CBA Bashyal, Mumbai सेन्टपको परीक्षा लगतै किन किन घरमा बस्नै मन लागेन केही दिनदेखी नै मन बिचलित भैरहेको थियो फेरि पनि आफन्ती हरु भन्नू हुन्थ्यो पढ्नु पर्छ कम्तिमा पनि SLC सम्म ,पछि काम लाग्छ ! हो मलाइ पनि थाहा थियो तर पनि आफै दोधार मा अल्मलिय केही सोच्नै सकिन ! हुनत सकु पनि कसरी खुकुरिको धार र धार मुनिको अचानो जस्तो र अनगिन्ती धागोको फोक्को जस्तो बल्झियको फुकाउनै नसकिने केही फरक थियन मेरो र कस्सियर बल्झियको त्यो धागोमा .......
म मुना गौतम
गुल्मि शान्तिपुर -९ मा २०५२ चैत्र १७ गते आइतबार को दिन मेरो शुभ-जन्मदिन ,
बाबा इन्डियन आर्मिमा जागिरे आमा घर किसानी ३ दाजुभाइ र ३ दिदिबहिनी हामी तर म ८ बर्ष को हुदा नै कान्छो दाजुको ब्लड क्यान्सरले मृत्यु भयो परिवारमा सन्नाटा छायो !फेरि एकपटक पापी दैव पनि हाम्रै मा आयर फुलको कोपिला जस्तो दाजुलाइ हामिबाट छुट्ट्यार लग्यो ! मेरो हुर्कदो कलिलो बाल्यकाल मै मलाइ पनि दाजुको घटना ले गहिरो छाप बनायो कहिले बिर्सन नसकिने ! समय निरन्तर चलिरहेको थियो केही समय पछि सामान्य बन्दै गयको हाम्रो परिवारमा फेरि अकस्मात आधिबेहेरी आयो जबकी म कक्षा ८ मा अध्ययनरत थिय! त्यो बेला नै बुवाको मृत्यु ले फेरि हाम्रो परिवारलाइ शोकको घडिमा डुबाइदियो ! एउटा घाउ पुरिन नपाउदै फेरि तेसैमाथी अर्को थपिदा काटेमाथी नुनचुक भैदियो ! जस्को सहारा ले परिवार धानियको थियो अब त्यो हामिबाट खोसियो पनि ! चिन्तै चिन्तामा बगेको जिन्दगी एकपटक यस्तो लाग्दथ्यो कि यदि भगवान छन भने हाम्रै घर लाई मात्र किन यत्रो सजाय आखिर मैले जान्ने भयदेखि केही तेस्तो हाम्रो परिवारले कसैलाइ अफ्ठ्यारो पार्ने काम गरेजस्तो पनि लाग्दैन तर पनि किन किन मन झन उराठिदै जान लाग्यो !
आमालाइ सम्झाउथे हुनत म भन्दा ठुला दिदी दाइहरु पनि फेरि पनि म आफ्नै स्वभावको अलि चन्चले र मामुको प्यारी पनि तेसैले होला अब बुवाबाट एक्लिनुभयको आमा को धेरै चिन्ता लाग्न थाल्यो ! केही बर्ष पहिला यसरी कान्छो दाजु बित्नु अनि लगत्तै ५ बर्ष पनि नबित्तै भयको बुवाको देहान्तले आमालाइ डिप्रेसन को सिकार तर्फ लग्न थाल्यो तेसैमा पनि नसाको बिरामिले ग्रस्त आमा निरन्तर औषधि खाइरहनु पर्ने ! तेसको लगत्तै 2 बर्ष पनि नबित्दै भयको आमाको मृत्यु ले अब भने म साच्चिकै एक्लियको महसुस गर्न थाले ! कहाँ जाउ कसो गरु अब मेरो मन अनि मस्तिष्क दुबैले काम गर्न छोडिसकेको थियो! धागोबाट काटियर हावामै भौतारियको चङा जस्तो अनियंत्रित भयको मनलाइ स्थिरता मा ल्याउन सक्ने मेरो साहस भयन ! हुन पनि कसरी होस नि दाजुहरु को पनि बिहे भैसकेको आफ्नो उहाहरुको परिवार हेर्नू पर्ने आफ्नै बेग्लै कथा अनि दिदी हरु पनि आफ्नो आफ्नो घर गरिसक्नु भयको अब आखिरि मामुको साहरा भयर बसेकी म कान्छी छोरी आमाले पनि छोडेर गैदिदा हजारौ पटक पटक भगवान लाई पुकारे कि" हे भगवान हाम्रो परिवार्लाइ लगेर कहाँ राखेको छस म पनि जान चाहन्छु आइज मलाइ पनि लियर जा ".......
हुन त आफुले मागेको र चाहेको कुरा आँखा चिम्म गरेर माग्दा पाउने भय यो सन्सार फुलै फुलको सुन्दर फुलबारी भन्दा कम हुने थियन तर बिधिको बिडम्बना पनि कस्तो कस्तो घाम पानी को खेल जस्तो , दिन पछिको रात र रात पछिको दिन जस्तो खै बुझ्नै सकिन
म ठ्याक्कै सेन्टपको परिक्षा को तैयार गर्दा गर्दै भयको आमाको देहान्तले किन पढ्न मन लाग्थ्यो र दिन अब रुदा रुदै बित्न थाले ! साथिहरु बोलाउथे बोल्न खोज्थे तर किन किन मन अलि उराठिदै जान थाल्यो, बोल्न मन पनि लाग्दैनथ्यो र खान मन पनि लाग्दैनथ्यो ............ .....
जस्लाइ जस्तो परेपनी सहन पर्दो रहेछ ! रुदा रुदै आशु रित्तियको आँखा हरु अब मरुभूमि को नाङो र फुस्रो ,खस्रो बालुवा जस्तो रुखो देखिन थाले ! कसैले आमा बुवाको कुरा गर्द पनि मन भित्रै देखि रुन्थ्यो तर आँसु आउन भने छाडिसकेको थियो मेरो जिउदो शरीर मन भित्रै भित्रै आधा मरिसकेको थियो ! मलाई न दिन न रात सबै एकै लाग्न थाल्यो ! किन किन यो जिन्दगी देखि एक्दमै उराठ लागेर आयको थियो ! १५/१६ बर्ष को कलिलो कलकलाउदो जवानी र भर्खरै कोपिला बाट फकृदै गरेको गुलाबको फुल जस्तो जवानी तेसै सुक्दै जान थाल्यो अब भने पानी बिनाको माछो जस्तो मेरो जिन्दगी बुवा आमा शीत एक्लियको चुटियको र टुटेको मेरो आफ्नै टुहुरो जीवन कथा कता कता यहि समापन गरु जस्तो लाग्यो र जीवन जिउनु कुनै अर्थ देखिन ! रङहिन र अर्थहिन जीवन बेर्थै यो धर्तिलाइ बोझ मात्र !जनतन निदाय भनेपनी निन्द्रामै भन्न्थे रे - बुवा आमालाइ लैजाने हे काल आइजन मलाइ पनि तेरै अङालोमा बेरेर लैजा जहाँ मेरा बुवा आमा र दाजुलाइ स्थान दियको छस!
तर कस्ले सुनोस मेरो यो आवाज अनि कस्ले बुझोस मेरो भावना , मनमा कुरा खेलाउदा खेलाउदै दिन त जसो तसो काट्थे तर रात काट्न मुस्किल हुन्थ्यो , तारा कतिबेला उदाउथे कतिबेला अस्ताउथे मलाइ पत्तै हुदैनथ्यो म त यो सन्सार बाट एक्लियकी मान्छे परिवारबिहिन र लाबारिस हुँदै गयको मेरो निजि जिन्दगी ! बस्नै मन लागेन अब आफ्नै घर आङन देखि पनि एकदमै नफरत लाग्न थाल्यो भित्र गय आमाको यादले तड्पाउथ्यो ऐनाको वरिपरि खाना पकाउदै गरेको आमालाइ झलझली देख्न थाले , बाहिर निस्किदा दाजु र बुवाले ए कान्छि / छोरी भनेर बोलायको महसुस गर्थे ! खै कसरी कहाबाट शुरु गरु यो मेरो गन्तब्यहिन यात्रा अनि आफ्नै वास्तविक जीवन कथा ......................😎
नजिकै आयको SLC तर मैले भने आफुलाइ पढाईमा निरन्तरता दिन सकिन र मनले पनि मानेन ! दाजु भाउजू हरुले कति सम्झाउनु भयो तर एकपटक मन मरेपछी पलाउन मुस्किल पर्दो रहेछ ! म किन किन आफैलाइ अलगै महसुस गर्न थाले र यो सन्सार मा एक्लो देख्न थाले र एक्लियको महसुस गर्न थाले ! मैले कैयौ बिकल्प का बाटाहरु खोज्ने प्रयास पनि गरे तर तनाबै तनाब मा हुर्कियको मेरो जिन्दगिले न त सोच्न सक्थ्यो न त रोज्न नै ! फेरिपनि निधो गरे आफ्नो घर छोडेर अन्यत्रै जाने तर जाने कहाँ त्यो भने मलाई थाहा थियन कहिले घर छोडेर नहिडेको बानी ! फेरि पनि गुल्मी देखि बुटवल जाने गाडिमा बसेर म दिदिको घर बुटवल तर्फ प्रस्थान गरे ! दिदिलाइ सघाउथे नानिबाबु लाई पढाउथे घरको काममा पनि सकेको सहयोग गर्थे तर त्यो पनि क्षणिक नै भयो ! जब म बाहिर जान्थे मेरै साथिहरुले मलाइ भन्न थाले के नोकर्नी जस्तो भयर बसेको त्यहा" नत दाम नत माम " तर खै के भनेका होलान एकान्तमा गयर सोच्न थाले मनमा कुरा हरु खेल्न थाले ! हुनत दिदिले कहिले केही भन्नुहुदैनथ्यो तर पनि साथिहरुको कुराले खै किन किन सोच्न मझबुर बनायो ! हुन पनि हो यहाँ दिदिको घर कति समय बस्नु आफ्नै जिन्दगिलाइ बन्चरोले हान्नु जस्तो थियो ! मेरो पनि आफ्नै निजि जिन्दगी तर यो बन्धनको घेरामा बसेर आखिर जीवन कतिदिन चल्ला खै सोचे र अब यहाबाट अन्यत्रै जाने मन बनाय ! घर न घाटको जोगिले नि खायकै छन जसोतसो तर म त केही काम गरेरै पनि त आफ्नो जीवन जिउन सक्छु जस्तो लाग्यो र दिदिलाइ नै थाहा नदिकिन सुटुक्क म बुटवल देखि गाडी चडेर जादाजादै कावसोती पुगेछु !
रात पर्दै थियो पानी आइरहेको थियो चिसो अत्यन्तै अनि जाडोको समय आफ्नो चिनेको भन्ने कोइ पनि छैन आफुसित पैसा पनि छैन आफुसित भयको कानमा र नाकमा भयका आमाले बनाइदियका गरगहन पनि बेचेर खर्च गरेर नै सकियो अब न त पैसा नत परिचित ठाउँ ! सबै पसल हरु बन्द गरेर सबै आफ्नो आफ्नो घरतिर लागे अब त यहाँ सन्नाटा बाहेक अरु केही छैन घरिघरी भुकिरहेको भुस्याहा कुकुर हरुको आवाज बाहेक मैले पाउने र सुन्ने ध्वनी तरङ अरु कुनै भेट्ट्याइन ! मधुरो उज्ज्यालो आइरहेको र बलिरहेको बिजुलिको खम्बा नजिकै रहेको पसल को सटर छेउमै बसेर रोइरहेकि थिय तेत्तिकैमा एकजना अधबैसे ले आउदै गरेको आफ्नो बाइक रोकेर मलाइ सोध्नु भयो र सबै बताय पछि आफ्नो बाइकको पछाडी राखेर आफ्नो घर लानुभयो ! घर पुग्यौं तर सधै एक्लै आउने श्रीमान ले आज आफुसङै एउटि जवान केटिलाइ यसरि ल्यायको देख्दा अलि संकास्मक नजरले उहाको श्रीमतिले हेर्नुभयो तर पछि सबै कुरा थाहा भयपछी घरमा राख्न स्वीकृति दिनु भयो ! खाना खाय सुते किन निन्द्रा लाग्थ्यो र त्यहा उनिहरुको परिवार देख्दा कता कता आमा बाबाको झल्को ले असाध्यै सतायो रात रोयरै छर्लङ भयो ! भोलि पल्ट त्यहा कि मेडेमले आफू सङै अफ्नो पसलमा लैजानु भयो जहाँ कपडाको होलसेल व्यापार गर्नु हुदो रहेछ र सर भने कलेजको प्रिन्सिपल हुनुहुदो रहेछ ! घरको काममा सघाउथे अनि नानिबाबु हेरिदिने र पछि काम पनि सिक्दै गयसी आफ्नो घर सम्झी काम गर्न थाले र घरको र दोकानको सबै जिम्मेवार नै मलाइ दिनु हुन्थ्यो जब उहाहरु लाई कहि बाहिर जान पर्दथ्यो ! आफ्नो एउटा घरको सदस्य जस्तो नै बनायर राख्दा मलाइ पनि आफ्ना पुराना कुराहरु भुलाइदियो यस्तो लाग्थ्यो कि मैले अर्को जुनि पाय र अर्को जुनिमा मेरो आमा बुवा ......
समय के कसरी बित्यो पत्तै भयन करिब १ बर्ष को बसाइमा त्यहा का छरछिमेकि सबै लाई नै चिने र सबैले मलाइ पनि ! आफ्नो इमानदारिता र लगनशीलताको परिणामले नै गर्दा होला मैले बर्सौ देखि छाडेको आफ्नै घर जस्तो पाय र उस्तै माया पनि ! तर समय निरन्तर चलिरहेको थियो र समय सङै मेरा मनहरु पनि , कता कता सुनेको पनि थिय काठमाडौ मा जानेभने राम्रो काम पाइन्छरे अलि पैसा पनि हुने अनि काम पनि राम्रो पाइयो भने मेरो आफ्नै जिन्दगी अलि केही राम्रो हुन्छकी भनेर आफुलाइ अब यहाँ बाट छुटायर काठमाडौ जाने निधो गरे ! परिवार आफ्नो जस्तो बनिसकेको थियो दुबैजनालाइ नै गार्हो भयो छुट्टिने बेला फेरि उहीँ आशुका बलिन्द्र धारा शीत शुरु भयो मेरो आफ्नै राजधानी काठमाडौको यात्रा .................
कलकी मा गाडी रोकियो सबै तेहि नै झर्न थाले मलाइ पनि यस्तो लाग्यो कि अब म काठमाडौ आइपुगे तर अब जाने कहाँ नौलो ठाउँ नौला मान्छे अनि कताकता त्यहा का लोकल मान्छेहरुको पुर्बेली भाका र बोली प्रस्ट छुट्ट्याउन सक्दिनथे ! रात पर्न लाग्यो अब भने यहाँ बस्नु भन्दा केही पर जान्छु भन्दै हिन्दै गर्दा स्वयम्भू को मन्दिर नीर पुगेछु जहाँ रातिको बेला पहेलो भेषमा सजियका जोगि बाहेक कोइ देखिन ! रात छिप्पिसकेको थियो न भोक न तिर्खा सोचे अब यहि मन्दिरमा नै आश्रय लिन्छु अनि भोलि उज्ज्यालो भयपछी केही गरौला तर असाध्यै तिर्खा लाग्यो खोजे तर पानी कहि कत्तै भेट्टाइन अलि पल्तिर बाटोको छेवैमा बगिरहेको नालिमा गयर आफ्नो प्यास मेटाय मान्छेलाइ जब समस्या पर्छ तब थाहा हुदो रहेछ जीवन के हो र जिउन कत्ती गार्हो रहेछ ! रात तेत्तिकै मन्दिरको पेटिमै सुतेर बिताय भोलि पल्ट बिहानै हिन्दाहिन्दै बसपार्क तिर पुगेछु अब केही मेसो पाइन कहाँ जाने के गर्ने ! मान्छे र गाडिको चाप मात्रै, सोच्थे सबै कति खुशिका चेहेरा शीत निर्घक्क भयर हिडिरहेका छन कति सुकिला लुगा लगायर ,कास मेरो पनि जिन्दगी यस्तै भैदियको भय कति रमाउथे अनि कति रमाउथ्यो होला काठमाडौ अनि मेरो छोरिको दुखमा मलम लगायर खुशिका रङ भर्ने काठमाडौ लाई कति आशिक दिनुहुन्थ्यो होला परलोक बाट मेरा बुवा आमाको मृत आत्माले ! खै यस्ता सपना बुन्दा बुन्दै केहिबेर काठमाडौ को शहर मा बिलिन हुन पुगेछु अनि न खाना न पानी !
फेरि एकपटक उहीँ चितवन मा १ बर्ष बसेको घरको याद आयो बेस्सरी सम्झेर रोय कता कता नराम्रो लाग्यो नजाउ भन्दै बिन्ती गरेर मन दुखायको आफ्नै आमा बाबा जस्तो व्यवहार गर्ने मेडम र सर लाई सम्झे तर फर्केर जान सकिन किन किन त्यो मलाइ नै थाहा छैन !
अलमल्ल परेको मन लाई फेरि फर्काउने निधो गरे फेरि बसमा बसेर चितवन रजर भन्ने ठाउमा ओर्लिय जहाँ एकजना कसैको घरमा काम गरे! करिब ३/४ महिना काम गरे! त्यहा बस्दा बस्दै एकजना दिदी शीत चिनजान भयो अनि उहापनी बिदेश तिर बसेर आइसकेको ले खाली बिदेश का कुरा मात्र गर्नुहुन्थ्यो र उहा को कुराहरु सुन्दा र पैसा पनि नेपाल मा भन्दा धेरै पायन्छ भन्दा मन अब कताकता बिदेशि भुमितिर कल्पिन पुग्यो ! सोच्न थाले एकान्तमा अनि सम्झिन थाले आफ्नै पुरानो घर गुल्मी अनि घर पछिको कावसोती को काम गरेको घर अनि आफैलाइ धिक्कार्दै आफुले आफ्नै खुशिले घर छाडेर हिन्दा पायको दु:ख सास्ती अनि पीडा आदि आदि ...................!
काम पनि धेरै अनि दुख असाध्यै खानको समय पनि थियन नत सुत्नको तर कठिनता र पिडादायक जीवन कसरी बिताय मैले आज यहाँ लेख्न पनि सक्दिन र जति लेख्यो उति कम पर्छ ! ३/४ महिना बितिसकेको हुदोहो दिदी शीत मिलेर उहालाइ आफ्नै दिदी लिन आयको जस्तो निहु पारी त्यहा बाट निस्किय तर जानेबेला पनि सजिलै जान दियनन गाली गलौज अनि पिटाइ कत्ती खाय सोचे ३/४ महिनाको मैले मिहिनेत गरेको तन्ख्वा नै यहि थियो ! खाली हात जसोतसो छुटेर उनै दिदिको घरमा गय जहाँ उहाले बिदेश पठाइदिन्छु नागरिता र पासपोर्ट बनायर आउ घर गयर भन्नू भयो ! लगभग घर छाडेको २ बर्ष पछि आफ्नै जन्मस्थल शान्तिपुर गुल्मि फर्किय ! अनेकौ बाधा र अवरोध आयतापनी मैले भने आफ्नो नागरित्ता बनायर फेरि फर्किय र एजेन्ट दिदी शीत भेटे ! पासपोर्ट बनाउन उमेर नपुग्ने भयो र काठमाडौ गयेसी बिदेश पठाउने एजेन्ट हरुले केही पैसा दियमा सबैकुरा मिलाइदिने कुरा गरे तर त्यहाको २ दिनको बसाइमा बिदेशको यातना र पिडादायक कुराहरु सुन्दा मैले भने नजाने मन बनायर त्यहा बाट आफ्नो नागरित्ता नै छाडेर भाग्न सफल भय ! पशुपतिनाथको मन्दिरमा गयर तेहि २ दिन बसे जहाँ श्रद्दालुहरुले चडायको फलफुलहरु मान्छे गयेसी झुक्क्याइ झुक्क्याइ निकाल्थे र खाने गर्थें तिर्खा लागे काठमाडौ को ढल मिसियर बगेको बागमती को पानी पिउने गर्थे ! जिबनमा यातना पीडा जति भोग्न पर्यो सायद यस्तोलाग्छ कि म नै रैछु यो सन्सार मा दुखी तर दुखै दुखले भरियको जिबनमा कहिले सुख आउला र ????????????..............
बस्दा बस्दै घुम्न आयक डान्सबार का केटिहरु शीत परिचित हुन पुगे र उनिहरुले जाने भय सङै लाने फैसला गरेपछी म पनि मर्नु भन्दा बौलाउन निको जस्तो सोचे अनि सङै गय ! काठमाडौ को चाबेल मा रहेको क्लव मा डान्स गर्न मलाइ पनि लगियो ! कहिले पनि नदेखेको तेस्तो ठाउ मलाइ सुनौलो र अनौठो थियो जहाँ सयौ जना बसेर खानी पिउने गरेको ठाउमा ५/७ वटि जवान केटिहरु आफ्नो शरीर लाई 5% मात्रै छोपेर नचिरहेका थिय !अलि असहज फिल भयो कहिले आफुले यस्तो लुगा नलगायको र स्कर्ट र हाल्फ ड्रेस्मा मलाइ पनि कता कता आफै नाङियको जस्तो अफ्ठ्यारो लाग्थ्यो पनि ! तर मझबुरी जीवन जिउनुनै पर्ने जसोतसो ४/५ महिना बिताय आफैलाइ बानी पर्न पनि थाल्यो ! रातभरि ब्लब मा नाच्ने दिउसोमा कोठामा आराम गर्ने बानिले कताकता लाग्थ्यो कि मैले यो के गर्दै छु ! अरुलाइ रात हुदा मेरो दिन हुन्थ्यो र अरुको दिन हुदा मेरो लागि रात खै कस्तो मेरो जिन्दगी .....
एकदिनको कुराहो म साथिहरुसित साझमा घुम्न जाने क्रममा पुलिसले पक्ड्यो र हामिलाइ चौकिमा पुर्याइयो अनि छुटकारा पाइयला भन्दा झन हनुमान ढोका पुर्याइयो जहाँ म केवल एउटा स्कर्ट्र र पातलो सानो टिशर्ट मा मात्र थिय ! कताकता आफैलाइ आत्मग्व्लानी भयो सबैको नजरमा अलगै महसुस भयो यसरी बिनाकारण बिना गल्ती आफुले जेलको सजाय काट्नु पर्दा र अनायसै दोषी को सजाय काट्नु पर्दा
लगभग १५दिनपछी हामिलाइ जेलबाट छुट्ट्याइयो र पागल जस्तै भयर भौतारियको जिबनमा हरेष खादै रेडियो सुनिरहेको बेला रेडियो समाचार मा मेमोरियल हस्पिटल मा एकजना क्यान्सरको बिरामिलाइ AB+ रगत आवस्यक परेको र रगत दिनेलाइ उचित पुरस्कार पनि दिने सुनेपछि अस्पताल गय र त्यहा २ पोका रगत दिय तेसबापत १६००/- रुपिया पनि पायर फर्किय ! तेसपछी फेरि २ महिना मा तेस्तै सिनामंगलस्थित हस्पिटल मा रगत चाइएको बिरामिलाइ १ पोका रगत दिय !३ महिना मा ३ पोका रगत निकालेको ले होला आफै कमजोरि भय अनि बिरामी पर्न थाले !अरु बिरामी हुदा आफुले सक्दो सहयोग गर्न पाय हुन्थ्यो र सकेको गर्थे पनि तर आज आफै बिरामी पर्दा सहयोग गर्ने कोइ भेट्ट्याइन कस्तो बिचित्रको दुनिया सन्सार अनि कस्ता अनौठा मान्छे पनि ! आखिर सबैको मन एउटै नहुदो रहेछ बल्ल थाहा पाय ! आफुसित अलिअली भयको पैसापनी सकियो अनि फेरि उहीँ डान्सबार मा जान थाले र उहीँ सन्सार उनै साथी भाइ उनै ग्राहक पनि !....आदि इत्यादि
उमेर ले पनि १७ बर्ष कि, जवानीले मत्मत्याएकी र जिरो फिगरले होला सबैको आकर्षक र प्यारी बनेकि म उत्तिकै खुबसुरत पनि ! तर मलाइ यो जिन्दगिले कुलत मा फसायो ! नशाको सन्सारमा रोमलिन पुगेछु ! प्रतेक दिन वाइन , व्हिस्की, बियर , रम विभिन्न कक्टेल र चुरोटको घुवासित खेल्न थाले र खादाखादै हुक्का र वाइन को कम्बिनेसन को संवाद पनि मज्ज्जाले लिन थाले !टेन्सन पर्दा नशा गर्थे नपर्दा पुरानो जिन्दगी र आउने अगाडिको जिन्दगी सोचेर चिन्तित हुन्थे अनि टेन्सन भुलाउन फेरि नशाको सेवन गरि आफुलाइ सम्झाउथे र भुलाउथे पनि !आखिर मेरा दुख सुखका साथी बनेका मेरा लतहरु खै कहिले र कहासम्म साथ देलन त्यो सोच्न पनि सक्दिनथे ! तर घरिघरी सोच्थे कि म गलत लाइन मा जीवन लाई त्याग्दैछु र सुम्पिदैछु सायद यस्को परिणाम भोलि भुगट्नु पर्नेछ !जेलबाट छुटेको ५/६ महिना क्लब मा काम गेरेसी एकदिन अचानक के मन भयो उहीँ पुरानो बिदेश पठाउने एजेन्ट को याद आयो अनि नागरित्ता लिन जाने निहुमा जाने मन बनायर एजेन्ट लाई भेट्न गय ! अनि बेदेश जाने निधो गरे ! अरुको नै पसपोर्ट मा मेरो फोटोकपी लगाइ के के गरि पासपोर्ट मिलायर हामिलाइ दिल्लिको बाटो हुँदै दुबई लगियो ! लगभग २ ढाइ बर्ष बसेर दुबई बाट इन्डियाको बाटो हुँदै नेपाल फर्किय ! काठमाडौ एजेन्ट दिदी बाहेक मेरो मनको कुरा बुझिदिने र मलाइ सपोर्ट गर्ने कोइ भेट्ट्याइन र नेपाल आयर पनि काठमाडौ तिरै बसे !आफ्नो उमेर पनि बढेको सबै को देख्दा मलाइ पनि बिहे गर्ने रहर जाग्यो अनि दिदि पनि बारम्बार भन्नुहुन्थ्यो कि अब मुना बिहे गर्नुपर्छ सधै अब कति यस्तो जिन्दगी जिउनु आफ्नै घर सन्सार मा रमाउनु पर्छ ! यस्तै यस्तै रमाइलो कुरा हरु सितै दिन बिताउदै थिय अचानक दिदी बिरामी पर्नु भयो र उहालाइ भेट्न उहाको भाइ आउनु भयो जो शीत मेरो चिनजान भयो र कुरा गर्दागर्दै हामी धेरै नजिक हुन पुग्यो जहाँ बाट म जिन्दगिमा पहिलो पटक कसैको प्रेममा यत्ती नजिक र भावुक हुन पुगेछु मलाइ आफैलाइ नै पत्तै भयन
जिन्दगी को सफरले नया मोड लियो ! एकाएक परिबर्तन हुँदै गयो ! मेरो पछिल्लो दुखान्त का जीवन अनि कुलतका नशाहरु सबै बिर्सिसकेको थिय ! केही दिनको बसाइ पछि हामी छुट्टियौ र उहाँ आफ्नो रोजगारी को सिलसिला मा मलेसिया जानू भयो मलाई फेरि आफ्नो सन्सार मा एक्लियको महसुस भयो ! हुनत मैले कस्ता कस्ता दुख सहेर यहाँ सम्म आयकी फेरि पनि कसै शीत मन साटासाट गरेर छुटिदा भयको पीडा अलि फरक थियो भिन्नै अलि कस्तो कस्तो नमज्जाको पिडादायक अनि फिका फिका .........
दिनहरु बित्दै गय जादाजादै उहाको आमालाइ क्यान्सरको बिरामिले समातेछ र भरतपुर अस्पताल मा लगियको रहेछ मैले थाहा पाय र मनले मानेन म काठमाडौ बाट भरतपुर तिर लागे त्यहा गयर करिब ७/८"महिना आमाको सेवा गरे , हस्पिटल मा सङै बसे यस्तो लाग्दथ्यो कि मैले मेरो आफ्नै आमा भेट्ट्याय, फेरि केही समय आफ्नै आमा सम्झेर सेवा गर्ने मौका पाय पनि ! करिब ७/८"महिना पछि म आमा सितै उहाको घर पाल्पा रामपुर फर्किय सबै परिवार शीत चिनजान गरे! लामो समय बस्छु भनेर गयको तर मेरो पनि कुवेत को भिसा लाग्यो अनि आफ्नो बनायको र परिवार को सदस्य बनेर बसेको फेरि एकपटक बिरामी आमालाइ छोडेर जानुपर्दाको पीडा सम्झिदा आज पनि आँसु रोक्न सक्दिन ! आफू मरेर पनि अरुलाइ बचाउने मेरो सिद्धान्त ले सदैब परेको खन्ड मा अरुलाइ सहयोग गर्दै आय पनि
म फेरि मेरो दोस्रो बैदेशिक यात्रा कुवेत प्रस्थान गरे जहाँ म कुवेत आयसी आमाको पनि मृत्यु भयो जुन खबर ले म अत्यन्तै शोकमा डुब्न थाले र आफुलाइ भुलाउन साङेतिक क्षेत्रमा रुचि राख्न पनि थाले ! सोसल नेटवर्क फेसबुक मा गजल कबिता हरुपनी पोस्ट गर्न थाले र बाचन पनि ! सङै अनलाइन रोधी हरुमा पनि आफ्नो आवाज दिनथाले जस्ले गर्दा साङेतीक सफर मा धेरैलाइ चिन्ने मौका पाय र अझै गाउने प्रेरणा पनि !
गाउदा गाउदै सुरुमा केही साथिहरुसित मिलेर लोक गीति एल्बम हरु पनि निकालेयौ जुन अहिले युट्युब मा सहजै खोजेर सुन्न र हेर्न सक्नु हुन्छ ! - " तोड्यौ नाता जुनिजुनी / गुल्मी हाडहाडे / मेरो खुट्टा ढोग्ने गराउछु !" तेस्तै फेरि पछि आफ्नै एकल प्रस्तुतिमा रहेको जिसि अमर को लय र थेगो मा मुना थापा मगर को स्वर मा एल्बम (ज्यानै फाल्छु भन्दानी मनले मान्दैन) निकाले जुन अहिले अडियो मात्र रहेको छ र पछि समय मिल्दा भिडियो पनि बनाउने प्लान मा छु ! कुवेत मा बसेको अहिले १/डेड बर्ष जति भयो र अब छिट्टै नै स्व्देश फर्कियर आफ्नो साङेतिक सफरलाइ पनि निरन्तरता दिने र मेरो आत्मिय साथी देव थापा मगर शीत आफ्नो जिबन लाई अझै मजबुत बनाउने र जिन्दगिको सुनौलो बाटोमा कदम राख्ने योजना बुन्दै मेरो जीवन कालदेखि अहिले सम्मको मेरो वास्तविक जीवन सफर शीत म पनि छुट्टिन चाहन्छु !मेरो आफ्नो निजि जिन्दगी र बास्तबिक जिबनी शीत कसैलाइ चोट पुग्न गयमा माफि चाहन्छु - " शुभरात्री "
- मुना गौतम , शान्तिपुर -९ गुल्मी (हाल कुवेत)
Thank u -" $b© palpa nepal " 10Aug 2017 friday

No comments:
Post a Comment