Monday, 21 August 2017

गोकुलधाम संयुक्त परिवार गोरेगाउ मुम्बई को तिज बिशेष यस्तो रह्यो(T99post)भिडियो सहित

CBA Bashyal, मुम्बई 21! हरितालिका तिज को शुरुवात सङै विभिन्न संघ सस्था हरुले तिज बिशेष कार्यक्रम त राखकै छन र प्रतेक बर्ष राख्दै आयका छन तर केही ब्यक्तिगत परिवार ले राखेको तिज कार्यक्रम पनि कुनै सस्थापक ले आयोजना गरेको कार्यक्रम भन्दा कमि देखियन ! बिगतको केही बर्ष देखि भारतको मुम्बईमा बस्दै आउनुभयका केही नेपाली परिवार हरु आफैमा ११ घरपरिवार मिलेर बिगतको ४ बर्ष देखि तिज कार्यक्रम गर्दै आउनु भयको छ !

कार्यक्रम मा सहभागी आगन्तुक हरुको पनि केही कमि थियन
करिब ३/४ सय नेपाली चेलीबेटी र दाजुभाइ हरुको समाबेस यो तिज कार्यक्रम अति नै रोचक थियो ! ब्यबस्थित हल , लाइटिङ , म्युजिक उपकरण , भिडियो ग्राफी अनि चिया , नास्ता र भोजन ब्यबस्था रहेको यो कार्यक्रम ब्यक्तिगत थियो र न्यून परिवारको संयुक्त मा सन्चालन गरिहको थियो! आउने जाने सबैलाइ बसको ब्यबस्था सहित राखियको यो कार्यक्रम बिना शुल्क र निक्कै नै अनुशासित थियो !शब्य र भब्य कार्यक्रम को जति नै लेखे पनि कम पर्छ जो मैले त्यहा देखे ! यसै सिलसिला मा हामी त्यहा का आयोजक हरु शीत केही कुराकानि पनि राखेका थियौ!

 कार्यक्रम आयोजक का मुख्य श्री - लेखनाथ पन्थ भन्नू हुन्छ कि हामी प्रदेश मा बसेर पनि आफ्नो कला सस्कृती लाई औल्याउनु पर्दछ , आफ्नो सभ्यता लाई भुल्नु हुदैन ! हिन्दुत्व लाई पनि बचाइ राख्नु पर्द्छ ! हामी स्वदेश मा नभयर के भयो र मन हुन्छ भने असम्भव भन्ने कुनै कुरा छैन एकबद्दता र सामुहिक जमघट भय आफ्ना चाडपर्ब हरु जहाँ बसेता पनि मनाउन सक्छौ ! बाहिर विभिन्न अयोजक हरुले पनि यस्ता कार्यक्रम हरु गर्ने गर्दछन , स्वदेश बाट विभिन्न कलाकार हरु भित्र्याएर गरिने कार्यक्रम मा होहल्ला धेरै हुने र अलि सब्य व्यवहार हरु को कमि देख्दा हामी हाम्रो गोकुलधाम परिवार नै मिलेर आफ्नो ब्यक्तिगत कार्यक्रम गर्दछौ र आपसी चिनजान का परिवार हरुलाइ मात्र इन्भिटेसन दिने गर्दछौ फेरि पनि हाम्रो कार्यक्रम अहिले सम्म सोचे भन्दा राम्रो हुँदै गयको छ र परिवर हरुले पनि भरपुर मनोरञ्जन लियका छन !


तेस्तै हामिले त्यहा आगन्तुक गेस्ट हरुसित पनि विभिन्न छलफल गर्येउ र परिवार भित्रै का महिला दिदी बहिनी हरुबाट पनि हरितालिका तिजको बारेमा केही कुराहरु गरेर जान्ने कोशिष गर्यौ ! यसरी आयोजना गरियको कार्यक्रम मा सबै नै अति खुशी र सक्रिय देखिन्थे ! विभिन्न तिज गितहरुको तालमा नाचेका महिला दिदिबहिनी हरु को तालमा ताल मिलाउदै युबा हरु र वृद्ध बुवा आमा हरुको पनि नाचमा कुनै कमि देखियन ! रोनक माहोल यस्तो लाग्दथ्यो कि जहाँ कुनै तिज बिशेष कार्यक्रम को कम्पिटेसन हुदैछ !


भगेरी चरिले मैदानमा लरि लरर ...., रानी चरी बगाल ,पोखरा फेवाताल घुम्नलाइ, लरक्क लरक्यो रातो सारी भुइमा , बत्ती बाल्न पर्दैन त्यो ठाउमा जस्ता विभिन्न तिज गितहरु सङै गुन्जियको हल भित्र ननाच्ने नगन्य होलान पनि ! तेस्तै गोकुलधाम संयुक्त परिवार मा - लेखनाथ पन्थ, राज पन्थ, नारायण पङेनी, सुरेश घिमिरे , चिरञ्जीवी पान्डेय, हुमराज सापकोटा ,आशा सुवेदी ,सन्दिप पान्डेय, जितेन्द्र पान्डेय, मनि के पान्डेय, हुमलाल अर्याल ....... को समाबेश पनि थियो !


यसरी नेपालको विभिन्न जिल्ला बाट भयता पनि कुनै कार्यहरु गर्दा एउटै परिवार जस्तो भयर बसेको यो गोकुलधाम सम्युक्त परिवारबाट हर कसैले केहि पाठ सिक्नु पर्दछ ! यो प्रबाशी हरुको लागि ठूलो चुनौती पनि हो ! आपसि मेलमिलाप र अनुशासन भय असम्भव पनि सम्भव मा परिणत हुन्छ !
गोकुलधाम संयुक्त परिवार को आयोजना मा भयको यो तिज को रमाइलो भिडियो हेर्नको लागि तलको लिन्कमा जानुहोला ! धन्यवाद - $b© palpa nepal 


No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...