Thursday, 10 August 2017

२८दिनको दुधे बालकलाइ छाडेर "समिक्षा" बेपत्ता <सहयोगको अपेक्षा>फोटोसहित(T99post)

CBA Bashyal,पाल्पा अर्गली 10 Aug! खोजी कार्यको लागि सहयोग को अपिल गर्दछौ! सोच्न पनि नसकिने कुरा जस्तो लाग्छ यो २८ दिनको दुधे बालक लाई चट्टक्कै छाडेर आखिर कहाँ गयिन होला समीक्षा पन्थी(न्यौपाने ) 


घटना हो पाल्पा जिल्ला ता न पा १४ (वडा न ८)! लगभग १ हफ्ता अगाडि नै आफ्नो घरबाट उपचार गराउन जान्छु भनेर पाल्पा रिडि गयकी समीक्षा अहिले सम्म फर्कियकी छैनन !
दिउँसो आफ्नो घरबाट हिडेकि साझ सम्म पनि नफर्किदा खोजी कार्य शुरु गरियता पनि अहिले सम्म रहस्य को केही सुराक पत्तो नलागेपछी हामी फेरि सोसल मिडिया मा पनि पोस्ट गर्न बाध्य भयौ! कहि कतै हजुर हरुले देख्नु भयो भने निम्नलिखित सम्प्रक नम्बर मा खबर गरिदिनु होला ! समिक्षा २ बच्चाकी आमा भैसकेकी र ठूलो छोरा लगभग ३/४ बर्ष को र अहिले भर्खरै जन्मेको २८ दिनको अर्को छोरा थियो ! 
२८ दिनको दुधे बालक 


उन्का श्रीमान तारा न्यौपाने रोजगारिको सिलसिला मा दुबई मा हुनुहुन्थ्यो र घरमा भयको यस्तो आकस्मिक घटनाको खबर ले हिजो आफ्नो घर पाल्पा अर्गली आइसक्नु भयको छ ! घरमा सबै ठिकै थियो तर खै यस्तो के भयो ? आखिर कहाँ छन समिक्षा ? किन आफ्नो यत्रो दुधे बालक लाई छाडेर गयिन ? आखिर केही समस्या नै थियो भने पनि आफ्नो परिवार मा सेयर गर्नु पर्ने तर एकाएक हरायकी समीक्षा १ हफ्ता बिति सक्दा पनि केही सुराक भने मिलेको छैन ! यदि तपाईं हरु ले कहि कतै यो चेहेरा लाई देख्नु हुन्छ भने कृपया यहाँ दिएको निम्न सम्प्रक नम्बर मा फोन गरि जानकारी गराइदिनु होला ! सहयोग नै मानवीय कर्तव्य हो 
सम्प्रक नम्बर :- ९८४७०७०७७७/९८४७१४६०९२/९८४७२५७८२४ 



प्रस्नै प्रस्नको घेराउमा रहेको यो खबर ले निजको परिवार मात्र नभै हामी सबैलाइ नै चिन्तित तुल्यायको छ! यस्तो २८ दिनको नावालक लाई छाडेर किन गयिन समिक्षा /कुनै समस्या या घटना हो भने पनि अहिले सम्म केही कतै खबर हुनु पर्ने तर एकाएक हरायकी समिक्षा ले सबैलाइ चिन्तित बनायर गयिन अनि कस्तो कठोर मन होला जो २८ दिनको दुधे बालक लाई यसरी छोड्न सक्ने ? खै सच्च्याइ त तब थाहा हुन्छ जब समिक्षा को खबर मिल्छ या उनी भेटिन्छिन ! 
समिक्षा पन्थी(न्यौपाने ) का तस्बिर हरु 
<$b© palpa nepal >

2 comments:

  1. जीवन कति खेर काहा पुग्छ के हुन्छ त्यो त अब आफै लाइ आफ्नो बारेमा पनि थाहा न हुनि भयो

    ReplyDelete
  2. ekpalta vetiyeki samikshya pun haraen vanne sunna ma aayo gaun jada ! khai kuro bujhi nasaknu x

    ReplyDelete

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...