Monday, 27 August 2018

निहारिकाको योगमाया लाई मदन पुरस्कार - T99post

शिव बस्याल  
भदौ १२ , मुम्बई - 

मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कार निलम कार्की निहारिकाको उपन्यास योगमायालाई र जगदम्बा–श्री शान्तदास मानन्धरलाई अर्पण गर्ने निर्णय गरेको छ ।
गुठीको आज ११ भदौमा बसेको बैठकले उक्त निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

चलचित्र कालो शहरको च्यारिटी शो मुम्बईमा - T99post

मिना साउद 
मुम्बई ११ भदौ , सोमबार !

चलचित्र कालो शहरको च्यारिटि शो मूम्बैमा हुने भयको छ । शहरमा हुने अपराधिक त्रियाकलाप, भ्रष्टचार, लागू औषधको कारोबार, बाल यौन शोषण तथा कालोबजारि जस्ता कृयाकलाप एउटा इमान्दार तथा सोझो मान्छेलाइ बाच्न कति कठिन हुन्छ भन्ने कुरालाइ चलचित्रको पर्दामा दुरुस्त उतारियको चलचित्र हो कालो शहर । माता शुर्मादेबि प्रोडक्सन प्रा लि को ब्यानरमा निर्माण गरयको चलचित्र कालो शहरमा निकै रुचाइयका नायक शुसिल क्षेत्री को मूख्य अभिनय रहेको छ । तिहारपछि नेपालभरि रिलिज हुने तयारिमा रहेको कालो शहरको च्यारिटि सो मूम्बैमा हुन गैरहेको हो ।

Tuesday, 21 August 2018

बाकस भित्र को त ? पासपोर्ट कि म ...... " शिव बस्याल "- T99post

शिव बस्याल /मुम्बई 
भदौ ५ , मंगलवार 

- एक्कासी भएको घटना ले जिवनमा नसोचेकै कुरा सोच्नमा मजबुर गराइदियो ! अनेकौ प्रयास पछि पनि असफल भएर ताबोको ताउलिमा आमा को अस्तु र खरानी बाहेक अरु केहि लियर फर्किन सकिन ! आशाको किरण त्यो दिन ढल्यो जुन दिन नर्सले सम्झाउदै भन्दै थिइन - आमाको आखाको नानी सुकिसक्यो , फुस्रो भयर आयको छ अब को ३/४ घण्टामा डक्टरले डिक्लियर गरिदिनु हुन्छ ! पैसाको इन्तजाम गर्नुस है , अस्पतालको बिलहरु धेरै पेन्डिङ्ग मा छन  !

Monday, 20 August 2018

चर्चा बटुल्न पेटिकोट लाएको थिइन " सुरेश तिमिल्सिना " - T99post

सुरेश तिमिल्सिना , काठमाडौ 
भदौ - ४ सोमबार 

सर्बप्रथम सबैमा नमस्कार  !

 यो फोटो सामाजिक संजाल मा फैलाएर मलाइ चर्चा बटुल्नु थिएन  हो गल्ती भयो होला हामी बाट तर एउटा पीडित लाई पिडा मा मलम लगाउन निस्केको हामिलाइ प्रहरीले गिरफ्तार गरि करिब चार घण्टा पछि रिहा गर्यो यसमा कुनै समस्या भएन चार घण्टा त के चार बर्ष नै हामिलाइ कैद गर्ने थियो प्रहरीले भने पनि हामी तयार थियौ तर महोदर पत्रकार भएर पक्ष र विपक्ष दुबै कुरा मा लाग्न सक्नु पर्छ भन्ने कुरा सबैमा अवगत गराउन चाहन्छु , आमाले करिब ९ महिना कोख मा राखी जन्माएको बालिका ९ महिना बित्न नपाउदै बलात्कार हुन्छिन भने हामी किन मौन बस्ने ??

Friday, 17 August 2018

भारतिय राजनीतिका ध्रुव ताराको अन्त्य - T99post

शिव बस्याल 
१७ अगस्ट २०१८ / शुक्रबार 

- छिमेकी मुलुक भारतका पुर्व प्रधानमन्त्री - अटल बिहारी वाजपेयी को ९३ बर्ष को उमेरमा निधन भयो ! उनी २५ डिसेम्बर १९२४ ग्वालीयर मध्य प्रदेशमा जन्मियका थिए ! भारतका दशौ प्रधानमन्त्री समेत रहेका थिय ! १६ अगस्ट २०१८ को दिन नइ दिल्ली मा उनको उपचारको क्रममै देहान्त भयो !

Thursday, 16 August 2018

मनकामना एकता फाउन्डेसन ले मनायो आफ्नो स्थापना दिवस - T99post

शिव बस्याल
मुम्बई १६ अगस्ट ,
- भारतको मुम्बईमा रहेको प्रवासी संघ सस्था मध्य मिरा भायन्दर स्थित - मनकामना एकता फाउन्डेसन ले पनि १५ अगस्ट का दिन आफ्नो चौथो वसन्त पार गरि पाचौ वसन्तमा प्रवेस गरेको अवसरमा आफ्नो सस्थाको स्थापना दिवस केही नौलो पनले सु सम्पन्न गरेको छ ! पछिल्ला दिनहरुमा विभिन्न कार्यक्रम हरु गरेर मनाउदै आयको थियो ! तर यो बर्ष भने बन्दै गरेको सस्थाको भवनमा गयर आपसी मेलमिलाप र सहयोगको भावनालाइ उजगार गर्दै भवन निर्माण मा सहकार्य गरेका थिए ! आफ्नो गाउँ आफै बनाउ भने जस्तै मुल नारा - " आफ्नो कार्यालय आफै बनाउ " भन्ने अभियान र अभिलाषा बोकेर त्यहा जोस र जागर का साथ उपस्थित भयका थिए !

Wednesday, 15 August 2018

हृदयको प्रतिबिम्ब / मेरो कलम .....-T99post

हृदयको प्रतिबिम्ब / मेरो कलम ......

 - बदलिदो समय र बिकासको तिव्र गति संगै हुर्कदै गयको निजि जिन्दगी यस्तो होला भन्ने सोचेको पनि थिइन ! सामान्य गति र आफ्नै गोरेटोमा हिडिरहेका पाइला हरु एक्कासी ठेस लाग्न पुगे ! एकपटक झसङ्ग भय ! आफैलाइ यहि मार्गबाट अगाडि लैजाने या नहि !

Tuesday, 7 August 2018

जीवन त यात्राको संयोग "उर्मिला कार्की "- T99post

< गजल >

यो दिलमा मायाको गेट बनाउदै छु ,
कहिल्यै नबिर्सिने भेट बनाउदै छु !

स्मरण रहिरहोस हाम्रो मधुर मिलनमा ,
अब मेरै दिलसङ्ग मिल्ने सेट बनाउदै छु !

सुखदुःख नबिर्सिने बातहरु संग संगै ,
आफैले आफ्नो अनौठो रेट बनाउदै छु !

जीवन त यात्राको संयोग रहेर होकि ,
भौतारिने मनलाइ मैले रकेट बनाउदै छु !

तिमी आयौ जिन्दगीमा अचम्मले जोडी बनेर ,
आजभोली जिन्दगिलाइ ब्राकेट बनाउदै छु !!

                     ***


काम गर्ने श्रमिककाे दर  भाउ  छैन
ठडिएकाे झाेपडीमा  कुनै नाउ  छैन।

दिन रात चुसिंदै छन् पिसिंदै छन् यहाँ
निर्मल छ मन कति ढाँटी खाने दाउ छैन।

दश नङ्ररा खियाएर यिनै  काम   गर्छन
खाने बेला -एक पेट   चाउ चाउ     छैन।

श्रम   गरी  खान्छन्   नित्य    यिनीहरु
मन भित्र  कपटकाे    कुनै   घाउ  छैन ।

ऋणमाथि ऋण थपि सधै कति दुख खेप्नु
कहाँ गई अाेत लाग्नु बस्ने कुनै  ठाउँ  छैन ।।

                    ***

फाँटेकाे मुटु सिएर हेर्दै  छु
अलिकति नशा पिएर हेर्दै छु !

कत्तिकाे जतन गरेर राख्छौं
तिमीलाई याे ज्यान दिएर हेर्दै छु !

नपाए पनि तिम्रो चाेखाे माया
जेनतेन जीवन जीएर हेर्दै छु !

तिम्रै मायामा तिम्रो तस्बिरलाई
मैले मन र मुटुमा लिएर हेर्दै छु !

साथ मात्रै देउ मलाई मायाले
तिम्रो लागि अलिकति खिएर हेर्दै छु !!
                  ***

- उर्मिला कार्की 
चितवन , नेपाल 
8 Aug. 2018 

Friday, 3 August 2018

पुस्कल शर्मा को " हिरो " सार्बजनिक( भिडियो सहित ) - T99post

BY - Shiva Bashyal , 
3 August 2018 , Mumbai - नेपाली चेलीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा लोकदोहोरीमा सबै भन्दा धेरै प्रशंसक भएका लोकप्रिय गायक तथा मोडेल बहुप्रतिभाका धनि पुस्कल शर्माको नयाँ तीज गित " हिरो " सार्वजनिक भएको छ । पुष्कल शर्मा सबैको लोकप्रिय गायक यस पालिको तीज गीतमा नायिका अनु शाहको हिरो भएर आएका छन।

अबोध बालक , बाल्यकाल र ग्रामीण जीवन - T99post

" मन छ तर धन छैन , धन छ त मन छैन "

समय सङै साटासाट गर्ने मेरा रहरहरु खै , कहिले कहाँ सम्म हो थाहा छैन ! तर पनि खुशी छु ! बिहानिको सिरेटोमा बाहिर बाट एक्कासी आवाज आयो ! कसैले चिच्च्याएको महसुस गर्दै थिए ! अपुरो निन्द्राको त्यान्द्रो लाई आङ तान्दै बटारिएका आँखा सोझ्याउने प्रयास गर्दै थिए ! तर ढोका खुल्लै हुदा कोइ आयको पत्तै भएन अनि बल्ल थाहा पाय जब बासको लौरो जोरसित मेरो खुट्टामा बजारियो ! झसङ्ग हुँदै उठे ! एक्कासी छुटेको निन्द्रा सायद अब फेरि कहिले नलाग्ने गरि .....................

Wednesday, 1 August 2018

उज्यालो पाउँदा जून बिर्सन्छौ भने "यमुना खतिवडा"-T99post

" यामु " का मुक्तकहरु 

                  - -

मरुभूमिकाे बलाैटे माटो भयो जीन्दगी
बल्झिरहने घाउको खाटाे भयो जीन्दगी।
रसरङ्ग उमङ्गकाे बहार अाउनु भन्दा हजुर,
दर्द पीडा र खुसीको साटाे भयो जीन्दगी ।!

                    - -

याे राजनीति नेताले खेल्ने खेल रहेछ
चुनाव त मात्र देखाउने तालमेल रहेछ ।
सरकारमा तछाड मछाड किन भन्दा,
अाफ्नै थैला् भर्ने गजबकाे झेल रहेछ।!

                 - -

प्रगति गर्दा मैले दुष्मनहरु ढल्दा रहेछन्
पाेलेसरी अागाेले खरानी भई जल्दा रहेछन् ।
म त हिड्छु अाफ्नाे बाटो खुट्टा दराे बनाएर,
नसके नि लडाउन लडाउने चाल चल्दा रहेछन् ।!



                     - ४ -
         
हिरा पाउँदा सधै सुन बिर्सन्छाै भने
उज्यालो पाउँदा जून बिर्सनछाै भने।
कहिलै माथि उठ्न सक्दैनाै साथी,
धन कमाउदैमा गुन बिर्सन्छाै भने ।!

                - ५ -

अाँशु र हासाेकाे किन मेल हुदैन
जीन्दगी संग खेल्ने कुनै खेल हुदैन ।
कति पीडा सहनु जीवन अाखिर मैले,
दुःखी अात्मालाई थुन्ने किन जेल हुदैन ।!

             ~ *** ~

- यमुना खतिवडा " यामु "
1 August 2018 
          झापा 

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...