Thursday, 17 August 2017

गजल सङ्ग्रह भा-५ को बिजेता "अस्मि बियोगी दुलाल " भिडियो सहित(T99post)

CBA Bashyal, Mumbai-Aug17 सोसल नेटवर्क फेसबुक फ्यान्स पेज "Travelers99" द्वारा सन्चालित लाइभ कार्यक्रम गजल सङ्ग्रह भा-५ मा जम्मा जम्मी ६ वटा गजल मध्य सबै भन्दा उत्कृष्ट समय सान्दर्भिक गजल प्रस्तुत गरेर प्रथम हुनु भयको मा अस्मि"बियोगी"दुलाल ज्यु लाई हार्दिक बधाइ ..🌹🌹🌹


तपाईं पनि आफ्नो प्रतिभा लाई हामि र हाम्रो पेज द्वारा प्रस्तुत गराउन चाहनु हुन्छ भने हाम्रो इमेल ठेगाना - t99post@gmail.com / FB page "Travelers99" को मेसेज बक्समा मेसेज गर्न सक्नु हुनेछ !
तपाइको रोजाइ र शब्ध सृजना लाई हामी हाम्रो प्रोग्राम पछि युट्युब च्यानल मा पनि अपलोड गर्दिने छौ ! फुर्सत को समय खेर नफालौ केही लेख्ने बानी बसालौ भन्ने हेतुले गरियको यो एपिसोड को प्रतिस्पर्धा मा - सङिता पौडेल , प्रकाश भट्टराई , सरोज सुवेदी , अस्मि बियोगी दुलाल, सुभाष पान्डेय, निरु खनाल हुनुहुन्थ्यो !
जति पनि आफ्नो गजल लाई लियर हाम्रो पेज मा जुडुनु भयो सबै प्रतियोगि प्रती हार्दिक आभार पनि ! आगामी प्रोग्राम भाग-६ को लागि पनि हामी निमन्त्रणा दिन चाहन्छौ !
एपिसोड -५ मा अस्मि ज्यु को गजल यस्तो थियो - 

चारैतिर बाढिपहिरो तराइ सबै डुबान भयो सरकार
जनताको गास बास सबै जादा सुत्ने कस्तो मेरो देश सरकार !
समय सधै एकनास हुदैन परिस्थितिलाइ बुझिदेउ सरकार
निस्वार्थ भावना राखेर तराइको हित गरिदेउ सरकार !
जिउधन लत्ताकपडा भाडा सबै बग्यो पानीको भेल सङै सरकार
पिउने पानी शरीर ढाक्ने त्यति सहयोग गरिदेउ सरकार !!!<अस्मि बियोगी दुलाल>

सार्लाही घर हुनुभयको अस्मि बियोगी दुलाल हाल काठमाडौ मा हुनुन्छ र व्हिल्चेयर बास्केटबल को च्याम्पियन प्लेयर पनि हुनुन्छ ! मास्टर डिग्री अध्ध्यन गर्दै हुनुभयको अस्मि ज्यु बहु प्रतिभासाली को धनि हुनुहुन्छ ! आफ्नो मिहेनत र लगनशिलताको परिणाम नै उहाले जितेको र पायको अवार्ड हरु नै साक्षी छन !

धन्यवाद छ अस्मि ज्यु लाई आफ्नो प्रस्तुती सृजना लाई हाम्रो पेज मा पनि समाबेस गराइदिने मौका दिनुभयो र आगामी कर्याक्रम मा पनि भाग लियर सबैको मन जित्ने प्रयास गर्नुहोला हार्दिक शुभकामना पनि ....
Best OF Luck - Congratulation "Asmi biyogi Dulal" - <$b© palpa nepa >
हाम्रो गजल सङ्ग्रह भाग-५ हेर्नको लागि कृपया तलको लिन्कमा जानुहोला ! धन्यवाद




No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...