Sunday, 23 July 2017

प्रेम के हो??? मैले देखेको, सुनेको र भोगेको कुरा ..........

CBA Bashyal, - प्रेम जीवन जिउने आधार हो र मुटु रेट्ने तरवार पनि ! हसिलो चेतन प्रेम हो भने प्रेम पीडा पनि हो ! आफुलाइ अरु कुनै ब्यक्तिमा पाउनु नै प्रेम हो ! कुरा मिल्दा प्रेम आत्मा हो भने कुरा नमिल्दा प्रेम परमात्मा हो ! प्रेम सागर हो पौडिन जाने शितलता दिन्छ नजाने डुबिन्छ !

प्रेम र मायाको उत्तर को पछाडी दौडियो भने सायद यस्को जवाफ भेट्न सकिँदैन होला पनि ! विभिन्न युगमा विभिन्न प्रेमी र विद्वान हरुले आ-आफ्नै तरिकाले प्रेमको परिभाषा दियका छन !

जति प्रेमको परिभाषा बुझ्दै गयो त्यति यो प्रेमको गहिराइले हामिलाइ डुबाउदै जान्छ पनि ! मानिसहरुले भनेझै प्रेम निस्वार्थ छ भनौ भने प्रेममा स्वार्थ पनि भेटेको छु! प्रेममा छलकपट हुदैन भनौ भने पनि छलकपट गर्नेको लामै लर्को पनि देखेको छु ! हिन्दु धर्मको किवदन्ती कथाहरुमा भगवान श्री कृष्ण जि ले राधाको प्रेममा परेर १६ हजार १ सय ७ जनालाइ बिहे गरे तर उनले चाहेको र माया गरेको राधालाइ कहिले आफ्नो बनाउन सकेनन ! भगवान शिवको कुरा गर्ने हो भने पनि कम छैन , शतिदेविको पिता ले शिवका बारेमा गरेको आलोचना सहन नसकेर अग्नि कुण्डमा हाम फालेर शतिदेवी ले देह त्याग गरिन र त्यो पीडा सहन नसकेर भगवान शिव बौलायर मृत पत्नी शतिदेविको पार्थिव शरीर बोकेर तिनवटै लोक हिडेका थिय रे !

शेन्ट भ्यालेन्टाइन ले पनि प्रेमकै निम्ति आफुलाइ आत्म समर्पण गरेको कारण नै १४ फेब्रुअरी को दिन प्रणय दिवस अर्थात भ्यालेन्टाइन दिवस मनाउने गरिन्छ ! यो सन्सारमा चोखो मायाको लागि ज्यान दियका पनि छन र ज्यान लियका पनि छन  "त्यसैले भनिन्छ प्रेममा हरेक कुरा जायज हुन्छ" !

"मलाइ लाग्छ प्रेम सत्य हो , मानिसरुपी जिबनको मीठो भोगाइ हो प्रेम ,साहित्यमा भेटिने रस हो प्रेम , "

प्रेम विभिन्न चरण र बाध्यमा परेको हुन्छ ! आमाले छोरालाइ गर्ने प्रेम , बुवाले छोरिलाइ गर्ने प्रेम , दाजुले भाइ लाई गर्ने प्रेम , दिदिले बहिनिलाइ गर्ने प्रेम , साथी ले सङिनी लाई गर्ने प्रेम र मानिसले जनावर लाई गर्ने प्रेमलाइ नजिकबाट नियालेर हेर्ने हो भने हरेक कुरामा माया तथा आत्मियता भेट्छौ ! तेसैले प्रेम एक महान "सत्य" हो ! तर आजकल जुन हिसाबले प्रेममा बिकृती बढेको छ म फेरि सोच्न बाध्य हुन्छु आखिर के हो त "प्रेम"??????????
कसैलाइ मिठा कुरा गर्दैमा अथवा गुलावको फुल दिदैमा हुने हो त प्रेम ???????

 हो यस्तै यस्तै अधुरा कुराहरुको भुमरिमा बल्झिदै गर्दा मैले पनि प्रेमको बारेमा धेरै बुझ्ने कोशीष त गरे तर आजसम्म संतोषजनक यथार्थ प्रेमको परिभाषा पाउन भने सकेको छैन ! प्रेम गर्नु पाप होइन तर समय सिमा र अनुशासित ढङले भयो भने त्यो दिगो र दृघकालिन पनि हुन्छ नत्र भने घामपानीको मिलन हो प्रेम ........

प्रेमको बारेमा मैले केही अनुसन्धान पछि पायको सानो बिबरण र "N" सितको अन्तरबार्ता :-

एड्मिन:- प्रेम के हो ?
N       :- प्रेम जीवन जिउने आधार हो र मुटु रेट्ने तरवार पनि

एडमिन :- प्रेम कसरी हुन्छ ?
N        :- प्रेम अन्जानमै हुने गर्छ र प्रेमले कुनै समय सिमा तोकेर आयको हुदैन ! जतिबेला पनि हुनसक्छ यस्को कुनै आकार छैन ! जानी नजानी हुने प्रेमालाइ खासै परिभाषित गर्न भने सक्दिन !

एडमिन :- प्रेम कस्तो हुन्छ ?
N        :- यस्को कुनै रुपरेखा हुदैन र रङ पनि हुदैन ! जस्तो कि पानी को न रङ हुन्छ न त आकार नै जस्तो भाडोमा हाल्यो उस्तै आकार दिन्छ र जस्तो रङमा घोल्यो उस्तै रङ बनाइ दिन्छ हो ठ्याक्कै तेस्तै उस्तै हो प्रेम पनि

एडमिन  :- सुरुमा देखिने प्रेमका लक्षण के के हुन सक्छन ?
N         :- बारम्बार याद आइरहनु, के खायो के लायो , कहाँ गयो आयो कि आयन , समय समय मा बारम्बार फोन या म्यासेज गर्नु , प्रेमिलाइ केही अलि कति पनि सन्चो भयन या उस्ले गरेको कार्यमा बाधा आयो भने पनि तुरुन्तै मन दुखाउनु र आफुले गरेको या पायको स सानो भन्दा पनि सानो सुक्ष्म कुरा हरु पनि सेयर गर्नु नै प्रेम का लक्षण हुन सायद!

एडमिन  :- खाने बेला मा याद आयो भने के गर्नु हुन्छ ?
N         :- आफुले खान ल्यायको आफ्नो हिस्साबाट अलिकती थोरै खाना साइड मा उस्को नाम पारी राखी दिन्छु!

एडमिन :- हजुर को प्रेमी हजुर भन्दा धेरै टाढा छ भने के गर्नु हुन्छ ?
N        :- उस्ले पठायको तस्बिर हरुलाइ हेरेर चुम्ने प्रयास गर्छु र काल्पनिक सन्सार मा आफुलाइ चुर्लुम्मै डुबायर  सङै भय जत्तिकै फिल गर्छु !

एडमिन :- धेरै याद कतिबेला आउने गर्दछ र के गर्नु हुन्छ ?
N        :- सुत्ने बेला आउने गर्दछ किन कि बिहान उठे पछि त दिनभरी कुरा भैहाल्छ भन्ने सोच हुदो रहेछ तर रातिमा सुत्ने बेला धेरै याद आउने गर्दछ! दिनभरी भयको कुरा हरु सरसर्ती दिमाग मा आउने जाने गर्दछ अनि फेरि उहीँ कुराहरुले याद ताजा बनाइ दिन्छ र बेस्सरी याद आउँछ ! अनि आखिरी कोशिस गर्छु प्रेमी शीत कुरा गर्ने र सुत्ने बेला मा आखिरी पटक उस्को तस्बिर हेर्छु कैयौ पटक पटक उस्को तस्बिर लाई माया गर्छु , तस्बिर सितै बोल्ने प्रयास पनि गर्दछु  र सुत्ने गर्छु!

एडमिन :- हरेक रातको सपनिमा उस्लाइ कत्तिको पाउने आशा राख्नु हुन्छ ?
N         :- हो राती सुतेपछि का प्रतेक सपना सङै उसैसित हुन पाय या घुम्न पाय हुन्थ्यो जस्तो लाग्छ ! किन कि नजिक हुदा माया र टाढा हुदा को माया फरक फरक हुदो रहेछ! तेसैले दुरिले टाढा भयतापनी मनले टाडा जान नदिन हरेक रातको सपनिमा उसैसित रङिन रात हुन पाय हुन्थ्यो जस्तो लाग्दछ र सुत्ने बेलामा धेरै पटक सोचेको कुरा सपनी मा पनि भेटेको छु र प्रयास पनि गर्ने गर्छु !

एडमिन :- बैबाहिक जीवन मा बाधियर पनि अरु कसैलाइ प्रेम गर्नु कत्तिको जायज मान्नु हुन्छ ?
N        :- मलाइ लाग्छ प्रेम गर्नु कुनै पाप होइन र प्रेम गरेर घोका दिनु नै पाप हो ! बैबाहिक जिबनमा बाधियसि अरुसित प्रेम गर्नु नै हुदैन भन्ने जस्तो कुरा मलाइ अलि अपच हुन्छ ! हो आफ्नो परिवार लाई धोका दियर अरु कसैलाइ नजिक बनाउनु गलत हो तर सबै कुरा को आफ्नो स्थान हुन्छ त्यो स्थान मा रहेर आफुले हेन्डिल गर्न सकिन्छ भने माय गर्नु कुनै अपराध होइन र पाप पनि होइन ! तर प्रतेक पाइला पाइला मा अनुशासन हुनु पर्छ र तेस्को पनि लिमिट राख्नु पर्दछ ! यदि आफ्नो माया ले कसैको जिन्दगी मा रोशनी पैदा गर्दिन्छ भने त्यो भावनात्मक मन लाइ सलुट गर्दछु म घृणा होइन !

एडमिन :- प्रेम मा सेक्स को कत्तिको भुमिका हुन्छ ?
N        :- प्रेम गर्दैमा सेक्स अनिबार्य हुनु पर्छ भन्ने पनि छैन र सेक्स हुदैमा प्रेम हुनु पर्दछ भन्ने पनि हुदैन ! यो बिल्कुल गलत हो र प्रेम र सेक्स लाई एउटै तराजुमा जोख्न मिल्दैन ! प्रेम अन्तरआत्मा देखि निस्किने दृघकालिन फिलिङो हो भने सेक्स यौबन को प्यास मेटाउने क्षणिक खेल हो तेसैले मलाइ लाग्छ प्रेम गर्दैमा सेक्स नै अनिवार्य हुदैन बिना सेक्स पनि निस्चल प्रेम गर्न सकिन्छ !

एडमिन :- हजुर म्यारिड / अन म्यारिड ?
N        :- म्यारिड नै हु

एडमिन :- कसैको प्रेममा पर्नु भयको छ कि छैन ?
N        :- हो म प्रेम गर्छु तर आफ्नो सन्सार लाई कहिले अफ्ठ्यारो नपर्ने गरि ! हरेक कुरामा म ख्याल गर्छु र उत्तिकै रिस्पेक्ट पनि तेसैले मलाइ लाग्छ प्रेम गर्नु कुनै नाजाय्ज कुरा होइन गर्नु पर्छ !

एडमिन :- धन्यवाद हाम्रो यो प्रेम  सन्दर्भमा  खुलेर आफ्नो भावनात्मक उत्तर हरु सेयर गर्नु भयको मा
N         :- आभारी छु !

:- हो मलाइ पनि लाग्छ N को प्रेम सम्बन्धि कुरा कुनै गलत होइन तेसैले जिबनको बाटोमा आफ्नो मन मिल्दो साथी भेटिन्छ भने उस्लाइ नगुमाउनुहोस जस्ले तपाईंको जीवन सुगम बनाउन सहज हुन्छ तर सबै कुरा दुई पक्षबाट उत्तिकै बुझ्नु जरुरी हुन्छ ! सबै प्रेमिल मनहरुलाइ शुभ-कामना !!!
                 -$b© palpa nepal  23 july 2017




No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...