Monday, 3 July 2017

FB लाइभ कार्यक्रम डियर जिबन"मेरो कथा" भाग १ मा अस्मि बियोगी दुलाल ज्यु को जीवन डायरि (भिडियो सहित)

 मान्छे जन्मिन्छ अनि मर्दछ यो त सन्सारको रित हो केवल आउनेजाने समय मात्र फरक फरक .. बाचुन्जेल आइपर्ने जस्ता पनि समस्याहरु सङ जुझ्न सक्नु पर्दछ र समय अनुसार चल्नु पर्दछ , घुमिरहेको चर्खा जस्तो हो जीवन पनि सायद , कहिले घाम त कहिले छाया , कहिले दिन त कहिले रात , कहिले सुख त कहिले दु:ख यहि नै जिबनको परिभाषा हो ! जस्तो सुकै अवस्था आयपनी तेस्लाइ सामना गरेर आफुलाइ अगाडि लैजानु नै जिबनको सङ्हर्ष हो ! जिन्दगि शीत हारेर आफुलाइ गलत बाटोको शिकार बनाउनु नै मानिसको सबै भन्दा ठुलो भुल हो ! समय ले कहिले कहाँ कत्ती बेला कस्तो अवस्था मा पुर्याउछ त्यो त कस्लाइ थाहा छ र तर भबिस्य सोचेर बर्तमान मा हिड्न सिक्नु पर्दछ र भुत लाई बिर्सने प्रयास गर्नु पर्छ तब मान्छे
ले केही गर्छु भन्ने कन्फिडेन्ट आफैमा राख्न सक्दछ ! जीवन मा आइपर्ने कैयौ हादसा हरु कतिपय अन्जान मा हुन्छन भने कतिपय जानिजानी हुने गर्दछन ! तर पनि आफ्नो जिम्बेवारी लाई काध हालेर चल्नु पर्दछ र आफ्नो कर्तब्य पूरा र पालन नगरी जीवन लाइ अन्धकार को खाडल तर्फ धकेल्नु जिबनको ठूलो भुल हो ! केहि काम र कुरा हरु अरुको देखासिकी गरेर पनि जिबनलाइ सार्थक रुपमा लैजाने प्रेरणा मिल्दछ ! समय खराब होइन तर हामिले नै हाम्रो समयलाइ खराब बनाउछौ र खराब समय को परिभाषित गर्दछौ यो नै हाम्रो गलत निर्णय हो ! सोसल मिडिया र सोसल नेटवर्क को गलत स्तेमाल ले गर्दा पनि अन्जान मै धेरै हजारौ नसोचेका घटना हरु भैरहेका छन ! तर के सहि हो के गलत त्यो आफैले छुट्याएर चाहिने जति मात्र लिनु पर्दछ !

अहिले को परिबेश मा भयका थुप्रै घटना हरु र हुने सक्ने र आइपर्ने सम्भावित घटना हरुलाइ लक्षित गर्दै हामिले कसैको वास्तविक जीवन डायरी प्रत्यक्ष पढेर एउटा उदाहरण दिने र आउने भावी पिडिहरुलाइ पनि यथार्थ र कठिन जिबनको पाटोलाइ दर्साउदै मानिसले कस्ता कस्ता समस्या हरु आइपर्दा पनि जिन्दगी देखि हार नखायर सामना गरि अगाडि बढ्न सकिन्छ भन्ने कुरा लाई प्रस्ट्याउदै हामिले हाम्रो फेसबुक फ्यान्स पेज "Travelers99" बाट 26 june 2017 8:45 pm मा हाम्रो लाइभ कार्यक्रम "डियर जीवन -मेरो कथा " को पहिलो एपिसोड भाग -१ मा अस्मि बियोगी दुलाल ज्यु को जीवन डायरी बाचन गरेका थियौ !


धेरै नै सङ्हर्ष गरेर जिबनमा आयका समस्याहरु पार गर्दै अहिले आफ्नो जिबनलाइ सहि बाटोमा डोर्याउदै हुनुन्छ ! कथा जिबनी हरु पढेर /सुनेर आफुलाइ कमजोर साबित गर्दै आशुका ढिका खसाल्ने प्रबृती धेरै छ तर त्यो कुरा लाइ बुझेर आफुलाइ आफैले सम्झाउन सक्नु नै सबै भन्दा ठूलो कुरा हो ! अहिलेको समयमा फेसन नै बनेको सोसल नेटवर्क हरुका विभिन्न पाटोहरुले धेरै कुरा सिकाउछ तर तेस्को सहि इतेमाल गर्न जान्नु पर्दछ ! हो हामिले यी विभिन्न कुरा हरु र आजको समयमा घटिरहेका घटनाहरुलाइ फेरिका दिनहरुमा यस्ता घटना नघटुन भन्ने हेतुले हाम्रो कार्यक्रम को भाग - १ मा अस्मि बियोगी दुलाल को सङ्हर्षमय जीवन डायरी प्रस्तुत गरेका थियौ ! जीवन के हो र जिन्दगी कसरी लैजानु पर्दछ भनेर उहाको वास्तविक जीवन डायरी बाट तपाईं हामी केही सिक्नु पर्दछ !
पहिला के थियो र अहिले कस्तो छ यत्ती धेरै ठूलो चोट र घटना हुदा पनि आफुलाइ यसरी परिबर्तन गरेर समाजको अगाडि नमुना बनेर देखाउनु नै जिबनको सबै भन्दा ठूलो उपाधि हो !

घटना पछि को जिन्दगी व्हिलचेयरमा 

केहि बर्ष पश्चात् बदलिदो जिन्दगि 



यस्बाट नसिके मानिसले आफ्नो जिबनको बास्तबिक जिन्दगी कहिले बुझ्न सक्दैन !  आफ्नो ग्रामिण बसाइमा भोग्नु परेको पारिवारिक जीवन अनि तेस्पछिको घटना र घटना पछिका दिनहरु नजिकियर हेर्दा आँखा नरसाउने सायद कमै होलान ! काठमाडौ मा बसेर आफ्नो यस्तो शारिरिक असक्तता हुदा पनि आफ्नो पढाइ लाई निरन्तरता दिदै अहिले मास्टर लेबल को पढाइ पढ्दै गरेकी अस्मि लाई देख्दा गर्बले छाती चौडा हुन्छ !


शुरुका दिनहरु कस्ता थिय र आजको दिन कस्तो छ पानी जस्तो छर्लङ पारेर दर्साइएको अस्मि ज्यु को जीवन डायरी एकपटक जस्ले पढ्छ उस्ले पक्कै पनि आफुलाइ र आफुमा केही गर्ने र परिबर्तन गर्ने सोच नबनाउला भन्न सकिन्न ! यस्तो अवस्था बाट पनि गुजि्रएर पनि आफुलाइ व्हिलचेयर बास्केटबल को चेम्पियन खेलाडी साबित गरेर देखाउनु कुनै खेलौना होइन !



हामी हाम्रो कार्यक्रम डियर जीवन - मेरो कथा भाग -१ मा अस्मि बियोगी दुलाल ज्यु को डायरी बाट लियको यो क्लिप - (अपरेसनको दिन बिहानै ८ बजे मलाइ निलो कपडामा सजाइएको थियो तलदेखी माथी सम्म हो सबै निलो कपडामा , गुड्ने ट्रलिमा हालेर मलाइ ५तला माथी लगियो ! जादा जाँदै सबैलाइ बाइ बाइ गर्दै ..... "म गय मेरो जिबनको जिन्दगी र मृत्यु को आखिरी लडाइ को युद्द मा ! आमालाइ समाउदै यो भनेछु कि - आमा बाचे भने फर्केर आउनेछु ,मरे भने हजुर ले पिर नगर्नु है , म मरेर गयपनी दाइ दिदिहरु हुनुहुन्छ भन्दै आमाको हात छोडेर मृत्युको सैयामा सजिन तिर लागे "डियर जीवन" ... दाइ दिदिहरुले रुदै अङालोमा बेर्दै भनु भयो कि नानी तलाइ केही हुदैन ! मलाइ तेत्ती मात्र याद छ कि "दिदि बाचेभने आउनेछु फर्केर  हजुरहरु सङै रमाउन यदि मरे भने आमा बाबा लाइ राम्रोसित हेरचाहा गर्नुहै भन्दै भन्दै दिदिको हातबाट छुट्टिय .....) 

कठोरता को भुमरिमा फसेर पनि आफुलाइ मृत्यु को मुखबाट खोसेर ल्यायकी अस्मि बियोगी को बेदान्त का कथा हरु प्रतेक च्याप्टर मा मन लाई चस्काइदिने छन ! आखिर सबै पीडा एउटैलाइ किन ???? यस्को न त कुनै उत्तर छ न त परिभाषा नै ! केवल मन बुजाउन गरिने स्टन्ड हरुबाट आफुलाइ धैर्य राख्नु बाहेक अरु केही छैन ! हामि कतिपय नोबेल हरु पढिसकेउ सबैका आफ्ना आफ्ना डायरि हरु छन तेसमध्य यो पनि कुनै प्रकाशित नोबेल भन्दा कम छैन ! हाम्रो पेज को लाइभ भिडियो मा गयर हेर्न र सुन्न सक्नु हुन्छ अर्थात हामी हाम्रो युट्युब लिन्क दिनेछौ हाम्रो च्यानल मा गयर हेर्न र सुन्न सक्नु हुनेछ ! यदि हाम्रो कार्यक्रम लाई अझै प्रभावशाली र अगाडि लैजान सहयोग गर्न चाहनु हुन्छ भने हाम्रो फ्यान्स पेजको मेसेज बक्समा अर्थात हाम्रो इमेल ठेगाना - t99post@gmail.com मा हामिलाइ मेल गर्नुहोला हामी आगामी अर्को एपिसोड मा हामी हजुर को जीवन डायरी बाचन गर्नेछौ र हजुर का केही सुझाव सल्लाहा छन भने पनि हामिलाइ प्रतिक्रिया दिनु होला हामी सधै हजुर हरुका प्रतिक्रिया को भोको रहने छौ ! हाम्रो कार्यक्रम "डियर जीवन - मेरो कथा" मा सबैलाइ आमन्त्रित गर्दै फेरिको अर्को एपिसोडमा भेट्ने अवसर जुटाइदिनु हुनेछ भन्ने अभिलाषा बोकेर सोसल नेटवर्क ओझेल पर्न चाहन्छु ! धन्यवाद - $b©

जादाजादै अस्मि बियोगि दुलाल ज्यु को जीवन डायरिको एउटा अंश - 

एति राम्रो फुलबारिमा एउटा कुनै मालि छैन ,
यस्तो चड्दो जवानिको ओठमा कुनै लाली छैन !

आफन्तको भिडबाट माया धेरै पायपनी ,
माया बाड्ने रहर लाग्दा थाप्ने कुनै डाली छैन !!

मैले भने तिम्रालागी सारा जीवन त्याग्न खोज्दा , 
तिम्रो मनमा मेरोलागी कुनै ठाउँ खाली छैन !!! 

- अस्मि बियोगी दुलाल (काठमाडौ )नेपाल 


अस्मि बियोगी दुलाल ज्यु को वास्तविक जीवन डायरि हाम्रो कार्यक्रम  "डियर जीवन -मेरो कथा"  को अडियो /भिडियो हेर्न हाम्रो युट्युब च्यानल को यो लिन्क मा जानुहोला ! 

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...