चरचर्ती फुटेका कुर्कुच्चा मा रगत नबगोस भनेर त होलानी सवैले खाना खाएर सुतेपछी रापिलो अगेनाको छेउमा बसेर आमाले सल्लाको खोटोले हातखुट्टाका खाल्टा टाल्नु हुन्थ्यो। बुवाले दार काट्न जादा चिउरिको पातमा पोको पारेर ल्याएको सल्लाको खोटो दाहिने पट्टि पालिको भाटमा सिउरेर राख्नु भयको मैले दिउँसो नै देखेको थिए । टुकिको उज्यालोमा तेहि पोको खोज्दा खुर्पेटो खसेको आवाजले म बिउझिए । दिदीहरु मावल गएका थिए । भाइलाइ जोरो आएकोले सुतिरहेको थियो ।
Friday, 27 December 2019
Saturday, 16 November 2019
मिस्डकल - टुहुरो प्रेम
यही कल नै आखिरी हो। चुलिएका आँखाबाट आँसु नपोखिएको कहा हो र तर उनले चाल पाउलिन भनेर आँसु लुकाउन बाध्य भए । सहानुभूति दिन सकिन । शब्दहरुको अभाव महसुस गरे । लाखौ कोशिष गरेता पनि म बोल्न सकिन मात्र सुनिरहे । बोल्न सक्ने अवस्थामा उनी पनि कहाँ थिइन र बाध्यताले बोलेजस्तो बोल्दैथिइन् । लाग्छ कि जीवनमा उनी अब फेरि कहिल्यै बोल्ने छैनन , यो बोली नै उनको आखिरी हो जस्तै लाग्यो ।
Wednesday, 30 October 2019
" तुम्बा "
बार्पाक लाई केन्द्रबिन्दु बनाएर गयको ७.६ रेक्टर स्केलको महा भुकम्प पछि केही परिवार आफन्तिका सहयोग र साथ ले छिट्टै पुनर्निर्माण गरेर बस्ती बसाए त केही परिवार लाई भने बर्षौ बित्दापनि उहीँ पुरानो घाउको ओझेल मै रात बिताउन बाध्य हुनु पर्यो । कुरो ७२ साल बैशाख को थियो । सिन्धुपाल्चोक मा पनि धेरै क्षति भयो । कतिले हार गुहार गरेर सरकार र सरोकार वाला सङ्ग सहयोग पाए त कतिलाई खुट्टामा लगाएका चप्पल फाट्दा सम्म दुगुर्दा पनि अन्याय ले नै हेपिरह्यो । सधैका लागी न्याय नै मरेजस्तो गरि ।
न्याय मेरालागी बनेकै छैन भन्दै ओसिएका आखाका परेलीमा फेरि एक मुस्लो आँसु झार्दै मुना भक्कानिएको भर्खरै जस्तो लाग्छ ।
न्याय मेरालागी बनेकै छैन भन्दै ओसिएका आखाका परेलीमा फेरि एक मुस्लो आँसु झार्दै मुना भक्कानिएको भर्खरै जस्तो लाग्छ ।
Monday, 30 September 2019
" शान्ती " Love Story
कुरा खस्न नपाउदै बर्बर्ती आँसु भुइमा खसेका थे शान्तीका । उनी केहिबेर बोल्न सकिनन । अवाक भइन । घरीघरी हिक्क हिक्क गरेको मधुरो आवाज को टड्कारो परैबाट पनि प्रस्ट सुनिन्थ्यो ।
तिमी यसरी रुनु हुदैन । आफुलाइ सम्हाल्नु पर्दछ । कोहिलाइ नभएर दु:ख । कसैलाइ भएर पनि दु:ख भन्दै सम्झाउदै थिइन निरुता । लगभग २५ बर्षको उमेर हुदोहो शान्तीको । सरलक्क को जिउढाल , गोरो , बाटुलो अनुहार , हल्का ब्राउन र सिल्की लामो कपाल अनि तनावग्रस्त खिन्न मन बनाएर एकोहोरो टोलारहेको त्यो अनुहार कतै चिरपरिचित जस्तो लाग्यो ।

Saturday, 13 July 2019
" प्रेमपाश "
- बिहानिको लालिमा भुइमा खस्न नपाउदै मेरा आँसु भुइमा खसे । मन्मा सयौ थान कुराहरु एकाएक पसारिए । एक्कासी देखेको न्युजले मन बिछिप्त बनायो । अन्धकार बाहेक मनले केही ठम्याउन सकेन । आखाहरु तिर्मिराउन थाले । रात पर्न धेरै समय बाकी थियो र पनि आखाहरुले दिउसै तारा देख्न थाले , फनफनी घुमायो । बसेको ठाउबाट उठेर जसोतसो बेडमा गय । फेरि एकपटक न्युजको हेडलाइन पढे तर पूरा समाचार पढ्न अहिले पनि सकिन , बिउझिदा खलखली पसिना आइरहेको थियो । म एक्कासी बेहोस भएछु । पेपर मेरो छातिमै रहेछ बिस्तारै सिरानी मुनि च्यापे जसरी मलाइ भिडियो कलमा बोल्दा उस्ले भन्ने गर्थ्यो - तिमिलाइ यसरी नै मेरो अङ्गालोमा बाँधेर कस्सेर च्याप्नु मन छ - " बेगम "
Monday, 8 April 2019
प्रभातसँगै फेरिपनी उदाउँछ " अदिती अर्याल ज्ञवाली "-T99post
[ गजल ] ,
मन दुखाउँछ घरि-घरि सताउँछ म के गरुँ?
बिर्सुँ भन्छु उसको वाचा याद आउँछ म के गरुँ?
जसले सँगै सफर गर्दा मेरो खुट्टा काटिदियो,
काँडा बिझ्ला भन्दै चप्पल पठाउँछ म के गरुँ?
कहिले नाकाबन्दी गर्छ, कहिले सीमा मिच्छ,
छिमेकीले यस्तै हर्कत देखाउँछ म के गरुँ?
जन्माएर सन्तान सुख हुन्छ भन्ने सुनेकी थिएँ,
काखको छोरो सधैं मलाई रुवाउँछ म के गरुँ?
अस्ताउन मन थियो क्षितिजपारिको घाम जस्तै,
प्रभातसँगै फेरि पनि उदाउँछ म के गरुँ?
अदिती अर्याल ज्ञवाली
काठमाडौ

Tuesday, 19 February 2019
बाटोमा भेटिएको पैसा जस्तै उसको माया "अदिती अर्याल ज्ञवाली "- T99post
गजल -
दुनियाँलाई मौका दियो, दिलमा सजायो।
धोका दियो भन्यो अनि आँसु बगायो।
अनेकथरि बोल्छन्, भन्छन् बुद्धि भ्रष्टहरू,
केही काम छैन उफ्र्यो हिँड्यो सदन ततायो।
सजाएका सपनाहरू अनायासै टुटि गए,
भूकम्प झैँ आइदियो याद मुटु हल्लायो।
बाटोमा भेटिएको पैसा जस्तै उसको माया,
एकछिन हातमा पर्यो अनि पुनः हरायो।
छातीमाथि प्रहार गर्यो अब मरी भन्ने सोच्यो,
नजिक आयो घाँटी थिच्यो दानवता देखायो।
अदिती अर्याल ज्ञवाली
कुलेश्वर काठमाडौ

Monday, 18 February 2019
श्री स्वस्थानी व्रतकथा को आखिरी दिन आज
BY - Admin
हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा मंगलबार माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिलाले महीनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीहरूको उद्धार गर्नुभएकाले परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।

Wednesday, 2 January 2019
टोपीको क्रेज बढ्दै , युवतिहरु पनि देखिए टोपीमा -T99post
" हाम्रो गौरव , हाम्रो शान नेपाली टोपी हाम्रो पहिचान "
जनवरी १ अर्थात अंग्रेज़ी नया बर्ष को शुभारम्भ । विभिन्न देशहरुमा अंग्रेज़ी नया बर्ष मनाइरहेको बेला नेपालमा भने आज जनवरी १ तारिकका दिन टोपी दिवस भब्य रुपमा मनाए । ढाका टोपी , भाद्गाउले टोपी , कालो टोपी नेपाली टोपी हुन । टोपी नेपालको रास्टृय पोशाक नै हो । यस्लाइ रास्ट्रमा मात्र नभएर अन्तरास्ट्रिय स्तरमा नै एउटा खास पहिचान बनाउने उद्देश्य ले जनवरी १ तारिकका दिन टोपी दिवस मनाउन लागिएको हो । सन २०१३ नोवेम्बर २६ तारिकका दिन सामाजिक संजाल फेसबुकमा डा . लेखनाथ काफ्ले र शंकर बन्जाडे ले एउटा सार्वजनिक पेज स्थापना गरि पहिलो पटक जनवरी १ लाइ अन्तर्राष्ट्रिय टोपी दिवस र नेपाली टोपी लगाउने दिनको रुपमा घोषणा गरेका हुन । उक्त घोषणा मार्फत काफ्ले र बन्जाडेले सवैलाइ नेपाली टोपी लगाउन आव्हान गरे । उनिहरुकै घोषणा अनुसार सन २०१४ देखि जनवरी १ तारिकका दिन नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको हो ।

Subscribe to:
Posts (Atom)
कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो
शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...

-
२४ माघ पाल्पा !प्रेमिल शब्धहरुले नि प्रेमलाइ सम्प्रेषण गर्दछ ! अटुट प्रेम नै रिलेशन हो र रिलेशन भित्र रहेर आफ्नो भुमिका निर्वाह गर्नु नै आफ...
-
ए कान्छा मासु खाने हो ? - आमालाइ सोध्नु पर्छ , सोधेर आउछु है ! घरतिर दौडिदै थिय पछाडिबाट कसैको आवाज आयो - जिउदो बाख्रो किनेर खान त के सक्...
-
CBA Bashyal, 20 अप्रिल! मुम्बई भर्खरै युट्युब च्यानल मार्फत सार्बजनिक गरियको पुस्कल शर्मा को नया गिती एल्बम "आमालाइ अन्तिम चिठ्ठी...