Friday, 18 August 2017

मनकामना एकता फाउन्डेसन ले मनायो चौथो बार्षिक उत्सव (T99post)

CBA Bashyal, Mumbai 18 Aug मनकामना एकता फाउन्डेसन मिरा/भायन्दर मुम्बई ले 15 अगस्त को दिन आफ्नो सस्थाको तेस्रो बर्ष पार गरेर चौथो बर्षमा प्रबेस गरेकोमा आफ्नो बार्षिक उत्सब धुमधाम शीत मनायो ! बिगतको लामो समय देखि नै सकृय यो सस्था ले धेरै थुप्रै राम्रो कामहरु गर्दै आयको छ ! र आगामी दिनहरु मा पनि राम्रो र नया कार्यहरु गर्ने आफ्ना एजेन्डा हरु को दस्ताबेज तैयार गर्दै गरेको जानकारी दियको छ! बार्षिक उत्सव को दिन पारेर आफ्नो सस्थाको चुनावी प्रक्रियामा सपथ बिधि को दिन अनुपस्थित सदस्य हरुलाइ यहि दिन फेरि सपथ ग्रहण पनि गरायो ! फाउन्डेसन का अध्यक्ष श्री मोतिलाल न्यौपाने ले पनि अब केही समय पछि यहाँ सकभर एउटा हिन्दु मन्दिरको स्थापना गर्ने र आफ्नो धर्म , कला र सस्कृतिलाइ जगेर्ना गर्दै जिबित राख्नु पर्छ भन्ने कुरामा जोड दिनु भयो !


तेस्तै कमिटी का अन्य मेम्बरहरु ले पनि यो कुरामा समर्थन दियका छन !
तेस्तै असह्य र गरिब बिध्धार्थी हरुलाइ पनि केही बार्षिक छात्रवृत्ति दिन सके शिक्षा को ज्योती बाट बन्चित बालबालिका हरुले पढ्न पाउने थिय र आगामी आउदो शैक्षिक सत्रमा यो कुरालाइ पनि विशेष जोड दिने कुराको छ्लफल भयको थियो !बेलाबेला मा सास्कृतिक कार्यक्रम , भजन कृतन , लक्ष्यबत्ती र सत्यनारायण को पुजा गर्दै आफू आफ्नो देशबाट बाहिर भयता पनि एकजुट भयर आफ्नो देशको कल्चर र सस्कृति लाई जिबित राख्ने प्रयास पनि गरेको छ ! तेस्तै आपत बिपत परेको बेला पनि आवस्यक क्षेत्रमा सहयोग गर्दै आयको छ !

अब आगामी कार्यक्रम महिला दिदिबहिनी हरुको चाड हरितालिका तिज र 26 अगस्त को दिन ऋषिपन्चमी पुजा र तिज विशेष कार्यक्रम हुदा सबैलाइ नै निमन्त्रणा पनि गरेको छ !
हाम्रो तर्फबाट पनि मनकामना एकता फाउन्डेसन परिवार प्रती धेरै शुभकामना एबम- धन्यवाद !!! - $b© palpa nepal

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...