Monday, 6 November 2017

Part -3

- करिब रातिको नौ बजेको हुदोहो स्काइप मा कल आयो !  तर मैले कल काटेर यतै बाट भिडियो कल गरे ! कता कता असहज महसुस गरेको थिय ! सम्झिय चार दिन पहिला म्यासेज मा बेस्मारि झपारेको , अनि सम्झिय उनै पुराना कुराहरु !
बोल्न सकेको थिइन !
उ हास्दै थिइ र भन्दै थिइ - किन डरायको शुभम ?
- किन नबोलेको त ?
- तेत्तिकै किन न किन ........( उत्तर फर्काय )
- बिस्मिता एउटा कुरा सोध्नु मन थियो ?
- हुन्छ एउटा होइन चार वटा सोध्न मिल्छ !
उस्ले आफ्नो अगिल्तिर झुन्डियको कपाल पन्छाउदै थिइ !
- किन मलाइ तिमी भन्न भन्नु भयको ?
 - खै किन किन सायद मायाले होला - शुभम !


मैले उस दिनदेखी हजुर लाई माया गरेकी थिय , जुन दिन हजुर ले रोयको तस्बिर पोस्ट गर्नु भयको थियो ! तर भन्ने चान्स पायकी थिइन ! तर सम्प्रक गर्ने कोशिष गरिरहन्थे !
- म मौन थिय !
बिस्मिता भन्दै थिइन -
- रक्सी र चुरोट बिना सायद बोल्न सक्नुहुन्न जस्तो लाग्यो !  किनकी उस्दिन त बेस्सरी झगडा जो गर्ने मुडमा देखेकी थिय !  तर आज किन मौन बसेको शुभम ....?

- सायद म तिमी भन्न सक्दिन होला बिस्मिता ! जुन दिन बाट मेरो जिन्दगी को ट्र्याक बदलीयो उसैदिन देखी मैले आफुभन्दा धेरै बुझ्ने र बुझाउने आफ्नो गार्जन सम्झेको थिय ! जस्ले मेरा हरेक पाइलाका सपना साकार गर्ने बाटो देखाइदियो ! उसैलाइ आज कसरी तिमी भन्न सक्छु होला !

उ झनक्क रिसाइ
- जबसम्म तिमी भन्नुहुन्न म बोल्दिन ! अस्ति झै हराइ दिन्छु केही दिन अनि बल्ल थाहा होला नि ?
- हा हा हा हा ..... ( एक थान हासो पसारियो )

हुनपनि हो ! गुमसुदा भैदिय अर्को फसाद अनि उस्ले भनेको कुरामा नकार्न सकिन !

फर्काय जवाफ :
- कोसिस गर्नेछु !
- कोसिस मात्र होइन , शुभम ! म हजुर लाई धेरै माया गर्छु !

घडी हेरे दश बजिसकेको रहेछ ! बिस्मिता लाई अब आफ्नो सुत्ने समय भयको ले आजलाइ छुट्टिने अनुमती माग्दै थिय , तर उस्ले अझै दुई / तीन  मिनेटको समय थप गर्ने आग्रह गरि !
नकार्न सकिन ! मलाइ आँखा चिम्म गर्न लगाइ र एक मिनेट पछि आँखा खोल्न भन्दै थिइ !
हेर्दा उस्को हातमा रातो गुलबको फुल थियो जुन मलाइ दिदै भन्दै थिइ -
-  आइ लभ यु शुभम !

जवाफ फर्काउन सकिन , आफैमा फेरि एकपटक सोच्न बाध्य भय ! अहिले लाई छुट्ने अनुमती मागे !
- बाइ / गुडनाइट " बिस्मिता "
- गुडनाइट / बाइ " शुभम "

                         ~ ३८ ~

निदाउन खोजे तर सकिन , फिटिक्कै निन्द्रा लागेन ! उस्को शब्द ले , जो अन्तिममा गुलाबको फुल सङै भन्दै थिइ !

अन्योलमा थिय दिमाग उहीँ बर्षौ पुरानो स्यामसुङ को फोन जस्तै ह्याङ भयको थियो ! सोचाइमा चुर्लुम्मै डुबे ! गहिराइमा पुगेर एउटा निस्कर्स निकाल्ने जमर्को गरे ! जस्ले मेरो जिन्दगिलाइ यसरी एउटा म्यासेज ले बदलिदियो उसितको फ्रेन्डसीप मा सायद कहिले रुनु नपर्ला ! माया मोह भन्ने चिज पनि कस्तो अदृश्य है ! जुन कतिबेला कहाँ बाट आउँछ र कहाँ कहाँ छोइदिन्छ पत्तै हुदैन !

आँखा चिम्म गरे उसैलाइ सम्झे - भर्खर क्लास बाट आयर नुहायको भयर होला बिस्मिताको चिसो कपाल बाट मोति झै थोपाथोपा पानी झरिरहेको थियो ! झर्दै गरेको पानी उस्को सेतो गर्दन बाट स्पर्श गर्दै शरीर भित्र छिर्दै थियो ! बिस्मिताले सेतो नाइक को टिसर्ट लगायकी थिइ ! लगायको टिसर्ट आधा आधी पुरै भिजेको थियो ! भिजेको टिसर्ट बाहिरै बाट उस्का नितम्बका आकार हरु प्रकस्टै देखिन्थे !

उ लाजले होला आफ्नो छातिमा चिप्कियको टिसर्ट घरिघरी माथि उक्काउने प्रयास गर्थी ! र हाते टाबेल ले चिसो कपाल लाई पुस्दै सुकाउने प्रयास गर्दै थिइ !

प्रेम न कुनै रङ न कुनै स्वाद !  कस्ले कहिले प्रेमको स्वादको व्याख्या गरेर ग्यारेन्टी दियको छ र ?
ठ्याक्कै प्रेम को रङ र स्वाद यस्तो हुन्छ भनेर बस यत्ती मात्र गरेको देखिन्छ / सुनिन्छ - प्रेममा लुप्त र तृप्त हुने बेला "आइयाय र उइयाया ......." गर्दै जिब्रो फड्कारेको !

धेरै साहित्यकार , रचनाकार र लेखक हरुले लेखेका छ्न -  काल्पनिक सन्सार माया जालमा मोहित छ ! प्रेम लाई जस्तो रुपमा व्याख्या गर्न सको उस्तै हुन्छ र जसरी मोड्यो उस्तै आकार दिन सकिन्छ ! जस्तै पानी को न कुनै रङ हुन्छ न कुनै आकार ! जस्तो रङ्ग मिसायो उस्तै रङ र जस्तो भाडोमा राख्यो उस्तै आकार - हो प्रेम पनि ठ्याक्कै तेस्तै नै !
न कुनै समय , न कुनै उमेर , न कुनै अनुहार खै जतिबेला पनि जुनसुकै बेला पनि उहीँ आफ्नै रफ्तार मा मान्छे लाई लोभ्याउने कस्तो अदृस्य माया ! सजिब / निर्जिब जुनसुकै मान्छे  / बस्तु प्रति पैदा हुने एक किसिम को तर अलि फरक  फरक ....

उस्का विभिन्न कुराहरु , उ सितको सम्बाद र देखेका सिनहरु लाई बिर्सन सकिन ! शरीर मा एक किसिमको तरङ पैदा हुन लाग्यो ! ओठ मुख सुकेर आयो , नशानशा मा खुन दौडिन लाग्यो र आफैमा एक अलग उत्तेजना पैदा भयो ! हातहरु सल्बलाउदै छाती बाट ओरालिदै थिय ! टिसर्ट उतारे सङै लगाइरहेको आफ्नो ट्र्याक पेन्ट पनि !

आफुलाइ कन्ट्रोल मा राख्न सकिन र इमेजिन गर्न थाले बिस्मिता को चेहेरा र पानीले भिजेर प्रकस्टै देखिइरहेका उस्का निप्पल हरु !
हातहरु कम्मर मुनिको भागहरुमा सल्बलाइरहेका थिय तर कत्तिबेला निदाउन पुगेछु पत्तै भयन एक्कासि बजेको अलारामको घन्टिले उठायो हेर्दा बिहानको सात बजेको रहेछ !
                           ~ ३९ ~

आफैलाइ कस्तो कस्तो सिकसिको लागिरहेको थियो ब्रस गर्नु भन्दा पनि पहिला नुहाउन मन लाग्यो ! फ्रेस भय र कफिको प्याला र बिस्किट सहित अनलाइन मा आय ! केही बेर पहिला नै बिस्मिता को म्यासेज आयको रहेछ !

- रातभरी निदाउन सकिन खै किन किन ! हजुर को उत्तर को पर्खाइमा थिय तर सात घन्टा बितिसक्दा पनि रिप्लाइ केहि देखिन ! आज आफैलाइ एक्लो महसुस गर्दैछु ! जे भय पनि Yes / No को जवाफ दिनुहोला म आफुलाइ सम्झाउनेछु  !  Missing " Shubham "

तुरुन्तै रिप्लाइ गरे - लभ यु टु मच डियर " बिस्मिता "
रिप्लाइ आयो -
- थ्याङ्क्यु सो मच " शुभम "
सोध्दै थिइ :
- हिजो तिम्रो रात कस्तो बित्यो ? शुभम
मेरो प्रतिउत्तर पोजेटिभ पायपछी उस्ले मलाइ पहिलो पटक तिमी भन्दै सम्बोधन गरेर म्यासेज लेखेकि थिइ  !

- झन मायाको अंकुर पलाय झै फिलिङ भयो ( म्यासेज फर्काय )
- बताउन सक्दिन बिस्मिता खै कसरी भनु !
- लौ के मलाइ भन्नै नहुने हो र ?
- होइन तर पनि .....
- अह हुदैन जसरी पनि भन्नू पर्छ नत्र बोल्दिन

कस्ति प्रतेक कुरामा जिद्दी मात्र गर्ने ! नभनी त सुखै दिइन ! आफैमा लाज लागिरहेको थियो ! मैले यस्ता कुरा कोइ केटिसित आजसम्म खुलेर गरेको थिइन ! तर के गर्नु बिस्मिताले बाध्यता मा पारि हालि !

- रिसाउन पाइदैन नि फेरि रिसायौ भने नि ? ( म्यासेज गरे )
- प्रमिस गरे ! पिलिज शुभम भनन ....
सबै कुरा बताय उ जोर जोर सित हास्दै , अनि के भयो ?अनि के भयो ? भन्दै इन्ट्रेस सित सोद्धै थिइ !

- एउटा भिडियो कलमा देखेर आफ्नो पुरै शरीर सिथिलतामा पुर्याउने शुभम आखिर प्रत्यक्ष भेटेउ भने झन के होला ! उस्ले झन दन्केको आगोमा घिउ थप्दै थिइ र भन्दै थिइ
- उसो भय आज बेडसिट धुनु पर्ने भयो होला हैन ! ( हा हा हा ............हास्दै म्यासेज पठाइ )
- बुझिन के भन्न खोजेकी , तिम्रा आधा अधुरा कुरा कहा सजिलै बुझ्न सकिन्छ र ? म तिमी जस्तो ट्यालेन्ट भयको भय कहाँ पुगिसक्ने थिय !( म्यासेज रिप्लाइ गरिदिय )

- बुध्धु गयर एकपटक तिमी सुतेको बेडसिट हेर त ?

साच्चै नै उफ !!! निकाले बेडसिट र अर्को लगाय ! आफैलाइ झन लाज लाग्यो !

- कसरी थाहा पायौ ? ..... बिस्मिता

- " माया ! माया पछिको फिलिङ्ग , अनि फिलिङ्ग पछिको हादसा त्यहा मात्र होइन यहाँ पनि भयो जुन तिम्रो तस्बिर ले मोहित बनायो !"

- उसो भय त्यहा पनि बेडसिट चेन्ज गर्नु पर्ने भयो होला हैन ? ( हा हा हा ..... )

- पर्ने होइन गरिसके , अब धुन बाकी छ ! देउ तिम्रो पनि बेडसिट म सङै धोइदिन्छु !
- नजिक भयको भय त सोद्दा पनि सोद्दिन्थ्येउ होला अहिले असम्भव कुरालाइ सम्भव बनाउने कोशिष गर्दैछौ !

उ अलि रिसाय जस्तो गरि म्यासेज फर्काइ !
- पागल म तेस्तो होइन , जो अरु कोइ होला ! पहिला भेट अनि थाहा पाउला बल्ल !
- हेरौ कुनै बेला काठमाडौ आउने चान्स मिल्यो भने मात्र ..
- चान्स मिल्यो होइन , मिलाउनु पर्यो नि त , होइन र ?

                             ~ ४० ~

यस्तै विभिन्न कुराहरु गर्दै गर्दा समय बितेको पत्तै भयन अनि अचानक भित्तामा झुन्डियको घडी तर्फ आँखा गयछ दश बज्नै लागेको रहेछ !

- डियर ! आज क्लास भोकै जान पर्ने भयो दश बजिसकेछ पत्तै भयन ! साझ कुरा गरौला है ! आज को क्लास हाप्न मिल्दैन इम्पोर्टेन बिषयमा छलफल हुदैछ !

- हुन्छ ! तिम्रो म्यासेज को पर्खाइमा बस्नेछु ,
- बाइ ! शुभम ...
- बाइ ! डियर ...

दिनहरु पहिला भन्दा भिन्न हुँदै गयका थिय , जो म आफैमा भयको परिबर्तन बाट भन्न सक्थे ! जाडो पछिको गर्मी , घाम पछिको छाया, रात पछिको दिन जस्तै -

" ऋतुहरु फेरियपछि पलायका पालुवा झै मेरो जिन्दगिमा अन्धकार पछि एक किसिमको रोशनी पैदा हुँदै थियो !"
हुन पनि म आइसियु बेडबाट डिस्चार्ज भयर रिकभर हुँदै गरेको बिरामी जस्तै थिय !

दिनहु बिहान साझ के खायौ ? के लायौ ? आज के के भयो ? कहाँ कहाँ गयौ ? सबै कुराको लेखाजोखा आदान प्रदान हुन थाल्यो !

प्रेम गर्न कुनै अनुभव चाहिदो रहेनछ ! थाहा हुदैन कतिबेला को सित प्रेम हुन्छ भनेर ! प्रेम एउटा मन भित्र देखिको फिलिङ्गो हो , जो मान्छेको भावना सित सङ्सङै बाहिरिन्छ !

 " एउटै बोली , एउटै वाक्य पनि मान्छे अनुसार फरक फरक बिश्लेषण गरियको हुन्छ ! त्यो सब प्रेम मा निर्भर हुदोरहेछ सायद ! "

प्रेम मा सधै मिठास मात्रै हुन्छ भन्न पनि सकिदैन ! प्रेम ले नै मान्छे लाई विभिन्न कुरा र काम मा परिबर्तन हुन बाध्य बनाउछ ! जो फरक समय को गति सङै दौडिरहेको हुन्छ ! जहाँ एक आपसमा कहिले माया त कहिले झगडा हुन्छ !

" रुवाइ पछिको हासो , दु:ख पछिको सुख अनि झगडा पछिको मिलन ले पनि एक अलग अनुभूति दिन्छ , जो प्रेमलाइ अझै बलियो र सुन्दरता बनाउन भुमिका खेलेको हुन्छ !"

- " प्राइभेट / पर्सोनल कुरादेखी अफिसियल र घरायसी सबै कुराहरु ओहोरदोहोर हुन थाले सायद यहि नै प्रेमको कस्सिलो बन्धनको शुरुवात थियो !"

बिस्मिता सित दिनहु जसो म्यासेज / कल / भिडियो कल मा कुराकानि भैरहन्थ्यो !
आज्कल म आफैले आफैमा ब्यस्त राखेको रहेछु , साथी हरु रिसिदै फोन गर्थे कहाँ बिजि हो ? आजकल सम्प्रक पनि हुन छाड्यो शुभम !

हुन पनि हो मान्छे जब कसैसित आत्मैदेखी नै नजिकिन्छ तब आफुलाइ उसै सित मात्रै सिमित राख्छ , जबतक कुनै अर्जेन्ट काम हरु पर्दैनन ! यो सब मायाको खेल नै हो !

आजकल अलि साथिहरु सित कम बोल्थे र बिस्मिता सित धेरै भुल्थे ! मायाले मान्छेलाइ खै कहिले कहाँ सम्म पुर्याउछ थाहा नै हुदैन ! तर बिस्मिता ले भने एउटा रुटिङ्ग नै तैयार पारेकी थिइन ! हाम्रो बोल्ने र काम गर्ने समय को अलग अलग ! ठ्याक्कै परीक्षा को पेपर जस्तै माया , प्रेमको ...

                        ~ ४१ ~

करिब बिस्मिता सङ्गको चिनजान मा लगभग छ महिना बितेको हुदोहो एकदिन दिउसो एक्कासी बिस्मिता को म्यासेज आयो  :

- हामी सबै अफिसको टिमहरु पोखरा घुम्न जादैछौ ! चार दिनको लागि जाने भन्दै छन !
- शुभम ! म जाउ कि नजाउ ?
अब जाउ भन्न मनै थियन , नजाउ भन्न सकिन ! बिस्मिताको मन दुख्ला कि भनेर
- हुन्छ जाउ भनिहाले !

शुक्रबार को दिन बिस्मिता हरु पोखरा जाने फाइनल भयो ! हेर्दा हेर्दै शुक्रबार पनि आइपुग्यो !  बिहानै देखि नै बिस्मिताको सटर पटर चलिरहेको थियो ! उस्ले लगेज प्याक गर्दा मलाइ प्रतेक दिन आफुले लगाउने ड्रेस हरु बताउदै झोलामा राख्दै थिइन ! छुटेको कोलगेट र ब्रस राख्न सम्झाइ दिय ! सफर मा जे जस्तो पनि समस्या आइलाग्न सक्छ तेसैले टुपुक्क दिन गनेर भन्दा पनि दुई / तीन जोर एक्स्ट्रा भित्री कपडाहरु पनि राख्न सम्झाय ! बिस्मिता भन्दै थिइन अब म खाना खान्छु , हतार हुन्छ फेरि ! जाने बेला म म्यासेज / कल गर्छु है !

- मन तेसै उदासिलो भयको थियो ! मनमा अनेक अनेक संकालु कुराहरु उब्जिदै थिय ! फेरि पनि उस्लाइ जानबाट रोकिन !

बिस्मिता बसमा बसेपछि एउटा म्यासेज पठायकी थिइन
-  डियर मेरो चिन्ता नलिनु ! मलाइ थाहा छ ग्रुप मा हामी केटाकेटी सबै मिक्स छौ , तेसैले तिमिलाइ अलि अफ्ठ्यारो भयको जस्तो मलाइ मनमा लागिरहेछ ! म बुझ्छु तिम्रो मनको भावना तर तेस्तो केही हुन दिने छैन , म तिम्रो हु अरुको हुन सक्दिन !

प्रेममा सबै भन्दा ठूलो कुरा बिश्वास हो ! बिश्वास भयन भने माया मा दरार पैदा हुन्छ ! म बुझ्छु शुभम , तिमी सायद एक्लो फिल गरिरहेका छौ तर चिन्ता नलिनु म बेला बेलामा कहाँ गय के-के गरे , के-के भयो सबै कुरा र तस्बिर हरु अपडेट र अपलोड गर्नेछु !
- MISS U Dear / Bye .....
म्यासेज पढे कताकता एक्लियको महसुस गर्दैथिय ! र म्यासेज फर्काय -
- BYE Dear / Miss u & Have A Nice Trip ..

तर किन किन मन तेसै उदास भैरहेको थियो ! हुन पनि किन नहोस बिस्मिता टाढा जाँदै थिइन ! म सित परिचय भयको दिनदेखी यसरि उन्ले काठमाडौ छाडेको सायद पहिलो पटक होला  ! सफर , कहिले नगयको भिन्न शहर , अनि ग्रुपमा भयका केही उत्ताउला केटाहरु ........ !

फेरि पनि उन्ले भनेको कुरामा बिश्वास गरे ! एक एक घन्टा मा म्यासेज गर्थे र अनलाइन हेर्थे , उन्ले गरेको म्यासेज र पोस्टहरु !

                              ~ ४२ ~

सबै ठिक ठाक नै थियो ! बिस्मिता को टृप तेस्रो दिन थियो ! भोलि उ फर्किदै थिइ ! अचानक दिउँसो फेसबुक मा देखेको तस्बिर ले कताकता मन चिसो भयर आयो ! हुनत बिस्मिताले अपलोड गरेको त होइन तर पनि उस्को आइडिमा पोखरा फेवातालमा  खिचियका पाच / छ वटा तस्बिर ट्याग गरियको रहेछ ! प्रतेक अलग अलग सिन र फोटोमा बिस्मिताको नजिकै कुम जोडिने गरि एउटै केटो उभियको पाय जस्ले मेरो मनमा शंका पैदा गरायो !

सरासर ट्याग गरियको आइडी ओपन गरे , प्रोफाइल हेर्दा उस्कै अफिसको स्टाफ रहेछ ! तर उस्को आइडिमा पोस्ट भयको अर्को  उस्को र बिस्मिताको तस्बिर ले मनलाइ  छियाछिया बनायो ! जुन उस्को र बिस्मिता को मात्र  थियो !

आइमाइको कुनै भर हुदैन भन्थे ! तर खै आज किन यस्तो ?  केटाहरु जस्तापनी हुन्छन , जबर्जस्ती बाध्यतामा पारे भने नि ! मन्मा केके न केके कुराहरु खेल्न थाले ! कमेन्ट मै लेख्न मन थियो तर अलि उचित लागेन र बिस्मिताको म्यासेज बक्समा गयर एउटा म्यासेज लेखेर पठाय -

- " पोखरा घुम्न गयकी महासय !!!
 अब उतैबाट उसैसित गय हुन्छ , जो तिम्रो प्रतेक तस्बिर को नजिकै कुम जोडायर उभियको हुन्छ ! एक हुल बारात सित गयकी छौ ! अब उतै बिन्ध्यबासिनी मन्दिरमा गयर बिबाह गरेर आय हुन्छ !
" भन्थेउ प्रेम मा बिश्वास जरुरी हुन्छ तर तिमी आज बिस्वाश्घात गर्दैछौ ! "
आफै भन म कसरी अब कुन कुराले बिश्वास गरु तिमिलाइ
म धेरै भन्न सक्दिन अब किनकी म भन्दा तिमी नै धेरै बुद्दिजिबि छौ ! आजबाट म तिम्रो लागि छैन र मलाइ छ भनेर पनि नसम्झिनु ! म तिमिलाइ आजैबाट अनफ्रेन्ड गर्दैछु सदाका लागि खुशि रहनु !
शुभकामना ~ ! ~

- " गर्दिय अनफ्रेन्ड अनि आफैलाइ रोक्न सकिन ! किन किन खै त्यो तस्बिर मुटुमा नै बिझ्यो ! मोबाइल अफ गरे अनि लागे आफ्नै बेवारिसे गन्तब्य तिर लावारिस भयर ........."

                                   ~ ४३ ~


कोइ सित बोल्ने मुडमा थिइन ! माया अन्धो हुन्छ भन्थे साच्चि कै हो रहेछ !
म मा के कमि देखेउ र बिस्मिता ?
के मैले दियको माया तिमिलाइ अपुरो थियो र ?
के मेरो कहि केही गल्ती भयको थियो र ?
यदि गल्ती नै भयको भय पनि मलाइ एकपटक सम्झाउन सक्थेउ ! अस्ति मलाइ सम्झायर यो बाटोमा ल्याउन सक्ने तिमी आज के भयौ ? आफैलाइ आफैले आज धोका दिदैछौ ! पोखरा जाने तिम्रो सब बहाना मात्र थियो ! यदि तिमी उस्लाइ माया गर्थेउ भने आखिर मसित किन माया साट्यौ ..........!

सबै बिर्सेर नया जिन्दगिको गोरेटोमा पाइला चाल्दै थिय , जुन दिन तिमिलाइ पाय ! सायद अब तिमीले मलाइ पुरानै स्तिथी मा पुर्याउछौ होला !
आखिर त्यो को हो ? अरुलाइ हेर हर फोटोमा अलग अलग स्थान मा छन , तर तिमी लाई हेर प्रतेक तस्बिर मा उसैको करिब छौ !

मलाइ अब तिम्रो कुनै सफाइ को जरुरी छैन ! म आफ्नो सबै आइडी हरु हटाउदै छु ! आजबाट एक्लै जिउने प्रयास गर्नेछु ! तर आफुलाइ गलत बाटोमा जान दिने छैन !  तिम्रा ती म्यासेज हरु जिन्दगीमा भुल्ने छैन ! मेरो बेसहारा जिन्दगिमा सहारा बनेर नया जीवन दियौ ! तिम्रा यी गुनहरु सधै चम्किला रहनेछन र तिम्रा यादहरु ताजा .....
फेरि पनि तिमी उसैको जिन्दगी देखि खुशी छौ भने पनि राम्रो कुरा हो मेरो भन्नू केहि छैन !

हुनत मैले यतिका रिस गर्नु पर्ने त होइन तर आफुलाइ भन्दा पनि मैले तिमिलाइ धेरै माया गरेछु , तेसैले होला आज कता कता एक्लियको महसुस गर्दैछु ! हुनत म हजारौ कोष टाढा छु , तिमिलाइ प्रत्यक्ष देखेको पनि छैन! तिम्रो नजिक हुन पनि मलाइ स्काइप र भाइबर को साहारा चाहिन्छ तर तिमी आफुसित सङै काम गर्ने मान्छेको माया प्रत्यक्ष पायकी रहेछौ ! जो म भन्दा कैयौ गुणा नजिक छ ! उसैलाइ माया गर्नु जो सित तिमी जीवन लाई सफल बनाउन सक्छौ !

" म त केवल एउटा सपना थिय , निन्द्रामा आय तर बिउझिदा हराइसकेछु ! "

यस्तै विभिन्न कुराहरुले तछाड्मछाड गर्दै मेरो मस्तिष्क लाई लछार्दै थिय ! धेरै समय पछि कता कता युटेन को याद आयो ! आखिर मेरो जिन्दगिमा जस्लाइ मैले धेरै माया गर्छु उही नै मलाइ छोड्दै जाँदै गर्छ !
आखिर किन ?
अनेक अनेक प्रश्न हरु मडारिय ! यस्तो लाग्दथ्यो कि अचानक तुफानी हावा आयर सबै बडारेर लैदियो सखाप नै पारेर भाचेर चुटेर उछिट्ट्याउदै उसैको रफ्तारमा !

मनले मानेन , ल्यापटप खोले सेभ फाइलमा गय र फेरि ती अपलोड भयका तस्बिर हरु राम्रो सित हेरे ! जुन तस्बिर बिस्मिता र उस्को मात्र थियो ! कता कता एउटा ग्रुप तस्बिर सित मिल्दोजुल्दो एउटै सिनेरि पाय ! शंका लाग्यो केटाहरु अलि आवारा थिय , हुनसक्छ इडिट गरेर पो पोस्ट गरेका हुन कि  !!

बिस्मिताले भन्ने गर्थीन - अफिसमा भयको एउटा केटो जो मेरो पछि लागिरहन्छ !
तर पनि मनले मानेन - अह मान्दै मानेन .....

                                ~ ४४ ~
                             
पाच दिन भैसकेको थियो मैले नेट नखोलेको ! आफ्नो काम गर्थे क्लास जान्थे आउथे बिहान साझ सेभ फाइलका तस्बिर हरु सित एक्लै सम्बाद गर्थे ! कहिले एक्लै हास्थे त कहिले रुन्थे ! यहि मेरो दैनिकी भैसकेको थियो !

 - बिस्मिता एक्सिडेन्ट् मा परेर उस्को मेरुदण्ड भाचियछ ! स्पाइनल को अपरेसन हुँदै रहेछ ! तर दुबै खुट्टा नचल्ने भयछन ! लाखौ खर्च गर्दा पनि उस्लाइ ठिक भयनछ ! डाक्टर हरु पनि ठिक हुन मुस्किल छ भन्दै थिय ! अब जति दिन हो घरमै लैजानु र रेस्ट गराउनुस तर धेरै दिन टिक्ला जस्तो छैन अब भन्दै थिय ! सबैले हार खायछन अब कुनै पनि बेला बिस्मिता अस्ताउने संकेत डाक्टर ले उन्का आफन्ति लाई दियछन ! दुइचोटी गरेको शल्यक्रिया पनि बिफल भयछ ।

उस्लाइ डिस्चार्ज गरेर घर ल्यायका ल्यायका रहेछन ! सबैले भन्थे अब बिस्मिता को आखिरी स्टेप हो ! यत्रो खर्च गरेर पनि उस्लाइ ठिक नभय पछि अब भगवान भरोसा !
घरमा पण्डित बोलायर बैतर्नी पुजा लगायछन , धामी नचायछन , कुखुरा र परेवा छोडेछन ! तर पनि केही फरक परेनछ !

बिस्मिता घरिघरी बिउझिदै मेरै नाम लिदै थिइन रे ! मान्छेहरु खल्याङ्ग बल्याङ्ग गर्दै थिय ! बिस्मिता को आखिरी स्वास तेहि नाममा अड्कियको भन्दै रहेछन ! सबैले मलाइ झिकाउने भन्दै थिय रे ! मलाइ देखे बिना बिस्मिता जान सकिनन र आखिरी पर्खाइमा तड्पिरहिन ..........

मेरो मोबाइल मा आयको बिस्मिताको ठुलो दाजुको फोन रामेछाप देखि थियो  ! यो सब कुरा सुनाउदै हुनुन्थ्यो ! बिस्मिता को एक्सिडेन्ट् भयर यस्तो घटना भयको र अन्तिम स्टेपमा हजुर को पर्खाइमा रहेजस्तो मानेर फोन गरेको आउन मिल्छ भने एकपटक छिट्टै नै आउनुस  !

झल्यास्स बिउझे पसिनाले निथ्रुक्कै भिजेको रहेछु ! ओठ मुख सुकेर बर्सौ देखि पानी पिउन नपाय जस्तो च्याप च्याप्ति भयको थियो ! यस्तो सपना मैले जिबनमा कहिले देखेको थिइन ! उफ!

जुरुक्कै उठे ! पानी पिय , अनि घडी हेरे बिहान पाच बजेको रहेछ ! कतै रियल घटना भयको भय पनि के था !
फोन र नेट अफ गरेको पनि पाच दिन भै सकेको थियो !
म सायद गलत सोचेको छु !
हुनसक्छ बिस्मिता गलत छैन !
उहीँ केटो एकोहोरो पछि पो लागेर पो हो कि !
बिस्मिता लाई थाहै नहुन पनि त सक्छ ! उस्ले यस्ता तस्बिर पोस्ट गरेको छ भनेर !
एकपटक बिस्मिता सित बोले बगर र सोधे बगर म यसरी एकाएक आफुलाइ एकोहोरो यातना दिनु सायद राम्रो होइन !
शंका ले लङ्का जलाउन सक्छ !
हुदैन जे जस्तो भय पनि मैले आफ्नो मोबाइल अन गर्नु पर्छ !

उस्लाइ झन कस्तो भयको होला ?
कति म्यासेज गरेकी होला ?
मोबाइल अन गरे ! साथै म्यासेज बक्स अन गर्नु पर्यो भन्दै थन्क्यायको ल्यापटप निकाले र म्यासेन्जर खोले - एकपछी अर्को गरि म्यसेज हरु लगातार ......... बजिरहे / आइरहे !

कम्तिमा सय भन्दा धेरै हुदाहुन ! म्यासेज हेर्न भन्दा पनि पहिला बिस्मिता सित फोनमा कुरा गर्ने मन भयो .......

                            ~ ४५ ~

बिस्मिताको मोबाइल मा फोन गरे ! बजेको दुई रिङ्ग मै फोन उठ्यो  , तर रोयको आवाज सुने ! साच्चिकै बिस्मिता अस्पतालको बेडमा नै रहिछ्न ! पाच दिनदेखी आयको जोरो ले गर्दा हिजो राती अड्मिट गरेको रहेछ ! अहिले केही ठिक हुँदै गयको छ भन्दै थिइ ! उ कम बोल्दै थिइ धेरै रुदै ! धेरै दिनपछी सुनेको बिस्मिताको आवाज र उस्को बिरामी परेको खबरले मनमा गाठो परेर आयो ! छाती पिरो भयो र भक्कानिय , आफैलाइ कन्ट्रोलमा राख्न सकिन , बोल्नै सकिन र एक्कासी फोन काटिदिय !

कुनै कुनै बेला देखेको सपना केही हद सम्म साचो पनि हुन सक्छ भन्थे साच्चै हो रहेछ ! बिस्मिता अस्पतालमा थिइ ! यदि आज मैले सपना नदेखेको भय - सायद म मोबाइल अन नै गर्थिन होला ! अनि उता बिस्मिता लाई केही भैदियको भय ! झन खप्न सकिन ! बर्कियको आसुले सायद बिस्मिता लाई नै खोजिरहेको थियो ! एकपटक खुप चिच्च्यायर रुन मन लाग्यो बेस्सरी जो डाको छोडेर , धोको फेरेर ........

बिस्मिता सित फोनमा बोल्न सकिन ! ल्यापटप खोले ! नेट अन गरे ! उस्का केही म्यासेज हरु पनि आयका रहेछन म्यासेन्जरमा -

- शुभम तिमिलाइ गलत फेमली भयो सायद ! उ हाम्रो अफिस स्टाफ नै हो ! मैले पहिला नै बतायकी थिय तिमिलाइ  ! उ हाम्रो चिनजान हुनु भन्दा पहिला देखि नै मेरा पिछा गर्थ्यो , तर जब मैले तिम्रो र मेरो तस्बिर फेसबुक मा अपलोड गरेकी थिय तब उस्ले आफुलाइ केही हद पछि राख्यो !
तर उ एकोहोरो मात्र थियो ! फेरि पनि उस्लाइ मैले गाली गरे उस्ले सरि भन्यो र सबै फोटा उतिबेला नै डिलिट गर्यो ! जुन तस्बिर उस्को र मेरो राखेको रहेछ त्यो उस्ले ग्रुप को फोटो काटेर जोडेको रहेछ ! तर तिमी मलाइ एक पटक पनि नसोधी एकाएक रिसायर गयौ !

मलाइ कस्तो भयो होला ! जब तिम्रो म्यासेज देखे तब म मुग्लिन आइपुगेकी थिय ! तर एक्कासी बेहोस भयछु ! साथी हरु आत्तियछन ! मेडिकल फिल्ड भयको ले पुरै डक्टर को टिम साथमा थियो ! भाग्यले म बाच्न सफल भय ! तर तिम्रो यस्तो हर्कतले आयको जोरो ठिक होला भन्दा झन झन बढ्दै गयो हिजो मात्र १०४° जोरो थियो ! अत्याधिक जोरो को कारण मलाइ काठमाडौ को ओम अस्पतालमा एड्मिट गरेको छ !

धेरै याद आयको छ शुभम !  कसम तिमी बिना म बाच्न नसक्ने भयकी रहेछु आज बल्ल थाहा पाय ! जे जस्तो भयपनी तिमि फोन गर या म्यासेज ! आखिर सच के थियो मैले जे कसम खान परे पनि कसम खायर बताउछु तर तिमी कुरै नबुझी यसरि एक्कासी हरायौ ! म अझै केही दिन मात्र पर्खिने छु नत्र म तिमी बिना बस्न सक्ने स्थिती मा छैन शुभम !
- Miss U Shubham & Love You

                             ~ ४६ ~

- उस्को यो म्यासेज ले मेरो होस उड्यो ! आफैलाइ धिक्कार्दै थिय ! कस्तो पागल मेरो मन ! भगवान लाई पुकारे ! हात जोडे ! हे भगवान !
धन्न मलाइ बिस्मिताको यो अवस्था मा एउटा सपना को माध्यम बाट भेट गराइदेउ ! मलाइ माफ गरिदेउ ! मलाइ गलत फेमलि भयको रहेछ ! हुन पनि कसरी नहोस , ति एकाएक पस्कियका तस्बिर देख्दा ! तर मैले बिस्मिता लाई नसोधी यसरी एक्कासी आफ्नो एकल डिसिजन गर्नु मेरो मुर्ख्याइँ थियो ! साच्चिकै भन्दा म उस्को प्यार मा पागल भयको रहेछु !

" उस्लाइ मैले आफुलाइ भन्दा धेरै माया गरेछु तेसैले त आज यस्को परिणाम भोग्दैछु ! "
पिलिज मलाइ माफ गर्दिनु !

- म बिस्मितालाइ अब कुन मुखले सम्झाउ ! मैले कुरा गर्ने कुनै ठाउ नै बाकी राखेको छैन ! मैले एकपटक हैन दश पटक उ सित माफी माग्नु पर्छ ! यस्तै अनेकौ कुराहरुले बडार्दै गरेको मेरो मस्तिष्क लाई केही हद काबुमा राख्ने कोसिस गरे , - फेरि बिस्मिता लाई फोन गरे !

तर फोन बिस्मिता ले होइन अरु कसैले उठाय जस्तो आवाज आयो !
उसैकि साथी "काली" रहिछ , उस्लाइ भेट्न अस्पतालमा आयकी ! सोधे बिस्मिताको हालखबर ! तर उस्लाइ अहिले झन धेरै गार्हो भयको र डाक्टरले इन्जेक्सन दियपछि उ सुतेकि छे भन्दै थिइ !

उठेपछि उस्ले उतैबात फोन गराउछु भन्दै फोन काटी दिई ! आखा जतिबेला पनि फोनमै थिय ! कतिबेला उस्को फोन आउला !
एक्लै सोचे केके न केके ! सायद बिस्मिताले मलाइ माफ गर्दिन होला अब ! मेरो ठूलो भुल भयो ! मनमा उब्जियका कुराहरु फोनमा भन्न पनि सक्दिन जस्तो लाग्यो ! फोनमा उस्लाइ सम्झाउन सक्ने अवस्थामा थिइन र बिस्मिता लाइ म्यासेज लेखे -

- डियर ,
मैले तिमि लाइ नराम्रो सोचेर होइन तर मैले आफुलाइ भन्दा बढी माया गरेको ले यत्रो हादसा हुन पुग्यो ! मैले तिमिसित माफि माग्न फोन गरेको थिय तर तिम्रो साथिले फोन उठाइन ! तिमी निदायकी रहेछौ ! मलाइ माफ गर्दिनु ! मेरो कारण तिमिलाइ यस्तो हुन पुग्यो !  आज बल्ल थाहा पाय !  सोच्थे तिमिले भन्दा धेरै माया मैले गर्दछु तर तिम्रो मायाको तौल आज बल्ल थाहा पाय ! डियर मैले एक चोटि हैन सयौं चोटि माफि माग्छु , पिलिज मलाइ माफ गरिदेउ !

प्रेम अन्धो हुन्छ भन्थे आज बल्ल यकिन गरे तेसैले तिमिलाइ गरेको अन्धो प्रेममा मैले बास्तबिकता नबुझी आफैलाइ र तिमिलाइ यो हादसाको शिकार बनाय , मेरो यो ठूलो भुल थियो !

" मेरो रहर होइन मझबुरी थियो र मैले गरेको अन्धो प्रेमको परिणाम थियो !"

आशा गर्छु तिमी छिट्टै नै ठिक हुनेछौ ! अब म छिट्टै नै तिमी लाई भेट्नेछु जब तिमी ठिक भयर फर्किनेछौ ! म मेरो नेट र मोबाइल अब कहिले अफ गर्ने छैन ! रिसको बेला मैले न आखाले देखे न आफुलाइ सम्झाउन सके ! रिसले अरुलाइ होइन आफैलाइ खान्छ भन्थे आज बल्ल थाहा पाय !

                           ~ ४७ ~

जिन्दगिको हरेक पाइला पाइला मा तिम्रो खुसि देख्न चाहन्छु ! अबका दिनहरु कहिले यस्ता आउने छैनन ! जिन्दगिले तिमिसित जुन दिन भेट गरायो बाचुन्जेल सम्मको लागि अनेकौ पाठ सिकायो !

मैले अब न त यो बिषय लाई उब्जाउने छु न त मलाइ यस्को कुनै सफाइ को जरुरत नै छ ! म आफै सरासर गलत रहेछु आज आफैले आफैमा प्रमाणित गर्दैछु !

मैले प्रेममा यातना दियर मायाजालको जेलमा तिमिलाइ हतकडी लगाइदिय म सायद यो सन्सार को सबैभन्दा निर्दयि ब्यक्ती हु जो भगवान पनि सायद मलाइ माफ गर्दैनन होला ! तर म अब तिमिलाइ छिट्टै भेट्ने तैयारी गर्नेछु !
तिम्रो म्यासेजको पर्खाइमा -
Love You / Sorry Dear

उसैको फोनको प्रतीक्षा गरेर बसेको थियो करिब चार घन्टापछि मोबाइला एउटा म्यासेज आयो जो बिस्मिताको नै रहेछ !

- प्रिय शुभम ,
मैले एकचोटी हैन हजार चोटि तिमिलाइ माफ गर्दिसके ! तिमिबिना म पनि त बाच्न नसक्ने भयकी रहेछु तेसैले त तिमी मसित छुट्टियपछि म एक्कासि बिरामी परे ! मैले जिन्दगी र मृत्यु को शैयामा तिमिलाइ पर्खियकी थिय !
कसरी भयो मलाइ नै थाहा छैन , मैले बिगतको समय सम्म धेरैलाइ सम्झायर प्रेम बिना तड्पियका साथिहरुलाइ मृत्यु को मुखबाट खोसेर नया जिन्दगी को बाटो देखाइदिन्थे तर आज म आफै यसैको शिकार भय !

जो तिम्रो माया बाहेक यो सन्सार मा बचाउने कुनै दबाइ नै बनेको रहेनछ न कोइ सम्झाउन सक्ने ब्यक्ती , आज बल्ल थाहा पाय ! जब तिम्रो फोन आयो तब म केहि बोल्न सकिन ! एक्कासी रिगटा लाग्यो र बेहोस भयछु एक घन्टा पछि जाग्दा तिम्रो फोन आयको खबर पाय ! कालि ले भनेकी थिइ !

बोल्न मिल्ने अवस्था मा थिइन ! स्वास फेर्न गार्हो भयको ले मलाइ अक्सिजन लगायर राखेको थियो ! अहिले अब धेरै ठिक भयको महसुस गर्दैछु जब तिम्रो मेसेज देखे !

प्रेम मा म कुनै बिश्वास गर्थिन तर आज किन खै म यस्तो भयछु मैले नै आफुलाइ चिन्न सकेकि छैन ! अब म पनि तिमिलाइ छिट्टै नै प्रत्यक्ष भेट्न चाहन्छु ! मलाइ अहिले आइसियु बेडमा राखेको छ , जब म जनरल बेड मा जान्छु म तिमिसित धेरै कुरा गर्नेछु !
आफ्नो ख्याल राख्नु टाइम मा खाना खानु !
पिलिज टेन्सन मा डृन्क नगर्नु तिमिलाइ मेरो कसम !

मलाइ अब केही हुदैन ! आज मैले आफैलाइ पुनर्जन्म पायको महसुस गर्दैछु ! म छिट्टै नै ठिक भयर तिमी सित रमाउने आशामा छु हामी लाई पर्खियको स्काइप र भाइबर मा , भिडियो कलमा .....!
एकपटक तिम्रो तस्बिर हेर्न मन छ पिलिज एउटा फोटो पठाइदेउ ल !
- Miss u Sanu / Miss u Dear .......

                           ~ ४८ ~

कस्तो महान बिचारकी बिस्मिता ! मलाइ थाहा थियो जुन दिन उस्ले मलाइ सम्झायर मेरो नया जिन्दगिको बाटो देखाइदियकी थिइ उसैदिन देखि मैले उस्लाइ चिनेको थिय ! सायद बिस्मिताको दोस्तिले मलाइ कहिले गलत बाटोमा जान दिने छैन ! तर आज पनि उ गलत थिइन गलत म नै थिय ! मेरो कारण बिना कारण आज बिस्मिता को यो अवस्था भयो ! फेरि पनि उ आज मलाइ नै सम्झाउदै छ र अङाल्दै छ ! मेरो यस्तो हालत हुन्थ्यो भने त -  म कि मरिहाल्थे कि छोडिहाल्थे !

" कत्रो मन , कत्रो शाहस अनि कत्रो सहानुभूति उस्को , उस्को मासुम चेहेराको अनि उस्को मनको  !"

जति वर्णन गर्यो उति नै कम पर्छ बिस्मिताको बारेमा ! म उसैको म्यासेज / कल को पर्खाइमा थिय ! राती करिब एघार बजे उस्को कल आयो ! भन्दै थिइ तिम्रो तस्बिर हेरेर बसेकी छु जहाँ मन भुलायकि छु ! आज अस्पतालमा मा सङै बस्न दाजु आउनु भयको छ !  "काली" गइ ! मलाइ दाजुको अगाडि बोल्न मिल्दैन , अहिले बाथ्रुम आयको बेला बोदैछु ! तर मलाइ धेरै ठिक भैसकेको छ अब छिट्टै नै मलाइ जनरल वार्डमा सिफ्ट गर्छ होला ! मेरो मुटुको धड्कन अचानक घट्ने र बढ्ने भयको हुदा आइसियु मा राखेको थियो ! अब को केही दिनमै म पूरा ठिक हुनेछु ! आफ्नो ख्याल राख्नु म भोलि दिउँसो फोन गर्नेछु !
बाइ शुभम !

बाइ , पनि भन्न नपाइ नै फोन काटियो ! यस्तो लाग्थ्यो कि उस्ले गरेको कल कहिले पनि नकाटियोस ! जिन्दगी भरी कन्टिन्यु यसरी नै उस्का कुरा र शब्धहरु सुनिरहु जस्तो लाथ्यो ! तर असम्भव कुरालाइ केवल कल्पना गर्नु बाहेक के नै थियो र !
भोलिको इन्तजार गरे !

जसो तसो रात निकाले ! उसैको फोनको प्रतीक्षा मा थिय ! तर आफैलाइ छ्टपटी भैरहेको थियो ! समय पर्खिन सकिन र फोन लगाय ! तर उस्को दाजु को कारण एक रिङ्ग मै काटिदिय फोन गर्न सकिन !
क्लास जाने मन थियन र गइन पनि यत्तिकै दिन बित्यो  , तर बिस्मिताको फोन आयन !

                               ~ ४९ ~

उनैको म्यासेज / कलको प्रखाइमा थिय ! खाना खान मन लागेन ! मन , मस्तिष्क पुरै उहीँ बिस्मिता मै सिमित थियो ! चुलबुले दिमाग पनि ट्राफिक जाम भयर शुन्यता मा अड्कियको हाइवे जस्तै ह्याङ्ग थियो !
मनले मानेन र युट्युब मा गयर गितहरु सुन्दै थिय !

तेत्तिकैमा बिस्मिताको म्यासेज आयो -
- सायद भोलि बिहान डिस्चार्ज हुन्छु होला ! आज पनि साथमा दाजु सङै भयको ले कुरा गर्न पायकी छैन ! धेरै याद आयको छ शुभम ! छिट्टै काठमाडौ आउनु है ?
- Missing .....
- Miss u Dear ( उत्तर फर्काय )

म्यासेन्जरको हरियो बत्ती छिनभरमै बिलायो ! अफलाइन भयको संकेत देखायो ! धेरै कुरा हरु गर्ने मन थियो तर आज पनि राम्रो सित बोल्न पाइन ! मनमा कुराहरु खेलाउदै  सुतिहाले !
आफैमा कमजोर भयको महसुस भैरहेको थियो ! जोरो आउला जस्तो तातो थियो शरीर ! दिनहु सिटामोलको सहारा मा सुतेको थिय आज पनि सेम केस....... !

डिस्चार्ज पछि पनि बिस्मिता लाई ठिक हुन धेरै दिन लाग्यो  ! रेगुलर अफिस जान थालिन ! दिनहु उहीँ पहिले को झै कुरा हरु हुन लाग्यो ! म पनि अब एक महिना पछि नेपाल फर्किदै थिय! दिन जति नजिकिदै थिय एउटा भेट्ने मनको कौतुहलता ले पछ्छ्याउदै थियो ! कहिले काहीँ एकान्तमा बस्दा बिस्मिताको आकार कोर्थे अनि उनैको चित्र बनाउथे मस्तिष्क मा ...... !

वास्तबमै बिस्मिता कस्ति होलि त ?
धेरै सोच्थे र सम्झिन्थे , अनि उसैका तस्बिर हेरि चुम्थे  !

आजकल प्रतेक दिन आउने उस्को म्यासेजमा एउटा प्रस्न कम्पलसरि हुन थाल्यो !
- कहिले आउनु हुन्छ भेट्न ?
धेरै देख्न मन छ र अङालो मारेर धेरै रुन धोको फेरेर .........

सम्झाउथे र उस्लाइ छिट्टै भेट्ने कुराले सबै कुरा भुलाइ दिन्थे ! हाम्रो प्रेम अझै प्रगाढ बन्दै गयको थियो ! मायको डोरि बाटिदै थियो र कस्सिदै ! मेरो पनि अब जाने दिन नजिकिदै थियो ! केही दिनमै काठमाडौ जाने प्लेनको टिकट निकाले ! बिस्मिता दिन गन्दै हुन्थिन ! अब आठ दिन बाकी छ ! अब सात दिन मात्र ...... !

एक दिन च्याटिङ्ग गर्दै थिय , तब बिस्मिता लाई सोधे
- केके ल्याइदिउ बिस्मिता आउदा ?
तुरुन्तै रिप्लाइ आयको थियो
- मेरो राजकुमार आय पुग्छ ! मेरो लागि सबै कुरा नै तिमी हौ ! उस्ले केहि गिफ्ट नकिन्न आग्रह गरि ! तर पनि मेरो मनले मानेन ! मानोस पनि कसरी ! म पहिलो पटक बिस्मिता लाई भेट्न जाँदै थिय !

- उस्को लागि गुलावी कलरको एउटा लेहेङ्गा किनिदिय ! तर उस्लाइ बतायको थिइन , सरप्राइज दिन चाह्न्थे ! साथमा अरु दुइ / चार वटा अरु गिफ्ट पनि !

- तीन दिन बाकी रह्यो ! तेस्रो दिन साझ म बिस्मिता लाई भेट्दै थिय ! तर एक्कासी घरबाट फोन आयो ! कान्छो भाइको बिहे फिक्स भयको र तुरुन्तै आउने जानकारी गराउदै बुवाले फोन गर्नु भयो ! अब भयो फसात !
आखिरी लगन एकदिन मात्र बचेको र तेहि लगनमा भाइको बिहे गर्ने सबैले फैसला गरेछन ! भाइको , दिदिको , मामाको सबैको फोन हरु आउन थाले !
कहिले पुग्दैछौ घर ?

                              ~ ५० ~

बिस्मिता लाई भेट्न आखिरि समयमा आयर पनि थप अझै केही समय पर सार्नु पर्ने भयो ! आफैमा दु:ख लागेर आयो तर भाइको बिवाह पनि उत्तिकै इम्प्रोटेन्ट थियो ! नगइ नहुने !

बिस्मिता लाई फोन गरे ! यस्तो समस्या आइलाग्यो ! म पहिला डाइरेक्ट घर जानू पर्ने भयो तर बिवाह सकियपछी म काठमाडौ आउछु भन्दै थिय ! तर उनी पत्त्याउन मानिनन !  भन्दै थिइन यो सप तिम्रो बहाना हो शुभम ! सायद मन नभयर होला मलाइ सब थाहा छ !

- तेस्तो होइन ! पिलिज ! म तिमिलाइ भाइका इङ्गेजमेन्ट का तस्बिर हरु सपुत पठाइद्न्छु  डियर !
मन नभर होइन !  बिहे सकिय पछि म तुरुन्तै काठमाडौ आउनेछु !
- उसो भय अझै कति दिन कुर्नु पर्ने भयो त ?
- खै म फिक्स बताउछु , सायद पन्ध्र / सोर्ह दिनजती लाग्छ होला !

- म भोलि काठमाडौ को टिकट क्यान्सिल गरेर डाइरेक्ट जाने ब्यबस्था गर्छु तर म पक्का आउनेछु तिमिलाइ भेट्न ! तिमिलाइ भन्दा पनि मलाइ नै धेरै भेट्ने रहर छ अनि देख्ने र सहयात्रा गर्ने !
- सुनन बिस्मिता ......?
- के भनन ...
- मैत्रीदेवि मा तिमिले खायको -मो:मो खाने है ! ( जिस्क्याइदिय )
- तिमि पहिला आउ ! अनि मात्र शुभम !
- ओके - Ok
उस्ले आज बाइ पनि नभनी फोन राखिदिइ ! मलाइ थाहा थियो ! उ रिसले राखेकी थिइ ! मैले पनि त जानेर हाम्रो प्लान क्यान्सिल गरेको थिइन नि ! तर उस्लाइ सायद मैले मजाग गरे जस्तो लाग्यो ! तेसैले उस्लाइ भाइको इङ्गेजमेन्ट को केही तस्बिर र बिहेको कार्ड पठाइ दिय !

आफ्नै जन्मघर जाने तैयारी भयो ! आझै साझको ट्रेनबाट जाने फाइनल गरे ! समय कम थियो ! छैटौ दिन भाइको बिवाह थियो ! जानेबेला भाइलाइ फोन गरे ! बधाइ तथा शुभकामना दिय ! आउदा एउटा राम्रो मोबाइल ल्याउनु है भन्दै थियो ! भाइलाइ गिफ्ट पनि यहि नै थियो ! एच टि सि को नया फोन आयको रहेछ , किनिदिय !

मन्मा धेरै कुराहरु खेलाउदै , यात्राको क्रममा देखिने प्रतेक सिनहरु सित सम्बाद गर्दै , उहीँ आफ्नो ट्रली ब्याग    गुडाउदै..............
बारम्बार आइरहेका बिस्मिता का म्यासेज हरुसित जिस्किदै ,रुदै अनि कुरागर्दै ..............
दु:ख , सुख अनि अनेकौ समस्या हरु झेल्दै र बोडर मा विभिन्न तनाव हरु खेप्दै ..............

                        ~ ५१ ~

पुगियो आफ्नै जन्मघर रेल चडेको तेस्रो दिन  ! खुशी को सिमा त्यो बेला भिन्नै अरुबेला भन्दा , बर्षौ देखि बिछडियको परिवार सितको मिलन अनि प्रखाइ ......!
सबैको अनुहार हसिलो थियो र मेरो आगमनमा उत्तिकै उत्साहित पनि !

कान्छो भाइले खुट्टा ढोग्यो ! अचम्म लाग्यो यस्पाली उस्लाइ दाजुलाइ ढोगिस भनेर बुवाले सम्झाउनु परेन ! भाइ अब बल्ल बुद्दिजिबी र परिपक्व भयछ , जो अरुले बिना बताय र बिना सिकाय आफुभन्दा ठुलालाइ रिस्पेक्ट गर्न जानेछ ! खुशी लाग्यो !
उस्लाइ - बुहारी राम्री परोस , सोचे भन्दा पनि धेरै बुद्धिमानि र बत्तिस गुणले भरिपुर्ण भयकी ! आशिर्वाद दिय सबैले सुन्ने गरि चिच्याएर ......

घरभरी हासो पसारियो ......
तेत्तिकैमा कान्छी बहिनिले पनि भित्रबाट बाहिर निस्किदै कुरा थपीन -
- कहिले काहीँ हामी माइत आउदा मीठो मीठो पकायर खान दियोस हसिलो मुहारले , चाडपर्व मा नबिर्सियोस !
फेरि एकपटक हासोले सबैलाइ पछ्यायो घरभरी !
( हा हा हा हा ......)

तेत्तिकैमा बुवा टुप्लुक्क आइपुग्नु भयो  !
 - आइस बाबू !
- आय बुवा ,
खै मैले ढोगिदिन्छु खुट्टा दिनुस त ! , बुवालाइ ढोग्दा एक्कासी आमालाइ सम्झिय ! सधै यसरी ढोग्दा मैले बुवापछी आमालाइ नै ढोग्ने गर्थे !

छाडेर गयको पनि लगभग चार बर्ष भैसकेको थियो ! आफुलाइ खप्न सकिन यस्पालि पनि....  ! बरबर्ती खसेको आशुको ढिक्का बुवाको नाङ्गा खुट्टामा परेछ र बुवाले चाल पाउनु भयछ ! केही बोल्न सक्नु भयन न त म नै बोल्न सके !
खसेको आँसु लुकाउदै आफुलाइ सम्हाले  !
सबैले चाल पाइहाले !
मैले आमा बिनाको घर अधुरो महसुस गरेको ! तर बिडम्बना अब बिगत फर्केर आउने पनि होइन ! फेरि पनि अतीत ले पिरोल्दो रहेछ ! कुनै कुनै बेला बेस्सरी जो , नसोचेको कुरा तर सोचे भन्दा बढि ..
फ्रेस भय खाना खाय अनि थकै लागेको ले छिट्टै नै सुत्न गय ! भोलीबाट बिहेको तैयारिमा जुट्नु थियो !

                        ~ ५२ ~

बिहानै देखि मान्छेहरु को चहलपल थियो ! बुवा ले भन्दै हुनुन्थ्यो - निमन्त्रणामा कोइ पनि नछुटोस है ! सम्झेर सबै लाई कार्ड दिनु , टाढा हुने लाई फोन गर्नु !
भाइले बनायको -  लिस्ट लियर बसेको थियो र फोन गर्दै सबैलाइ बिवाहको निमन्त्रणा दिदै थियो ! भुवन र सागर ले बिवाहका कार्डमा लिस्ट अनुसार नाम लेख्दै थिय ! बिवाहको ब्यानर हरु पनि दिउँसो आइपुग्यो ! छिमेकका कान्छा बा , लोेकनाथ , खुमानन्ध र सन्जय मिलेर स्वागत गेट बनाउन मा जुटे ! दिदी हरु र छिमेकका केही महिलाहरु कसार बनाउदै थिय ! आमासमुहको एक हुल जत्था आयर टपरी गास्दै थिय !

बिहानै देखि गयको लाइन आयो ! केटाहरु ले नौमती बाजा का गित घन्काय ! खपी नसक्नु भयछ र गितको तालमा सालैजो फरर ...... गित गाउदै सुशिला दिदी नाच्न लाग्नु भयो ! क्रमश पालै पालो सबै नाच्न लागे , काम छोडेर सबै तेतै रमाइलो हेर्न लागे !
ध्वजा , पतका ले सिगारियो घर ! गेटहरु बने ! घरमा पाहुनाहरु को भरिभराउ थियो !
मात्र दुई दिन बाकी थियो ! भोलि पल्ट भोज को लागि भनेर दुई ओटा खसी किनेर ल्याइयो लगभग पैतिस / छत्तिस किलोका ....

हेर्दा हेर्दै बिवाहको दिन आयो ! सिगारियका दहिका ठेकी हरु , कसार , फलफ्रुट , पक्वान र मिठाई हरु सगुन मा राखियो ! हिजो देखेको कान्छो भाइ आज कोट पाइन्ट मा सजिदा राजकुमार भन्दा कम देखियको थियन ! उस्लाइ निक्कै सुहायको थियो ! कार , बस र मोटरसाइकल हरु को लर्को थियो सबै अब निस्किने तैयारिमा !

हिड्ने बेला कान्छि बहिनिले भाइलाइ दुवाको माला लगाइ दिइन ! दहि खुवाउने बेला भने बुवा एक्कासी भक्कानिनु भयो , सवैले थाहा पाय यो बेला आमाको कमि थियो  ! बुवा को आखामा आँसु देखेपछी दिदी बहिनी सबै रुदै थिय ! सबैले गारी गरे र सम्झाउदै थिय !

ठुलि दिदिले आमा नभय पनि आमा को कमि हुन दिनु भयन ! सबै घरको जिम्मेवारी उहाले नै सम्हाल्नु भयको थियो ! नौमती बाजा घन्किय , सिगारियका दहिका ठेकी लियर साइतको पहिलो पाइला घरको आङन बाट शुरु भयो ! तेस्पछी कलस लियर भन्जिहरु र उनैको पछि सिगारियको कान्छो भाइ अनि हामिहरु ......

फोटोग्राफर हरु भिडियो  खिचिरहेका थिय ! छिनभरमै जन्तिको लामो जत्था घरबाट प्रस्थान गर्यो !

धुमधाम सित बिवाह सकियो ! म कहिले बाजाको तालमा नचाच्ने मान्छे लाई पनि खुप नचाय ! नेत्र दाइ र म नाचेको भिडियो पुन्टेले फेसबुक मा अपलोड गर्दियछ ! - कहिल्यै नाच्दिन भन्ने मान्छेको नाच पनि हेरियो निक्कै राम्रो छ , हेर्दा हेर्दै नाच्न मन लाग्यो भन्दै बिस्मिता ले पनि कमेन्ट गरेकि रहेछन ! आफ्नो नाच हेर्दा आफैलाइ हासो लाग्यो !

घरमा नया सदस्य थपिइन ! जोडि निक्कै सुहायको थियो ! बिवाहको तेस्रो दिन भाइ बुहारी ससुराल गय !

                       ~ ५३ ~

हेर्दाहेर्दै म पनि जेठाजु बनेछु ! बुहारिले मलाइ ल्यायको पाहुर मेरो लागि छुट्टै रहेछ ! पाहुर मा लेखेको कागजले जेठाजु भयको सपुत दिन्थ्यो ! रिस उठ्यो - कस्तो शब्ध लेख्न भ्यायछन ! जेठाजु रे ! लेखेको भय हुन्थ्यो नि - ठूलो दाजु तर .........!

- सायद त्यहा चाजोपाजो मिलाउने अरु नै कोइ हुदोहो उसैले लेखेको हुनुपर्छ ! हुनत जेठाजु शब्धले म कड्किनु पर्ने त होइन र पड्केको पनि थिइन ! तर केही कुराहरु लेख्दा र बोल्दा उहीँ पुरानै शैली का भाषा भन्दा नया केही चेन्ज गरेको भय राम्रो हुनेथियो होला !

मान्छे ले भन्छन पुरान शब्ध र सभ्यता हरु लोप हुँदै गयका छन यस्को जगेर्ना गर्नु हाम्रो कर्तब्य हो ! तर भनेजस्तै सबै कुरा अङ्गाल्ने हो भने त मान्छे अब पुच्छर हालेर बनमान्छे को रुप धारण गरि जङ्गल पसे त भैगो नि !

- छि म पनि कस्तो मान्छे ! फेरि सोचे यो प्याकेट प्याकिङ गरेर नाम लेख्ने मान्छे म भन्दा पनि नया पिढी को हुनुपर्छ जस्ले जेठा दाजु लाइ सर्ट्फर्म मा मोडिफाइ गरेर - जेठाजु बनायको हुनुपर्छ !
आखिर जे लेखे पनि मलाइ यो नाम सित के को सरोकार , जेठो दाजु लेखोस या जेठाजु !

धेरै दिनको ब्यस्तता पछि आज अनलाइन खोले ! हुनत बिस्मिता सित फोनमा कुराहरु भैरहन्थ्यो , तर अरु साथिहरुको पनि म्यासेज हेर्न र आफू ब्यस्तताले अफलाइन रहेको जानकारि अपडेट गर्न मन लाग्यो !

म्यासेन्जरमा बिस्मिताको म्यासेज आयको रहेछ !
- जेठाजु बनेका महासय , हजुर लाई आयको पाहुर र बिहेका कसार एक्लै खाने होइन नि , आउदा साथ लियर आउनु ! फेरि ट्वाइलेटको बास होला नि.... ( हाहाहाहाहा )

हासो लाग्यो बिस्मिताको म्यासेज ले ! ( म्यासेज फर्काय )
- जेठानी ज्यु , को नाम मा पनि आयको छ त , अलग्गै पाहुर र लिफाफा ! के मेरो कोसेलिमा आँखा लगायकी नि ! बरु तिम्रो पाहुर आउदा ल्याइदिन्छु , बाडेर खाने है ...... !

जिस्किदै थिय च्याट मा ! धेरै दिन पछि यसरी गरेको च्याटले अलगै रोमान्स पैदा गरेको थियो  !
तेत्तिकैमा उस्ले एउटा फोटो पठाइदिइ !
बुद्दएयरवेज को टिकट रहेछ , - " भैरहवा टु काठमाडौ " - ९ अक्टोबर , सोमबार ३:१५ Pm
               
दिनहरु सकिदै थिय ! बिस्मिता लाई भेट्ने रहर ले तड्पाइरहेको थियो ! म बसबाटै आउछु भनेको थिय तर उ रिसायर भनेकी थिइ - लामो सफर ! हामी सित समय कम छ ! जम्मा तीन दिन मात्र अनि ..
- अह हुदैन म तिमिलाइ प्लेन को टिकट पठाइदिन्छु ! भैरहवा बाट पैंतालीस  मिनेटमै यहाँ आइन्छ ! कहाको नौ / दश घन्टाको सफर गर्ने नि !

हुन पनि हो , उस्को कुरामा सहमत भैदिय !

- आठ अक्टोबर आज , भोलि को जाने तैयारी थियो ! काठमाडौ बाट मेरो यात्रा डाइरेक्ट दिल्ली को लागि १२ अक्टोबर ३:०० pm को थियो ! टिकट पहिला नै निकालेको थिय !
                            ~ ५४ ~

सामान सबै प्याकिङ गरे ! भोलि म जाने ! राती सबैजना कुरा गर्दै अबेर सम्म बसियो !

बिहान सबेरै उठेर छिमेकी हरुसित पनि भेटे र घरमा केहि परे ध्यान दिनु है भन्दै बिदा लिय ! घरमा सन्नाटा छाइरहेको थियो ! कोइ मसित बोल्न सकेको थियन , नत म नै ! हतार थियो दिउँसो को प्लेन समात्नु थियो तेसैले चाडै नै घरबाट निस्किय !

चोक सम्म छोड्न आयको भाइलाइ सम्झाउदै ल्याय ! सबै घरको काम , कुराहरु बुहारी लाई पनि सम्झाउन भने ! आफ्ना को ? र आफन्ती सबैलाई बिस्तारै चिनाउनु भने ! एक दुई दिनमा मावल जाने कुरा गर्दै थियो ! कुरा गर्दा गर्दै बस बिसौनि पुगियो ! आफू पुगेपछि फोन गर्ने कुरा गरे !

तेत्तिकैमा कमल दाइ को बस आयो !

- शुभम हिडिसके को हो र ?
- काठमाडौ सम्म मात्र आज ...
- प्लेनमा होला है भैरहवा बाट ?
- हो दाजु तर ढिला भैसक्यो बुटवल जाने बस पर्खिदा
- बस न म बर्तुङ सम्म छोडिदिन्छु !
म पाल्पा हिडेको ! त्यहाबाट त जतिपनी पाइहालिन्छ नि पन्ध्र / पन्ध्र मिनेटमा छुट्छन गाडी ! यहाँ यस्तै हो पोखरा बाट आउने नाइटहरु पनि कहिले काहीँ ढिलो गर्छन !

आखिरी हग गरे भाइलाई , अलि भावुक भयछ खै किन किन ! आखाका परेली भिजेका थिय ! भाइको यो दृश्य ले कठोर मन पनि सम्हाल्न सकिन ! मलाइ पनि नराम्रो लाग्यो !
दिल्ली एम्बेसिबाट काम बन्यो र अस्ट्रेलिया गय भने म छिट्टै नै तेरो पनि केही बन्दोबस्त मिलाइदिन्छु भन्दै थिय भाइ ले झम्टेर टाइट हग गर्यो ! कमल दाइले गाली गर्दै थिय

- के हो छोरा मान्छे भयर पनि यति कोमल मन ! अबेर भयो छिटो जाउ है !

हस दाजु - बेस्ट अफ लक !! ( भाइको मलिन आवाज ले झन निराश पार्यो )
- बाइ ब्रो , आफ्नो ख्याल राख्नु !
- बाइ / बाइ ! शुभ यात्रा .......

भाइको स्नेह , माया अनि भावुकतापन ले मेरो मन धमिलियो ! आँखा भरियर आयको रहेछ ! आँसु पुस्दै बस भित्र पसे !
अगाडि को सिटमै बसेर गफ गफिदै थियौ ! तेत्तिकैमा बसमा बजेको गित - " बिछोडको करौतिले काट्नु मन काट्यो ...........
तुरुन्तै कमल दाइले अर्को गित चेन्ज गरिहाले !

तेत्तिकैमा दिदिको फोन आयो बुटवल देखि !
- बाबु कहाँ पुगेउ ?
- खाना खान आउछौ नि ? तेहि भयर फोन गरेकी !
- आउदैछु दिदी ! तर बर्तुङ बाट बसमा बसेपछी मात्र फोन गर्छु , किनकी म पाल्पाको बसमा आयको छु डाइरेक्ट बस पाइयन तेसैले  !
- राम्रो सित आउनु है !
- हस दिदी ..... / बाइ
                            ~ ५५ ~

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...