ! फेरि कफि अर्डर गरे तर उ भने वाइन पिउने भन्दै थियो र एक बोतल रेड वाइन मगायो !
~ ६ ~
कर्याम्म , चिप्सको एकटुक्रा पिस मुखमा चपाउदै काजुको ट्रे म तिर सार्दै पहिलो पेक वाइन गिलास मा भर्दै भन्दै थियो
- अब शुरु गरुम या कफि सकेपछी मात्र .....?
मलाइ पनि उस्को प्रेम कथा सुन्ने कौतुहलताले जिस्काइरहेको थियो सुन्न आत्तुर नै थिय ! छटपटिमै निन्द्रा नपरेको र फेरेको कर्वटे जस्तो ! अब पर्खिन भन्दा पनि शुरु गर्ने कुरा भयो ! सायद समय कम पर्ला कथा अधुरो रहला , अब चाइ शुरु गर्नुस है !
मैले पल्टिनै लागेको वाइन को बोतल अलि पर सार्दै भने !
हातमा लियको वाइनको जम्बो पेक लाई बाङो मुख पार्दै सरक्क तान्दै , एक घुटुक वाइन निल्दै शुभम भन्दै थियो -
" पाउनु मात्र प्रेम होइनछ , गुमाउनु पनि प्रेम होइछ ,
जुन बाचुन्जेल तड्पाउदो रहेछ र सम्झाउदो रहेछ जुनिजुनी "
- जनवरी महिनाको पहिलो साता हुदोहो सायद , चिसो मौसम हुने समय भयतापनी मुम्बई को हावापानी सदाबहार जस्तो हुने गर्मीमा पनि अरु अन्य शहर मा जस्तो गर्मी नहुने र जाडोमा पनि ज्याकेट को आवस्यक नपर्ने हुदा मलाइ पनि भारतको अन्य शहर हरु भन्दा पनि बढी मन पर्ने एकमात्र ठाउँ !
बाँसका रुखहरु झै टङ्लङै ठाडियका अग्लाअग्ला बाक्ला गगनचुम्मि घरहरु चारैतिर समुन्द्रले घेरेको अत्यन्तै ब्यस्त शहर निक्कै बाक्लो र खुट्टो हाल्न पनि गार्हो हुनेगरी भिड मात्र ! मान्छे भन्दा पनि गाडी धेरै देखिने ! सोच्थे यहाका मान्छेहरु सुत्दैनन कि क्याहो ! रात दिन जतिबेला हेरेपनी उत्तिकै भिड - बस, ट्रेन , कार ,टेक्सि र पैदल जत्ना हेरेपनि उत्तिकै ताती मान्छेका ! बलिवुडका बादशाहा हरु बस्ने अनि प्रेमी युगलहरुको लागि अत्यन्तै मनमोहक ठाउँ मायानगरि मुम्बई ! भारतको आर्थिक राजधानी को मुटु !
साझ परेपछी प्रतेक चौपाटि र गार्डेन अनि क्यासिनो हरुमा उत्तिकै रोमान्स ! हरेक २/३ मिनेटमा आउने र जाने ओहोर दोहोर गर्दै लोकल ट्रेन हरु ! बस एकतला मात्र नभयर ठाउ ठाउमा दुई तले पनि ! मान्छे माथी मान्छे को ताती ! रेल पनि उस्तै कुनै कुनै एक्सप्रेस हरु दुई तले नै ! पुल मुनि लोकल रेल , बस , कारहरु दौडिरहेका पुल माथी मेट्रो , मोनोरेल आफ्नै रफ्तार सुइकियको छ ! रेडलाइट , ट्राफिक कन्ट्रोल , ब्यबस्थापन अनि मेन्टेनेन्स आदि इत्यादी कसरी कन्ट्रोल भयको होला ! यति धेरै चाप मानौ कि हाम्रो नेपाल अधिराज्य का बासिन्दा जति त तेहि मुम्बईमा मात्र छन कि क्याहो !
रातिको खाना खायर यत्तिकै आराम गर्दै थिय तेत्तिकैमा सन्तोष को फोन आयो ! पर्सि सस्थाको मिटिङ ! मुम्बईमा हाम्रो सस्था रजिस्ट्रेसन भयपछी पहिलो पटक गेटटुगेदर पार्टि मनाउदै छौ ढाका टोपी भय लगायर आउनु है !
जसरी भयपनी आउनु ल !
"सुनिल थापा " (राते काइला) पनि आउदैछन बिशेष अतिथी बनेर!
राते काइला .... ?
हो राते काइला !!!
नजाने त कुरै थियन नि !
मेरो फेबरेट एक्टर ! सोचे मिल्यो भोलि एक सेल्फि लिनेछु र पोस्ट गर्नेछु ! मात्र एक दिन बाकी थियो दिन त छिट्टै बितेको जस्तो लाग्दथ्यो तर रात बित्न भने कैयौ हफ्ता भयजस्तो लाग्यो !
" आफुले मन परायको मन्छेलाइ पर्खिदाको पीडा उस्लाइ सोध जो प्रतेक सेकेन्ड सेकेन्ड मा घडी हेरि आफ्नो प्रेमिकालाइ पर्खिरहेको छ "
करिव दस बजे तिर जाने तैयारी गरेर रुमबाट निस्किय ! लोकल ट्रेनको भिड उत्तिकै ! हजारौ मान्छे बोकेर आयको ट्रेन प्लेटफार्म मा जम्मा बीस / तीस सेकेन्ड मात्र रोक्थ्यो ! एक हुल मान्छे झर्छन र चापाचाप गर्दै पेलिदै त्यो भन्दा दोब्बर मान्छे फेरि भित्र छिर्छन !
~ ७ ~
अह चड्न सकिन , यो ट्रेन पनि यत्तिकै गयो ! यसै गर्दा गर्दै चार ओटा ट्रेन लाई जान दिय ! तर अबेर हुने भयो ! अब त जसो तसो ट्रेन चड्नु पर्यो भनेर आयको पाचौ ट्रेन भित्र चड्न खोज्दै थिय ! पछाडी बाट घुचेट्दै आयको हुलको बलले म त हुत्तियर भित्र पुगेछु ! आत्तिय , यस्तो भिड भाडमा दिनहु यात्रा गर्ने मान्छे हरु कसरी आउने जाने गरेका होलान ! स्वस्थ्य मान्छे पनि यो भिडमा पेलिदा त बिरामी नै हुन्छ कि जस्तो !
जसो तसो ट्रेन मा घुसियो तर बेस्सरी भिड भयको ले निक्कै आत्तिय ! चापले होला उत्तिकै गर्मी पनि ! दिनहु यात्रा गर्नेलाइ त यो सामान्य थियो तर मलाइ भने उफ !!! सम्झिदा पनि भक्कानो छुटेर आउछ ! पेलिदा सम्म पेलिय ! मान्छेहरू कोचाकोच गर्दै थिय ! ढोकानिर झुण्डियका केटाहरु मराठी भाषामा भन्दै थिय -
य पुढे सरक / पुढे सरक भाउ !
यस्तो लाग्दथ्यो कि मुम्बईका मराठी हरु सबै मिलेर मलाइ नै ठेल्दै छन सायद म अरु देशको नागरिक भयर पो हो कि ! तर यस्तो नहोला , अत्याधिक भिडको कारण हो र पनि च्यापिदा त गाली दिनु मन थियो ! तर के गर्नु ! यहाँ गाली दियर आफ्नो मनलाइ शान्त्वना राख्नु बाहेक अरु केही हुनेवाला थियन !
हुनत मैले कस्को के नै बिगारेको छु र ! मनमा कुराहरु ओहोरदोहोर गरिरहेका थिय ! भिडको चापले गर्दा निक्कै गर्मी भयो ! ट्रेनमा मान्छे सिमित सिटभन्दा पाच गुणा बढी उभियका देखिन्थे ! रेल भित्र छिर्न सकेका जति सबैलाइ लियर ट्रेन आफ्नै रफ्तारमा दौडिन्थ्यो ! बसमा भयको भय त बस सायद लोड लिन सक्दैनथ्यो होला ! ओभर लोड ले ढलफलाउथ्यो होला तर ट्रेन भने जति जना चढे पनि सजिलै हुइकिन्थ्यो ! हावाको रफ्तार शीत प्रतिस्पर्धा गर्दै ! रेल अगाडि सुइकिदा आउने जाने बिजुलिका पोल , घर र रुखहरु आफै पछाडि दौडिन्थे ! गोबान सर्पले लखेटेर ज्यान जोगाउन भागेको सितासिङ झै !
एक्कासी पछिल्लो डिब्बा मा खैलाबैला मच्चियको आवाज आयो ! कता कता ट्रेन को चेन खिच्न भनेको बुझिन्थ्यो ! कोइ हिन्दिमा बोल्दै थिय त कोइ मराठी भाषामा ! तर किन ? के भयो भन्ने केही थाहा भयन ! केही मिनेटमै ट्रेन एक्कासी स्लो हुँदै गयो र घ्याच्च रोकियो ! उभियका र बसेका मान्छे अगाडि हुत्तिय र एक आपसमा ठोक्किय ! सबै आत्तिदै बाहिर निस्किन थाले ! ट्रेन स्टेसन भन्दा पहिला नै बिचमै रोकियको थियो ! केही मान्छेका एक हुल पछाडी दगुर्दै थिय !
म पनि के रहेछ भनी उतै गय ! केही मिटरको दुरिमै एउटा छिन्न भिन्न भयको रगताम्मे मान्छे देखियो ! ट्रेनबाट खसेको रहेछ ! ट्रेन बाट उछिट्टियर घसारिदै उ अलिक पर नै पुगेको थियो ! तेत्तिकैमा आर पि एफ को एक टोलि स्टेचर लियर तुरुन्तै आइपुगे ! मान्छे को अनुहार र टाउको भज्यात्तै फुटेर हेर्न नसकिने भयको थियो ! टाउकाको गिदि उछिट्टियर अलि पर पट्टि देखिन्थ्यो ! हात खुट्टहरु भाचियर छालाको सहारामा मात्र झुन्डिएका थिय ! ट्रेनका केही मान्छेहरु पनि आर पि एफ को टिमलाइ मद्दत गरे !
~ ८ ~
छिन्न भिन्न भयको घाइते अब घाइते नभयर लास मा परिणत भयो ! सबैले भन्दै थियो कस्तो नराम्रो घटना देख्नु पर्यो ! कस्तो बिडम्बना यस्तो उमेरको कलिलो केटो भित्र छिर्ने ठाउँ छैन , अर्को आउँछ तेस्मा आइज भन्दा भन्दै पनि जबरजस्ती चडेको थियो र ढोकामा एउटा हात ले माथि समातेर झुन्डियको थियो ! तर गल्ती उसैको थियो ! के गर्ने आखिर यहि हुन लेखेको रहेछ ! समयले मान्छेलाइ कतिबेला लैजान्छ थाहा हुदैन तर जाने एक अलग अलग बहाना मात्र ! अजम्मरि कोइ हुदैन र पनि मान्छे मर्न चाहदैन बाचुन्जेल तेरो र मेरो मात्रै गरिरहन्छन तछाड मछाड गर्दै !
हेर्दा हेर्दै मान्छे मरेको आफ्नै आखाले देखियो ! आखिर के नै रहेछ र मान्छेको जिन्दगी ! छिनभरमै मान्छे अब मान्छे रहेन ! सन्सार देख्ने परिकल्पना बोकेको कलिलो जिन्दगी अब मुर्दा भयो ! आखिर एकदिन यसरी पत्तै नपाइ मर्नु नै छ भने जन्मिनु किन ? मेरा मनका यी प्रस्नको उत्तर न मैले दिन सके नत अरु कसैले नै दिन सक्ला र ? केहि मान्छेहरु जमिनमा लत्पत्तियको रगत लाई माटो हालेर पुर्दै थिय ! स्टेचर मा राखेको लास लाई तेहि ट्रेनको सामान कक्ष भित्र राखिदिय ! ट्रेन ले फेरि हर्न बजायो , हुर्र्र सबै ट्रेन भित्र चडिहाले ! फेरि उहीँ आफ्नै रफ्तार ट्रेनको - हुईईया , हुउउउउउउ , छिस्स्स्स्स्स्स्स .....
बिर्सन सकिन त्यो थिचियर घाजी घाजी भयको उस्को चेहेरा ! डरले होला शरीर कापिरहेको थियो ! हातखुट्टा हरु लुला भयका थिय ! ओठ मुख सुकि रहेको थियो ! मुटु सामान्य भन्दा कैयौ गुणा धेरै धड्किरहेको थियो !
कस्तो है मान्छेको जिन्दगी पनि - " श्वास चलुन्जेल मान्छे र श्वास चल्न छोडेपछी मुर्दा " !
कस्ता कस्ता सपना थिय होलान उस्का पनि ! रहर हुदाहुन उस्का आफ्नै बेग्लै ! आमा बाबुका कति सपना थिय होलान आफ्नो छोरो यस्तो होस , उस्तो बनोस ! दिदी बहिनी र छिमेकी हरुका चाहना हुदाहुन भोलिका दिनहरुमा कुनै राम्रो काम गरोस र समाजमा नाम चलावोस ! तर यो सबै अब कल्पना मा मात्रै सिमित रह्यो ! उस्को जिन्दगी हेर्दा हेर्दा शिसाको टुक्रा फुटेझै टुक्रा टुक्रा भयर फुट्यो ! परिवारका चाहना , उस्का सपना र भबिस्यका एम हरु सबै चकनाचुर भैदिय! छिनभरमै सकियो मान्छेको जिन्दगी अल्पायुमै .....
रगत चुहाउदै स्टेचर मा राखेको मान्छे को थियो थाहा भयन ! सुनेको थिय यहाँ भिड र भिडमा मान्छे को लापरबाही ले दिनहु ट्रेनबाट खसेर मान्छेहरु मरिरहन्छन ! आज प्रतक्ष्य नै देखियो !
चलिरहेका पंखा पनि ठप्प रोकिय झै लाग्थ्यो ! हावा कतै बाट आउने चान्स नै थियन ! डरले गर्दा शरिरबाट चिडचिड पसिनाहरु आइरहेका थिय !
~ ९ ~
माथी हेर्दा हेन्डिलमा झुण्डियका हातहरु र यताउति सलबलाइ रहेका मान्छेका टाउका बाहेक अरु केही देखिदैनथ्यो ! लगभग एक / दुई किलोमिटर को दुरिमा रहेर स्टेसन आउथे जान्थे ! मान्छेहरु पनि चड्ने ओर्लिने क्रम जारी नै थियो ! चडेको बीस मिनेटमा अन्धेरी स्टेसन आयो ! मान्छे ओर्लिन नपाउदै बाहिरका मान्छे हरु हुत्तिदै भित्र आउदा कसैको शरिरले बेस्सरी मेरो सन्निमा ठोकियो ! मुर्छा परुन्जरी दुख्यो तर बिकल्प अरु थियन ! न त ओर्लिन सकिन्छ न त भित्र बस्न !
ट्रेन हिडिहाल्यो ! दुखाइ सहन सकिन र सिटको बारमा आड लागेर जसोतसो शरीर धानेर उभिइ रहे !
उकुसमुकुस भैरहेको थिय ! आतियर ओठ घाँटी सबै सुख्खा भयको थियो ! उत्रिन पाय त बाचिन्थ्यो कि जस्तो लाग्थ्यो ! अर्को स्टेसन आउने अलाउन्स बज्यो ! आफैमा डराय ! बेस्सरी आत्तिय ! बिस्तारै गोजिबाट हात छिरायर सन्निलाइ हत्केलाले छोपेर राखे ! डर लाग्यो फेरि भित्र आउने हुलले ठक्कर दिय भने त म धानिन सक्ने अवस्था मै थिइन ! बोरिवली स्टेसन कहिले आउला जस्तो भयो ! जानू तेहि थियो ! यत्तिकैमा अलाउन्स गर्यो -
नेक्स्ट स्टेसन बोरिवली !
त्यो ट्रेन तेहिसम्म को मात्र रहेछ नत्र भने त ओर्लिनै नसकिने ! सम्झिय गत बर्ष यहि भिडमा भएको लोकल ट्रेनबाट उतृदै गर्दा एक हुल जमातले घुचट्दा बाहिर हुत्तियर मेरो घुट्नामा चोट लागेको तेसैले पनि होला मलाइ किन किन लोकल ट्रेनको सफर मनै पर्दैन तर बाध्यता ...
सबैजना उत्रिय तर उत्रियर नभ्याउदै फेरि फर्किने भिडहरु हुइकिदै भित्र छिर्दै थिय ! जसो तसो उत्रिय ! बाहिर एउटा पानीको बोतल किनेर एक छेउ मा केहीबेर बसे ! अलिक ठिक भय जस्तो भयो ! सन्तोष लाई फोन गरे ! बृतान्त सुनाय ! यस्तो भयो निक्कै दुखेको छ मलाइ , म फर्किन्छु ! आउदिन ! तर उस्ले गाली गर्यो ! रिक्सा समातेर यो ठेगाना मा आउनु म मेडिकल बाट दबाइ लियर बाहिर पर्खिन्छु ! ठिक हुन्छ ! नआत्तिनु ठोक्कियर हो ! यो समयमा यस्तै भिड हुन्छ लोकल ट्रेनमा !
रिक्सा समाते र लागे दियको ठेगाना तिर ! पेनकिलर खायपछि बल्ल बोल्न सम्म सक्ने भयको थिय ! सन्तोष , म र श्रेया हलभित्र छिर्यौ !
~ १० ~
करिब दुई सय भन्दा पनि बढी नेपाली समुदायका मान्छेहरु एकै ठाउँमा देख्दा मलाइ पनि खुशी लाग्यो यस्तो लाग्यो कि म आफ्नै नेपाल मै छु ! महिला , पुरुष , युवा , वृद्ध सबै स्तर का नेपाली मनहरु यहाँ पाय ! सबैसित परिचय भयो ! आफ्नै स्याङ्जा का पनि धेरै प्रवासी हरु यहाँ पाय ! सबै आफ्नै घरका परिवार जस्तै लाग्यो ! धेरै भयको थियो घर छाडेको आज यो भेटघाट ले आफ्नै घरमा भयको आभाष दिलाइदियो ! वास्तवमै आज म प्रवास मा भयर पनि एक्लो महसुस गरेको थिइन ! आफन्ती , आफ्ना र आफ्नै देश मा झै रमाइलो थियो र आजदेखी यो सस्था पनि मेरो आफ्नै घर थियो र सस्थाका मेम्बर हरु मेरा आफ्ना घरका सदस्य हरु !
कति दिदी बहिनिहरु ले आफ्नै माइती भाइ भेटियो खुशी लाग्यो भने ! कतिले पत्रकार भनेर सम्बोधन गरे त कतिले आफ्नै छोरो जस्तो लाग्यो भन्दै सुमसुम्याउदै थिय ! कार्यक्रम भब्य भयो ! यसरी प्रवास मा बसेर पनि यति धेरै प्रवासि नेपालि हरुले सस्था खोलेर बिभिन्न चाडपर्व , कला , सस्कृती हरुको जगेर्ना गर्ने र समस्या र आपत बिपत आइलाग्दा सहयोग गर्ने बहु उद्देश्य लियर सङठित भयको र प्रबासी नेपाली हरुलाइ हार्दिक धन्यवाद दिदै र फाउन्डेसन को उत्तर /उत्तर प्रगतिको कामना गर्दै राते काइला ले आफ्नो मन्तव्य जाहेर गरेका थिय ! उन्का प्रतेक कुरा र टीका टिप्पणीहरु अति नै जायज थिय !
यसरि यस्तो सङठित कार्यक्रम को भेटघाट को अवसर मेरो पहिलो नभय पनि यो सस्थाको लागि म पहिलो पटक नै आयको थिय ! फुर्सतको समयमा प्रवास का आवाज हरु र लुकेका प्रतिभाहरु को लाइभ इन्टरभ्यु लियर सोसल नेटवर्क मा पोस्ट गर्ने गर्दथे , अवसर पारेर कलम चलाउने मेरो बानी नै भैसकेको थियो ! तेसैले मलाइ धेरै ले पत्रकार भनेर पनि चिन्न थालेका थिय ! तर त्यो मेरो आफ्नो रुचि थियो र सोसल साइट को फ्यान भयको थिय र केही आफ्ना बनायको थिय जस्ले सल्लाह , सुझाव र उर्जा दियर प्रेरित गर्दथे र थप हौसला प्रदान गर्दथे !
रमाइलो कुराकानी पछि साझको डिनर पनि तेहि सङै गरियो ! छुट्टिने बेला राते काइला सितको एक सेल्फी पनि लिइयो जुन आफ्नै फेसबुक एकाउन्ट मा अपलोड गरे ! फाउन्डेसन का अध्यक्ष ले भन्दै थिय हजुर जस्तो मान्छेलाइ हाम्रो सस्थाले भित्र्याउनु हाम्रो सौभाग्य हो ! यस्तै यस्तै मिठा र चिप्ला कुराले मसार्दै थिय मलाइ ! मैले सोचि सके कि बुडाले अब केही न केही काम जरुर लाउनेछन तेसैले अरुबेला तेत्ती वास्ता नगर्ने अध्यक्ष आज किन घसारिदै छन ! रात धेरै भैसकेको थियो र रुम टाढा भयको ले सबैसित छुट्टिने अनुमती लियर निस्किने तरखरमा थिय ! तेत्तिकैमा फेरि अध्यक्ष ले भने आजको प्रोग्राम भोलिको सोसल न्युजमा जावोस है !
- हवस !!!
भोलि बिहान करिब ११ बजेको समयमा आफु फेसबुक लाइभ आउने जानकारी सबैलाइ गराय ! हिजो भयको सबै कुरा हरुको फाइल फेसबुक लाइभ कार्यक्रम मा लियर करिब ४८ मिनेट आफुलाइ ब्यस्त राखे ! चौबिस घन्टामै लगभग असि हजार जनाले हेरिसकेछन मलाइ पनि कताकता खुशी लाग्यो सायद मैले गरेको लाइभ प्रोग्राम राम्रो नभैदियको भय यत्तिका मान्छेले हेर्दैनथे होलान ! सस्थाको लागि पनि यो खुशिको कुरा थियो र सस्थालाइ पनि अझै धेरै मझभुत गराउने र प्रवास मा चिनाउने अवसर र मेरो अथक प्रयास थियो ! धेरै मेसेज हरु सकारात्मक आय केहि नकारात्मक पनि ! गरेको काममा सबैले ताली बजाउलान भन्न पनि सकिँदैन , कसैलाइ गरेको काम चित्त बुझ्दैन त कसैलाइ रिस र डाहा ले पोलेको हुन्छ ! घोचेको हुन्छ र पिलो ले झन औडाह बनायको हुन्छ र खुट्टा तान्ने प्रबृती गरेका हुन्छन र प्रगतिमा जलिरहेका हुन्छन !
~ ११ ~
तेस्रो दिन नया फेसबुक एकाउन्ट बाट मेसेज आयो ! हजुर को लाइभ कार्यक्रम हेरेकि थिय धेरै मन पर्यो , बिशेष त हजुर को आवाज !
के म हजुर को साथी बन्न सक्छु ?
सोचाइमा परे अनि केही जवाफ फर्काइन ! पहिला उस्को प्रोफाइल चेक गरे अनि पोस्ट गरेका स्टाटस र तस्बिर हरु ! केही भिडियो हरु पनि अपलोड गरियका रहेछन ! करिब ५ बर्सको सानो बाबुको डान्स थियो ! भिडियो पुरै हेरे ! मज्जा आयो ! फुच्चे मजाले नाच्दो रहेछ ! सोचे सायद यो बच्चा पनि उस्को आफ्नै हुनुपर्छ किनकी बाबु सङैका तस्बिर हरु धेरै थिय ! आइडी सक्कली नै लाग्यो अनि उस्ले पठायको फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरे !
तुरुन्तै मेसेज आयो
- Thank u so much accept my friend Req. प्रतिउत्तर दिय -
- welcome
तेत्तिमै सिमित राखे ! अन्जान दोस्ती लाई अगाडि बढाउन चाहिन ! त्यो भन्दा अरु केही लेख्न पनि चाहिन ! केटिहरु जे जस्ता पनि हुन्छन ! तेसैमा पनि फेसबुक मा भेटियकी त झन !
किनकि मैले धेरै पटक केटिको नामबाट आयको मेसेज हरुमा निक्कै झुक्कियको थिय ! धेरै दिनपछी मात्र थाहा पायको थिय - केटिको तस्बिर र नाम राखेर केटाहरुलाइ मुर्गा बनाउन केटि बनेर कुरा गर्दा रहेछन केटाहरु ! त्यो समय देखि आइडी पक्का ओरजिनल भयको थाहा भयपछी मात्र म कुरा गर्ने गर्दथे ! मलाइ याद छ धेरै आइडिबाट मलाइ झुक्याइयको थियो र झुक्कियको थिय !
एकाएक मोबाइलमा बजेको नोटिफिकेसन ले हेर्न बाध्य बनायो ! मेरा प्रतेक फोटोहरुमा लाइक र कमेन्ट गरियको रहेछ ! हैन यो पछि नै लाग्ने पो हो कि क्याहो ! उस्को बारेमा जान्ने उत्सुकता जाग्यो आखिर हो यो को ? दुई दिनपछी फेरि मेसेज आयो र थुप्रै कुराहरु भय नाम सोधे -
- " युटेन " (Uteen)
आफ्नो परिचय पश्चात बाइ / बाइ Uteen लेखेर म्यासेज पठाइदिय !
तुरुन्तै प्रतिउत्तर आयो - "कुरा अधुरो नै छोडि बाइ /बाइ भन्नू हुन्छ र ?
सोच्न बाध्य भय ! आइडि हरु फेक बनायर केटि बनेर केटाहरु ले फसायको घटना हरु प्रस्ततै मैले आफैले नै भोगेको थिय र लेखेको थिय ! शंका उपशंका का कुराहरुले अलमल्ल पारे ! मनलाइ स्थिर राख्न सकिन र वासरुम तिर गय ! आखामा चिसो पानिले छ्यापे ! मुख धोयर फ्रेस भय ! म्यासेज हरु आयका आइ थिय तर वास्ता गरिन ! निक्कै बेर सम्म पनि एक पछि अर्को गरि लगातार मेसेज हरु आइरहे ! हेर्न बाध्य नै भय ! धेरै मेसेज ले भरियको रहेछ मेसेज बक्स ! सोचे अब लेख्नु भन्दा पनि फोनमै कुरा गर्नु पर्यो आखिर को रहेछ !
मेसेज लेखे - यदि हजुर लाई कुनै अफ्ठ्यारो हुदैन र समय छ भने हामी भ्वाइस कलमा कुरा गरौन त ?
उत्तर आयो - आज नेट स्लो छ भोलि गर्छु है !
- हुन्छ
- तर कति बजे ?
- ठिक आजको समय
- हस !! बाइ / गुडनाइट
- बाइ/बाइ , गुडनाइट & मिस यु ! डियर
~ १२ ~
मन्मा हजारौ कुराहरु खेल्न थाले ! हुनपनी मलाइ यसरी अपरिचित ब्यक्तिले कहिल्यै पनि "डियर" भनेको थियन ! तर आज कसैले यस्तो भन्दा कताकता मायाको भावना जागे जस्तो फिलिङ भयो ! सोच्नमा बाध्य भय !
आखिर यो को होला ?
कस्ति होला ?
किन मलाइ उस्ले यत्ती नजिक्याउदै छ त ?
रात धेरै बितिसक्दा पनि निदाउन सकिन ! मन्मा कुराहरु खेल्न थाले , अनि उसैले लेखेको मेसेज दोहोराइ तेहराइ पढे ! डियर शब्द बिर्सिन सकिन ! उस्ले मेसेजमा लेखेको शब्ध मेरो मुटुमा लेखिय जस्तो लाग्यो ! उस्लाइ अनलाइन मा पाउने आशा गरे , उ सित एकपटक बोल्न मन लाग्यो ! उस्को प्रोफाइल खोलेर हेरे , तर उ अफलाइन भयको पनि चार घन्टा भैसकेको रहेछ !
- कत्ती सजिलै अर्कैलाइ डियर भनेर खुल्दुल्यायर जान सकेकि होला !
कसरी निदाउन सकेकि होला !
कताकता यस्तो लाग्यो कि पक्कै पनि कुनै आवारा केटाहरुको काम हो जुन केटिको प्रोफाइल बाट मलाइ मुर्गा बनाउदै छन !
म पनि के कम अनि मेसेज लेखे युटेन को मेसेज बक्समा
- " डियर "शब्दले निदाउन सकिन छटपटिमै बित्यो रात तर हजुर भने सजिलै उम्कियर जानू भयो ! यसरी तड्पायर जाने मान्छेको तस्बिर एकपटक हेर्न पाय ढुक्क हुने थिय " , र अगाडि कुरा गर्न सायद सजिलो पर्ने थियो कि !
रात धेरै छिप्पिसकेको थियो ! तर निन्द्रा भने पटक्कै लागेको थियन ! आखाले एकपटक युटेन लाई देख्न पाय हुन्थ्यो भन्दै थिय त हृदय भने युटेन को आवाज सुन्ने आत्तुर मा थियो ! आखा परेला नभय झै खुल्ला र तेजिला हुँदै थिय ! माछाका जस्तै ! आफैमा खुल्दुली र तुल्बुली लाग्यो ! किचनमा गय फृजबाट जुस निकाले र डाइनिङ रुममा गय ! ल्यापटप खोले र फेरि अनलाइन मा आय ! तर साथिहरु सबै अफलाइन थिय ! केही बेर न्युज हरु हेरे ! फेरि आफ्नै बेडरुम मा गय ! मलाइ निन्द्रा नै परेन , अनि युट्युब मा गयर गित सुन्न लागे ! गित सुन्दा सुन्दै कतिबेला निदायछु पत्तै भयन बिहान एक्कासी मोबाइलमा बजेको घन्टिले आँखा खुल्यो जुन कल " युटेन " को नै रहेछ ! एकपटक उठाइन फेरि दुबारा घन्टी बज्यो अनि बल्ल उठाय ! आवाज आयो !
- Hello ! / Hello ....
- हाय ! प्रतिउत्तर दिदै आङ तान्दै कुरा गर्दै थिय !
भन्दै थिइन
- Sorry
- किन ? प्रस्न गरे
- मैले गर्दा हिजो निदाउन सक्नु भयन !
- It's okz Uteen
बोल्दै थियौ तेत्तिकैमा साइडबाट कसैको आवाज आयो
- " मामु आज चिडियाखाना जाने है " ?
सोध्न मन लाग्यो - कहाँ हुनुन्छ ? अनि त्यो पछाडी बोल्ने बच्चा को नि ?
- मेरो हो ! आज शनिवार घुम्न जाने भन्दै छ !
सोधे
- RU Married ?
- Yes ..... !
तेत्तिकैमा फोन कट्यो ! कुरा हरु बिचमै अधुरा रोकिय ! मनका सम्बादहरु असरल्लै पोखिय ! बिस्थापित गर्न समय लाग्ने गरि ! केटाकेटिहरुले सुकायको बिस्कुन पोखै झै यत्रतत्र केहि मनमा , केही मस्तिष्कमा र केही हृदयमा ....
अलि कस्तो कस्तो अफ्ठ्यारो लाग्यो ! मान्छे पनि कस्तो है अर्काको निजि जिन्दगिमा पनि डाहा गर्ने ! हुनत उस्को बिवाह भयर के भो र मलाइ , तर पनि मान्छेको सोच न हो ! यस्तो सायद मलाइ मात्र होइन हर कसैलाइ पनि हुन्छ होला ! जो कोइ पनि चाहन्छ आफुसित कुरा गर्ने मान्छे अरुको नहोस र आफैसित मात्र बोली रहोस ! आफ्नै होस ! अरु सित नबोलोस कहिले पनि कत्ती पनि ...
" देखेको सपना साकार हुन्छ , नदेखेको सपनाको आकार हुन्छ " भन्थे सुबिन भट्टराई ले साच्चै नै हो रहेछ जस्तो लाग्यो !
~ १३ ~
तुरुन्तै म्यासेज आयो - किन नबोल्नु भयको फोनमा ? अचानक फोन काटियो या काट्नु भयो ? म एक्लै छु घरमा र साथमा बाबू मात्र !
सोध्नु त मन थियो हजुर को हस्बेन्ड कहाँ हुनुन्छ , तर सोधिन र जरुरी पनि सम्झिन !
" नजाने गाउको बाटो नै नसोध्नु "
अर्को मेसेज आयो -
- यदि म बिबाहित हु भने हजुर के मलाइ आफ्नो फ्रेन्डशिप लिस्ट बाट हटाउनु हुन्छ ?
बाध्यता मा फसे र आनाकानि गर्दै लेखे
- नाइ कहिले पनि हटाउदिन ...
- Thank you so much !
लाग्यो अब बुढी कन्या ले पिछा छोड्ने भैनन ! तनाव मा भयपनी मेसेज को रिप्लाइ फर्काय
- हार्दिक धन्यवाद !
आग्रह गरे उनैलाइ फोटो पठाउन ! हुन्छ म पछि पठाइदिन्छु भन्ने म्यासेज ले मलाइ अझै केही हद पछाडी सार्यो ! तर यत्ती जरुरी पनि सम्झिइन र धेरै फोर्स पनि गरिन ! जाबो मेरो आवाज मा फिदा भयर म्यासेज गर्ने अरु पनि भोलि यस्तै पछि लाग्दै गय भने मैले कतिलाइ सम्हालेर सक्ने !
- के म रोबोट हो र ?
- के म सरकारी मान्छे हो र ? सबैको साझा हो र ?
कता कता रिस पनि उठिरहेको थियो ! मेरो पनि आफ्नै निजि जिन्दगी छ ! आफ्नै निजि दुनिया अनि आफ्नै बेग्लै सन्सार .........
आजकल दिनहु जस्तो यस्तै अनलाइन मा मात्र कुरा हरु हुन्थे ! सधै जसो रातिमा , सुत्ने बेलामा ! एक्दिन कुरा हुदा हुँदै युटेनको बारेमा सबै सोधे तर उस्ले पहिला त भन्न मानिनन ! पछि बल्ल सबै कुरा बताउदै थिइन !
- हस्बेन्ड को बाइक एक्सिडेन्ट मा परेर मृत्यु भयको पनि लगभग ३ बर्ष भैसक्यो तेस्पछिका मेरा दिनहरु पगलपन जस्तो मै बिते ! अर्धपागल नै भयर ! प्रतेक रात निन्द्राको औषधिको सहारामा बित्दै गय ! कति रात दिन भय त कति दिन नशामै रात भय , त्यो सबै कुरा मलाइ आज थाहा छैन ! बाबुपनि अब धेरै बुझ्ने भैसकेको छ र मन पनि भुलाउदै छु ! तेसैले आज म हजुर शीत कुरा गर्दैछु ! सम्झियकी छु एउटा राम्रो असल साथी भेट्टाय ! खुशी लाग्छ हजुर सित बोल्दा आफ्नोपनको आभाष हुन्छ खै कुन्नी किन !
साथ छोडेर गयको अत्मियता को आगमन भय जस्तो भान हुन्छ ! शुभम म आज्कल निक्कै परिबर्तन भै सकेकी छु ! किन किन हजुर लाई भेट्टाय देखी चेहेरा पनि रुखो मरुभुमी मा उम्रेर चिल्लो पात हालेको पालुवा जस्तो लाग्छ ! श्रीमान को मृत्यु पछि म कहिले रातो टीका लगाइन ! मैले मेरो शृङ्गार नै बिर्सेछु ! आफुलाइ कहिले राम्रो हुन मन लागेन ! जस्का लागि सजिनु पर्दथ्यो अब उ यो सन्सारमा छैन ! अब कस्का लागि मैले सजिनु ! मैले आफुलाइ बेवास्था गर्न लागे ! आफैमा पागल भय र उहाको बारम्बार आउने यादहरुले मलाइ लछारपछार पार्दथे र बास्तवमै पागल बनाउथे !
बिगतको तीन बर्ष सम्म मैले एइनामा आफ्नो चेहेरा राम्रो सित हेर्न पनि सकिन ! जब जब एइना हेर्ने प्रयास गर्थे मेरो चेहेरा भन्दा पहिला स्वर्गवास मा भयका श्रीमान लाई देखेजस्तो लाग्दथ्यो र आफैमा निकै पीडा हुन्थ्यो ! कुनै बेला त यस्तो लाग्छ कि उहासित एक्सिडेन्ट् मा सङै म पनि मर्न पायको भय त यो सब सजाय भोग्नु पर्ने त थियन नि !
~ १४ ~
जब हजुर लाई भेटे उसै दिनदेखी मैले फेरि आफुलाइ उहीँ पहिलेको पहिरन र शृङ्गार मा सजाउन थाले ! बिर्सियको कपडाको रङ्गहरु - रातो , निलो , पहेलो , गुलावी , सबै जसो रङ्गहरु फेरि एक एक सम्झिन थाले ! जिन्स , टिसर्ट , लेहेङ्गा , कुर्ता सबै कपडाहरु आलमारी बाट निकालेर एक एक गर्दै लगाउदै ऐनामा हेर्न थाले , आफैले आफैलाइ राम्री देख्न थाले ! मन नपर्ने ऐना अब माया लागेर आउन थाल्यो ! अनुहार हेर्न भन्दा पहिला ऐनाको सिसा पुस्न थाले जस्ले बिर्सियको आफ्नै चेहेरा को उज्यालो प्रतिबिम्ब दुरुस्तै देखाइ दिन्थ्यो र सिगारियको मेरो अनुहार लाई राम्रो देखाइ दिन्थ्यो ! बिर्सियको आफ्नै अनुहार बारम्बार हेर्न थाले ! कसरी राम्री देखिन्छ ?
आफुलाइ मेकअप गरेर सजाउन थाले ! आफैमा आफ्नो सुन्दरता शीत मोहित हुँदै जान थाले ! सायद म आफैलाइ बदलिदै थिय ! मलाइ सादा पोसाक भन्दा पनि फेन्सी र रङ्गिन कपडा हरु लगाउन मन लाग्न थाल्यो ! फुस्रो ओठ रातो लालिले सजाउन मन लाग्न थाल्यो ! खै शुभम के हुदैछ र किन त्यो मलाइ कल्पना पनि छैन ! तर जत्ती थाहा छ त्यो पनि चाहे जति भन्न सक्दिन !
भन्दै गर्दा सुक्क सुक्क रोयको आवाज ले मेरो मन्लाइ थाम्न सकिन ! हुनत मेरो मन कठोर नै थियो ! कस्ता कस्ता पहाड जत्रा घटना आइपर्दा पनि सामना गरेको मेरो मनलाइ युटेन को रुन्चे आवाज र आखामा आयको आशुले निक्कै भावुक बनायो ! प्रकृति पनि कस्तो कस्तो है ! चाहेर नि बाच्नु छैन ! यस्तो कलिलो जवानी मै आफ्नो श्रीमान सित बिछोडिनु को पीडा उनैलाइ थाहा हुन्छ जस्ले माया गर्दा गर्दै एक्कासी दुर्घटनामा श्रीमान गुमायको हुन्छ !
समय कस्को कतिबेला कहाँ सम्म लेखेको हुन्छ थाहै हुदैन ! मुटुमा कम्पन भयो ! सुन्दै गर्दा शरिरमा रौहरु ठाडो परेर आयका थिय ! युटेन सङै निक्कै रोयछु , आफुलाइ सम्हाल्न सकिन आशुले भिजिरहेको चिसो सिरानी फेरि अर्को पट्टि फर्काय ! अनि उस्ले रुदै सुनाउदै थिइ , म अहिले सम्म तिन पटक आत्महत्या गर्ने प्रयास पनि गरे ! तर भगवान ले आफ्नो पास लान मान्दैनन खै किन , सायद म यो सन्सार मा सबै भन्दा नराम्रो छु जस्तो लाग्छ ! जस्को कारण भगवान को प्यारो हुन सकिन ! आफुलाइ सहारा दिने श्रीमान उसैले खोसेर आफ्नो प्यारो बनाइदियो र मलाइ सायद घृणा गरेर होला मर्न चाहदा चाहदै पनि फर्केर लिन काल आउदैन किन !
आत्महत्याको नाम सुन्दा मलाइ पनि धेरै नराम्रो लाग्यो ! सोचे अब म बाचुन्जेल कहिले उस्लाइ मर्न दिने छैन ! बिर्सियको उस्को जिन्दगी , रहर , इछ्छ्या र कल्पना हरु म पुनः उस्को आखाको अगाडि सजाइदिने कोशिष गर्नेछु ! म मरेर पनि हरपल उस्लाइ बचाउने प्रयास गर्नेछु ! उस्लाइ सन्सार कि सबै भन्दा खुशी र सुखी देख्न चाहन्छु ! उस्को मुटु भित्रको को घाउ छिट्टै नै निको पार्नेछु !
प्रेम बिना जीवन लाई परित्याग गर्न लागेकी युटेन लाई म भन्दा धेरै जिबित राख्नेछु ! जस्ले उस्को मनमा सजियका सपना हरु सजिलै अंकुरायर जिवनका नया पात हरु मा रङ्ग फेर्न सकुन ! नया जिवनमा युटेन रमाउन सकुन ! उस्लाइ समाजमा उदाहरण बनायर पस्किन सकु ताकी हजारौ युटेन हरु आत्महत्या को बाटो बिर्सिदिउन ! मृत्यु को नाम भुलिदिउन र एक्लो जिवनमा पनि खुशी शीत बाच्न सकुन ! सुनौलो जिवनको आफ्नो भबिस्य को स्टेज तय गर्न सकुन ! उस्का यौवनका तृष्णा हरु कहिले नमरुन ! उस्ले आफ्ना इछ्या हरु जिउदै मार्न नपरोस ! उस्लाइ उस्को आफ्नो घर सन्सार मा रमाउने बाताबरण सृजना गराउने कसम खाय !
~ १५ ~
मैले जिबनमा यस्तो जिन्दगिको स्ट्ण्ड मा कुदेको थिइन अनि न कुनै यस्तो समस्या आइ परेको थियो ! तर आज म कथा सरि सुन्दै थिय ,भावना मा डुब्दै थिय ! आफुलाइ उहीँ दुखान्तमा चुर्लुम्मै डुबाउदै थिय ! सुन्दा सपना झै लागेपनी यो युटेनको वास्तविक घटना थियो ! उस्लाइ बिबिध कुराहरुले सम्झाउदै थिय हेर्दा हेर्दै रात छर्लङ बित्यो ! मलाई भने धेरै कामको चाप हुदा बाकिको एक घन्टा सुत्छु भनेर उस्लाइ बाइ बाइ गरे !
अफलाइन भैदिय !
सम्बन्ध अझ झनझन गहिराइमा जाँदै थियो ! किनकिन आज्कल युटेन शीत एक दिन नबोल्दा पनि केही न केही अधुरो महशुस हुन लग्यो !
एक्लै सोच्थे - के युटेन सित प्रेम भयकै हो त ?
आफैमा प्रस्न गर्थे आफैले उत्तर दिन्थे ! दिनभरी मन्मा कुराहरु खेल्दै थिय ! तनाव को भुमरिमा फसेको मन्लाइ फेरि युटेन शीत बोलेर शान्त राख्ने मन बनाय !
म्यासेज गरे
- तिम्रो धेरै याद आको छ युटेन ! भाग्यले कहाबाट डोर्यायो खै ! अब म तिमिलाइ कहिले मर्न दिने छैन ! अब तिम्रा रुने दिन गय बरु म रोयर तिमी खुशी हुन्छेउ भने रुन तैयार छु !
करिब एक घन्टा पछि युटेनको म्यासेज आयो - आज रुदारुदै सकियको आशुमा फेरि आशा का त्यान्द्रा हरु पलायर आय ! तिन बर्ष देखि सुकेका आखामा आज दु:खका हैन हर्षका आँशु आउदैछन - शुभम ! किन किन आज्कल निन्द्रामा पनि हजुर लाई नै देख्छु काश अहिले हजुर यहाँ भैदियको भय .........
यस्तै पारिवारिक रमझमका कुरा हरु चल्दै थिय ! आज उ पनि अलि फ्रेस र उत्तेजित देखिन्थि ! मैले पनि सधै उसित चिन्ताजनक कुराहरु मात्र गर्नु भन्दा पनि केही रोमान्स का कुरामा उस्लाइ भुलाउन चाहन्थे ! उस्लाइ एक्पछी एर्को रमाइलो जोक्स हरु सुनाउदै थिय ! उ हास्दै थिइ ! हासो बिर्सियकी युटेन को ओठमा खुशी का मुस्कानहरु सलबलाउदै थिय ! युटेन सित चिनजान भयपछि यो उस्को पहिलो हासो नै थियो सायद !
उस्ले गफको बिषय मोड्न थाली तर म उस्लाइ उम्कने बाटो दिन चाहन्नथे , सोच्थे अझ कुराहरु लम्बिदै जावोस ! उस्लाइ एउटा सर्तमा चुकायर एउटा कुरा सोध्ने बिचार गरे र प्रमिस गर्न लगाय !
सोधे - आज तिमी नाइट ड्रेस्मा कुन कलरको लुगाहरु लगायकि छौ ?
- हा हा हा ....एउटा च्याटको हासो गुन्जियो !
रिसले हो या रोमान्सले त्यो मलाइ थाहा थियन होस पनि कसरी , हामी केवल च्याटमा मात्र कुरा गरिरहेका थियौ ! तेत्तिकैमा फेरि भने
- प्रमिस गरेको कुरा फिर्ता हुदैन बुझ्यौ !
बल्ल उस्को मेसेज आयो
- सेतो टिसर्ट अनि कालो हाफ पाइन्ट ... ...
- मात्र ..... ??
मैले फेरि मेसेज फर्काय !
तुरुन्तै प्रति उत्तर आयो -
- मातेको आज कति पेग वाइन पियको शुभम ?
- के इन्टरनल कुरा सोध्दैमा डृन्क गरेको नै हुनुपर्छ भन्ने हुन्छ र ?
- बाध्य नै बनायौ शुभम आज मलाइ , तर भन्छु कोड भाषामा मात्र बाकी तिमी आफै मिलायर बुझ्नुपर्छ्नी बुझ्यौ ?
- उस्को कुरामा सहमत भय ! यतिबेला सम्म वाइनको बोतल आधा आधि सकिसकेको थियो ! तेस्रो प्याक बनाय तेत्तिकैमा नोटिफिकेसनको घन्टी बज्यो लेखियको रहेछ
- अपर - " ब्ल्याक " , लोअर - " रेड "
~ १६ ~
म केहिबेर बोलिन ! मौन रहे ! तेत्तिकैमा अर्को मेसेज आयो - ओइ हिरो के भयो ? किन नबोलेको ?
काल्पनिक सन्सारमा चुर्लुम्बै डुब्यौ कि क्याहो ! कति छिटो इमेजिन गर्न नि भयाइसकेको तिमी , यदि रियलमै भेटेउ भने झन कस्तो गर्छौ होला !
मायालु पारेले यहाँ मलाइ तिमी भनेर सम्बोधन गर्दा झन प्रेमको भाव झल्कियको आभाष हुन्थ्यो ! उस्को रोमनमा लेखेको अक्षरहरु मिलाउदै पढ्दै थिय अनि लेखे
- काश पहिलो भेटको पहिलो रातमा तिमी यहि रङको कपडामा भेटियत .......
यत्तिकैमा लाइट गयो वाइफाइ को कनेक्सन अफ भयो उफ ........!
त्यो रात नै लाइट आयन छटपटी मै रात बित्यो ! निदाउन सकिन ! बारम्बार युटेन ले गरेका कुराहरु याद आइ नै रहे ! यस्ता मिठा कुराहरु हुदा हुँदै गयको लाइट लाई जिबनमा नसरापेको कुरा हरुले सरापे ! भन्नू पनि भने नभन्नु पनि भने , चिचिन्डा , घिरौला आदि इत्यादि सबै टिपे ! खुप रिस उठेर आयो तर सुनोस कस्ले नि ! बिहानै उठेर साइबर मा गय ! म्यासेन्जर अन गरे ! थुप्रै म्यासेज हरु आयका रहेछन ! तर पहिला युटेन को नै म्यासेज हेरे !
- हजुर एक्कासी अफलाइन हुनु भयो म रातभरी निदाउन सकिन किन किन फेरि निन्द्राको औषधि सेवन गरे , एउटा ट्याबलेट ले मात्र निदाउन सकिन र अरु दुइओटा ट्याबलेट खाय जस्ले गर्दा मलाइ फेरि झन गार्हो बनायो ! दबाइले रिएक्सन गरेछ सायद ! अस्पताल जादैछु बाचेर आय भने कुरा गर्नेछु यदि मोरे भने यो जुनि नभय पनि अर्को जुनि भेट्ने है !
हजुर को प्रतीक्ष्या मा ......! - " लभ यु शुभम "🌹
एकासी देखेको युटेनको म्यासेज ले आखा धमिलियर आय , केही देख्न सकिन आफै बगिरहेका आँसु हरु रोक्न सकिन ! साइबर मा अरु पनि मान्छेहरु थिय ! सबै आफ्नो आफ्नो कम्प्युटर मा ब्यस्त थिय ! फेरि पनि आफुलाइ सम्हाल्नु थियो ! तेत्तिकैमा म बसेतिर कोइ आउदै थियो ! हतपत आँसु पुसे ! उ अड्मिट भयको अस्पताल को ठेगाना पठाइ दिन आग्रह गर्दै मेसेज गरे ! तर युटेन अफलाइ गयको पनि सात घन्टा भैसकेको रहेछ ! उस्को मोबाइल मा फोन गरे मोबाइल स्विचअफ थियो !
अब बिकल्प केही थियन ! यदि कुनै बेला उस्ले अनलाइन आयर मेसेज हेरि र आफ्नो ठेगाना र अस्पताल को डिटेल्स पठाइ दिइ भने तुरुन्तै काठमाडौ जाने सुरले काठमाडौ को प्लेन टिकेट को बन्दोबस्त गरे ! प्रतेक ५/५ मिनेटको फरकमा उस्को म्यासेज हेर्थे , तर झिनो आशा मर्दै गयको थियो !
- सम्झिय युटेन ले बारम्बार आत्महत्या गर्ने प्रयास गरेको उसैले सुनायको कुरा हरु ! पागल मन के के न सोच्न पुग्यो ! यदि उस्ले आत्महत्या नै त गरिन ?
हैन भने किन मोबाइल अफ छ ?
किन अनलाइन आउदिन त ?
मेरो प्लेन को टिकेट को समय सकिदै थियो ! टिकट क्याल्सिल गर्न पनि मन लागेन यत्तिकै चातेर फ्याकिदिय !
~ १७ ~
थकित चेहेरा ! मन्मा टेन्सन अनि आफुले भगवान सित गरेको बाचा कसम सबै चकनाचुर भयो ! आफैलाइ सम्हाल्न सकिन!
कुनै बेला एकान्तमा मुस्कुराउने मेरो चेहेरा अब बारम्बार रुन थाल्यो ! तनावले गर्दा एक्लै बस्न सकिन र दराज मा राखेको व्हिस्की को बोतल निकाले र पिउन थाले ! ल्यापटप निकाले उस्ले गरेका च्याटका सम्बाद हरु हेर्न थाले र उस्ले पठायका तस्बिर हरु हातले छुने प्रयास गर्थे !
एक्लै बोल्थे र बोलाउथे !
म एकतरफ पागल जस्तै अवस्थामा पुगेको थिय ! पिउदा पिउदै व्हिस्की ले आफैलाइ कतिबेला पियछ पत्तै पाइन , बिउझिदा जहाँ पिउन बसेको थिय तेहि नै थिय ! पोखियको दालमोट मा साना राता कमिला हरु लागेका रहेछन ! चुरोटका ठुटाहरु कोइ कार्पेट मा थिय त कोइ एस्ट्रेमा ! खाली बोतल तेहि घोप्टियको रहेछ ! कोठा मा रक्सी र चुरोट को नमिठो गन्द आइरहेको थियो ! बन्दभयका झ्याल का पल्लाहरु खोलिदिय ! बाहिर को उज्ज्यालो अध्यारो लाई चिर्दै कोठाका भित्ता भित्ता मा ठोकिन पुग्यो ! बन्द भयको ल्यापटप चार्जमा राखेर , अन गरे !
म्यासेन्जर मा युटेन को म्यासेज आयर बसेको रहेछ !
- " डियर ! शुभम , म केही ठिक छु ! आइसियु बेडमा छु यहाँ केही पनि अलाउड छैन म आफै बिहोस थिय किनकी मेरो मुटुको अपरेसन गरेको ठाउमा इन्फेक्सन भयर फेरि दुबारा शल्यकृया गर्नु पर्यो होस आयको दुइ घन्टा भयो ! यहाँ आउने एकजना नर्स दिदी संग रिक्वेस्ट गरेर हजुर लाई जानकारी गराउन मात्र म अनलाइन आयको खै थाहा छैन म कहिले रिकभर हुन्छु होला ! तर जे जस्तो भय पनि अब मलाइ केही हुने छैन मृत्यु को मुखबाट यस्पाली बाचे भने म अब कहिले मर्दिन होला जस्तो लाग्छ मलाइ ! हजुर लाई यहाँ अस्पताल मा बोलायर मेरो हालत सित परेसान गराउन चाहन्न तर मेरो तस्बिर पठायकि छु , यदि मिल्छ भने प्रेयर मागिदिनु सोसल साइट बाट - ताकी हजारौ साथिहरुको प्रेयर ले म बाचे भने फेरि हजुर को अधुरो माया मा रमाउनेछु ! आफ्नो ख्याल राख्नु , मेरो बारेमा चिन्ता नलिनु ! समयमा खाना खानु ! म छिट्टै नै ठिक भयर हजुर सित भेट्न चाहन्छु ! तर अहिले लाई भने -
बाइ / बाइ शुभम लभ यु !
~ १८ ~

No comments:
Post a Comment