लामो समय पछि आयको युटेनको म्यासेज ले कताकता खुशी लाग्यो अनि दु:ख पनि ! उनले पठायको तस्बिर डाउनलोड गरे ! हेर्न सकिन ! त्यो अवस्था ! युटेन लाई आइसियु बेडमा सुताइयको रहेछ ! हेर्दा हेर्दै आँखा धमिलिय र तिरमिराउन थाले ! आँखा रसाय आशुको बर्सात भयो साउने झरी झै तप्प तप्प ! पात र हागा हुँदै भुइमा तप्किय झै ! झरेका आँसुहरु नाकको डाडि हुँदै तल खस्न थाले , केही दायाँबायाँ साइडबाट झर्दै सिरुपाते ओठमा लत्पतिन पुग्दथे , नुनिलो नमकिन जस्तो तप्केना मा परिणत हजारौ आशुका ढिक्का हरु ....
कर्कलाको पात मा परेको पानीको थोपाहरु चिप्लियर यत्रतत्र उछिट्टियझै ....
हृदयमा कालो बादल मडारिय झै विभिन्न कुराहरु मडारिदै थिय ! भन्न भन्न रिगटा लागे जस्तो भयो ! तेसपछी भने केही थाहा पाइन ! होसमा आउदा शरीर कापिरहेको थियो ! लगभग बीस मिनेट जति बेहोस पो भयछु ! कता कता युटेनको चेहेरा याद आउथ्यो तर केही लेख्न भने सकिरहेको थिइन ! हात कापिरहेको थियो !
उठ्न खोजे तर सकिन ! बेडमै केही बेर पल्टिरहे तर युटेनको यो तस्बिर आखा वरिपरि नै घुमिरह्यो ! आखाबाट अस्रुघारा हरु निरन्तर थिय ! केही बेरमा फेरि उठे तस्बिर हेर्ने साहस जुटाय ! नाक र मुखबाट पाइपहरु लगायको थियो ! बेडको साइडमा उल्टो झुन्डिएको सलाइन को बोत्तल र अक्सिजनका पाइपहरु !
सधै जस्तो रातो लाली , पाउडर र भिन्न भिन्न कपडामा सजिने युटेन आज हस्पिटलको निलो रङ्गको कपडा , सलाइन र अक्सिजनका लहरै लहराको बिचमा सजाइयकी थिइन !
रोय , चिच्च्याय ! कराय! तर जति रोयपनी सुन्ने यहाँ कोइ थियन ! रोयर यहाँ के नै हुन्थ्यो र !
यस्तो लाग्दथ्यो कि सानो दुधे बालक आफ्नो भोकले रुदैछ र म युटेनको बिडम्बनाले , रुवाइ एकै बास्तबिकता फरक फरक !
उस्लाइ पठाइदिन एउटा आफ्नो तस्बिर खिचे ! सम्झिय युटेनले पठायको त्यो म्यासेज ! तस्बिर सहित युटेनको स्वास्थ्य लाभको कामना को लागि प्रेयर माग्न सोसल मिडियामा पोस्ट गरे सायद हुदोहो - 7 Jan 2017 7:29pm
- प्रिय साथि युटेन ...
"आजकल यि आखाहरु समुन्द्र झै लाग्न थाले "
मलाइ कुनै गलत नसम्झिनु न कुनै प्रस्न , यस्को कुनै पनि उत्तर म सङ छैन ! छ त केवल तिम्रो स्वास्थ्यको चिन्ता , अनगिन्ती , अपार र अनिश्चितकालीन ......
म तिमिसङको फ्रेन्डशिप मा धेरै क्लोज त छैन , न त मलाइ तिम्रो बिस्तृत जानकारी नै थाहा छ ! छ त केवल तिम्रो निजि लाइफ स्टोरी , मिलन , बिछोड अनि डिप्रेसनमा उत्पन्न भयका स्वास्थ्य समस्याहरु !
हुनत म आफ्नो सन्सारमा रमाइसकेको एउटा जिम्मेवार ब्यक्ती हु , पारिवारिक सन्सारमा उत्तिकै कृयाशिल पनि !
म किन यति भावुक भय त्यो मलाइ थाहा छैन ! आजसम्म कसैका लागि भयको पनि थिइन ! हाम्रो फ्रेन्डशिप हुनु केवल एउटा माध्यम बन्यो सोसल नेटवर्क ! बिगतको केहि दिनदेखि हिजो भन्दा आज समस्याहरु बढ्दै गय ! कतिपय लेखहरु लेखियो तर पोस्ट गर्न सकिन ! डिलिट गर्न बाध्य भय !
म तिमिलाइ यो अवस्थामा कहिले सम्म देख्ने त ? रिकभर होला भन्दा झन स्थिती नाजुक देख्दैछु ! म तिमिलाइ यो सन्सारमा सबैभन्दा खुसी देख्न चाहन्छु र सुखी पनि !
~ १९ ~
"सन्सारभरी रुने तरिका एउटै हुन्छ , हास्ने तरिका भने अनेक हुन्छन ! तेसैले रुन सिक्न पर्दैन , हास्न सिकाउने अनेक गुरु हुन्छन "
म यो फोटो सोसल साइटमा किन अपलोड गरे , कसरि गरे , कस्का लागि गरे यस्को उत्तर म दिन सक्दिन ( वर्तमान / भुत / भविस्य ) माफी चाहन्छु ! साथी कहिले नसोध्नु पनि , यस्को लागि Sorry ......
"न त म पागल प्रेमि हो , न त मेरो पागलपन नै "
जिन्दगिको कुनै मोड यस्तो पनि आउदो रहेछ जहाँ कहिले काहीँ अलि भावुक पनि भइदो रहेछ !
"कोइ मरेर बाच्छन त कोइ बाचेर पनि मर्न बाध्य हुन्छन "
किन किन आजकल उस्को पीडा आफ्नो जस्तो आभाष हुन्छ , दुख्छ , चस्किन्छ अनि छिनछिनमा झस्काउछ पनि ! म मेरो साथिको समस्या हर कुनै एक ब्यक्तिलाइ सेयर गरेर मात्र आफुलाइ सन्तुष्ट पार्न नसक्ने भय ! अनि बाध्य भय पेजमा अपडेट गर्न , केही शब्ध कोर्न !
यस्तो लाग्छ्की कहिले काहीँ यी सुकिला आँखा पनि समुन्द्रमा बदलिदा रहेछन ! आज बल्ल महसुस गर्दैछु !
गाग्री आधा भयो भने मात्र छचल्किन्छ रे तर आँसु पीडा धेरै भयो भने मात्र छचल्किदो रहेछ !
म यो भन्दा धेरै चाहेर पनि लेख्न सकिन मलाइ माफ गरिदिनु ! रिक्वेस्ट गर्दछु कि यस्को बारेमा न कुनै प्रस्न न कुनै उत्तर ...... तर चाहनु हुन्छ भने कमेन्ट बक्समा -
( PRAY FOR UTEEN ) लेखिदिनु
म सधै का लागि खुशी हुनेछु र आभारी पनि !
यदि यो लेख कुनै पनि मित्रहरु को जिवनमा मेल हुन गयमा संयोग मात्र हुनेछ ! तेसैले म आज मेरो साथिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मित्रहरुलाइ प्रेयर गरिदिन आग्रह गर्दै फ्यान्स पेजबाट ओझेल पर्न चाहन्छु / शुभ-रात्री
- शुभम शर्मा
पोस्ट गरेको केही बेरमै साथी हरुका कल र म्यासेज हरु आउन थाले !
किन के भयो ?
किन यस्तो फोटो अनि यो लेख हाल्नु भयको ?
मलाइ चारैतिर बाट तनावै तनाव हुन थाल्यो ! मोबाइल फुट्ला झै बजिरहेको थियो ! मोबाईल नम्बरमा , म्यासेन्जरमा , स्काइपमा , भाइबरमा , इमोमा , व्हाटस अपमा चारतिर बाट फोनको ओइरो लाग्न थाल्यो ! सायद मैले गल्ती पो गरेकी जस्तो पनि लाग्यो ! तर मैलेे कसैको जीवन र मृत्युको बिचको सङ्ह्र्ष लाई लियर मागेको एउटा प्रेयर थियो !
कस्लाइ के भनेर उत्तर दिउ ! युटेनको तस्बिर राख्ने ठाउमा मैले उस्लाइ पठाउन खिचेर राखेको आशुले लत्पतियको मेरो तस्बिर अपलोड गरेको थिय !
सबैको फोन को प्रतिउत्तर दिन सकिन र आफुलाइ फोन र अनलाइन बाट टाढा राखे ! मोबाइल , इन्टरनेट सबै बन्द गरिदिय र आफुलाइ सम्प्रक माध्यम बाट बिलिन गराय ! तिन दिनमै लगभग पाच लाख भन्दा बढिे साथिहरुले हेरेछन ! कमेन्ट त पढेरै नसकिने ! धेरै का त इन्बक्स मा पनि म्यासेजहरु आयका रहेछन ! मेरो पोस्ट बुझ्ने ले त युटेन को लागि प्रेयर गरिदिदै " Pray for Uteen " लेखिदिय ! नबुझ्ने ले मेरो तस्बिर लाई निशाना बनाय !
कतिले लेखे - मर्दको आखामा आँसु सुहाउदैन !
कतिले भने - थुक्क नामर्द समस्या सित जुझ्न नसकी रोयर बस्ने आईमाई जस्तो !
कसैले भने - यो सबै नौटन्की हो , सोसल मिडिया मा भ्युवर बढाउन को लागि गरेको तमासा हो !
तर जस्ले जे भनेपनी समस्या के थियो त्यो मलाइ मात्र थाहा थियो ! तेस्को तिन दिनपछी युटेन लाई पनि डिस्चार्ज गरेछ ! अनि हाम्रो फेरि रेगुलर सम्प्रक हुन थाल्यो !
~ २० ~
दिन बित्दै थिय , युटेन पनि पहिलाको अवस्थामा मा फर्किदै थिइन ! अब युटेन लाई धेरै ठिक भैसकेको थियो ! अचानक युटेन को घरमा बिहेको कुरा चलेछ ! बुवा , आमा , दिदी र मामा हरु सबैले अब बिहे गर्नु पर्दछ बनेर घेरा हालेछन ! आफन्तिले केटो देखाउन ल्यायछन !
मैले पनि भन्ने गर्थे - युटेन कति समय एक्लै बस्ने नि ! बाबुको भबिस्य पनि सोच्नु पर्छ ! म आफ्नो ठाउबाट सदैब माया गर्छु र सपोर्ट पनि तर तिमिले आफ्नो घर सन्सार बसाउनु पर्छ पुराना कुराहरु बिर्सिनु पर्छ ! यसरी अब हुदैन ! जुन दिन तिमिलाइ भेटेको थिय र तिम्रो जीवन स्टोरी सुनेको थिय तब मैले कसम खायको थिय कि तिम्रो घर सन्सार बसेको देख्न चाहन्छु र बसाइदियर छाड्नेछु ! युटेन लाई कहिले एक्लो हुन दिने छैन !
राम्रो ठाउ आयको रहेछ ! प्रिन्सिपल जस्तो शिक्षित ब्यक्ती पाउँदा तिमी नकार्नु हुदैन , भन्दै सम्झाउदै थिय तर उ बिल्कुल मान्दिन थिइ ! यदि जबर्जस्ती बिहे गरिदिय भने म यो सन्सार बाट टाढा जानेछु ! कसैले नभेट्ने ठाउमा फेरि नफर्किने गरि ....
मैले दिनप्रतिदिन बिभिन्न कुराहरुले सम्झाउथे ! उस्लाइ जिन्दगी र जीवन का धेरै उदाहरण हरु देखाय ! उस्लाइ भन्दा पनि उस्को सानो बाबुको भबिस्य को बारेमा अनेकौ मार्ग देखायर उस्को मन फर्काइदिन खोजेे ! सम्झाउदा सम्झाउदै एक्दिन उस्ले भनि ठिक छ म बिहे गर्छु तर एउटा सर्तमा मात्र !
मैले सर्त मान्न तैयार भय ! - यदि हजुर मेरो बिहे पछि पनि मलाइ यत्तिकै माया गर्नुहुन्छ र सम्प्रकमा रहनु हुन्छ भने मात्र ......
- अवस्य गर्नेछु !
तिम्रो हर खुशिको लागि म जे गर्न पनि तैयार छु - युटेन ! मैले आजसम्म कसैलाइ यति माया गरिन र तिमिलाइ कसरी गर्न पुगे त्यो मलाइ नै थाहा छैन्न ! हेर्दाहेर्दै बिहेको दिन फिक्स भयो ! आजकल मैले उसित कुरा गर्न अलि कम गरेको थिय किनकी उस्को बिहे पछि मैले उस्को जिन्दगिको बारेमा धेरै सोच्नु पर्दछ ! तेसैले उस्लाइ खुशी राख्ने कुराहरु मात्र धेरै गर्थे !
कसैको ज्युदै मरिसकेको जिन्दगिलाइ फुलाइदिनु थियो र त्यो सानो बालक को उज्जवल भबिस्य ! जनवरि 22 तारिक को दिन उस्को बिहे हुने फिक्स भयो ! दिनहु जस्तो बिहेका सामान हरु सपिङ्ग हुन्थे ! जे जति किनेर ल्याउथे सबै युटेनले तस्बिर खिचेर पठाउने गर्थिन र भन्थिन - शुभम कस्तो छ भनन !
उस्को मासुम मनले पठायका सबै कुरा राम्रा भयपनी मलाइ भने ती बिहेका सामान हरु देख्दा मन तेसै खिन्न भयर आउथ्यो ! मन मा अथाह पोल्थ्यो र आफै ओइलायर नर्भस हुन्थे ! एक दिन युटेन ले दुलहि ले लाउने साडि यहि हो भन्दै बनारसी साडी लगायर आफ्नो तस्बिर पठायकी थिइन ! मलाई खपिसक्नु भयन ! भित्रै बाट भक्कानियर आयो ! मुटुमै गाठो पर्यो ! फोटो हेर्दा हेर्दै बरर... र आँसु आय ! तर यो सबै युटेन लाई भन्न सक्दिनथे ! नत्र युटेन ले बिहे क्यान्सिल गर्न पनि के बेर !
दुलाहा को लागि ल्यायको कोटको कपडा देखाउदै भन्दै थिइन कास यो कोट हजुर को लागि हुदोहो त !
केही बेर म्यासेज आयन ! सायद युटेन लाई बिगत याद आय जस्तो लाग्यो ! र उसैलाइ भुलाउन लाई फेरि म्यासेज लेखे
- प्रिय सम्झिनु त्यो कोट लगायर म तिम्रो पछाडी नै उभियको छु तिम्रो बनारसी साडिको पदर समातेर फर्किनु त एकपटक !
- रियल्ली ? ( बल्ल म्यासेज आयो )
- इमेजिन गरन युटेन कस्तो देखिन्छ ?
~ २१ ~
माया पनि कस्तो कस्तो ! न देखभेट न चिनजान नै ! यति थोरै दिनमा पनि हामी धेरै नजिक हुन पुगेछौ ! शिसा झै कर्याक्क गर्दै चर्किदै गरेको मन र सोचाइले फेरि एकान्त खोज्छ र बन्द कोठामा टोलाइ रहन्छु ! बिकल्प पनि त अरु के नै थियो र ! मन दुखे पनि युटेन लाई खुशी राख्न आफू बनावटी हास्दिनु पर्थ्यो कस्तो मेरो दुर्दशा , कस्तो मेरो अहोभाग्य ......
21 जनवरी सम्म त म ठिकै थिय ! भोलि बाट मेरो आफ्नो युटेन अरु कसैको हुनेछन मन्मा धेरै कुराहरु खेल्न थाले ! आफैलाइ सम्हाल्न गार्हो भैरहेको थियो ! फेरि सम्झिय यदि युटेन को घरजम भयो भने उस्को भबिस्य राम्रो हुनेछ ! मेरो यो सानो समयको प्रयास ले गर्दा कसैको ओइलायको जिन्दगी फकृनेछ ! उ फेरि कोपिला हालेर बिस्तारै सुरजको रोशनी सङै फुल्नेछ ! नया रङ्ग हरुले सबैलाइ खुशी छर्नेछ र उज्यालो सन्सारमा रमाउनेछ ! सबैले माया गरेर गुलाव सरि उस्को तारिफ गर्नेछन ! सबैको वाह , वाह र तारिफले युटेन को मनमा खुशिका गुब्बारा हरु उड्नेछन ! युटेन ले बिगत बिर्सिनेछन र सुनौलो भबिस्यको अगृम पाइला चाल्नेछ्न त्यो एकदिन मैले सुन्न र देख्न पाउनेछु ! अनि उनि सन्सार मा सबैभन्दा धेरै रमाउनेछन जस्तो कि टेन्सन बिना आजाद भयर ! खुल्ला आकाशमुनि उडेको चरा जस्तै ......
रात भर निदाउन सकिन ! हुनत उस्को बिहेको लागि मैले नै फोर्स गरेको थिय ! मैले जबर्जस्ती नगरेको भय सायद हुदैनथ्यो होला , किनकी उ धेरै जिद्दी पनि थिइ ! राती आखिरी पटक उस्ले भिडियो कल गरेर अफ भयको अकाउन्ट खोलियको रहेनछ ! युटेनलाइ एकपटक देख्न पाय पनि हुन्थ्यो जस्तो लाग्यो ! बोल्न धेरै मन थियो ! अब युटेन म देखि टाढा जाँदै थिइन ! दुलहि बनेर डोलिमा सजिदै कसैकी श्रीमती बन्न को लागि !
आफैलाइ धेरै नराम्रो लाग्यो ! अब युटेन मलाइ छाडेर जादैछिन ! केहि दिन पहिला युटेनको मन भुलाइदिने अब मलाइ भुलाउने कोइ थियन ! मेरा चुरोट का खिल्लि र ह्विस्की का बोतल बाहेक ! धेरै सोचाइमा परे ! चिन्ताले मन लाई लत्त्याउन थाल्यो ! आफैमा कन्ट्रोल गर्न सकिन ! केही बेर पहिलाको मेरो जिउदो मन अब छिनभरमै लास जस्तै लाग्न थाल्यो ! मन , मस्तिष्क र हृदय ठप्प भय ! सबै शून्य लाग्यो ! युटेनका यादहरु बाहेक मनमा अरु केही थियन ! जिन्दगी एक अनौठो किसिमले एक्कासी ह्याङ्ग भयर आयो ! बिहानै देखि पिउन थाले पिउदा पिउदै आफैमा लडबडाउथे , बरबराउथे , उनैको नाम ले चिच्याउथे ! जलिरहेको चुरोट सकियर कतिबेला हात र ओठ पोल्दथ्यो थाहै पाउदिनथे ! आजदेखि मेरा साथी केवल चुरोट र रक्सी बाहेक अरु कोहि भयनन ! !
दिनभरि कति पियछु पत्तै भयन ! पिउदा पिउदै कतिबेला तेहि ढलेछु एक्कासी होस मा आउदा साझको सात बजेको रहेछ ! आज युटेनको बिहेको दिन थियो ! जादाजादै युटेनले केही म्यासेज हरु छोडेकी छन कि भनेर एकपटक अनलाइन आय र म्यासेन्जर खोले ! युटेनको एउटा म्यासेज आयको रहेछ - 💌
डियर शुभम !
- अशिम प्यार जिन्दगी भरी ! माया गर्दथे र हजुर को प्यार मा बाच्न सिकेकी थिय , तर हजुर को फोर्स ले आज म अरु कसैको हुदैछु र कोइ मेरो हुदैछ ! जब सिन्दुर राख्ने बेला भयको थियो तब मेरा आँखा बाहिर बाटो तर्फ नै हजुर लाई खोजिरहेका थिय ! सोच्थे काश यो बेला शुभम आय त म यो सन्सार बाट आफुले रोजेको सन्सार मा पुग्थे होला ! किन किन त्यो बेला - "आफुलाइ रोक्न सकिन तर समय सकियो हजुर लाई पाउन सकिन "
अरु कसैले नै सिन्दुर हाल्यो ! अब सायद यो जुनि हामी भेट्न सक्दैनौ होला , अर्को जुनि हामी एउटै कलेजबाट पढाइ गर्दै जिबनको अनन्त यात्रा सम्म साथ हुनछौ ! दुरिले टाढा भयता पनि मनले सधै नजिक र हजुर को वरिपरि नै रहनेछु ! आफ्नो ख्याल राख्नु है ! आज बाट म सधै को लागि मेरो फेसबुक एकाउन्ट डिएक्टिवेट गर्नेछु र मोबाइल अफ हुनेछ तर चिन्ता कत्ती नलिनु ! हजुर ले जहाँ पठाउनु भयको हो म उहीँ नै सेफ रहनेछु ! हजुर को पर्खाइमा तर अर्को जुनि छिट्टै नै .... ....Love u Forever अलबिदा - UTEEN
~ २२ ~
युटेन को बिवाह पश्चात् मेरो बाच्ने रहर मरेर जान थाल्यो ! प्रतेक पल पलमा युटेनको यो आखिरी म्यासेज हेरिरहन्थे ! हजारौ पटक पढे तर जति पटक पढेपनी मेरो लागि सुनौलो लाग्दथ्यो ! आखिरि म्यासेज लेख्दा युटेनका आँखा पक्कै पनि कति रोय होलान ! मनमा उब्जियका हजारौ प्रस्नहरु मैले याद गर्न पनि नसक्ने भय ! छिनभरमै सोचेको कुरा केही बेरमै बिर्सिन थाले ! म अब पागल जस्तो हुन लागे ! युटेनका तस्बिर र गरेका सम्बादहरु बाहेक म सित अरु केही थियन !
अब जति छिटो यो सन्सार बाट बिदा लिन्छु तब मात्र युटेन शीत भेट हुने पक्का पक्की भयो ! शरीर बाट चिसा पसिना खलखली आउन थाले ! मलाइ नै थाहा भयन के हुदैछ ! आज मेरै फोर्स ले युटेन बिबाह बन्धन मा त बाधिइन तर पछिका दिन के कस्ता हुनेछन त्यो मलाइ जानकारी नहुने भयो !
जिन्दगिमा अरुको कसैको भयतापनी बाचुन्जेल सम्प्रकमा हुने कुरा गरेको युटेन को शब्ध पनि खै झुटो थियो या साचो ! उस्ले सिन्दुर हाल्ने बेला सम्म पनि मेरै पर्खाइमा रहेको र बाटो हेरेको कुराले निक्कै नै मुटु चिर्यो , छियाछिया पार्यो ! चारैतिर बाट अब सम्प्रक हुने बाटा हरु बन्ध थिय ! बिकल्प केही थियन !
चिन्ता र टेन्सन मा आयर युटेन ले तेस्तो केही नराम्रो अपृय घटना पो गर्ने हो कि भनेर कुरा हरु मन्मा सल्बलाउन थाले ! म आफैले पालेको आफ्नो सन्तान अरु कसैलाइ कन्यादान दिय जस्तो महसुस गरे , हुन पनि तेस्तै भयो ! जब युटेनको आखिरी म्यासेज आयो !
यति गहिरो कुराहरु युटेनले पहिले नै बतायको भय सायद मैले अरु केही बिकल्प निकाल्थे कि ? अब मलाइ झन झन चिन्ताले सताउन थाल्यो र युटेनको लागि आखिरी चिठी लेखी सोसल साइट्मा पोस्ट गर्ने मन बनाय यदि युटेन ले नया आइडी बनायर मलाइ सर्च गरिन भने यो चिठिले उन्को मन अवस्य फर्काउनेछ !
"उन्ले माया गरिन आफ्नो जीवन साथि सम्झेर तर मैले प्रेम गरे आफ्नो परिवार को करिबी हिस्सा सम्झेर "
जुन ओइलाउदै गयको गुलाबको फुलजस्तै थियो तर यहाँ सहि समयमा उचित कुरा गर्न नसक्दा यस्तो हुन गयो जब युटेन लाई उस्को आमा बुवा ले अर्कैलाइ बिहे गरिदिय ! हुनत यी कुराहरु मैले पनि पहिला नै गर्नु थियो तर मैले पहिला नै कसम खायको थिय , हामी एक असल साथी मात्र बनेर साथ साथ हिड्नेछौ ! समय आउदा को दिन आफ्नो आफ्नो गन्तव्य जानू पर्छ तर हाम्रो माया भने अमर र जिबित रहनेछ ! मन मा केके कुराहरु खेल्न थाले ! किन किन खै मलाइ अब थाहा छैन युटेन बिबाहको मन्डप बाट मात्र बिदा लिइन या सधै को लागि यो सन्सार बाट ...
उन्को कुराको आखिरी लेखाइले दुइटै कुराहरुलाइ सम्प्रेषण गर्छ कन्फिडेन्ट भयर बुझ्न सकिन र युटेनको लागि आखिरी प्रेम पत्र लेख्ने निधो गरे -
~ २३ ~
प्रिय साथी , युटेन [ Uteen ]
अशिम प्यार ! अनगिन्ती सम्झनाहरु - हिजो / आज / भोलि / सधैभरी ......
मुटुको धड्कन सङै हुर्केको माया आज टाढा हुदैछ ! मलाइ थाहा थियो र तिमिलाइ पनि तर ..
किन किन आज एक्लो महशुस गर्दैछ यो मन ! सायद अबका दिनहरु यस्तै कैयौ चिठिहरु लेखी र फोटोहरु हेरेर नै बिताउनु पर्ने हुन्छ होला !
निन्द्रामा पनि च्याट गर्दैथिय ! सायद मेरो मनलाइ थाहा भयर नै होला ! अब आजको दिनबाट च्याट हुन सक्दैन ! तेसैले त केके लेखिरहेको थिय ! के लेखे त्यो मलाइ ठ्याक्कै याद छैन वस यत्ती मात्र याद छ कि अन्तिममा लेखियको थियो - " बेबि आफुलाइ ख्याल राख्नु है ! किनकी भोलिबाट हजुर लाई केयर गर्ने अरु नै कोइ छ ! जब एक्लो महशुस हुन्छ तब आँखा चिम्लेर मलाइ सम्झिदिनु ! कहिल्लै एक्लो महशुस हुन दिने छैन ! समय मै औषधि खानु ! आज म अन्तिमपटक चिच्च्यायर रुन्छु ! मनभरी रुन्छु ! सानो दुधे बालक भोकले रोयझै , तर बास्तबिकता फरक , फरक - प्रेमको बिछोड बियोगमा .....
अन्तिम पटक सम्प्रक हुन नसकेपनी मेरो सन्देश कुनै न कुनै माध्यमबाट पुग्न सकोस ! जति पनि माया गर्ने प्रेमिहरु हुनुहुन्छ उहाहरुलाइ मेरो पोस्टले गलत सन्देश नदियोस !
Love you forever .....
मलाइ नरुनु नभन्नु है किनकी मैले भोलिका दिनहरुबाट रुन छाड्नु पर्छ ! हासि खुशी रहनु , समय मिल्दा सम्झिदिनु ! अगृम शुभकामना दिदै टुक्रियको घाइते मुटु जोड्ने कोसिस गर्दै म्यासेजको अन्तिम प्रखाइमा .....
अलविदा / शुभम
भोलिपल्ट बिहान नेट खोलेर हेरे मेरा आख बारम्बार युटेनको म्यासेजको पर्खाइमा थिय ! तर उस्को अकाउन्ट डिएक्टिवेट नै थियो ! सर्च गरे खोजेर भेट्टाउन सकिन ! सोच्थे उस्ले एक्पटक भयपनि एक्टिभ गरि भने उस्लाइ सम्झाउथे ! सम्झाउन सक्ने मन्मा धेरै अप्सनहरु थिय तर ! मोबाइल नम्बर काठमाडौ को साथी हरुलाइ दियर पनि बारम्बार चेक गर्न लगाय तर कैयौ प्रयास को बावजुत पनि असफल नै हुनु पर्यो !
यतिसम्म कि नेपाल टेलिकम को अफिसमा गयर पनि नम्बर चेक गराय तर सिमकार्ड डिएक्टिवेट गराइएको रहेछ ! शङ्का लाग्यो सायद युटेन यो सन्सार मा छैनन होला ! एक्लै कोठामा बस्थे कसैसित बोल्न मन लाग्दैनथ्यो ! यस्तो लाग्दथ्यो कि चारैतिर बाट भाग्यले ठगियको सायद यो सन्सारमा म मात्र थिय ! दिन रात वाइन र व्हिस्की अनि चुरोट बाहेक अरु केही खान मन लाग्दैनथ्यो ! दिनको १/२ पटक अनलाइन मा आयर उस्लाइ खोज्थे ! फेरि पनि झिनो आशा मरेर गयको थियन ! यो मन बारम्बार युटेन लाई नै खोजिरहेको हुन्थ्यो !
~ २४ ~
बिगतको केही दिनदेखी यता मैले कसैको म्यासेजको प्रतिउत्तर दियको पनि थिइन र आफ्नै टेन्सन मा रोमलियको थिय तर अब युटेन सित एकाएक छुटेको सम्प्रकले आफैलाइ धिक्कार्दै थिय अनि मन भुलाउन उहीँ व्हिस्की अनि ठुटे चुरोट ..
जतिबेला पनि खाली बिछोड अनि बिरहका गितहरु मात्र .....
" भुल्न सक्दिन म त्य़ो दिन महाप्रलय आएको थियो ,
चौतर्फी अन्धकार अनि ठुलो भुमरी छाएको थियो !
एक्कासी रंगमंच बाट नै कोहि बिलीन भई दिदा ,
जिन्दगीले हर्ष कम अनी बिस्मात धेरै पाएको थियो !! "
पानी रिमझिम आइरहेको थियो ! सधै तिन पेक मा आउट हुने म आज चौथो पेक लगाउदा पनि ठिक ठाक थिय ! सेभ फाइलमा स्कृन सट गरेर राखेका युटेनका तस्बिर र म्यासेजहरु हेरे ! युटेनका म्यासेजहरु हेर्दा आँखा भरियर आउथे ! म पूरा पढ्न अब कहिले सक्दिन जस्तो लाग्थ्यो र सकिन पनि , तर प्रयास निरन्तर गर्थे !
यत्तिकैमा अचानक शरीर सिताङ्गे भयर आयो ! कुनै बेला बेस्सरी तातो भयो त कुनै बेला चिसा पसिना खलखलि बग्न थाले ! घबराहट ले आत्तिय ! यस्तो लाग्यो कि अब म युटेनलाइ देखे बिना नै मर्छु कि क्याहो ! पूरा रात निक्कै कस्टसित बित्यो ! सहन गार्हो भयो र एउटा सिटामोल खाइदिय ! धेरै दिन देखि लगातार दिनरात पियको रक्सी अब शरिरको प्रतेक नशा नशामा भरियको थियो ! यस्तो लाग्थ्यो कि शरिरमा खुन भन्दा रक्सिको मात्रा धेरै छ !
खायको सिटामोल ले झन रियक्सन गरेछ र म मुढो झै पल्टिरहे ! घरिघरी युटेन लाइ सम्झिन्थे ! सायद अब यहि नै मेरो जिन्दगिको आखिरी पल थियो ! बाच्ने आसा अब मरेर गयो ! शरिरले अब केही पनि सम्झिन सक्ने थियन त न उठ्न नै सक्थे ! घरिघरी खुट्टा आफै तिनिक्क तिनिक्क तन्किन्थे परान जान लागेको मान्छेले खुट्टा तन्कायझै ! यस्तो लाग्यो अब यो जुनि मेरो यत्ती नै थियो र अर्को जुनि युटेनको लागि जन्मिनेछु !
कताकता मोबाइल मा घन्टी बजे जस्तो आवाज आउथ्यो तर सपना झै लाग्यो ! निरन्तर बजिरह्यो अलिअली होसमा थिय ! मोबाइल मा आयको कल उठाय तर बोल्न सक्ने स्थितिमा थिइन ! के के बोले मलाइ थाहा थियन ! ओम प्रसाद ले फोन गरेको रहेछ ! मेरो लरबरायको आवाज सुनेर उ आत्तियछ ! तुरुन्तै केही बेरमै उ आइहाल्यो ! मेरो यस्तो हालत देखेर उ आफै आत्तियछ ! के गर्ने के नगर्ने ! तुरुन्तै ट्याक्सिमा हालेर नजिकको अस्पतालमा लगेछ ! म होसमा थिइन ! जब होसमा आय तब म भाटिया अस्पताल को बेड न: १११ मा सुतिरहेको थिय !
मलाइ अचम्म लाग्यो ! म यहाँ कसरी आय थाहा थियन ! मेरो वरिपरि हेमन्त ,अर्जुन , देवु सबै थिय ! केही बेरमै ओम ले केही दवाइ का पाकिटहरु हातमा लियर आइपुग्यो !
मलाइ ओम ले नै यहाँ अस्पताल ल्यायको रहेछ ! सबै बृतान्त सुनाउदै थियो र गाली गर्दै थियो - कस्तो आफ्नो हालत गरायको !
किन के भयो र ?
केही तेस्तो समस्या भयको भय हामिलाइ भन्नू पर्थ्यो ! सबै ले हप्काय ! मलाइ रक्सी र राती खायको सिटामोल ले गर्दा रियक्सन गरेको र छातिमा इन्फ्याक्सन भयको रहेछ ! बाकी रिपोर्ट भने भोलि बिहान आउने भन्दै थिय !
हात मा सलायन का पाइपहरु र अस्पतालको यो बेड देख्दा मलाइ फेरि युटेन अस्पताल मा हुदा का तस्बिर हरु झलझली याद आय ! आँखा आफै रसाय ! हेमन्त ले आफ्नो गोजिबाट रुमाल निकालेर निस्कियका मेरा आशुहरु पुसिदिन्थ्यो ! कुनै कुनै बेला उ आफै भक्कानिन्थ्यो ! आशुहरु कानतिर बाट झर्दै घाटि बाट सिरानी तर्फ ओरालिदै थिय !
~ २५ ~
म रुदा केटाहरु झन आत्तियछन र सङै रुन पो थाले ! नर्स हरुले बेस्सरि हप्काय ! यति धेरै यहाँ बिरामिको वरिपरि बस्ने पनि होइन ! बिरामिलाइ तनाव हुन्छ ! बिरामी भन्दा पहिला कुरुवा नै रोइदियपछी बिरामिलाइ झन असर हुन्छ ! राती एउटा लाई मात्र बस्न अलाउड छ ! जो आफु सम्हालिन्छ र बिरामी लाई सम्झाउन सक्छ उहीँ मात्र बस्नु ! बिरामि लाई अब धेरै ठिक भयको छ आत्तिनु पर्दैन खतराको संकेत टलिसक्यो ! आधा घन्टा ढिला भयको भय सायद जे पनि हुन सक्थ्यो !
पाच बजेतिर डक्टर हरुको एक हुल आयो ! हातमा मेरो फाइल लियर दिउसो भेटियकी नर्स पनि साथमा थिईन ! डक्टरले इसिजी को रिपोर्ट हेरेर फेरि एकपटक छातिको एक्सरे गर्नु पर्ने बताय ! प्रेसर पनि अप डाउन भैरहेको रहेछ ! डाक्टर सुबोध जैन ले सिरिन्जमा औषधि भोरे ! सुइको टुप्पोमा प्याट्ट प्याट्ट हिर्काउदै सिरिन्जलाइ मेरो देब्रे पाखुरामा घोचिदिय ! एक घन्टापछी छातिको एक्सरे निकाल्न भन्दै पर्चिमा लेखेर आउदा यो पर्चि लियर आउनु भन्दै अर्को बेडतिर लागे !
ओम खाना लियर आउछु भन्दै रुमतिर लाग्यो ! अर्जुनको नाइट ड्युटी रहेछ ! देवु र हेमन्त साथमा थिय ! मलाइ केही बेर निन्द्रा लाग्ला जस्तो भयो सायद लगायको सुइले गर्दा होला !
- युटेन गुलावि साडिमा सजियर मेरो सामु आयकि थिइन ! ओठमा लगायको रातो लिपिस्टिक र घाटिको मंगलसुद्र अनि कानमा लगायका झुम्काहरुले निक्कै सुन्दर देखियकी थिइन ! उस्को शरिरबाट मगमगाइरहेको लेडिज पर्फ्युम ले नाकका पोरा हरु स्पर्श गर्दै थियो ! युटेन ले मेरा गाला सुम्सुम्याउदा हातमा लगायका दुइ दर्जन चुराहरु एकैसाथ छनछन बजिरहेका थिय ! उन्ले बिबाह राम्रो सित भयको र श्रीमान पनि धेरै बुझ्ने खालको हुनुन्छ भन्दै थिइन ! बाबुलाइ निक्कै माया गर्नु हुन्छ ! बाबू पनि उहाले पढाउने स्कुलमै भर्ना गरिदिनु भयको छ ! मेरो चिन्ता नलिनु है शुभम !
आफ्नो ख्याल राख्नु ! हेर आफ्नो हालत कस्तो बनायको यस्तो ! मेरो चिन्ताले हो मलाइ सप थाहा छ ! मेरो फेसबुक अकाउन्ट र मोबाइल नम्बर बन्द छन ! म छिट्टै नै अर्को नम्बर लिदैछु ! नम्बर चालू भयपछी म फोन गर्नेछु ! धेरै दिन भयको थियो हजुर सित कुरा नभयको तेसैले भेट्न आयकि थिय ! शुभम मलाइ कहिले नबिर्सिनु है ! हजुर ले प्रमिस गरेको भयर त मैले अरुसित बिबाह गरे नत्र गर्ने सोच थियन ! भन्दै अङालो मारेर सुक्क सुक्क रोयको युटेनको आवाज ले आफुलाइ पनि सम्हाल्न गार्हो भयो !
- हेल्लो दाजु ! दाजु !!!
- झल्यास बिउझे ! हेमन्त ले घचघच्याउदै उठाउदै रहेछ ! मेरो एक्सरे निकाल्ने समय भयको रहेछ ! पसिनै पसिनाले निथ्रुक्क भिजेको अनुहार भाइले पुसिदियो ! सपना सम्झिदा बास्तवमै युटेन यहाँ भेट्न आयजस्तो लाग्यो ! सपना बिपना झै लाग्यो तर त्यहा हेमन्त र देवु बाहेक कोइ थियनन !
स्टेचरको घ्यार घ्यार आवाज आइरहेको थियो ! नर्सले एक्सरे को लागि लैजान ल्यायकी रहिछन ! हेमन्त र देवु ले उठायर बेडबाट स्टेचरमा सुताइदिय ! रिपोर्ट भोलि आयपछि मात्र अरु दबाइ चलाउने भन्दै एक्सरे गरेको डाक्टर ले नर्स सित बोल्दै थिय !
राति कुरुवा ओम बस्ने भन्दै थियो ! हेमन्त र देवु भने निस्किय ! देखेको सपना आखाको वरिपरि घुमिरहेको थियो ! बिपनामा आयझै र भेटेझै लागि रहन्थ्यो ! कास आज पनि सपनिमा युटेन आइदिय हुन्थ्यो जस्तो लाग्दथ्यो ! खाना सबै सिरिन्ज बाट नै लिक्विड दियको थियो ! छाति निक्कै पोलिरहेको थियो ! छटपटिले निदाउन सकिन ! राती एक बजे नर्सले एउटा सुइ लगाइ दियको याद थियो र बिउझिदा बिहान को आठ बजेको रहेछ !
~ २६ ~
नौ बजे डाक्टरको राउण्ड थियो ! एक्सरेको रिपोर्ट आयछ ! निमोनिया को संकेत देखियको भन्दै डक्टरले नया केही दबाइहरु थप गरिदिय ! कहिले हेमन्त , कहिले देवु , कहिले अर्जुन र कहिले ओम गरेर पालैपालो कुरुवा बस्थे ! मलाइ धेरै ठिक भयको थियो ! अब आफै हिड्न सक्ने भयको थिय ! लगभग सात दिनको अस्पताल को बसाइ पछि मलाइ डिस्चार्ज गरियो !
सात दिनपछि अस्पताल को बेड छोड्दा पनि निक्कै आजाद महशुस भयको थियो ! साथिहरु सित ट्याक्सिमा बसेर आउदै थिय ! बाटोमा वाइन सप को दुकान देखियो ! व्हिस्की र वाइन का बोतल देख्दा पनि मलाइ कत्तिबेला घर जाउ र व्हिस्की पिउ जस्तो भैरहेको थियो ! बाटोमा आउदा सबैले सम्झाउदै थिय ! अब रक्सी र चुरोट नखानु शुभम ! डक्टर ले रिपोर्ट मा पनि लेखिदियका छन ओभर डृन्क बाट इन्फ्याक्सन भयको छ ! अबदेखी नखानु , यदि फेरि खायो भने समस्या बल्झिन्छ !
घर पुग्यौ ! र आजको दिन हेमन्त सङै बस्ने भन्दै यहि सङ्गै बस्यो ! ओम , र देवु भने साझ फर्किय ! अर्जुन अस्पताल बाटै फर्कियको थियो ! खाना भन्दा धेरै दबाइ थिय ! रातको खाना खायर सुतियो ! राम्रो सित नसुतेको पनि निक्कै दिन भयको ले हेमन्त सुतेको केही बेरमै फ्वा फ्वा निदायो ! मलाई भने अबेर सम्म निन्द्रा परेन !
बिहानै नास्ता गर्यौ ! मलाइ दबाइ खानु थियो ! हेमन्त ले कुन कुन दबाइ कतिबेला खाने भन्दै सम्झाउदै थियो ! दस बजेतिर उ पनि जाने कुरा गर्दै थियो ! यतिका दिन सङै अस्पताल मा बस्दा हेमन्त ले नै मेरा कपडा फेरिदिने , मुख धोइ दिने , नुहाइदिने गर्थ्यो ! प्राय धेरै समय उहीँ नै हुन्थ्यो ! म रुदा आँसु पुछिदिने पनि उहीँ नै थियो र गर्मी हुदा पसिना पुस्ने पनि हेमन्त नै थियो ! उस्ले गरेको सहयोग यो मेरो लागि जिवनमा नबिर्सिने गहिरो छाप थियो ! ठूलो गिफ्ट थियो ! जिवनको सबैभन्दा ठूलो !
सायद यस्को रिण तिरेर म कहिले पनि सक्दिन होला ! जाने बेला उस्ले सम्झाउदै हग गर्यो ! अङालिदै गर्दा मलाइ धेरै दुख लाग्यो ! भाइको यो रिण कहिले तिरेर सक्दिन होला भन्दै थिय तेत्यिकैमा उस्ले झन कस्सिलो पाराले झम्टियो ! आफुलाइ रोक्न सकिन मेरा आँखा बाट बर्बर्ती आँसु छचल्किय , हिक्क हिक्क रोयको मेरो रुवाइले उस्लाइ पनि रुलायछु ....
मलाइ सम्झाउदा सम्झाउदै भन्दै थियो आज घरमा फोन गर्नु है ! धेरै भयो , घरमा पनि आत्तियका होलान भन्दै देब्रे हातले आँसु पुस्दै भाइ बिदा भयो !
दिउँसो घरमा फोन गरे यतिका दिन सम्म कहाँ गयको भनेर सबैले गाली गरे तर आफू केही अर्जेन्ट कामले बाहिर गयको र नेटवर्क ले काम नगर्दा सम्प्रकमा आउन नसकेको जानकारी गराय ! बिरामी परेको कुरा कसैलाइ बताइन ! एक्लै कोठामा निक्कै बोर लागेर आयो ! नेट नखोलेको पनि धेरै दिन भयको थियो ! करिव आठ दिनपछि म आज अनलाइन मा आय !
पेन्डिङ म्यासेज हरु थुप्रै आयर म्यासेज बक्स भरियको रहेछ ! हेर्दै गय एउटा अपरिचित नाम बाट धेरै म्यासेज हरु आयको रहेछ ! हेरे , सबै पढे बिगतका मेरा पोस्ट हरुको बारेमा मलाइ सम्झाउदै लेखियको रहेछ ! जवाफ केही फर्काइन र फर्काउन मन पनि लागेन ! सबैले सम्झाउदै कमेन्ट गरेका रहेछन ! सबैको कमेन्ट हेरे , पढे कसैले गालि गरिरहेका छन त कसैले सम्झाउदै छन !
कसैले आफ्नो पनि सेम केश भयको र यस्तै हो मायाको सन्सार भनेर माया मा हरेष खाय जस्तो भाव ब्यक्त गरिरहेका थिय ! कसै कसैले त बिभिन्न प्रेम कृडा मा हुने तस्बिरहरु पोस्ट गर्दियका रहेछन ! कताकता हासो लागेर आयो त कता कता मेरो मात्र होइनछ सन्सार मा अरु पनि रहेछन जो म जस्तै भयर पनि बाचेका रहेछ्न भन्ने कुरा बुझ्दै थिय ! धेरै दिनपछी एउटा स्टाटस लेख्ने मन जाग्यो अनि सोसल साइट मा पोस्ट गरे -
" प्रिय मित्र हरु !
आज धेरै दिनपछी मन हलुङ्गो भयो ! कहाँ घिसिदै , उखेलिदै आइरहेको मन एकाएक आजाद भै हावामा उडेको आभास गर्दैछु ! सबैलाइ कमेन्ट र सल्लाह सुझाव को लागि हृदय देखि नै बिशेष धन्यवाद "! शुभ-रात्री
- शुभम
~ २७ ~
स्टाटस पोस्ट मात्र के गरेको थिय एकैचोटी धेरै जनाको म्यासेज र कमेन्ट हरु आउन थाल्यो ! कस्को हेरौ कस्को नहेरौ हुन थाल्यो ! एक्कासी धेरै दिनपछी गरेको पोस्टले साथी हरु निक्कै उत्साहित देखिन्थे ! केटाहरु भन्दा पनि केटिहरु का म्यासेज धेरै आउन थाले !
अझ बढि त प्रेम मा धोका पायका हरु को !
खै किन किन ! सोचे कुनै पनि काम या कुरा आ-आफ्नै क्याटेगिरिमा सायद सुहाउछ तेसैले होला ! प्रेम मा धोका पायका हरुले मनका कुरा सेयर गर्न र साथि बनाउन धेरैले खोज्थे !
कतिका त डाइरेक्ट " आइ लभ यु "भन्ने म्यासेज नभेटेको पनि होइन तर केही वास्ता गर्न मन लाग्दैनथ्यो र बेवास्था गरिरहे !
बारम्बार आइरहेको एउटा म्यासेज ले मलाइ प्रतिउत्तर दिन बाध्य बनायो ! प्रोफाइल हेरे काठमाडौ बाट रहेछ ! बास्केटबल का अवार्ड हरु पनि जितेका तस्बिर हरु रहेछन !अनि म्यासेज गरे
- हाय
- हेल्लो / नमस्ते !!
उताबाट तुरुन्तै रिप्लाइ आयो
- अनि कहादेखि ?
- काठमाडौ बाट
उताबाट फेरि अर्को म्यासेज आयो
- हजुर लाई धेरै म्यासेज गरे तर किन रिप्लाइ दिनु भयन ?
- ब्यस्त थिय त्यसैले
तर उ पत्त्याउन इन्कार गर्दै थिइ !
- मलाइ सप थाहा छ
- के थाह छ ल भन्नुस त ? फेरि मेसेज लेखे
- रुन्चे जहिले पनि रोयकै फोटा अनि रोयकै स्टाटस मात्र किन ?
- हा हा हा ...........च्याटको हासो ( बेडरुम नै थर्किने गरि )
- हासो मात्र लागेको छ है ! भेट्नुस न मैले जानेकी छु !
यो मेसेज ले अलि सिरियस भय ! नचिनेको नजानेको अन्जान मान्छेले आफ्नो परिचय लिन र दिन भन्दा पहिला नै मलाइ सिधै धम्की दिदा अलि कसो कसो लाग्यो ! अनि सोधे
- हजुर को हो ?
तुरुन्तै रिप्लाइ आयो - " बिस्मिता "
राम्रो रहेछ नि नाम त !
मौनता बाहेक केही आयन अनि फेरि अर्को म्यासेज आयो ! हजुर को नाम नि ?
- " शुभम शर्मा "
- वाओ नाइस
- हार्दिक धन्यवाद ! ( मात्र लेखे )
सामन्य परिचय हुदाहुदै उताबाट फेरि म्यासेज आयो !
- हजुर ले मेरा पहिला पठायका म्यासेज को रिप्लाइ किन नगर्नु भाएको ? जब हजुर का पोस्ट हरु देख्थे मैले कैयौ पटक / सयौ पटक आफुलाइ रुलाय !
- Sorry मैले गर्दा र मेरो कारण हजुरको आखामा आँशु आयछन !
- sorry ले मात्र कहाँ उम्किन पायन्छ र ?
- के गर्नु पर्यो त ? भन्नुस म तैयार छु !
- पहिला प्रमिस गर्नुस ? बल्ल भन्छु नत्र हजुर को के भरोसा
कता कता खेल खेलेजस्तो रमाइलो लागिरहेको थियो ! हुनपनी युटेन सित छुटेदेखी म यसरी कसै सङ पनि बोलेको थिइन ! तर यहाँ एकपछी अर्को प्रस्नै प्रस्नले उम्किन नदिने गरि प्रहार गरेका म्यासेज हरुबाट कसरी छुट्टिने उपाय लगाउदै थिय ! कुरा बढ्दै जादा नजिक भैयो र फेरि उहीँ हाल त होला भन्ने कुराले अलि सतर्कता अपनाउनु बेस ठाने !
~ २८ ~
कुरा आखिर के रहेछ जान्न इच्छुकता जाग्यो , र प्रमिस गरेर म्यासेज फर्काय ! केही बेरमा उताबाट रिप्लाइ आयो
- म सित दिनहु साझमा दिनभरिको रुटिङ बताउने गर्नुस हजुर कतिबजे कहाँ जानू भयो ? के खानु भयो ? अनि को को सित भेट्नु भयो ? म हजुर लाई यस्को मीठो प्रतिफल दिनेछु केही दिनमै !
कुरा सस्पेन्स मा राखेर छाडिदिइ उस्ले ! मलाइ फेरि एकपटक सोच्न बाध्य बनाइ ! कुराहरु मन्मा दौडिन थाले ! मेरो प्रसोनल जिन्दगिमा यसरी उत्सुकता सित हिसाब किताब राख्ने को हो ? के यस्को अरु कुनै काम नै छैन कि क्याहो ? या फेरि यो कुनै युटेन को साथि होला ! यो सप हर्कत युटेन ले नै गरायको हुनुपर्छ ! धेरै मन्मा कुराहरु खेल्न थाले ! खै के खै के ......
पक्कै पनि यो युटेनको गुप्तचर हुनुपर्छ ! अलिक शंका लागेर आयो !
तेसैले उसित कुराहरु गर्नथाले ! दिनहु जस्तो कुरा हुन थाल्यो ! एक्दिन आफ्नै टेन्सन ले गर्दा अलि तनाव मा थिय र अनलाइन आइन ! अन्जान नम्बर बाट एक्कासी मोबाइल मा फोन आयो , हेरे नेपालको नम्बर रहेछ ! फोन बिस्मिताको रहेछ !
- किन अफलाइन जानू भयको आज ?
- पक्कै पनि बाहिर हुनुन्छ हैन ?
- नाइ छैन म रुममै छु त !
रुममा हुनुन्छ भने अनलाइन आउनुस यत्ती भन्दै उस्ले फोन काटिदिइ !
सोचे एक्दिन म अनलाइन न आउदा मेरो यतिका टेन्सन गर्ने आखिर किन ? आज उस्लाइ सबै कुरा सोध्छु ! मेरो नम्बर मैले दियको छैन तर उस्ले कहाबाट पाई ?
सबै कुरा सोध्न मन लाग्यो यदि यो युटेन को नै साथि रहिछ भने पनि फकाउनु पर्यो र युटेन को बारेमा खबर निकाल्नु पर्यो भन्दै ल्यापटप खोले अनि अन गरे वाइफाइ को कनेक्सन !
केही बेर त ल्यापटप नै फुट्ला झै गरि नोटिफिकेसन बजिरह्यो ! बज्न दिय ! अनि सबै भन्दा पहिला बिस्मिता कै म्यासेज हेरे !
- " किन किन हजुरलाई अफलाइन देख्दा के भयो जस्तो लाग्छ , अनलाइन हुदा खाली बोलिरहन मन लाग्छ "
सोचे धेरै बेर अनि सोधे
- हजुरले मेरो फोन नम्बर कहाबाट पाउनु भयो ?
तुरुन्तै रिप्लाइ आयो
- मन हुनुपर्छ यो सन्सारमा जन्मदिने आमा बुवा बाहेक सबै थोक पाइन्छ !
कडक म्यासेज आयो उत्तर दिने मौका नै भेटिन !
लेखे - निक्कै ट्यालेन्ट हुनुन्छ नि !
- हुनुपर्यो नि आजकल को जमाना मा त ! मास्टर डिग्री गरेको यत्ती पनि भयन भने त फेरि के काम !
कता कता रिस पनि उठ्यो कतिन पढाइको धम्की दिय जस्तो ! तेरो जस्तो पढाइ र म नपढेको मान्छे मैदान मा आइज हेरौ कस्ले जित्ने तर घाटिमा झुन्डियको शब्धलाइ भित्रै दबायर राखे !
सोधे - किन फोन गरेको त ?
- बोल्न मन लायर
(अलि रिसाय जस्तो माने )
खै मेरो बारेमा यसरी बिस्मिताले किन जिज्ञासा राख्दैछन मैले कुरै बुझ्न सकिन ! कुरा चल्दै गर्दा मलाइ पनि देख्न मन लाग्यो आखिर को रहेछ यो ? जो मेरा प्रतेक कुराहरुको लेखाजोखा राख्ने गर्छ !
~ २९ ~
उस्लाइ स्काइप मा आउने कुरा राखे तर उस्ले स्काइप युज नगर्ने र केही बेरमा डाउनलोड गरेर आउने म्यासेज रिप्लाइ गरि ! दश मिनेटमै स्काइप मा म्यासेज आयो-
- Hello ! Am " Bismita "
- Cal me plz ...
फोन गरे तर उस्को भिडियो देखियको थियन अध्यारो मात्र थियो ! उ पनि कम्ता बाठी थिइन ! सायद मैले देख्न नसकु भनेर लाइट अफ गरेर कल गरेकि थिइ ! उ मलाइ देखिरहेकि थिइ तर म देख्न सक्दिनथे , मैले चाल पाइहाले !
- किन लाइट अफ गरेको बिस्मिता ?
- तेसै किन न किन अलि मलिन स्वरमा आइरहेको आवाज ले प्रस्टै मायाको भाव दर्साउथ्यो ! फोर्स गरे बत्ती बाल्न लगाय ! गोरि , बाटुलो अनुहार , लामो र रेडियस कलर ले रङायको कपाल ! अगाडि पछाडिको सबै कपाल एकै ठाउमा गुजुल्ट्यायर माथि एकमुस्ट बाधेको जुररो ले झन सुन्दरता देखिन्थ्यो ! पङ्खा को हावाले उडिरहेको एक घर्सो कपाल जस्ले झन निक्कै इम्प्रेस बनायो अनि लगाइ राखेको रातो टिसर्ट ...
बिस्मिता जस्तो नाम उस्तै रुप पनि ! आहा - जिरो फिगर ! उ आफ्नै बेडमा बसेर बोल्दै थिइ !
सोधे - एक्लै बस्नुहुन्छ ?
- हैन (१००/१५० जना सित )
- हैन किन टेडो उत्तर नि ? बोल्न मन नभय किन अनलाइन आउन भन्नू भयको त ! कमसेकम सोधेको उत्तर त सिधा दिनुस न ! मलाइ हजुर जस्तो बाङ्गो कुरा गर्न आउदैन आफू त सिधा मान्छे !
- सिधा मान्छे खुप कतिन ! प्रकाशको किरण जस्तो है !
अलि रिस उठ्यो ! नशामा थिय र आफुलाइ सम्हाल्दै बोल्दै थिय !
- पिलिज बिस्मिता !
- होस्टेल मा बस्छु जहाँ थुप्रै बिद्यार्थी हरु छन ! प्रतेक कोठामा दुई / दुइ जना बस्छौ तर मेरो रुम पार्ट्नर पोखरा गयकी छ! तेसैले अहिले एक्लै छु !
- कुन होस्टेल ? ( सोधी हाले )
- प्रज्ञा छात्राबास, बागबजार काठमाडौ !
शुभम एउटा कुरा सोधुम ?
- हस , सोध्नुस न !
- आज किन यति धेरै डृन्क गर्दैछौ ?
खै आज्कल म यो बिना बस्न सक्दिन मेरो मन भुलाउने यो बाहेक अरु कोइ पनि छैन ! कास यहि चुरोट र रक्सी यो सन्सार मा पैदा नभैदियको भय सायद म उहिले नै बिदा लिइ सक्थे होला तर .....!
उस्ले रिसाउदै भनी - यो भन्दा अब बढी हैन है शुभम !
- म छुनि !
म छुनि भन्दा कताकता आत्मियता र आफ्नोपनको आभाष हुन्थ्यो ! खै भगवान ले पनि मान्छे लाई बाच्न कुनै न कुनै माध्यम बनाइ दिन्छन जस्तो लाग्छ !
आखिरी चुरोट रहेछ ! सल्काय ! एक सर्को धुवा तान्दै भने -
- " हेर बिस्मिता माया भन्ने कुरा र मछु नि भन्ने शब्ध यहि एउटा उडिरहेको धुवा जस्तै हो ! आफुलाइ जरुरत पर्दा भित्र तान्ने , नत्र बाहिर हावामा उडाइदिने ! तेसैले मलाइ आज्कल कसैको भर बिस्वास लाग्दैन ! एक्लै छु र साथमा रक्सी र चुरोट " No Mind / No Tension ....
~ ३० ~
तेस्तो होइन शुभम पहिले आफुलाइ कन्ट्रोल मा राख अनि कुरा गर मसित ! म तेस्तो होइन जो अरु छन !
- फेरि कस्ति त ? मैले त सेम देख्दैछु त !
- शुभम आज तिमी किन यसरी कुरा गरिरहेका छौ ? बिगतलाइ बिर्सिनु पर्छ ! समय निरन्तर एकनास हुदैन पृथ्वी गोलो छ ! दिनपछी रात आउँछ !
यस्तै के के कुराहरुले सम्झाउदै थिइ म झ्याप परेको थियो ! गिलासमा बचेको अन्तिम घुटुक रक्सी सनक्क पारे ! व्हिस्कि को बोतललाइ घोप्ट्याइदिय ....
खै के के कुरा गर्दै थिइ , बोल्दा बोल्दै बिस्मिता घरी यता घरि उता फर्किन्थि रातो टिसर्ट को गलाबाट देखियको कालो " ब्रा " को पट्टि ले मलाइ कता कता युटेन को याद आयो , सम्झिय पुराना ति दिनहरु ! कहिले काहीँ भिडियो कल गर्दा युटेन पनि यस्तै हलचल गर्ने गर्थिन ! मैले जिस्काइदिन्थे युटेन झन जिस्किन्थिन !
एकदिन यस्तै भिडियो कलमा बोल्दै थियौ ! युटेन भरखर नुहायर आयकी थिइन ! कपाल बाट झरिरहेको पानी सुकाउदै टावेल ले कपाल झट्कार्दै थिइन ! उछिट्टियका ती पानीका चिसा थोपा हरु मोबाइल बाट बाहिर निस्किदै आफैलाइ छ्यापे पनि हुन्थ्यो जस्तो लाग्दथ्यो ! मन्मा रमाइलो र उत्तेजित फिलिङ्ग भैरहेको थियो ! उ झुक्दा टिसर्ट को गलाबाट उस्का सेता स्तनका काला निप्पल प्रस्टै देखियका थिय ! आज युटेनले ब्रा लगायकि रहेनछ !
- युटेन को आज सबै देखियो , भन्दै जिस्क्याइदियको मात्र के थिय युटेन ले रिसायर आफ्नो टिसर्ट नै उतारेकी थिई !
उ झन कराउदै थिइ !
उस्लाइ झन जिस्क्याउन मन लाग्यो !
- अब जन्नत देख्नपाय " मन्नत "पुरा हुने थियो ( हास्दै भने )
उ झन रिसाउदै थिइ ! यसरी रिसाउदा रातो भयको उस्को अनुहार झन राम्रो र चम्किलो देखिन्थ्यो ! उ पनि सिरिङियर निक्कै इम्मोसनल भैसकेकि थिइ र जिस्किदै लगायको ट्र्याक प्यान्ट लाइ घुट्ना सम्म पुर्याइ र तुरुन्तै माथी तानिहाली !
- देख्यौ ....?
- के ...?
- हेरन बहाना फेरि ... ( हास्दै भन्दै थिइ )
- देखे ( उत्तर फर्काइदिय )
- के देख्यौ ?
- रातो पेन्टी .........
(हा हा हा ..... बेस्सरि हासो गुन्जियो कोठाका भित्ता भित्ता नै थर्किने गरि )
- भन्दै थिइ अब भयो या अरु केही बाकी छ ?
- भन्न त मन थियो - यत्ती खोल्न सक्ने मान्छेको हिम्मत हेरौ त ? अरु खोल्न सक्ने कि नसक्ने ?
यसरी मैले भिडियो कलमा आजसम्म कोइ लेडिजको नाङ्गो शरीर देखेको थिइन ! सेतो , गोरो शरिरमा हत्केराभरिका भुक्लुक्क परेका युटेनका स्तनहरु ले मलाइ नै गिज्ज्याइ रहेका थिय ! बन्द मुखमा ओठको बिचबाट जबर्जस्ती थोरै जिब्रो बाहिर निकालेर केटिहरु ले केटा जिस्क्याय झै !
" कास अहिले युटेन आफ्नो पास भैदियको भय त .....! इमेजिन गर्न थाले ! "
~ ३१ ~
मनलाइ स्थिर राख्न सकिन ! घोप्टो परेर सुतिरहे ! पुरै शरिरको भार बिस्तारामा फैलियको थियो ! लम्पसार परेर सुत्दा आफ्नै बिस्तारा ले पनि स्पर्श गरिरहेको महशुस हुन्थ्यो ! खुट्टा , घुट्ना , पिडौला , पेट , छाति सबैतिर बिस्तारा ले काउकुती लाउदै थियो ! छेपाराले मुन्टो उठाय झै आधा मुन्टो उठायर भिडियो कलमा बोल्दै ल्यापटपमा युटेन का चर्तिकला हेर्दै थिय र नियाल्दै थिय युटेनका सेता स्तनहरु ........
शरिरमा एक अलग तरङ्ग हरु को प्रवाह ले मनलाइ झन तीन गुणा उत्तेजित बनायो ! खपिनसक्नु भयो ! कम्मर मुनिको शरिर को भाग ले बेस्सरी बिस्तारा च्यापे र आफ्नै शरिर आफैले निचोर्न थाले ! छिनभरमै यौनको उन्मातले निमोठेको मेरो शरीर केही हद शान्त भयो ! पेन्टी पुरै भिजेर बाहिरको ट्र्याक प्यान्ट मा पनि लागेछ , चिफ्लो र्याल बेडमा पनि लत्पतिन पुग्यो !
तर कस्तो कस्तो अफ्ठ्यारो लागि रहेको थियो फेरि पनि आफैलाइ कन्ट्रोल मा राखे !
म आज निक्कै मात्नेगरी नै पियको थिय ! बिस्मिता सित के के बोले मलाइ नै थाहा थियन ! उस्का कुराहरु सुन्ने मुड्मा पनि थिइन ! मलाइ सुत्न मन लागिरहेको थियो ! बिरामी परेदेखी यत्ती धेरै पियको मैले आज मात्रै थियो !
- हामी भोलि बोलौ है बिस्मिता ?
- मलाइ धेरै गार्हो भयको छ ! म सुत्छु !
- तर उ राख्न मानेकी थिइन ! भन्दै थिइ तिमिलाइ मैले यो अवस्थाम एक्लै छोड्न सक्दिन बरु बोल्न मन छैन भने यत्तिकै नेट अन राखेरै सुत्नुन म बसेर हेरिरहन्छु !
मेरो ब्याट्री सकिदै रहेछ मलाइ थाहा थियन तर ब्याट्री लो को ट्युन ले बारम्बार चार्जर को माग गर्दै थियो तर म आफुलाइ सम्हाल्न नसक्ने अवस्था को मान्छे , खै कहाँ बाट ल्यापटप सम्हालु ! यत्तिकैमा ल्यापटप अफ भैदियो !
तुरुन्तै मोबाइल मा फोन आयो !
- किन अफलाइन गयको ?
- ब्याट्री सकियछ !
- चार्जमा राख्नु पर्दैन ?
- पर्छ ! तर अब भोलि !
" मलाइ नबोल्ने अनेक बहाना चाइयको थियो ,उस्लाइ बोल्ने बहाना ! खै बिपरित सोच कसरी कुरा मिल्छ होला र "
~ ३२ ~
फोन काटियो ! उ अलि रिसाय जस्तो माने ! मनले मानेन र ल्यापटप चार्जमा राखे ! पन्ध्र मिनेटपछि फेरि अनलाइन आय ! हेर्दा बिस्मिताले एउटा मेसेज छोडेर अफलाइन भयकी रहेछ -
- " प्रिय शुभम ,
तिमी कस्तो मान्छे ! यो सन्सार मै नभयको जस्तो कायर , नामर्द अनि नपुसक .......
एउटा केटिको पछाडि लागेर मरिहत्ते गर्ने मान्छे ! प्रेम पनि गर्ने तर डिसिजन लिन पनि नसक्ने ! यदि युटेन लाई यति नै चाहन्थेउ भने किन गरेनौ त बिबाह ? भन्थे लोग्नेमान्छे को मुटु त दहरो हुन्छ ! तर आज यहाँ मैले उल्टा देख्दैछु ! आफुलाइ पहिला एइनामा हेर तिम्रो चेहेरा !
तिमी आफ्नै हालत के गराउदैछौ ?
आखिर कस्का लागि ?
तिमी मर्ने र आत्महत्या को कुरा गर्छौ , आखिर किन ?
तिमी यसरी मदिरापान सेवन गरेर किन आफैलाइ मृत्यु को भड्खारोमा हाल्दैछौ ! के अब युटेन लाई प्रिन्सिपल ले सजिलै तिम्रो हातमा ल्यायर देला त ?
के युटेन अब रिटर्न आयर तिमिसित घरजम गर्लित ?
के अब युटेन पाय तिम्रो जीवन सफल होला त ?
जिन्दगी बाचेर पनि किन मरेतुल्य राखेका छौ ?
तिमि आफैले त युटेन लाई फोर्स गरेर कन्यादान दियको हैनर ?
मर्न तैयार भयको र आधा मरिसकेको कसैको जीवन लाई जिबित बनायर अर्कैको घर पठायौ तर आज उसैको लागि एक तमासा बनाउदै छौ तर तमासा उस्को हैन यहाँ रमिता तिम्रो देख्दैछु म आखिर किन .........!
तिमी जस्तो महामुर्ख मैले यो सन्सार मा देखिकी रहेनछु ! तिमीलाइ के कम थियो र ?
मान्छे कस्ता कस्ता समस्या सित सामना गरेर पनि आज सङ्ह्रस को पाइला मा लम्किदैछन ! तिमी एक पुरुष हौ तर महिला भन्दा पनि कायर रहेछौ ! हेर कस्ता कस्ता मान्छे कहाँ पुगिसके तिमी तेहि बन्द कोठामा उहीँ रक्सी , चुरोट अनि तिम्री सपनाकी रानी युटेन का तस्बिर हरु स्मरण गर्दै बस .............
यो बाहेक तिमिमा अरु केही देखिन मैले ! सन्सारमा धेरै मान्छेसित सङत गरे तिमी जस्तो भगौडे मान्छे महिले कहिले भेटिन ! उ हेर आफ्नो दुबै खुट्टा गुमायकि गिता सापकोटा लाई ! आफू डिसाबेल भयर पनि बास्केटबल टुर्नामेन्ट का कैयौ ट्रफी हरु ल्याइसकेकी छन , एक्लो जिन्दगी, सपोर्ट को कमि छ ! काठमाडौ को सडक व्हिलचेयर मा हिडेर पनि आफ्नो पढाइ लाई साथ राख्दैछन ! अहिले मास्टर डिग्रीको दोस्रो बर्ष ! केही दिनमै बास्केटबल टुर्नामेन्ट को लागि थाइल्यान्ड जादैछन !
हेल्थ केयर सेन्टरमा कल मेनेजर को पद सम्हालेर बसेकी छन !
~ ३३ ~
यो त केवल एउटा सानो उदाहरण मात्र थियो ! यस्ता उदाहरण एउटा मात्र होइन मसित हजारौ छन जस्को जिवन स्टोरी देखेर लाखौ मान्छे प्रभावित छन र लावान्भित पनि तर तिमिलाइ के कम थियो र ?
हातखुट्टा सग्ला छन
पारिवारिक सपोर्ट राम्रो छ
आफ्नो ब्याकराउन्ड दहरो छ
तर तिम्रो सोच कस्तो घटिया
तिमी आखिर केही गर्न सक्दैनौ यो जुनिमा ! केवल रक्सी र चुरोट बाहेक अब तिम्रा साथिहरु पनि घट्नेछन ! तिमी यो धर्तिका बोझ हौ न केही गर्न सक्छौ न त मर्न नै ! खाली मर्ने र आत्महत्या गर्ने कुरा बाहेक केही गर्दैनौ तर मलाइ थाहा छ तिमी कहिले मर्न सक्दैनौ ! तिम्रो यो तमासा मात्रै हो , यदि तिमी युटेन को लागि नै आफ्नो जीवन परित्याग गर्थेउ भने उहिले नै मर्ने थियौ जुनदिन युटेन को आखिरी म्यासेज तिम्रो लागि थियो !
मर्ने र आत्महत्या गर्ने मान्छे कोठामा बसेर नशा सेवन गर्दै म्यासेज गर्दै गर्दैनन ! मर्ने मान्छे त चुपचाप मर्छ्न ! तिमी जिन्दगिमा केही गर्न सक्दैनौ र लायक पनि छैनौ ! तिमी यदि आत्महत्या नै गर्ने हो भने आजै तैयारी गर ! महोल्ला मा सबैलाइ निमन्त्रणा देउ र सबैलाइ भन म आत्महत्या गर्न जादैछु भोलि एघार बजे बिहान ! भन सबैलाइ - म कुवाको पानीमा कुद्छु यदि म छटपटियर बाहिर निस्किहाले र मरिन भने पनि मलाइ हानेर मारिदिनु म अब बाच्न चाहन्न !
- म पनि भोलि मेरो कलेजका सबै साथिहरुलाइ जम्मा गरेर लाउने छु मलामि जान होइन ! तिम्रो आत्महत्याको प्रसम्सा गर्न हातमा फुलमाला र अबिर लियर ..........
बिस्मिताको यो मेसेज ले मेरो पुरै होस उड्यो सेकेण्ड भरमै पुरा नशा उत्रियो !
पुरै नशा नशामा उस्ले लेखेका शब्धहरु सलबलाउन थाले ! हुन पनि हो जस्तो लाग्यो !
उ सहि कुरा गरिरहेकी थिइ तर मैले मजाग सम्झिरहेको थिय ! हुन पनि हो मैले नै युटेन लाई बिबाह गर्न फोर्स गरेको थिय ! मैले यहि नै चाहन्थे भने युटेनको बिबाह पहिला नै डिसिजन लिनु पर्ने ! तर हामी केवल एक असल साथी मात्र थियौ जो मन्का कुरा सेयर गर्थेउ ! प्रत्यक्ष हामी कहिले भेटेनौ !
हाम्रो फ्रेन्डशिप जम्मा अठ्याइस दिनको मात्र त थियो ! फेरि पनि म किन यसरी युटेन को पछि लागे होला ! आफैमा आत्मग्वलानी लागेर आयो ! आफैम घृणा लागेर आयो छि म कस्तो पागल मान्छे ! बिस्मिता ले लेखेका शब्द हरु बारम्बार याद आउन थाले ! उस्ले लेखेको म्यासेज दश पटक दोहोर्यायर पढे ! जतिपटक पढ्छु उति नै आफैलाइ अलग महसुस गर्न थाले !
३४ ~
कायर , नामर्द , नपुसक ....
बारम्बार यि कुराहरु ले सताउन थाल्यो ! आखिर म किन यस्तो गर्दैछु ! हुनपनि हो - म मा के कमि छ र ? सबैकुरा , साथिभाइ , आफ्नो परिवार , अनि ब्याकराउण्ड सपोर्ट ! जबकी मलाइ जन्मदिने मेरि आमाले अठ्याइस बर्ष को उमेर मै चटक्कै छोडेर जानुभयो र पनि मैले आफुलाइ सम्हालेको थिय , भने यो त केवल अठ्याइस दिनको सफर मात्र थियो ! एउटा सोसल मिडियामा भेटियकी अपरिचित / अन्जान - युटेन !
एकपटक सम्झे गिता सापकोटा को बारेमा अनि उस्लाइ भेट्ने मन जाग्यो तर भेटु कसरी ! बिस्मिता लाई फोने गरे फोन स्विच अफ रहेछ ! पुरै रात निदाउन सकिन कुराहरु ले मन्मा भद्द्भति पोलिरह्यो !
साच्चै नै म लोग्ने मान्छे भयर पनि आइमाइको जस्तो व्यवहार गरेको रहेछु कि जस्तो लाग्यो ! कस्तो म पनि है !
" आज एउटि केटिले यसरि यस्ता शब्दहरुले प्रहार गरि भने म अब कि त केही गरेर देखाउनु पर्छ , नत्र मर्नु नै ठिक हुन्छ !"
- कसम खाय ऐनामा देखियको आफ्नै तस्बिर लाई साक्षी राखी .... लेखियका बिस्मिता का शब्दहरु एक एक पल्टाउदै !
- जिन्दगिमा अब केही गरेर देखाउछु !
- आजबाट रक्सी र चुरोट छाडिदिन्छु !
- भोलि बाट आफ्नो काम मा ध्यान लगाउछु !
- कुलतमा खर्च गर्ने पैसा बरु सामाजिक कार्यम खर्चिन्छु , ताकी मरेर गयपनि केही अमर कृति छोडेर जानेछु !
घडी हेर बिहान आठ बजिसकेको थियो ! एकपटक बिस्मिता लाई अनलाइन मा खोजे तर हिजो मलाइ म्यासेज गरेदेखी नै अनलाइन मा आयकी रहेनछ ! एक्पटक फोन गरे तर फोन लागेन !
- लागे आफ्नो क्लास तिर धेरै दिनपछी , ल्यापटको झोला बोकेर ........!
साथिहरु सोध्दै थिय :
- किन शुभम यतिका दिन कहाँ नि ?
हेल्थ ठिक नभयको जानकारी गराय ! दिनभरी मन्मा बिस्मिता का कुराहरु खेलिरहे ! कतिबेला घर पुग्छु अनि बिस्मिता सित कुरा गर्छु जस्तो लागिरहेको थियो !
दिन जान मुस्किल भयो ! उड्दा , बस्दा , खादा , हिड्दा जतिबेला पनि बिस्मिता लाई सम्झे ! उ सित एक्पटक बोल्न पाय पनि धेरै कुरा गर्ने थिय ! यसरी मलाइ म्यासेज पठायर अफलाइन भयको मान्छे आखिर गइ कहाँ ......?
पाच बज्यो क्लास बाट निस्के ! रुम मा गय पहिला नेट अन गरे तर पनि बिस्मिता लाई अनलाइन मा भेट्टाउन सकिन ! मोबाइल मा फोन गरे तर आज पनि उहीँ पुरानै इरर ट्युन मात्र ...
- " तपाइले सम्प्रक गर्न खोज्नु भयको नम्बरमा अहिले सम्प्रक हुन सकेन ! कृपया फेरि कोशिष गर्नुहोला धन्यवाद ! "
न फोन लाग्छ नत अनलाइन मा आउछे ! खाना बनाय , खान मन लागेन , फेरि याद आयो उहीँ रक्सिको बोतल अनि चुरोट .....
तर मनले मानेन बिस्मिताको कुराहरु सम्झे र आफुलाइ ब्रेक गरे ! खाना खायर सुत्ने बेला किन किन बिस्मिता लाई अफलाइन भय पनि म्यासेज पठाउन मन लाग्यो !
~ ३५ ~
प्रिय साथि , बिस्मिता ज्यु !
हृदय देखि नै आभार ! मैले कुन शब्धमा हजुर लाई सम्बोधन गरौ म नै अन्योलमा छु ! अनियंत्रित हावामा मडारियको प्यारासुट जस्तो मेरो जिन्दगिलाइ हजुर को एउटा म्यासेज ले नियन्त्रणमा लियजस्तो छ ! हजुर लाई रिस्पेक्ट गर्न म सित न कुनै शब्द छ , न कुनै वाक्य ! म आफ्नो जिन्दगी परिबर्तन गर्दैछु ! अबको केही दिनमा नै हजुर मलाइ धेरै फरक पाउनु हुनेछ ! मैले हिजो देखि फैसला गरे आफ्नो जिन्दगिलाइ म गलत बाटोमा जान दिने छैन ! बिगतका कुराहरु केवल एक सपना सम्झियर आफ्नो मन बुझाउने छु !
हुन पनि हो ! मैले मेरो शरीर लाई यातना दियर एक्लै तड्पियर युटेन फर्किने पनि होइन ! म आफै नै उस्लाइ जिन्दगी मा रमाउने बाताबरण सृजना गराइदियको थिय ! तर उस्को आखिरी एउटा म्यासेज ले मेरो मन्मा हलचल बनाइदियो ! म आफुलाइ कन्ट्रोल मा ल्याउन सकेको थिइन !
हृदय देखि नै धन्यवाद ! हजुर जस्तो महान बिचारको मान्छे पाउनु मेरो लागि सौभाग्य हो !
तर किन हजुर अफलाइन ?
मोबाइल लागेको छैन ! पिलिज मेरो म्यासेज हेर्नू भयो भने एकपटक मलाइ हजुर सित बोल्ने चानस दिनुस मैले - पटक पटक हजुर लाई परेशान गर्ने छैन मात्र एकपटक ...... !
हजुर को म्यासेज को प्रतीक्षा मा रहने छु ! हजुर का शब्धहरु मेरो जिबनको अनन्त सम्म मेरो मस्तिष्कमा रहिरह्नेछन , जस्ले मलाइ एक जुनि पार गरायर अर्को जुनिमा पनि " शुभम " नै नाम दियर जन्माइदियो ! साच्चिकै म यस्तो महसुस गर्दैछु कि - पुनर्जन्म लियर फेरि यहि धर्तिमा आय ! बिस्मिता जि हजुर लाई थाहा छ - अब म सामाजिक कार्यमा अग्रसर हुनेछु जो आफै गर्न सकेछु भने ठिक छ , नत्र अरुले गरेको कार्यमा सहकार्य गर्नेछु !
एकदिन समाज ले चिन्नेछ शुभम शर्मा हिजो को थियो र आज को हुदैछ ! मन्मा हजारौ कुराहरुको बेमिसाल पहाड बनेर बसेको छ ! यस्तो लाग्छ कि कहिले हजुर अनलाइन आउनु हुन्छ अनि मन्का कुरा सबै खोल्नेछु ! हजुर बाट मैले अझै धेरै कुरा सिक्नु छ तेसैले हजुर को म्यासेज / कल को पर्खाइमा............
- उही अजनबि -" शुभम शर्मा "
~ ३६ ~
- नेट अफ गरे ! सुतिहाले भोलि छिटो उठ्नु थियो ! आफ्नो सुत्ने उठ्ने एउटा रुटिङ फिक्स बनायको थिय ! धेरै भयको थियो मैले आफ्नो टाइम मा खान र सुत्न बिर्सेको ! धेरै दिन पछि एक्कासी छोडेको नशाले हो या चिन्ताले मलाइ हल्का जोरो आइरहेको थियो ! औषधि खाय र सुते ! प्रतेक दिन म्यासेज हरु चेक गर्थे - बिहान , दिउँसो अनि साझ ....
कुनै समय बिस्मिताले बारम्बार पछ्याउदा केही वास्ता गरिन तर अहिले मैले कुरा गर्ने सम्म अवसर पाइन ! कस्तो मेरो अहोभाग्य ......!
आफैलाई धेरै चेन्ज भयको महसुस हुँदै गयो ! म तिन दिनमै धेरै फ्रेस देखियको थिय ! पहिला को र अहिले को तस्बिर मा धेरै अन्तर पाय !
सोसल साइट मा एउटा फोटो अपलोड गर्ने मन बनाय ! सेल्फि लिय , अपलोड गर्दिय !
केहिबेरमै धेरै जनाको कमेन्ट आयो
- " धेरै दिन पछि आज यो तस्बिर देख्न पाइयो ! कुनै बेला रोयको चेहेरा आज हासेको देख्दा खुशि लाग्यो लेख्न त धेरै कुरा मन थियो तर कमेन्ट मा लेख्न सकिन इन्बक्स मा म्यासेज गरेकी छु हेर्नुहोला ! " - Miss You !
अपरिचित नाम बाट आयको यो कमेन्टले खुल्दुली गरायो र म्यासेज खोले -
- शुभम जि हजुर को तस्बिर ले मन छोयो ! म चार दिनपछी बल्ल अनलाइन आयको आज ! पुरानो आइडी मेरो ब्लक छ र खोल्ने प्रयास गर्दैछु ! मैले मोबाइल जानी जानी बन्द गरेकि थिय ! किनकी हजुर सुध्रिने चान्स देखिन , तर जसरी पनि हजुर लाई सुधार्ने मेरो प्रयास थियो ! म हजुर को म्यासेज त्यो दिन राती नै देखिसकेकि थिय ! तर रिप्लाइ गर्न केही दिन पर्खिय !
मैले रिसको बेला के के लेखे त्यो मलाइ थाहा छैन , तर आजबाट हजुर ले मलाइ तपाईं नभन्नुस है !
तिमी मात्र भन्नु !
म आज बल्ल खुशी भय जो मैले सोचे जस्तो हजुर को तस्बिर पाय ! म राती स्काइप मा आउनेछु र कुरा गरौला अहिले क्लास जाने बेला भयो - BYE / Shubham
~ ३७ ~

No comments:
Post a Comment