CBA Bashyal एकाबिहानै देखेका फेसबुका तस्बिरहरुले मन कता कता धमिलो बनाइदियो ! सधै जसो समाचार हरु देखिने सोसल साइट्स मा आज सबैका बुवा हरुको तस्बिर हरु देख्न पाय खुशिले गदगद भय! बर्षौ देखि घर छोडेको र एक्कासी बिर्सियका चेहेरा पनि एकएक ताजा भैदिय ! आफ्नो गाउँ टोल छरछिमेक अनि सबै साथी हरुका पनि बाबा हरुको तस्बिर आज फेसबुक भित्र देखे केहिबेर त यस्तो लाग्यो कि म कुनै एल्बम हेर्दैछु ! चिरपरिचित सबै मित्रहरुले पोस्ट गरेको आफ्ना बाबा हरुको तस्बिर ले नदेखेको परिवार हरु पनि देख्ने मौका पाय ! धन्यवाद छ साथिहरुलाइ जस्ले सोसल साइट्मा भयतापनि आज आफ्नो बुवाको तस्बिर सजाइदिनु भयो तर ....😏!
चिनजान भयपछी खै हजुर को परिवार को तस्बिर हेरौ न भन्दा छैन फोटो भन्ने हरु पनि आज सजिलै झुन्ड्याएछन आफ्ना बाबा का तस्बिर हरु सोसल साइट्मा !अझै गाल जोडाउदै टाउको बङ्याउदै सेल्फी लियका तस्बिर हरु देख्दा अझ अलि कता कता चिसो भयर आयो मन, अनि सम्झे उहीँ पुरानो मित्र अनि उस्ले गरेको बुवा प्रतिको व्यवहार ! खै आखिर यो देखावटि दुनिया कहिले सम्म .....
जसरि आज तस्बिर मा मायाका फिलिङा हरु देखिय तेस्तै सधै यस्तै माया दियको भय आखिर किन खोल्नु पर्थ्यो होला बृद्दाआश्रम हरु
खै किन किन बुझ्न सकिन मनमा कुरा हरु खेलिरहे सोचे सोच्दा सोच्दै मन बुझाउन सकिन अनि मन बिसाउने आश्रय यसैलाइ रोजे !
कता कता आफ्नै कुटुम्ब भित्रका साथिहरुले पोस्ट गरेको तस्बिर हरु देख्दा आफन्तिलाइ छाडेर परलोक गयका पितृ हरुको याद आयो अनि आखाको वरिपरि झलझली सम्झिय !
कुशे औशी तथा बुवाको मुख हेर्ने दिन आज रहेछ ! एक्कासी देखेका तस्बिर हरुले मलाइ पनि उत्तिकै मन छोयो अनि फोन गर्ने मन बनाय र लगाय तर अशम्भव खै फोन लागेन अनि मन बनाय मैले पनि बुवाको तस्बिर सबैले जस्तै फेसबुकमा सजाउन !
फोटो खोजे र सोच्न थाले बुवाको कुन तस्बिर अपलोड गरु तर म आफैमा ढुक्क हुन सकिन किन किन ! फोटो मा हेर्दा हेर्दै हेर्न सकिन आखा धमिलियर आय अनि तस्बिर हरु मन र मस्तिष्क मा यत्रतत्र छरिन थाले ! अनि सम्झिय बाबा ले किनेर ल्याइदियको उहि पलिस्टरको हाफ पाइन्ट अनि बत्ती बोल्ने जुत्ता ! कति खुशि हुन्थे जब बजार बाट बुवाले ल्याइदियको पाउरोटी खादा अनि लुकाइ लुकाइ खान्थे समोसा पनि ! तर यो सबै कुरा र बचपना पनि उमेर सङै सबै लुटियर गय अब ती दिन केवल काल्पनिक मात्र !
तर किन किन उनै कुराले पिरोलिरह्यो याद पनि कहिले काहीँ आधिबेहेरि बनेर आउदो रहेछन फेरि सम्झिय उहीँ बुवाका खस्रा र फुटेका खुट्टा , चिरा परेर पटपटी फुटेका र रगत ले रङियका अनि सम्झिय चक्कुले पनि काट्न नसक्ने गरि बाक्लियका र बिच बिचबाट चर्केर मासुको त्यान्द्रोमा अल्झियका ती नङ हरु ! सम्झिय दिनभरी मेलो पात गरेर थाकेको शरीर शीत अगेनाको छेवैमा बसेर फुटेको खुट्टा मा सल्लको खोटोले टाल्दै गरेको र मट्टीतेल लगायर पातलो कपडाले बेरेर सुतेको
सधै जसो केही न केही गोजिमा ल्याइदिने कामबाट आउदा तर कहिले काहीँ आशा पनि निराशा हुन्थ्यो तर पनि आफुले खादाको रोटिको टुक्रा पनि छोराको नाम पारेर ल्याइदिने बाबा अनि कसैले खान दियको गडि र मिस्री को टुक्रा पनि नछुट्ट्याउने बाबा लाइ आज कुन शब्ध ले सम्बोधन गरौ खै ! चखेवाका जस्ता पखेटा हुन्थे भने भुरुरु उडेर बिहानै बुवालाइ बिस्तारामै जान्थे होला अङालो मार्न तर हजारौ कोष टाढा छु बाध्यताको भुमरिमा , अफ्नो बाबा लाई भेट्न जान पनि मैले समय कुर्नु पर्ने अनि दिन गन्नु पर्ने कस्तो बाध्यता मेरो बिदेशिनु पर्ने उफ !!!!!
हुन त सबै का आ आफ्नै कथा हरु होलान अनि ब्यथा पनि तर यो एकदिनको देखावटी नहोस पनि र बुवाको तस्बिर पोस्ट गर्न कुनै कुशे औशी नै पर्खिन नपरोस सदैमा मनमा , हृदय मा पोस्ट होस ताकी एकदिनको हिरोगिरि अरु दिनको दादागिरि मलाइ त पटक्कै मन पर्दैन ! विभिन्न बृद्दाआश्रम मा डिपोजिट गरेका बुवाहरु लाई आफ्नै घरमा आफ्नै आङन मा ल्यायर सजाय हुन्थ्यो तर बिडम्बना यस्तो कमै देखिन्छ आज्कल फेसबुकमा सजिलै सजाउन थाले रंगीचंगी तस्बिर हरु मनमा र घरमा आमाबुवा सजाउन नसकी एकाएक खुलिरहेका र बढ्दो क्रममा निर्माणधिन बृद्दाआश्रम हरुले यो कुरालाई सजिलै प्रस्ट्याइदिन्छन !
बिकिर्ती फेसन अनि सजिलो खोज्ने हरु पनि कुनै दिन पश्चात् कसैको बुवा बन्ने होलान तर यो कुरालाइ सोच्न अझै कैयौ शताब्धी कुर्नु पर्छ होला !
फेरि पनि हार्दिक बधाइ छ सबैलाइ कुनै न कुनै माध्यम बनेर आयको रहेछ आज कुशे औशी र सबैका बाबा हरुका तस्बिर हरु देख्न र चिन्ने मौका बनेर ! फेसबुक को भित्तामा सजिलै सजायझै सधै मन र हृदय भित्र सजाइरहनु होला र जन्मदिने बुवा आमा हरुलाइ स्मरण गर्न कुशे औशि नै नपर्खिनु होला कुशे औशिको हार्दिक मङलमय शुभकामना पनि ! - $b© palpa nepal

धेरै राम्रो दाइ
ReplyDelete