Monday, 27 November 2017

फेसबुक मा भेटिने स्टाटस क्षणिक थिय या वास्तविक बुझ्न सकिन तर आखिर किन ? t99post

CBA Bashyal ,27/11 - समय परिबर्तन भयो , समाज परिबर्तनशिल छ ! मान्छे परिबर्तन भयर कहाँ पुगे तर धेरै जसो नारिहरुको बेदना हरु लाई करिब बाट नियाल्दा खै उन्ले आफुलाइ बदल्न सकिनन या सिकिनन .....?

प्राय जसो नव बिवाहित नारिहरुले हिजो पनि यस्तै स्टाटस लेख्थे र आज पनि लेख्दैछन ,गुनासा पोख्न सजिलो माध्यम बनाउदै उनिहरु को पहिलो रोजाइ मा रहेको सोसल नेटवर्क फेसबुक को भित्तो !
                                     
राम्रो , नराम्रो , तितो , मीठो , हासो , खुशी अनि बेदनाको बेदान्त सजिलै अटाइदिन सक्ने फेसबुक
र बारम्बार भेटियका संबेदनसिल लेख हरु ले कता कता मन छुन्छ त कता रिस उठेर आउँछ ! बिकल्प खोज्नु र सन्बन्धित निकाय रोज्नु भन्दा पहिला लेख्ने स्टाटस हरु सायद निक्कै सस्ता हुन्छन उनिहरुलाइ जो सजिलै लेखिदिन्छन र पोस्ट गर्छन तेसैमा उनिहरुको आत्म सन्तुष्ट मिल्छ होला तर उनिहरुलाइ यो थाहा हुदैन कि स्टाटस पछाडी उत्पन्न हुने वाद बिवाद हरु ....

फेसबुक को भिताबाट साभार गरियको एक स्टाटस - 

                                     

                           
परिबर्तन समाज होइन परिबर्तन आफु बाट सुरु गर्न पर्छ तब समाज ले एउटा उदाहरण देख्छ र पछ्याउँदै जान्छ ! हामी हिजो पनि  अरुले लेखेको यस्तै स्टाटस हरु  पढ्थेउ तर बिडम्बना आज पनि हामी खुद यस्तै स्टाटस लेख्दैछौ ! दु:खको कुरा भो किनकी हामी परिबर्तन भयनौ र आफुलाइ परिबर्तन गर्न सकेनौ तर दोष जति आज हामी एक जमातको समाज लाई थुपार्दैछौ ! छोरी आज छ भोलि बुहारी हुदैछ र पर्सि आमा बनेर फेरि उसैले या छोरी अरुको घरमा दिन बाध्य हुन्छे या बुहारी भित्र्याउन तर समय परिबर्तन हुदा पनि हामी परिबर्तन हुन सकेनौ ! आज आफुलाइ म बुहारी हो र आमा सासु नै हो कहिले कदापी आमा होइन भन्ने भावना लियर बसे हामी कहिले परिबर्तन हुन सक्दैनौ ! आफुलाइ म बुहारी होइन यो घरको छोरी हु भन्ने सोच लिन सकियो भने त्यो मान्छे कहिले हेपियको महसुस गर्दैन र हेपिदैन तर यहा त आफुलाइ परिबर्तन गर्ने निकाय नै नखोजी यसरी सम्बेदन शिल स्टाटस हरु हालेर आफन्तजन हरु लाई चिन्तित तुल्याउनु हाम्रो मुर्खता हो !

बुवा आमा ले आफ्नो सन्तान कहिले बर्ता देख्दैन र देख्न सक्दैन हामी बिहे भन्दा अगि घर बसेर बुवा आमा लाई दङ्ल्याइ दङ्ल्याइ खायको र जब युवा अवस्था पछि सृष्टि को कर्तब्य पालन गरि बैबाहिक जीवन यापन लाई स्विकार्दै जीवन साथिको साथ हुन्छौ तब आफ्नै बुवा आमा लाई दोष दिनु गलत हो ! किनकी सन्तान सबैलाइ प्यारो हुन्छ चाहे त्यो जीव हो या जन्तु ! आफुलाइ परिबर्तन गर्नुस् र बुहारी होइन छोरिको आफै भुमिका निर्बाह गर्नुस अनि आफै महसुस गर्नु हुनेछ समाज र आमा बुवा गलत हुदैनन !  गलत हामी नै हो जो सदियौ देखि यहि प्रथा लाई अङाल्दै फेसबुक मा स्टाटस हाल्दै लेख्छौ कि - छोरिको जुनि लियर जन्मिनु पाप हो ! समाज तेस्तो होइन त्यो घर तेस्तो हो जहाँ हजुर ले जीवन यापन गर्नु भयको छ र त्यो घर हजुर स्वयम्को आफ्नै हो जहाँ हजुर को उत्तिकै उत्तरदायी र जिम्मेवारी छ !

भोलि तेहि घरमा सहनाइ बजायर या छोरी दिइन्छ या छोरी भित्र्याइन्छ फेरि त्यो बुहारी / छोरी यहि यस्तै स्टाटस लेख्न बाध्य हुन्छे कि कास यो समाज कहिले परिबर्तन हुने ...........? म छोरिको कर्म नै यस्तै छ , छोरी भयर जन्मिनु पाप हो !

खै आखिर जबसम्म एक छोरी ले यस्ता विभेद र बिचारधारा आफ्नो मन देखि अन्त्य गर्न सक्दिनन तब सम्म हजारौ जुनि सम्म पनि उस्को लागि यो घर र यो समाज यस्तै  देखिने छ ! समाज परिबर्तन हुदा पनि आफुलाइ परिबर्तन गर्न सकिँदैन ! तेसैले समस्या को समाधान खोज्नु पर्छ ! अन्याय को खड्घारो मा जेलियको छ भने न्याय खोज्नु पर्छ तर आफुलाइ कमजोर देखायर यसरी सृस्टि कि सर्जक नारी ले आफ्नो हुर्कदो जीवन लाई आफ्नो जन्म घर देखि कर्म घर सम्म दोषि साबित गर्न खोज्नु आफैलाइ धोका दिनु हो र एक नारिको समस्या को समाधान आत्महत्या होइन यो मुर्खत्याइ हो !

                      - $b© Palpa nepal 

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...