Tuesday, 1 August 2017

कल्पना कुशुमको "रानी चरि"कहाँ पुग्यो त ?भिडियो सहित (T99post)

CBA Bashyal, बुटवल १८ साउन - छोटो समयमा ठूलो चर्चा आखिर को हुन कल्पना कुशुम ? हामि आज फेरि पनि उनैको बिषय मा कुरा गर्दैछौ जो तपाईं हामी बिच परिचित हुनुहुन्छ ! गुल्मी रेसुङा नगरपालिका ११ मा जन्मिनु भयको कल्पना कुशुम - 

१ भाइको ३ दिदी बहिनि मध्य जेठी हुनुहुन्छ ! एजुकेसन बाट मास्टर डिग्री गरिसक्नु भयको कल्पना जि पेशाले शिक्षाका हुनुहुन्छ र बिगतको १० बर्ष देखि नै आफ्नो यो पेशामा अग्रसर रहेर आज बुटवलको -अक्सफोर्ड बिध्यालय मा बिहानमा र न्यु होराइजन इन्स्िटच्युट मा दिउसोको क्लास हरु लिनु हुन्छ !
आफ्नि १छोरि र श्रीमान शीत सङै बस्नु भयको कल्पना जि को रुचि भने सङित मा पनि देखिन्छ ! बागेश्वरी सङितालय बुटवल बाट सास्तृय सङित सिक्दै गरेकी स्वरकि धनी  कल्पना ले  २०७१ बाट सङितको यात्रा लाई अझै प्राथमिकता दिदै  भमराले भन्ने पहिलो एल्बम निकाल्नु भयो ! सङितको प्रतिस्पर्धा मा रहेर उहाले अवार्ड समेत पाइसक्नु भयको छ ! पछिल्लो समयमा रिलिज गरियको तिज गित एल्बम - लेहेङा लगाउछु गितले पनि धेरै नै राम्रो स्थान पायको थियो र अहिले २०७४ को नया तिज गित "रानी चरी" उहाको तिजि गित मध्यको तेस्रो प्रस्तुति रहेको छ !

प्रतिस्पर्धा को दौडमा रहेका तिज गित हरु हरितालिका तिज नजिकिदै गर्दा अहिले सम्म सयौ गितहरु आयका छ्न जस्मध्य धेरै गितहरु अलि रिमिक्स भयर आयका पनि छन जस्का शब्दहरु डबल मिनिङ लाग्ने गरि सजाइएको छ ! तेस्ता गितहरु शुन्न र भिडियो हरु परिवार शीत बसेर हेर्न अलि असहज लाग्ने खालका पनि छन ! तर खै हाम्रो समाज पनि कता जादैछ ! तेस्तै गितहरुले नेपाली समाजमा धेरै बिकिर्ती ल्यायका छन र पब्लिक पनि खोजी खोजी तेस्तै खालका गितहरु र सिनहरु हेर्न मन पराइदिदा आफ्नो मौलिकता र सस्कृति बोकेका गितहरु पछाडी परिरहेका छन तर आखिर किन हुदैछ यस्तो ? मलाइ लाग्छ हाम्रो नेपाली म्युजिक सेन्सर बोर्ड छ कि छैन यदि छ भने छानबिन किन गर्दैन र फिल्टर गरेर मात्र एल्बम रिलिज गराउन प्रमिसन दिनु पर्ने नत्र छैन भने म्युजिक छानबिन बोर्डको स्थापना गरेर छाडा र उत्श्रीन्खल खाले गितहरु लाई प्रतिबन्धित लगाउनु पर्ने हो खै आखिर कहाँ जादैछ हाम्रो समाज अनि हाम्रो कला सस्कृति ! केही कलाकार हरुको अश्लिन हर्कतले गर्दा राम्रा/शभ्य कलाकार हरुलाइ पनि प्रत्यक्ष असर परिरहेको छ!


मलाइ लाग्छ नेपाली कला सस्कृती लोप हुदैछ र रिमिक्स भयर पेशागत रुपमा मोडिफाइ हुदैछ! यस्तो अहिले को परिबेश मा आमा बुवा दाजुभाइ र दिदी बहिनी सबैलाइ ध्यान मा राखेर बनाइयको तिजि गित एल्बम "रानी चरी" जो पुरानो भाका हरिदेबी कोइरालाको लय मा नारायण सापकोटा ले लेख्नु भयको थियो ! बैकुण्ठ महत को संयोजनमा बनेको यो एल्बमलाई स्वरकि धनी कल्पना कुशुम ले सुमधुर स्वर मा सजाउनु भयको छ ! पबित्रा आचार्य ले निर्देशन गर्नु भयको एल्बम मा अभिनय पनि पबित्रा आचार्य को नै रहेको छ !यो एल्बममा  दिनेस बान्तवा ले छायांकन गर्नुभयको छ साथै  बिष्णु शर्मा ले सम्पादन गर्नु भयको थियो ! पुस्पान्जली म्युजिक प्रा लि ले बजार ब्यबस्थापन गरेको छ! बत्तिसपुतली राममन्दिर काठमाडौ मा सुटिङ गरियको यो एल्बम करिब ३ हफ्ता पहिला युट्युब मार्फत सार्बजनिक गरियको थियो ! अहिले सम्मको युट्युबको भ्युवर को आकडा हेर्ने हो भने करिब ( 284K + )पुगेको छ !


अहिलेको तडक भडक र फेसन मार्केट ले गर्दा साथै अश्लिन भिडियो ग्राफी को होडबाजी ले गर्दा जति युट्युब मा भ्यु हुनुपर्ने तेति नदेखिय पनि श्रोत दर्सक को मन मुटु जिति सक्नु भयको कल्पना ज्यु लाई खासै असर नपर्ने र आफ्नो यो एल्बम को चर्चाले गर्दा आफ्नो देश भित्रको विभिन्न ठाउँ हरुबाट पनि प्रोग्राम हरु को अफर हरु आइरहेको र बिदेश बाट पनि अफर हरु आइरहेको हुदा आफुले गायको गित बाट सन्तुस्टि भयको जानकारी दिनु भयो ! छिट्टै नै प्रोग्राम को लागि  जापान पनि जाने तैयारिमा हुनुहुन्छ समयले साथ दियसम्म ! आशा छ कल्पना कुशुमको यो एल्बम ले सफलता पाउनेछ र कल्पना ज्यु लाई सङित क्षेत्रमा धेरै अगाडि जान प्रेरणा मिल्नेछ ! सफलता को शुभकामना - <$b© palpa nepal>

एल्बम रानी चरी हेर्नको लागि कृपया यो लिन्कमा जानू होला !



1 comment:

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...