Thursday, 31 August 2017

गजल सङ्ग्रह भाग-६ को बिजेता "संगीता पौडेल" भिडियो सहित(T99post)

CBA Bashyal,मुम्बई 31Aug! सोसल नेटवर्क फेसबुक फ्यान्स पेज "Travelers99"द्वारा संचालित कार्यक्रम फेसबुक लाइभ "गजल सङ्ग्रह भाग-६" मा सबैभन्दा उत्कृष्ट गजल प्रस्तुत गरेर प्रथम स्थान को छनौट मा पर्नु भयको मा "संगीता पौडेल " ज्यु लाई हार्दिक बधाई ..............!


नेपालको अन्नपूर्ण गाउपालिका कास्की मा बस्नु हुने संगीता भने हाल बैदेशिक रोजगार को शिलसिलामा साइप्रस मा हुनुहुन्छ !
आफ्नो फ्री समयको सदुपयोग गरेर पनि यसरी साहित्य लाई माया गर्ने संगीता ज्यु ले यहाँ मात्र नभयर विभिन्न सोसल साइट मा आफ्ना रचना हरु प्रस्तुत गरिसक्नु भयको छ ! यसरी साहित्यलाइ माया गर्ने संगीता भन्नू हुन्छ कि समय को सहि सदुपयोग गर्नु पर्दछ! सोसल नेटवर्क सहि समय र सकारात्मक सोचले युज गरेमा धेरै कुराको सङम्स्थल नै यहि रहेछ ! अहिले कुनै कुरा पढ्न र हेर्न लाइब्रेरी बाट नै पुस्तक किनेर ल्याउनु पर्दैन !

हामिले सन्चालन गरेको प्रतेक साताको बुधबार को बसाइमा बेलुका 4:00PM मा भारतिय समय अनुसार सधै नया नया गजलकार हरुको शब्ध सृजना हरुलाइ पब्लिक प्लेट्फार्म मा पस्किदिने गर्दछौ !
"तपाइको प्रयास हाम्रो आवाज" एडमिन Shiva Bashyal को आफ्नै आवाज मा हामी तपाइलाइ सहयोग गर्दै अझै थप लेख्ने प्रेरणा सहित को अभिलाषा लियर यो प्लेट फार्म लाइ सन्चालन गरेका छौ! तपाइका पनि लेख र रचना हरु छन भने हाम्रो भिजिटर पोस्ट सेक्सन हामी खुल्ला गरेका छौ र हजुर ले प्रयास गरेको सृजना लाई हाम्रो इमेल ठेगाना "t99post@gmail.com" अथवा हाम्रो मेसेज बक्स मा पनि पठाउन सक्नु हुनेछ ! फेरि पनि तपाईं हाम्रो साझा चौतारी फेसबुक फ्यान्स पेजलाई अझै अगाडि पुर्याउन सहयोग गर्नु हुन्छ भने हाम्रो पेज Travelers99 लाइ लाइक गरि सेयर गर्दिनु होला ताकी तपाईं हाम्रो कार्यक्रम लाई अझै थप उर्जा मिल्नेछ !

बिगत को एपिसोड मा झै यो छैटौं एपिसोड मा पनि हामी जम्मा जम्मी ७ वटा गजल र १ वटा मुक्तक गरेर जम्मा 8 वटा राखेका थियौ ! जसमध्य सहभागी हुनुहुन्थ्यो - संगीता पौडेल , पदम रेश्मी , निरु खनाल , सरोज सुवेदी , सुभाष पान्डेय , रज्जु बिडारी , सरोज खनाल र अस्मि "बियोगी" दुलाल ........
एपिसोड - ६ कि बिजेता संगीता पौडेल ज्यु को गजल यस्तो थियो - 
यो जुनिमा तिमिलाइ भुल्न कहाँ सक्छु र 
भवरा जस्तै फुलफुलमा डुल्न कहाँ सक्छु र !
बन्द छन मेरा शब्धहरु देख्दा तिमिलाइ खुशी 
बदलाको भावले तिम्रो घात सुल्न कहाँ सक्छु र !
लगाइ दिएउ नानाथरी मेरो चरित्रमै आरोप 
अब अरुसङ जीवनभरी खुल्न कहाँ सक्छु र !
लाग्थेयो अमुल्य हिराहौ रहेछौ खिया लागेको किला 
मुटुमै बसिएकोछौ बाग्मतिमा तुल्न कहाँ सक्छु र !!! - - संगीता पौडेल / हाल "साइप्रस"
राम्रो र प्रेम सम्बन्धित यो रचना ले पहिलो स्थान प्राप्त गर्न सफल भयको हुदा फेरि पनि संगीता पौडेल ज्यु लाई - Manny2 Congratulation / Best of Luck .......
                                धन्यवाद - $b© palpa nepal (एडमिन टिम) 

गजल सङ्ग्रह भाग-६ लाइ हेर्नको लागि तलको लिन्क मा जानुहोला ! 




No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...