CBA Bashyal !!! सफर आखिर यहि सम्म मात्र थियो र ? खै कुन कुराले सम्झाउ म !लेख्दा लेख्दै थाकी सके तर पनि लेख्न भने छाडेको छैन तर यो लेखाइ तिम्रो लागि अन्तिम पनि हुन सक्छ त्यो मलाइ थाहा छैन ! समय ले केही महिना केही हफ्ता केही दिन र केही घन्टा ब्रेक गराइदिनु त्यो स्वभाबिक नै हो तर कसैको लागि भित्री मनदेखी नै चुटेर दियको माया मा ब्रेक लाग्नु भनेको आफुलाइ भेन्टिलेटर र आइ सि यु बेडमा मरसान्न अवस्थामा राखेको बिरामी भन्दा पनि बेसि नै हो !
म यस्तै छु र तिमी पनि तेस्तै अनि हाम्रो बिचको सम्बन्ध पनि
यस्तै जानी जानी पनि एक्कासी रहेको तिम्रो मौनताले अलगै सन्केत को चित्रण कोरेको छ ! खै हिजो सम्म पायको तिम्रो माया अनि तेहि मायाको भुमरिमा आँखा चिम्लेर तिम्रो सहारा मा हिडेको म पनि ! आखिर छुट्टु नै थियो र छाडेर नै जानू थियो भने आखिर लायौ माया किन ??? कोसिष गरि रहे तिम्रो जानुको कारण पत्ता लगाउन ! तिमी छुट्नुको अर्थ निकाल्न र बे अर्थमा बेमिशाल आयको तुफानको रहस्य जान्नलाइ ! पाउदाको खुशी अनि गुमाउदाको पीडा भन्थे तर यो युनिभर्सल सत्य नै रहेछ जस्तो लाग्छ मलाइ ! जुन दिन देखि तिमी लाई पाय जिबनको अन्ध्यारो मा रोशनी आयको थियो तर आज तेल सकियर निभ्न लागेको दियो जस्तै धिपी धिपी बनायर जाँदै छौ रे ! १/२ शब्ध ले बोले जस्तो पारेर सिटामोल को जस्तो व्यवहार गरेकी छौ रे आखिर किन ? जेठ असार मा घाम पानी लाग्दा देखिने सात रङ्ग ले सजियको इन्द्रेणी कति राम्रो देखुन्जेल तर छिनभरमै हराउने ,तेस्तै रङ्ग ले भरियको र तिमिले भरिदियको यो जिबनको खुशिको रङ अब आफै हराउन हाल्दिदै छौ रे ! यात्राको क्रम मा बसमा आयर आफ्नो सारङि को धुन सुनायर मोहित पारि छिनभर मै छाडेर शून्य वातावरण बनायर छाडेर जाने गाइने दाइ को व्यवहार जस्तो ...............
आखिर किन यस्तो ? तिम्रा लागि आज जति प्रस्न गरे पनि कमि नै लाग्छ होला तर खै मेरो च्याट्मा लेखेका प्रतिउत्तर हरु ! मलाइ आजपनी त्यो कुरा याद छ हामी यो जुनिमा भेट्न नपाय पनि अर्को जुनि मा सङै भेट्ने भनेर तिमिले मनदेखि नै भनेका कुराहरु आज पनि यहि मुटुको धड्कन मा प्रतेक सेकेन्ड सेकेन्ड मा गुन्जिन्छ तर आज अब यो सबै म देखि टाढा हुदैछ रे ! आखिर गल्ती नै थियो भने पनि गल्तिको एहशास गराउ एकपटक यदि समयले गलत बाटोमा लैजादैछ भने पनि सम्झाउ एकपटक तर यसरी बिबिध जिन्दगिका रङहरुले छाडेर गयजस्तो तिमी गयौ भने आखिर जिन्दगिमा के नै रहेछ र ! यदि त्यो भिडियो कलमा देखेको तिम्रो आँसु आँसु नै थियो भने आफुलाइ एक्पटक सम्झायर हाम्रो बाटो मोडिनौ किन ? कस्तो तिम्रो बानी हो कि तिम्रो बाध्यता त्यो मलाइ थाहा छैन तर यसरी कसैलाइ जिउदै तड्पायर अलपत्र छाडिदिनु महा भुल हो ! घाम छाया को किरण जस्तो अनि पुर्णिमा को जुन जस्तो तर क्षणिक मात्र .....
सोचे धेरै पटक पटक तर बाध्य भय फेरि उहीँ पुरानो घाउ कोट्ट्याउन मन ले मानेन अनि बाध्य भय २/४ शब्ध लेख्न पनि ! जिन्दगीको यात्रा र यात्रा को भरमा भेटिने सबै यात्रु जस्तै हुदो रहेछ माया जाल पनि ! एकपटक झट्ट भनु भने त इन्द्रजाल जस्तो खै कुन कुराले आफैलाइ सम्झाउ !
यसरी आफ्नै रफ्तार मा जानू थियो भने बिच बाटोमा पाइला मोडेउ किन ??? जीवन अनि यात्रा र यात्रा मा भेटिने माया पनि एउटा भारी बिसाउने चौपारी जस्तो हुदो रहेछ हो तेस्तै जिबनमा आउने जाने प्रेम पिन्ड हरु पनि ठ्याक्कै उस्तौ उस्तै !! भेटिदा र भेट हुदा मीठो बोल्ने अनि आफ्ना सारा दुख का डायरी हरु सर्लक्कै पस्किदिने पछि भताभुङ पारेर फेरि उहीँ रफ्तार मा कहाँ हो खै पछाडि नफर्कि दौडिने ! समय एउटा गोलाइमा घुमिरहेको छ एक न एक दिन फेरि त्यो समय आउनेछ अनि फेरि उहीँ पुराना कुरा यादहरुले पक्कै पनि तिम्रो बदन निथ्रुक्क भिजाउने छन अनि त्यो चिसो तिम्रो मुटुमा पस्नेछ र तिमिलाइ एहसास हुनेछ बल्ल तिम्रो र मेरो दोस्ति के थियो र र कहाँ सम्म थियो ! फेरि पनि आफैलाइ सम्झायर फर्किन्छ्येउ भने एकपटक सोच र आफुलाइ फर्काउने कोशिस गर नत्र भने जादा जाँदै एकपटक फोन गर म तिम्रो आखिरी आवाज सुन्न आतुर छु जो आवाज ले मलाइ जीवन जिउन सिकायो र मरिसकेको जिबनलाइ उर्जा दियर बाच्न सिकायो कुनै दिन तर आज यहि आखिरी आवाजले कसैको पर्खाइमा अल्झेको र बल्झेको जिन्दगिको आखिर गाठो फुकाइदिनेछ र फेरि कहिले आशा राख्ने पनि छैन र त्यो आवाज पश्चात् फुलेको जीवन सदाको लागि सुक्नेछ र फेरि उहीँ बोटमा कहिले फुल्ने छैन तर जे जस्तो अवस्थामा भयपनी आखिरी आवाज को पर्खाइमा बसिरहेको यो मनलाइ बुझ्ने छौ र आफुलाइ बुझाउने छौ ! यस्तै अनेक अनेक प्रस्नै प्रस्नले भरियको मेरो मनले तिमिलाइ फर्काउने छ र तिमी फर्किनेछौ फेरि उहीँ सन्सार फुलाउने छौ र ओइलाएको बोटमा रङिन फुलहरु छर्नेछौ घाम पानीको बिचमा देखिने रङिन इन्द्रेणी को जस्तो अनगिन्ती रङ्ग हरु अनि फेरि फुलाउने छौ जीवन का रंगीचंगी फुलहरु .............
आखिरी पर्खाइमा ...........
रेटिदै गयको उदासी मन - .............😎
<$bc palpa nepal >

No comments:
Post a Comment